नारीचुली - भागीरथी श्रेष्ठ - रञ्जुश्री पराजुली - गार्गी शर्मा - चॉदनी शाह - अनीता तुलाधर - मञ्जु कॉचुली - प्रतिसरा साय्मि - विन्द्या सुब्बा
भागीरथी श्रेष्ठ
भागीरथी श्रेष्ठको जीवनले आफ्नै अस्तित्वको पहिचान गर्ने महत्वाकाङ्क्षा राख्यो । त्यसैले उनी लेखनमा प्रवेश भइन् । त्यतिमात्र होइन उनको जीवनमा चेतनाको बीउ अङ्कुरित भएपछि सम्पूर्ण मानवीय सुक्खदुक्ख र विसङ्गतिहरूबाट प्रभावित भएर उनी लेखनमा प्रेरित भएकी हुन् । जीवनको सार्थकताका लागि बामे सर्दासर्दै आज भागीरथी श्रेष्ठको साहित्यिक व्यक्तित्वले उचाइ छुने तरखर गरिरहेको छ । उनको सृजनाको सिन्धुले उनको मह वाकाङ्क्षाको सिन्धु नाघ्न खोजिसकेको छ तापनि उनी अब अझै सकिन्जेल परसम्म पुग्ने उद्देश्य लिएर नेपाली साहित्यमा लम्किरहेकी छिन्, गम्किरहेकी छिन् र चम्किरहेकी छिन् ।
हुन त भागीरथी श्रेष्ठले पनि यो कहालीलाग्दो साहित्यिक दुनियाँमा पूर्ण रूपमा हाम्फालिन् जहाँ खाने र बस्ने कुनै प्रबन्ध हुँदैन, जसको आराधना गर्दा जीवन धान्ने कुनै उपाय भेटिँदैन र कुनै भौतिक सुविधा प्राप्त हुँदैन । त्यसैले भागीरथी श्रेष्ठ पनि यिनै परिवेशमा सृजना गरिरहेकी छिन् । उनी लेखेर जीवन धान्ने भन्ने कुरा एउटा भ्रममात्र हो भन्न रुचाउँछिन् अनि नेपाली लेखकले आफ्नो कृतिबाट आयआर्जन गर्नु मृगतृष्णा हो भन्ने धारणा राख्छिन् । उनी जे लेख्छिन् विम्ब जोडेर नै आफ्ना भावना लेख्छिन्, जीवनका कथा लेख्छिन् र सांसारिक भोगाइ लेख्छिन् । त्यसैले त भागीरथी श्रेष्ठले साहित्यमा छिटो फट्का मारिन्:
के कुमारी आमाको काखमा कर्ण खेल्न सक्तैन
के कुमारी आमाको गर्भबाट कर्ण जन्मन सक्तैन ?
स् ज्ञज्ञघ स्
जीवनको परिभाषा दिने क्रममा भागीरथी श्रेष्ठले मोदनाथ प्रश्रितको निक्कै प्रभाव बटुलेको पाइन्छ । साथै विजय मल्ल पनि यिनका घनिष्ठ, प्रिय र मनपरेका साहित्यकार थिए । यिनले सानाको पनि सेवा गरिन् र ठूलाको पनि माया पाइन् । यिनले आफ्नो जीवनमा दुक्ख र सुक्खका थुप्रै श्रृङ्खलाहरू पार गरिन् । भागीरथी श्रेष्ठले भोगेका ती श्रृङ्खला पनि जीवनपर्यन्त उदाउँदै अस्ताउँदै गर्ने गर्छन् । त्यसै प्रसङ्गमा उनी भन्छिन् “सांसारिक जीवन श्रृृङ्खलाबाट प्राप्त दुक्खको माला धेरै थरीका पूmलहरू बटुलेर जति सक्यो लामो पनि बनाउन सकिन्छ । तर त्यो माला चुँडाएर त्यसको बेग्लै अस्तित्व कायम गर्न सकिँदैन । दुक्खको पूmलमाथि न्याय पनि हुँदैन ।” साँच्चै हो; पीडामाथि कसैले न्याय दिँदैन । पीडा भनेकै अन्यायको उपज हो । त्यही उपज पनि श्रेष्ठको जीवनयात्राको श्रृृङ्खला बन्यो । त्यसैले उनी भन्छिन् “मैले मेरा आँसुहरूमा कहिले न्याय पाउन सकेकी छैन ।”
