(Biographical Eassays on Bhagiratha Prasai by Indira Prasai)

यो कृति भागीरथा प्रसाईको जीवनीमा आधारित छ । नेपालको एउटा अति दुर्गम ताप्लेजुङको हाङ्पाङमा बसोवास गरेकी एउटी अति सम्पन्न नारीको दुखद् कथाले भरिएको यो कथाकी नायिका नरेन्द्रराज प्रसाईकी आमा र इन्दिरा प्रसाईकी सासू हुन् । यस कथाले समकालीन नेपाली नारीको प्रतिनिधित्व पनि गर्छ ।
मेरी काकी भागीरथा प्रसाईको जीवनले सुनसरिको सुख्ख र पित्तलसरिको दुख्ख पनि भोग्नुप¥यो; तर सुख्खमा मात्तिने र दुख्खमा आत्तिने स्वभाव उहाँमा देखा परेन । उहाँकी बुहारी विदुषी र चर्चित साहित्यकार इन्दिरा प्रसाईले ‘मेरी सासू’ नामक सङ्क्षिप्त जीवनगाथा प्रकाशित गरेर नेपाली नारी समाजको निम्ति एउटा सन्देश दिएकी छिन् । - "खनुप्रुदे रामबाबू)"
हाम्री आमा भागीरथा प्रसाई निरक्षर भएर पनि चेतनाकी प्रखर नारी हुनुहुन्छ । सङ्घर्षपूर्ण जीवनयापनका साथै उहाँमा भएको सामाजिक भावनाको प्रचुरता स्तुत्य छ । आफ्ना मातापितालाई तिरस्कार गर्ने प्रचलनका बेला छोरा नरेन्द्र र बुहारी इन्दिराको कत्र्तव्यबोध आजको आधुनिक समाजका लागि प्रेरक र अनुकरणीयसमेत छ । अझ सासुको जीवनकथा बुहारीबाट लेखिनु आपैmमा महइभ्वपूर्ण र अद्वितीय कार्य हो । - "तेजबहादुर प्रसाई"
इन्दिराको आफ्नी सासूसँगको सम्बन्ध आमाछोरीको जस्तै आत्मीय मात्र नभएर त्यस घरभित्रको कुरा जान्ने सबैलाई सासू बुहारीको प्रसङ्ग उदाहरणीय लाग्छ । सासू बुहारीको ठाकठुक, ठसमस र तिक्ततालाई सामान्य व्यवहार र घरघरको कथा मान्ने समाजमा ‘मेरी सासू’ अनुकरणीय छ । - "प्रा.डा. भीष्मराज प्रसाई"
इन्दिरा प्रसाईद्वारा लिखित ‘मेरी सासू’ले नेपाली समाजमा नारीको सजीव चित्रण पेस गरेको छ । यस कृतिमा हाम्री काकीको मात्र एकलौटी जीवनकथा भए तापनि त्यो कथा खास गरेर नेपालको पूर्वाञ्चलीय नारीहरूको जीवन भोगाइको प्रतिनिधि कथा पनि हो । - "ड्ड सीताराम प्रसाई"
अर्थपूर्णक्रान्ति : मेरी सासू
विषयसूची भूमिका
१. अर्थपूर्णक्रान्ति: मेरी सासू (गणेशबहादुर प्रसाई) र २
२. च्यादरघरकी हाम्री काकी (नन्दकुमार प्रसाई) र ५
३. मेरी साल्दिदीको कथा (प्रा.डा.रामप्रसाद उप्रेती) र ६
४. मेरी सासू (लेखकीय) र ८
५. मेरी सासूको पूर्वकथा र १९
६. मेरी सासूका परिवार र २२
७. मेरी सासूका सन्तान र २४
८. मेरी सासूको सौताप्रसङ्ग र २८
९. मेरी सासूको घरव्यवहार र २९
१०. मेरी सासू र २००७ साल र ३२
११. मेरी सासूको धर्मकर्म र ३३
१२. मेरी सासूको सोख र सीप र ३५
१३. मेरी सासू र नरेन्द्रको कथा र ३८
१४. मेरी सासूको बसाइँसराइँ र ४४
१५. मेरी सासू अस्पताल भर्ना र ४५
१६. मेरी सासूको जीवनशैली र ४६
0 comments:
Post a Comment