
विश्वास भित्रका विश्वासलाई कसैले पत्यार नगरिदिदा,
क्याक्टस का“डा बनि उनको कोमल मन च्यास्स घोचिदिंदा
घोप्टो परि परि रुन्छिन् उनी निली भइ सबको माझ
आखिर किन विश्वासै बनेछ उनीलाई ठूलो अपवाद π

हुरिहरूमा जोगाई राखेकी थिइन दियो विश्वासको,
तर क्षणक्षणमा बदलिएर विश्वास बन्छ रूप घातको
सागरको गहिराइमा लुकाइ राखेको उनको बहुमुल्य विश्वास,
आज उनीलाई नै भारी भइ खोज्दै छिन बिसाउन विश्वास π
एकान्तहरूलाई साथी बनाएर विश्वासलाई केलाउछिन,
अनि आ“सुका नदीहरूले सादा बगरमा कहानी बगाउछिन
उनको निर्दोष आत्माले भन्छ विश्वास बनेछ विष मलाई,
मुलायम चेहरा प्रश्न गर्छ के विश्वास मात्र जीवन हो मलाई π

का“पिरहेका ओठ चलाई भन्छिन विश्वा गर्दैनन किन मलाई,
आ“खा वरिपरि फूलाई राखेको विश्वासलाई किन राख्छन जलाई
राख्छन् किन टुक्राइ, मेरो जीवन र विश्वासलाई दुई किनारा लगाई,
बाध्य भएर भुइमा लड्छिन विश्वासको कात्रो ओढी मुर्दा विश्वास समाई
- नरेन्द्र पौडेल "आन्जन"
0 comments:
Post a Comment