भागीरथी श्रेष्ठ सानैदेखि प्रकृतिप्रेमी थिइन् । उनका लागि शिष्टता प्यारो विषयवस्तु थियो । उनी चञ्चले भावनासहित आफ्नो बाल्यावस्था पार गर्दै किशोरी हुन पुगेकी थिइन् । किशोरीदेखि नै उनी गीत, भजन र गजल सुन्नमा पारङ्गत हुन थालिन् । त्यसै बेला यी आफैँ गीत पनि गाउँथिन् र त्यही तालमा नाच्ने पनि गर्थिन् । त्यही स्वरको भाका र नृत्यका तालहरूलाई समाउँदै उनी रचना निर्माणमा पनि क्रियाशील हुन थालिन् । आफ्नो अध्ययनकै क्रममा उनी लेखनमा लागेकी थिइन् । त्यस बेला यिनका सहपाठीहरू यिनलाई कविजी भनेर सम्बोधन गर्ने गर्थे । वास्तवमा गुल्मीको रिडी हाईस्कुलमा अध्ययनका बेलादेखि नै उनी कथालेखनमा पनि आबद्ध थिइन् । सोही स्कुलबाट प्रकाशित ‘रुरु’ भन्ने पत्रिकामा उनको पहिलो कथा ‘प्रबल इच्छा’ शीर्षकमा प्रकाशित भएको थियो । अनि २०२३ सालमा भागीरथी श्रेष्ठ कथाकारका रूपमा जनसमक्ष झुल्केकी थिइन् ।
राजकुमार बजिमय र जानकी बजिमयकी सुपुत्री भागीरथी बजिमयको जन्म गुल्मीको रिडीबजारमा २००५ साल भदौ १७ गते बुधबार भएको थियो । आफ्नै बुबाआमाको रहरले कखरा पढ्दापढ्दै भागीरथी बजिमयले स्थानीय स्कुलबाट नै एस्.एल्.सी. समुत्तीर्ण गरिन् । त्यसपछि यिनले काठमाडौंको पद्मकन्या कलेजबाट आई.ए. र प्राइभेट परीक्षार्थीका रूपमा बी.ए.को शैक्षिक योग्यता हासिल गरेकी थिइन् । यिनी २०२६ साल मङ्सिर ९ गते भूमिसुधार अधिकारी दुर्गाप्रसाद श्रेष्ठसँगको वैवाहिक जीवनमा बाँधिएकी हुन् । दुर्गाप्रसाद श्रेष्ठ नेपालको प्रगतिशील राजनीतिका क्षेत्रमा समेत परिचित थिए । पछिपछि उनी व्यापारमा पनि संलग्न रहे । मिर्गौला बिग्रिएका कारण दुर्गाप्रसाद श्रेष्ठ २०६० साल माघ १ गते स्वर्गीय भए ।
भागीरथी श्रेष्ठले लेख्तालेख्तै नेपाली साहित्यिक धारामा आपूmलाई चलायमान गराएकी हुन् । खासमा उनी कथाकारका रूपमा सुपरिचित छिन् तापनि उनी उपन्यासलेखिकामा पनि परिचित छिन् । साथै कविता, गीत, मुक्तक र गजललेखनमा पनि उनी अग्रसर देखिन्छिन् । ‘क्रमशः’ (२०४२), ‘मोहदंश’ (२०४४), ‘विभ्रम’ (२०५०) र ‘रङ्गीन पोखरी’ (२०५०) ‘भूमिगत’ (२०६२) कथासङ्ग्रह तथा ‘मालती’ (२०३४) र ‘यस्तो एउटा आकाश’ (२०४६) उपन्याससमेत आधा दर्जनभन्दा बढी कृतिहरू उनले नेपाली साहित्यमन्दिरमा समर्पण गरिसकेकी छन् । यी कृतिमध्ये कुनै साझा प्रकाशनबाट र कुनै नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित भएका छन् ।
भागीरथी श्रेष्ठका कथा र उपन्यासमा जीवनप्रतिको मूल्यको आग्रह, यौनकुण्ठाको सूक्ष्म विश्लेषण, सामाजिक परिवेश, नेपालको परम्परा, संस्कृति, जाति र जनजीवनले दैनिक भोग्नुपर्ने चुनौती तथा अप्ठ्याराहरू समावेश गरिएका हुन्छन् । उनको लेखनी प्रगतिशील गोरेटोमा डोरिन खोजेको भए तापनि उनका भावना बहुआयामिक विचारधारामा समेटिएका पाइन्छन् । उनी ‘साइराम’ समूहकी अनुयायी भएर पनि प्रगतिशील विचारकी स्रष्टा हुन् ।
