चुलिएका प्रेमका खाटाहरू
एउटा चिनो ठानी भुलेछु
मन भुटेर बगेका आ“सुका धाराहरु
एउटा पवित्र नदी ठानी पुजेछु
विश्वासमा उनले लगाएको लातहरु
एउटा सानो भुल ठानी सहेछु
तर नशा भित्र डुब्दा
किन किन उनीलाई फेरि सम्झिएछु
उनको आवाज सुन्ने मनलाई उनी पाहुना भनी फकाएछु
उनीभित्रै हराइरहने भावनाहरूलाई
उनी तृष्णा भनी रित्ताएछु
उनी हेरि रमाउने नयनलाई
उनी एउटा छाया“ भनि भुलाएछु
तर त्यो दोबाटोमा म उभिदा
किन किन उनिलाई फेरि सम्झिएछु
एकान्तमा कैदी भएका निर्दोष भावहरूलाई
आजाद पक्षी भनि उढाइदिएछु
अन्धकारले पोतिएका दिनहरूलाई
एउटा नया“ रश्मीको आश देखाएछु
टाढिएको मनलाई पनि
एउटा न्यानो साथ भेटिदिने बा“चा दिएछु
खै किन म आफैलाई नया“ उपमा थपिदिने
एउटा साथी खोजिरहेछु

अनि आफ्नो पहिलो मायाको अवशेष छाम्दा
किन उनीलाई फेरि सम्झिएछु
- नरेन्द्र पौडेल "आन्जन"












0 comments:
Post a Comment