• Feed RSS
Showing posts with label अन्जान. Show all posts
Showing posts with label अन्जान. Show all posts
उनको विश्वास



विश्वास भित्रका विश्वासलाई कसैले पत्यार नगरिदिदा,
क्याक्टस का“डा बनि उनको कोमल मन च्यास्स घोचिदिंदा
घोप्टो परि परि रुन्छिन् उनी निली भइ सबको माझ
आखिर किन विश्वासै बनेछ उनीलाई ठूलो अपवाद π



हुरिहरूमा जोगाई राखेकी थिइन दियो विश्वासको,
तर क्षणक्षणमा बदलिएर विश्वास बन्छ रूप घातको
सागरको गहिराइमा लुकाइ राखेको उनको बहुमुल्य विश्वास,
आज उनीलाई नै भारी भइ खोज्दै छिन बिसाउन विश्वास π

एकान्तहरूलाई साथी बनाएर विश्वासलाई केलाउछिन,
अनि आ“सुका नदीहरूले सादा बगरमा कहानी बगाउछिन
उनको निर्दोष आत्माले भन्छ विश्वास बनेछ विष मलाई,
मुलायम चेहरा प्रश्न गर्छ के विश्वास मात्र जीवन हो मलाई π



का“पिरहेका ओठ चलाई भन्छिन विश्वा गर्दैनन किन मलाई,
आ“खा वरिपरि फूलाई राखेको विश्वासलाई किन राख्छन जलाई
राख्छन् किन टुक्राइ, मेरो जीवन र विश्वासलाई दुई किनारा लगाई,
बाध्य भएर भुइमा लड्छिन विश्वासको कात्रो ओढी मुर्दा विश्वास समाई

 - नरेन्द्र पौडेल "आन्जन"
किन यसरी बदलि दियौं - Why you changed like this?



हातहरू थामी ज¨घारहरू एक्लै तारिदिएकी थियौ
मुटुभित्र लुकाएर चा“दनी जस्तै आधर चम्काइदिएकी थियौ
तर आज किन यसरी हातहरू छोडि तिमी बदलिदियौं किन
लक्ष्य सम्म नपुग्दै बीचमै अ“धेरी रात पारिदियौं किन

संसारभरिमा बढी माया गर्ने तिमी, निसंकोच भन्थ्यौ
सानो मेरो गल्तिमा पनि चित्त दुखाएर रुने गर्दथ्यौ
तर आज छेपराको र¨ झै तिमी बदलिदियौं किन
मेरै छाति माथी विस्तारै कुल्ची गयौं किन

दुःख सुख साझा भनि मलाई आशावादी बनाइदियांै
आशुका भेललाई हा“सोमा बदली मलाई बा“च्न सिकायौं
तर आज मेरो सानो तिरस्कारलाई नसहेर बदलिदियौं किन
मलाई आ“सुको पोखरीमा डुबाएर आफू फर्कि आयौं किन

एकल यात्री भनि दिल भित्र मलाई बास दिए थियौं
अधेरीलाई चिरी मेरो ओठामा मुस्कान भरिदिएकि थियौं
तर आज अञ्जान बनि बाटो नै बदलि दियौं किन
मलाई सागर बीचमा छाडी आफू बिलाइ गयौं किन

हराउन लागेका आशालाई परेली भित्र सजाई दियौं
चिप्लि लडन आ“टका पाइलालाई धर्ती बनि रोकिदियौं
तर आज फक्रन आटेको कलिलो मनलाई धोका दियौं किन
साह्रो पथ्थर सम्झी नदीको बगरमा नै छोडिदियौ किन



का“डा बीच फक्रिएको गुलाफ भनि सबै सामु सजाइदियौं
ओइलाइ रहेका आस्थामा पनि शीत बनि फक्राइ दियौं
तर आज कठोर हुरी बनी मलाई भु“इमा झारिदियौं किन
पापी फूल भनी सबै सामु एउटा नमूना बनाइदियौं किन