भागीरथी श्रेष्ठको लेखनको मात्र होइन व्यक्तित्वमा भएको रौनकले पनि उनीसँग धेरै मान्छे आकर्षित हुन्छन् । खास गरेर प्रगतिशील साहित्यकारभन्दा भिन्नै धारमा रहेका नारीपुरुषहरू भागीरथी श्रेष्ठसँग अझ नजिक भएको पाइन्छ । स्नेहशील भावनाकी धनी भागीरथी श्रेष्ठको स्नेहको घेरामा एकपल्ट परेको मानिस उनीबाट कहिल्यै टाढा जान सक्तैन ।
भागीरथी श्रेष्ठ सफल अनुवादक पनि हुन् । उनी नेपाली भाषाबाट हिन्दी र हिन्दी भाषाबाट नेपाली भाषामा रचनाहरू अनुवाद गर्ने गर्छिन् । यसरी हिन्दी भाषामा अनूदित उनका लेखहरू ‘कादम्बिनी’ र ‘शान्तिदूत’मा पनि प्रकाशित भएका छन् ।
भागीरथी श्रेष्ठका लेख चाख लाग्दा हुन्छन्; यसो हुनाको प्रमुख कारण हो उनका रचना मुख्यतया जीवनमुखी छन् । मानवीय विराट् जीवनको सागरभित्र एउटा जीवनले भोग्नुपर्ने अनगिन्ती पीडाहरू समाहित हुन्छन् नै । त्यही दुःखात्मक अनुभवलाई जीवनचक्रको पोयो बनाउने कलामा पनि उनी सिपालु छिन् । त्यसैले पनि उनी पाठकका हृदयमा बास बस्न पुगेकी हुन् ।
भागीरथी श्रेष्ठ जिन्दगानी भत्केको र जोडिएको बेलामा मात्र होइन, कुनै पनि कारुणिक दृश्य र कारुणिक कुरा सुन्दा पनि उनका आँखा भिजेर आउने गर्छन् । त्यति मात्र होइन कारुणिक चलचित्र हेर्दा होस् या दुःखात्मक उपन्यास पढ्दा होस्, कुनै पनि बेला उनीभित्र भक्कानोको बाँध फुट्न सक्छ । उनी अत्यन्तै खुसीका कुरा सुन्दा पनि हर्षले रुने गर्छिन् । तर उनको आँसुको मूल्यचाहिँ पीडामा बुनिएको पाइन्छ । यसै सिलसिलामा भागीरथी श्रेष्ठ भन्ने गर्छिन् “मेरो मन पत्थर होइन । मेरो कोमल मन र संवेदनशील भावना भएको हुँदा म आफ्नो दुक्खमा पनि प्रशस्तै रुन्छु र अरूको दुक्खमा पनि रोएकी छु । मलाई मान्छेका माझमा आँसु झार्नभन्दा एकान्तमा रुन मज्जा लाग्छ । वास्तवमा हरेक मान्छे आँसुको सागरमा डुबेको हुन्छ । त्यस सागरबाट कसैको धेरै र कसैको थोरै बाढी बग्ने गर्छ । तर मभित्रचाहिँ अविरल वर्षा वर्षाउने खुबी छ । म निराशावादीचाहिँ होइन । मलाई चाहनामा फुल्न मन लाग्छ, आँधीमा पनि थामिन मन लाग्छ र बाढीमा पनि नदी तर्न मन लाग्छ ।”
