
पवित्र सम्बन्ध,
कहिले कहि त सुल्टो बोले, उल्टो हु“दौ रै’छ
पवित्र सम्बन्धमा नि, बात लाग्दो रै’छ
आफ्नो सम्झी माया दिए दोष आउदो रै छ
रिस गर्ने आ“खाहरूको खात लाग्दो रै छ

कहिले काहि त, धर्मै पनि पाप बन्दो रै छ
भुल नगरे पनि कालो दाग लाग्दो रै छ
आ“सु पुछ्दा उल्टै रुवा“ईको दोष आउ“दो रै छ
त्यसै पनि नियतिको लात लाग्दो रै छ
कहिले का“ही त घाम नडुबी रात पर्दो रै छ
भाग्य पनि दुश्मनको नै साथ लाग्दो रै छ
नखाए पनि रक्सी यहा“ मात लाग्दो रै छ
विश्वास माथि पनि ठूलो घात लाग्दो रै छ
0 comments:
Post a Comment