- नरेन्द्र पौडेल "आन्जन"
उनीलाई फेरि सम्झिएछु - I Remembered Her Again



चुलिएका प्रेमका खाटाहरू
एउटा चिनो ठानी भुलेछु
मन भुटेर बगेका आ“सुका धाराहरु
एउटा पवित्र नदी ठानी पुजेछु
विश्वासमा उनले लगाएको लातहरु
एउटा सानो भुल ठानी सहेछु
तर नशा भित्र डुब्दा
किन किन उनीलाई फेरि सम्झिएछु

उनको आवाज सुन्ने मनलाई
उनी पाहुना भनी फकाएछु
उनीभित्रै हराइरहने भावनाहरूलाई
उनी तृष्णा भनी रित्ताएछु
उनी हेरि रमाउने नयनलाई
उनी एउटा छाया“ भनि भुलाएछु
तर त्यो दोबाटोमा म उभिदा
किन किन उनिलाई फेरि सम्झिएछु

एकान्तमा कैदी भएका निर्दोष भावहरूलाई
आजाद पक्षी भनि उढाइदिएछु
अन्धकारले पोतिएका दिनहरूलाई
एउटा नया“ रश्मीको आश देखाएछु
टाढिएको मनलाई पनि
एउटा न्यानो साथ भेटिदिने बा“चा दिएछु
खै किन म आफैलाई नया“ उपमा थपिदिने
एउटा साथी खोजिरहेछु



अनि आफ्नो पहिलो मायाको अवशेष छाम्दा
किन उनीलाई फेरि सम्झिएछु

- नरेन्द्र पौडेल "आन्जन"
तिमीलाई भनु म कसरी - How can I say with you?



बगिरहने तिम्रो आँसुको मुहान म कसरी रोकु
फेरिहने तिम्रो चोखो वाचा कसरी मानु
बदलिरहने तिम्रो चञ्चल मन कसरी समातु
समात्न नसकेपछि तिमीलाई भइन दयालु
रोइ हास्ने तिम्रो अधर कसरी चम्काउ
लुक्न खोज्ने तिम्रा पीडा कसरी भेटाउ
फेरिरहने तिम्रो मुहार कसरी हसाउ
ह“साउन नसके पछि तिमीलाई भए शनि र राउ
सानो पीडामा रुने आँखाहरु कसरी मनाउ
खुला किताब नबन्ने तिम्रा कहानी कसरी छपाउ
उम्लिरहने तिम्रो रीसलाई कसरी सेलाउ
सेलाउन नसके पछि भन कसरी मै बिलाउ

बिष पिएर बा“चिरहने तिम्रो आत्मा कसरी बचाउ
सानो बेगमा लडि दिने तिम्रो जीवन कसरी उठाउ
दबी रहने तिम्रो आवाजलाई कसरी सुनाउ
सुनाउन नसकेपछि भन म कसरी हराउ

- नरेन्द्र पौडेल "आन्जन"
उनी (She)



सप्तर¨ी इन्देणीको आ“चल ओढी उनी मुस्कुराउछिन
छाति भित्र छङछङ झर्ने झरनाको माया बोकी गीत गाउ“छिन
झरेका पातहरूलाई सिन्कामा उनेर उनी नया“ आकृति कुन्दछिन
वसन्तको सुसेली छोपी निरस आवाजमा जोश थपि दिनछिन

नदिका छालझै ठोकिइ बगे पनि सागर जस्तै महानता लुकाइरहेछिन
अग्नी कुण्डमा जलि रहे पनि पानी भैm बर्सिएर सितलता दिइरहेछिन
न्याउलीले गाइरहेको आफ्नो जीवनलाई बिर्सी कोइली अवाज गाइरहेछिन
का“डै का“डको पक्षमा उभिरहेर पनि फूलको शैøया विच्छाइ रहेछिन