भागीरथी श्रेष्ठको जीवनका पलपलका पाठ पढ्ने हो भने उनी एउटी कारुणिक जीवनकी सक्कली स्रष्टा हुन् । उनी जीवनका पीडालाई अक्षरमा बगाउँछिन् । उनको सुक्ख, दुक्ख र खेतीपाती तिनै अक्षर हुन् । उनी तिनै अक्षरलाई आफ्नो जीवन र जगत् मान्ने गर्छिन् । उनको रचनानिर्माणकौशल मौलिकताले सुसज्जित छ । उनको लेखनमा मुटुको ढुकढुकी भित्रभित्र रहने धुकधुकी पनि भेटिन्छन् । त्यसैले उनलाई नेपाली साहित्यका पाठकमध्ये उनीभन्दा सानाले श्रद्धा गर्छन् र ठूलाले माया गर्छन् । समष्टिमा भन्नुपर्दा उनी भाषासाहित्यमा चर्चित रहेकी छिन् । भागीरथीले लेखेर नै राष्ट्रिय प्रतिभा पुरस्कार, रत्नश्री स्वर्णपदक, मैनाली कथा पुरस्कार, गरिमा सम्मान, लुम्बिनी अञ्चलस्तरीय साहित्यसम्मेलनमा स्वर्णपदक र सर्वोत्तम टेलिफिल्म पुरस्कार, शङ्कर कोइराला स्मृति पुरस्कार, नूरगङ्गा प्रतिभा पुरस्कार पाइन् ।
भागीरथी श्रेष्ठले जीवनयापनका क्रममा केही समय तारागाउँ विकास समितिमा जागिर खाइन्, उनले यसै सिलसिलामा व्यापार पनि गरिन् र लेखनको क्रमलाई निरन्तरता दिँदै भैरहवा, रिडी र स्याङ्जामा अध्यापन पनि गरिन् । उनी लेखनकै घेरामा बाँधिँदै अहिले वासुशशी प्रतिष्ठान, पेन नेपाल र गुञ्जनमा पनि आबद्ध छिन् । लेखनकै गोरेटोमा हिँड्दाहिँड्दै उनले दुई छोरा सञ्जीव र रञ्जीव अनि एउटी छोरी रीमा जन्माइन् । अहिले उनका छोराले आर्थिक उपार्जन गर्छन् । नेपाली भाषामा लेखेर कमाउने त कुरै छैन तर यस परिस्थितिमा पनि उनी आफ्नो फर्माइसी खर्चचाहिँ लेखनबाटै असुल गर्ने गर्छिन् ।
भागीरथी श्रेष्ठको वैयक्तिक रुचिअनुसार उनी प्रकृतिप्रेमी छिन् । उनलाई घुम्न र डुल्न भनेपछि सारै मन पर्छ । त्यसै प्रसङ्गमा उनले नेपालका धेरै ठाउँ डुलेकी छिन् । साथै उनले भारतका पनि केही ठाउँ हेरेकी छिन् । भारत घुमेको प्रसङ्गमा भागीरथी श्रेष्ठ भन्छिन् “नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका तत्कालीन उपकुलपति मदनमणि दीक्षितका नेतृत्वमा म आसाम, सिलाङ, दार्जीजिङ र सिक्किम गएकी छु । साईबाबाको दर्शनका लागि म सिरडी र पुट्टपर्ती गएकी छु । मानसरोवरको यात्रा मेरो अत्यन्तै कठिन, अद्भुत र रोमाञ्चकारी यात्रा थियो । त्यही हो मेरो जीवनको अविस्मरणीय यात्रा ।”
जीवनका हरेक यात्रामा विविध रङ्गहरू छर्दै आज भागीरथी श्रेष्ठले आफ्नो नाउँ चलाएकी छन् । उनको त्यो आर्जन व्यक्तिगत नभएर साहित्यको साझा र राष्ट्रिय आर्जन भएको छ । त्यसैले उनले हृदयबाट पोखेका अनगिन्ती व्यक्तिगत भावना पनि आज समस्त नेपाली समाजको सम्पत्ति भएका छन् । त्यो सम्पत्ति नै नेपाली साहित्यमा भागीरथी श्रेष्ठले प्रदान गरेको योगदान हो जुन यस माटोमा सदा सुरक्षित रहनेछ । अन्तसम्मको हिसाब गर्ने हो भने पनि नेपाली साहित्यको विकासमा भागीरथी श्रेष्ठद्वारा कोरिएका अक्षरहरू नै नेपालीका गौरव पनि हुन्:
जब तिमी यौवनको रङ्गीन तलाउभित्र
निस्फिक्री खेलेकी थियौ
त्यति बेला
तिमीलाई परपुरुषको सम्मुख
सर्वाङ्ग नाङ्गी हुन पनि लाज लागेन !
