
शिर मेरो गगन, बनोट मेरो धर्ती
रगत मेरो शीत, वैस ढकमक्क हरियाली
उद्देश्य मेरो क्षितिज, प्राप्ति खोक्रो आश
दुःख मेरो विपत्ती, हार एक गहिरो विनाश
आवारा मेरो नियति, सत्य विहानीको रवि
दरिद्री मेरो मति, प्रमाण नास दैवको छवि
प्यास मेरो सागर, तिक्ष्णा पग्लिरहको हिमाल
परिवर्तन मेरो अभिशाफ, बाध्य फेरिरहेको श्वास
- नरेन्द्र पौडेल "आन्जन"
0 comments:
Post a Comment