औशीको रात झै व्यथा सहेर पनि हिमाल झै हा“सि रहेछिन
कन्टकको विष पिएर पनि अमृत धारा बगाई रहेछिन
शिशा झै चर्किएर पनि मनको बा“धमा हा“सोहरू बा“धिरहेछिन
बादल बनि आकाशमा छाए पनि मीठो पवन पनि सुस्कुराई रहेछिन

- नरेन्द्र पौडेल "आन्जन"
तिमीस“ग (कविता)



निस्लोट भावहरूलाई तिमी अमूल्य उपहार बनाई फर्काइ दिन्छांै लाग्यो
मन भित्रका ज्वाराभाटाहरू तिमी स्थिर तलाउ बनाउछांै झै लाग्यो
मेरो मनको आवाज तिमी सुनाइ दिन्छौं जस्तो लाग्यो
मबाट बाहिरिएको विश्वास पुनः रोपिदिन्छौं झै लाग्यो
रित्ति सकेका मनका रहरहरूमा प्राण भरिदिन्छौं झै लाग्यो
रङ्गीन बनाएर मेरा भाग्यहरू कोरिदिन्छौं कि जस्तो लाग्यो
नशाको मातस“गै तिमीलाई मनको साथी बनाउ जस्तो लाग्यो
रिस उठे तिमीलाई नै फकाएर रुवाउ भैm लाग्यो
तिमीलाई नभेटदा एकछिन संघारको बत्ति निभे जस्तो लाग्यो
लठ्ठ बनाई दिने भएर होला तिमी नशा झै लाग्यो
डुब्न आ“टेको आस्थाको नाउलाई तिमी तारिदिन्छौं जस्तो लाग्यो
संसारबाट टाढिरहेको म तिमीले नै हात थामिदिन्छौं झै लाग्यो

नरेन्द्र पौडेल "आन्जन"
मन लाग्यो



हिलोमाथि फक्रिएको कमलको कहानी चोरी नया“ जीवन रच्न मन लाग्यो
किन किन आज पीडाहरू छाति पिटीपिटी भगाउन मन लाग्यो
आफ्नै मनलाई पनि झुक्काइ झुक्काइ एकान्त रोज्न मन लाग्यो
अनि नशाको सहारा लिइ केही छिन भए पनि संसार भुल्न मन लाग्यो

निर्दोष आवाजलाई सागरको गहिराइमा दवाई दिन मन लाग्यो
किन किन आज पर्खिरहेका सपनालाई पनि तड्पाइ दिन मन लाग्यो
आफ्नै अँत्मालाई पनि हत्केलामा छोपी संसार भरि डुल्न मन लाग्यो
अनि सृष्टिका सारा रचनालाई एक एक गरी बदलिदिन मन लाग्यो ।

व्यथा लुकाउने छातिलाई चिरी विश्वास उडाइदिन मन लाग्यो
किन किन आज बगिरहेको नदीलाई पनि रोकिदिन मन लाग्यो
आफ्नै रहरलाई बगाइ बगाइ रित्तो बन्न मन लाग्यो
अनि तारा बनि आफू सदा आकाशमानै लुकिदिन मन लाग्यो


अनि तारा बनि आफू सदा आकाशमानै लुकिदिन मन लाग्यो

झरिरहेको पातहरू टिपी आफ्नो अस्तित्व साटि दिन मन लाग्यो
किन किन सिमलको भुवास“गै उडी उडी झर्न मन लाग्यो
आफ्नै नयनलाई पनि दोषी ठानी अन्धकार खोज्न मन लाग्यो
अनि आप्mनै हार स्वीकारी टाढा टाढा भाग्न मन लाग्यो