रञ्जुश्री पराजुली
रञ्जुश्री पराजुलीले नानी पाएपछि मात्र नानीहरूका विषयमा सृजना गर्न थालिन् । २३ वर्षको उमेरमा टेकेपछि मात्र उनले साहित्यिक यात्रामा आफ्ना पाइला चाल्न थालेकी थिइन्् । अर्थात् २०२७ साल असारमा डा. दामोदरप्रसाद पराजुलीसँग दाम्पत्य जीवन कसेको उपलक्ष्यमा उनी साहित्यसृजनामा पनि लागिन् । त्यस बेला उनले अनौपचारिक रूपमा केही कोरिन्, केही लुकाइन् र केही देखाइन् । त्यही मेलोमा लहसिएर उनले ‘रमझम’मा एउटा समालोचना छपाइन् । वास्तवमा रचनात्मक अभिव्यक्ति दिने क्रममा नै उनले औपचारिक रूपमा फेरि अर्काे भौतिक रचना गरिन् । अथवा भनूँ बिहे गरेको दस महिनाभित्रै उनको रगतको मौलिक सृजनाले पृथ्वीमा पदार्पण ग¥यो । अनि छोरा दीपेन्द्रको जीवनमा समर्पित भएर उनले बालरचना गर्न थालिन् । आखिर दाम्पत्य जीवनले नै उनलाई स्रष्टा बनायो र छोराको मायाले उनलाई बालसाहित्यकी रचयिता बनायो । उनले २०३६ सालमा लुना जन्माइन् र त्यसपछि उनी साहित्यरचनामा झनै जम्जमाइन् ।
रञ्जुश्री पराजुली निबन्धकार, समालोचक, कवयित्री जेजे भए तापनि नेपाली भाषासाहित्यमा बालसाहित्यकी एउटी चम्किली तारा बनिन्, लेखक बनिन् र सृजनाकार बनिन् । बालसाहित्यलाई रथमा राखेर हाँक्न उनी कहिल्यै थाकिनन् । उनी बौद्धिक भए तापनि उनले बालकले बुझ्ने साहित्य लेखिन्, उनी तीक्ष्ण भए तापनि उनले बालकका आकर्षणका शैली लेखिन् र उनी सुशिक्षित भए तापनि उनले बालकका लागि खुबै सरल भाषा र सारैैै सरस विचार लेखिन् । लेख्तै जाँदा बालमनमा मातृत्वको छहारी दिने उनी सग्ली आमा भइन् अनि बालजीवनकी सबल गुरुआमा भइन् । यसरी नेपाली भाषाको बालसाहित्य लेखनबाटै उनले परिचय आर्जन गरिन् । वास्तवमा उनी नेपाली साहित्यमा बालजीवनकी एउटी चौतारीका रूपमा स्थापित भइन् । परिणामस्वरूप उनी सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् (बाल कल्याण समन्वय समिति) बाट सन् १९९० मा सार्कस्तरीय पुरस्कारकी भागी भइन् । उनले २०५५ सालमा पनि समाज कल्याण मन्त्रालयबाट बालसाहित्य पुरस्कार पाइन् । साथै २०५७ सालमा उनले शिशु सेवा समितिबाट पनि अर्को बालसाहित्य पुरस्कार पाइन् ।
रञ्जुश्री पराजुलीको जन्म संवत् २००५ साल मङ्सिर १५ गते मङ्गलबार कालधारा काठमाडौंमा भएको थियो । जनरल ठाकुरनाथ भट्टराई तथा सुशीला भट्टराईका दुई भाइ छोरा तारानाथ, तिलकनाथ र एउटी छोरी रञ्जुश्री जन्मेका थिए । रञ्जुश्री भट्टराईदम्पतीकी बीचकी सन्तान थिइन् । सानामा उनलाई लल्लू भनेर बोलाइन्थ्यो ।
डा.ठाकुरनाथ भट्टराई नेपाली पल्टनको पहिलो ब्राह्मण जनरल थिए । साथै उनी नेपालका प्रख्यात मुटुरोग विशेषज्ञ थिए । यति हुँदाहुँदै पनि रञ्जुश्रीकी आमा हृदयाघातबाटै स्वर्गीय भइन् र आमाको चोला उठेको एघार वर्षपछि यिनका डाक्टर बाबुको पनि हृदयाघातकै कारण स्वर्गारोहण भयो । यस सन्दर्भमा भट्टराईगृहमा टुकीमुनिको अँध्यारो नै देखियो ।
