
शंका लाग्छ तिमीमा,
कतै प्रभातको पहिलो किरणलाई झुक्कायौ कि
निर्दोष मेरो मुटुलाई टुक्रायौ कि
अमृत भनेर विष पो पिलायो कि
कतै पूर्णिमा चा“दनीलाई तृष्णमा लुकाइयौ कि
निश्चल मेरा भाव माथि छुरा धस्योै कि
डुबि रहेको नाउ“ भित्र कैदी पो बनायौ कि
शंका लाग्छ तिमीमा,
कतै मीठा सपनीहरुमा आगो सल्कायौ कि
अमर आत्मियतालाई चिता नजिक पुरायौ कि,
शंकै शंकामा लङका पो जलायौ कि
कतै इन्द्रेणीका रङ्गहरुलाई निशामा लुकायौ कि,
मृत सम्झी बगरमा ममता जलायौ कि
सफलताको टुकी मेरै रगतले पो जलायौ कि
- नरेन्द्र पौडेल "आन्जन"
2 comments:
कतै प्रभातको पहिलो किरणलाई झुक्कायौ कि
निर्दोष मेरो मुटुलाई टुक्रायौ कि
अमृत भनेर विष पो पिलायो कि
कतै पूर्णिमा चा“दनीलाई तृष्णमा लुकाइयौ कि
निश्चल मेरा भाव माथि छुरा धस्योै कि
डुबि रहेको नाउ“ भित्र कैदी पो बनायौ कि
शंका लाग्छ तिमीमा,
कतै मीठा सपनीहरुमा आगो सल्कायौ कि
अमर आत्मियतालाई चिता नजिक पुरायौ कि,
शंकै शंकामा लङका पो जलायौ कि
कतै इन्द्रेणीका रङ्गहरुलाई निशामा लुकायौ कि,
मृत सम्झी बगरमा ममता जलायौ कि
सफलताको टुकी मेरै रगतले पो जलायौ कि
- नरेन्द्र पौडेल "आन्जन"
नारायण अधकरी जि शंका लाग्छ भने कमेन्टस् गरिदिनुस् न त
Post a Comment