सार¨ीको तार बनि आफ्नै जीवन रेट्न दिन मन लाग्यो
किन किन आज जीवित भइ पनि मरेको वहाना गर्न मन लाग्यो
आङ्खनै प्राण पनि उसलाई नै उपहार चढाइ उम्कि भाग्न मन लाग्यो
अनि बलिरहेको मैन बनि सबै सामुन्ने विलिन हुन मन लाग्यो

खित्का छाडी लोक ह“साउने एउटा पागल बन्न मन लाग्यो ।
किन किन आज फेरिहेको श्वासलाई पनि रोक्न मन लाग्यो
आफ्नै मुटुलाई पनि छुरा रोपी घाइते बनाउन मन लाग्यो
अनि सलाई कोरी आफूलाई नै जलाई दिन मन लाग्यो ।

फसेबूकमा नरेन्द्र पौडेल "आन्जन"
मेरो जीवन

कति ठक्कर छ प्रत्येक स–साना आस्थाहरूमा
कति धोका कति हार निर्दोष मेरो यो धड्कनमा
लाग्छ कहिले देख्दा मुटु नै शिशा झै फुट्दा जस्तो
तर छैन सुख यहा“ रहनुपर्छ भएर ज्यू“दो लाश जस्तो
कठोर यो जिन्दगीलाई भगवान् किन श्रृष्टि दियौ
अनि एकनासले दुःखै दुःखको भूमरीमा बेरिदियौं
त आज जिन्दगी एउटा बिरानो शब्द विहिन कहानीमा बद्लेको छ
आफूले आफै नचिन्ने एउटा डुबिरहेको नाउ भित्र कैदी बनेछ

अब त लाग्छ प्रत्येक पलहरू अचुक निशामा लम्किए जस्तो
सत्यताहरू पनि विश्वास विहिन बगरमा छटपटिए जस्तो
त आज जिन्दगीको कठिन रसीमा अल्झि गहिराइ नापी रहेछु
आफ्नै भाग्यलाई पि“जडामा थुनि कसैलाई सुम्पन चाहिरहेछु

फसेबूकमा नरेन्द्र पौडेल "आन्जन"
आज उनी हासिन



अन्धकार रातहरूमा
आफ्नै श्वासको आवाजस“गै
उनी डुल्ने गर्थिन
छचल्की पोखिएका
कयौं आशुका
थोपाहरूको साहारा लिएर
प्यास मेटाउने गर्थिन
निर्भिक बगिरहेका नदीका छालहरू
हेरि बस्थिन
अनि सोध्थिन बगि जाने हो कहा“
उत्तर विहीन भावहरू मुटुमा गाठो पारी
भक्कानो भुटाएर रुने गर्थिन छाती पिटी
तर चुप दुनिया“
तर आज
उनकै निर्दोष मनले
उनीलाई आग्रह गरेको छ
अनि मात्र मन भरिको पीडा बिर्सिइ
आज उनी हासिन



एकतर्फी जीवनको
एकपंक्ति आशाका बीच
उनी कुदिरहन्थिन नफर्किकन
सहन आफू पछिको छाया
चिसो चिसो सिरेठोमा,
जमिरहेको आफ्नो अस्तित्व
पगाल्ने गर्थिन जबर्जस्ती
सल्काएर भिजेको माया
ओठ मात्र चलाएर
कठोर दासता निडर स्वीकार्थिन
नसकेर कोर्न भाग्यरेखा
सुनौलो विहानीको
दिनभर भिजेका
उनका पुराना पानाहरू सुकाउथिन
फेरि राती त्यही पानाहरूमा
आशुले कोर्थिन कहानी जीवनको
तर आज
उनकै आफ्नै धडकनले
उनीलाई आग्रह गरेको छ
अनि आ“खा अगाडि टुक्रिएको संसारलाई चिम्ली
आज उनी हासिन



प्रत्येक पटक फेरि रहेको आफ्नै श्वासले
उनीलाई विष चढाइ लढाइ दिने गथ्र्यो
सारा संसार माझ
पूर्णिमाको चा“द पक्रन खोज्ने
उनको मन,
गुलाफझै फक्रन खोज्ने
उनको चाहनालाई
पैतालाले कुल्ची मात्र नै गर्थिन
उनका सपनाहरू
सगरबाट हि“ हि“ हु“ हु“ गरि
उनीलाई जिस्काइ टुक्राइ दिने गर्थे
छिनछिनमा
मुर्दा आशालाई
निस्क्रिय धडकनको सहरा लिइ,
मनको चितामा विलाउन खोज्थिन
जलेको विश्वासको लप्कामा
तर आज
उनको अस्तित्वले उनलाई स्वीकारेका छ
अनि मात्र
लामो यात्राको एउटा बिसौंनीमा
आफूलाई बिसाई
आज उनी हासिन


आज उनी हासिन
फसेबूकमा नरेन्द्र पौडेल "आन्जन"


पवित्र सम्बन्ध,
कहिले कहि त सुल्टो बोले, उल्टो हु“दौ रै’छ
पवित्र सम्बन्धमा नि, बात लाग्दो रै’छ
आफ्नो सम्झी माया दिए दोष आउदो रै छ
रिस गर्ने आ“खाहरूको खात लाग्दो रै छ



कहिले काहि त, धर्मै पनि पाप बन्दो रै छ
भुल नगरे पनि कालो दाग लाग्दो रै छ
आ“सु पुछ्दा उल्टै रुवा“ईको दोष आउ“दो रै छ
त्यसै पनि नियतिको लात लाग्दो रै छ

कहिले का“ही त घाम नडुबी रात पर्दो रै छ
भाग्य पनि दुश्मनको नै साथ लाग्दो रै छ
नखाए पनि रक्सी यहा“ मात लाग्दो रै छ
विश्वास माथि पनि ठूलो घात लाग्दो रै छ

फसेबूकमा नरेन्द्र पौडेल "आन्जन"

किन फूल्छ फूल,
बासना बिहिन भएर पनि किन फूल्छ फूल
धर्तिलाई भारि भएर पनि जन्मलिन्छ फूल
पथ्थर रुपि हृदय बोकेर पनि किन फक्रन्छ फूल
बनाबटि मायाको जाल थापेर पनि किन मायाको भिख माग्छ फूल्छ
असत्य संसारमा रमाएर पनि किन सत्यताको प्रतिक हुन्छ फूल
आखिर कालो रगत सि“चित भएर पनि भमरा किन चुम्छ फूल

फसेबूकमा नरेन्द्र पौडेल "आन्जन"
तिमी हिजो किन नजरमा आयौं
दिलभित्र पाहुना बनि बास माग्यौं
तर आज किन फेरिएर टाढी गयौं
टाढा–टाढा धेरै टाढा टुटी गयौं
तिम्रा नयन नशालु किन पगाल्यौ
मुस्कानमा तिमीले किन मन अल्झयौ
थाहै नपाइ किन तिम्रा अधरहरू चुमायौ
तर आज मरो निर्दोष मनलाई टुक्राई दियौ
के थाहा नजर तिम्रो फेरिन्छ भन्ने
सानो ह्दय पनि तिम्रो बदलिन्छ भन्ने
हा“सी हासी माया बटुल्ने तिमीले पनि
आसु आसुको भारि बोकाइ दिन्छौं भनि
 - नरेन्द्र पौडेल "आन्जन"

शंका लाग्छ तिमीमा,
कतै प्रभातको पहिलो किरणलाई झुक्कायौ कि
निर्दोष मेरो मुटुलाई टुक्रायौ कि
अमृत भनेर विष पो पिलायो कि
कतै पूर्णिमा चा“दनीलाई तृष्णमा लुकाइयौ कि
निश्चल मेरा भाव माथि छुरा धस्योै कि
डुबि रहेको नाउ“ भित्र कैदी पो बनायौ कि
शंका लाग्छ तिमीमा,
कतै मीठा सपनीहरुमा आगो सल्कायौ कि
अमर आत्मियतालाई चिता नजिक पुरायौ कि,
शंकै शंकामा लङका पो जलायौ कि
कतै इन्द्रेणीका रङ्गहरुलाई निशामा लुकायौ कि,
मृत सम्झी बगरमा ममता जलायौ कि
सफलताको टुकी मेरै रगतले पो जलायौ कि
- नरेन्द्र पौडेल "आन्जन"

तिम्रो विविधता
गुलाफ फक्रयो तिमी मुस्कुराउदा
पवन चल्यो तिमी सुस्कुराउ“दा
पात नाचे तिमीले नाचिदिंदा
ताराहरू चम्के तिमीले चियाइ दिदा
ऋतुहरू बद्ले तिमीले हेरि दिदा
मेघहरू गर्जे तिमीले रिसाइ दिदा
हिमालहरू पग्ले तिमीले दया बालि दिदा
गंगाहरु उर्लिए तिमीले प्रिय वर्षाइ दिदा
बाटाहरू कुदिए तिम्रो चाहना बगि दिदा
अधरहरू चम्किए तिमी ह्दयमा बसि दिदा
- नरेन्द्र पौडेल "आन्जन"
Add it to Google


शिर मेरो गगन, बनोट मेरो धर्ती
रगत मेरो शीत, वैस ढकमक्क हरियाली
उद्देश्य मेरो क्षितिज, प्राप्ति खोक्रो आश
दुःख मेरो विपत्ती, हार एक गहिरो विनाश
आवारा मेरो नियति, सत्य विहानीको रवि
दरिद्री मेरो मति, प्रमाण नास दैवको छवि
प्यास मेरो सागर, तिक्ष्णा पग्लिरहको हिमाल
परिवर्तन मेरो अभिशाफ, बाध्य फेरिरहेको श्वास
- नरेन्द्र पौडेल "आन्जन"

नबोलाउ साथीहरू भेट्न भनि मलाई,
म त घर भित्रै कुज्जिएर हिंड्न नसक्ने भा छु 
न देउ साथीहरू उपहार भनि मलाई,
म त नियतिका उपहार मात्र लिने भा छु
नलगाउ साथीहरू आशाको खेति गर भनि मलाई,
म त चन्द्रमा सूर्य सम्म नचिन्ने भा छु
न लाग साथीहरू बदल्न भनि मलाई,
म त खिइएको नदिको ढुंगा भा छु
न लगाउ साथीहरू हास्न भनी मलाई,
नसम्झाउ साथीहरू जीवन के हो भनी मलाइ,
म त जीवको अर्थ क्यानभासमा कोर्ने भा छु
म त हास्न भुलिसकेकछु
नसोध साथीहरू के भो भनि ,
म त ज्वाला भित्र मस्त दन्कि रा छु
न देखाउ साथीहरू बाटोभनि मलाई,
म त जीवनको दोसा“धमानैं हराई रा छु
न कोर चिठी साथीहरू सम्झि मलाई,
म त संसारबाट टाढिने भा छु
- नरेन्द्र पौडेल "आन्जन"
दिन ढल्यो रात आयो तर तिमी आएनौं
मन जल्यो खरानी भो तर तिमी फर्केनौं
प्रिय, तिमी किन आएनौं
मन मेरो फेरि किन सम्हालेनौं ?

थियो कसम सगै बाच्ने
माया बाडी सगै हा“स्ने
दुई दिनको यो चोलीमा
प्रिय तिमीले किन सम्झेनौं
मुटु मेरो फेरि किन चोरेनौं ?

आशै आशमा तिम्रो बाटो म कुरी बसे
रात दिन केवल तिम्रो यादमा तड्पी बसे
झुटो तिम्रो त्यो कसममा
प्रिय, तिमी किन बदलेनौं
फेरि फूल बनि मेरो मनमा फक्रेनौं ?

मन्द मन्द पवन मुस्कुराई रहेछ
आजाद पंछि भइ मन उडि रहेछ
कुना कुनाबाट तिम्रो यादले तड्पाई रहेछ
आखिर तिम्रो रूपले मलाई बेचैन बनाई रहेछ ?

नसोध मेरो घरको ठेगाना, पाती पातीले बारेको छ
नसोध मेरो मनको बेदना, आ“सु आ“सुले भरिएको छ
नपल्टाऊ मेरो जीवनको पाना, तीतो अतितले लेखिएको छ
नजिस्काउ मेरा नयन ताललाई पहिल्यै  तार टुटिसकेको छ
नदेउ प्रित सापटी मलाई प्रितको भण्डार त लिलामी भई सकेको छ

उडि हिड्ने चरीलाई के थाहा समुन्द्रको गहिराइ कति छ भनेर
बगि हिड्ने नदिलाई के थाहा स्थिर बगरको व्यथा कति छ भनेर
चुमि घुम्ने भभरालाई के थाहा पूmल भित्रकोे पे्रम कति छ भनेर
अन्धा स्वार्थीलाई के थाहा स्वार्थहिन संसारको वास्तविकता कति छ भनेर
बन्धन तोडी जानेलाई के थाहा बन्धनमा जलेर रहेको अस्तुको मूल्य कति छ भनेर

आकाशमा उड्ने नसके पनि धरर्तीमा गुड्न सकुला
धनको माया दिन नसके पनि आत्मा देखिको माया दिन सकु“ला
आकाशका नौलाख तारा सुम्पिने नसके पनि धर्तीकौ फूल दिन सकु“ला
सागरको सवै जल तिमीलाई चढाउन नसके पनि प्रितको जल चढाउन सकुला
सुन चादिले सुसज्जीत महलमा सजाउन नसके पनि सानो ह्दयमा सजाउन सकुला
सारा प्रकृतिका उपहार दिन सके पनि यो चोखो जीवन उपहार दिन नसकुला

- नरेन्द्र पौडेल "आन्जन"

Tags

Activities AIDS Alcohol Anju Panta Articles Ashoka Bhutan Bhutanese Refugees Biodiversity Boudha Boudhanath Mahachaitya Buddhism Buddhist Causes of Tourism Chitwan Civil Classical Dance Corruption Dances of Nepal Dangers Dhan Dance Drugs Eastern Development Region Education Endangered Species Environment Federal System Festivals of Nepal Folk Dance Folk Music FWDR Gautam Buddha Girls Trafficking Gorkha Paltan Gorkhaland Green House Effect Gutor Hanuman Hanumandhoka Durbar Square History Human Resource Importance of Tourism Institutions Kathmandu Lalitpur Learn Nepali Lord Shiva Loshar Lumbini Maiti Nepal Makar Mela Mantra Maps Music National Heritages National Parks Natural Environment Nepal Nepali Culture Nepali Folk Songs Nepali Food and Recipes Nepali Music Videos Nepali Novels Nepali Radios Nepali Songs Nepali Women News Pashupatinath Patan Patan Durbar Square Politics Population Prashant Tamang Prostitutes Religious and Traditions Science Scout Social Evils Social Problems Social Work SOS Stupa The Husband and The Cat Tobacco Tourism in Nepal Tourism Industry Transportation in Nepal Untouchability Wallpapers Western Development Region Yarshagumba अन्जान इन्दिरा प्रसाई उपन्यास उसको लोग्ने र बिरालो एस.एल.सी (SLC) कृतिहरु गणेशबहादुर प्रसाई जीवनी टेलिफोन नम्बर नयन नरेन्द्र पौडेल नरेन्द्रराज प्रसाई नारीचुली नेपाली साहित्यकार मेरी सासू