बाल्यावस्थादेखि नै रञ्जुश्री सौम्य थिइन् । घरकै संस्कारमा उनको शिक्षादीक्षा भएको थियो । एकातिर स्कुले शिक्षा र अर्कातिर नाच्ने, गाउने र खेल्ने वैयक्तिक लहरले उनीभित्र जागरणको दैलो खोलिने क्रम थियो । त्यसमाथि पनि उनी जे गर्थिन् निर्धक्क गर्थिन् र जे बोल्थिन् स्पष्ट रूपले बोल्थिन् । खुलस्त मन, चञ्चल स्वभाव र मिलनसारिता उनका बाल्यकालदेखिकै नैसर्गिक गुण थिए ।
रञ्जुश्री सानैदेखि पढ्नमा आशक्त थिइन् । पढाइलेखाइका सन्दर्भमा उनी सुरुमा काठमाडौंको लैनचौरस्थित शान्तिविद्यागृहमा प्रवेश भइन् । त्यसपछि उनकै फुपूले प्रौढका लागि स्थापना गरेको डिल्लीबजारस्थित नारी ज्ञानमन्दिरमा उनी भर्ना भइन् । २०१८ सालमा त्यही स्कुलबाट यिनले एस.एल.सी. परीक्षा पास गरिन् । यिनले आई. ए. र बी. ए. चाहिँ पद्मकन्या कलेजबाट उत्तीर्ण गरेकी हुन् । त्रिभुवन विश्वविद्यालय कलेजबाट २०२६ सालमा उनी नेपालीमा एम. ए. समुत्तीर्ण भइन् । एम. ए. पास भएको प्रमाणपत्र हातमा लिएपछि यिनले बिहे गरिन् ।
रञ्जुश्री पराजुलीले बालसाहित्यलाई थाप्लामा बोकेर नेपालका डाँडाकाँडा पु¥याइन् । उनीद्वारा लिखित बालसाहित्य अन्य देशका नेपाली भाषाका पाठकले पनि पढे । उनी बालसाहित्यलेखनमा एउटी निरन्तर बगिरहने नदी हुन् । उनी कुनैकुनै व्यवहारमा थाके पनि बालप्रेम गर्न भने कहिल्यै थाकिनन् । उनको त्यही कलाका बारेमा धेरैले उनको मुक्तकण्ठले प्रशंसा गरे । यसै क्रममा घटराज भट्टराईले पनि “यथार्थ, सहज, मनोरञ्जनपूर्ण एवं सन्देशमूलक साहित्य सृजना गर्ने बालसाहित्यकार”भनेर उनको टड्कारो परिचय दिए । वास्तवमा उनका विषयमा जतिले चासो राखे उनको योगदानप्रति कृतज्ञता दिएर नै उनको वर्णन गरे ।
रञ्जुश्री पराजुली नेपाली साहित्यका त्रिमूर्ति अर्थात् कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट अति नै प्रभावित भइन् । साथै उनी गुरुप्रसाद मैनाली, रुद्रराज पाण्डे, भूपी शेरचन र तारानाथ शर्माका लेखनीको प्रभावमा डुब्नु डुबिन् । साँच्चै भन्ने हो भने तिनीहरूकै प्रभावमा हाँक्ँिकदै जाँदा नेपाली भाषासंसारमा एक दिन उनी एउटी बालसाहित्यकारमा नै प्रतिष्ठापित भइन् ।
रञ्जुश्री पराजुलीको साहित्यिक यात्राको मेरुदण्ड नै बालसाहित्य हो । बालसाहित्य रचना गर्ने क्रममा उनले ‘दस थुँगा पूmल’ (२०३९), ‘म बिरामी छैन’ (२०५३), ‘अन्धविश्वास’ (२०५४), ‘सबै आमाका सन्तान’ (२०४८), ‘भुन्टीबाघ’ (२०५५), ‘चिम्पू र घडी’ (सन् २००३), ‘कथाबाटिका’ (२०६१), ‘मितेरी गाउँ’ (२०६२) समेत आठवटा बालकथासङ्ग्रह लेखिन् । उनका यी सबै कृति चर्चित भए । यिनै कृतिको भ¥याङ चढेर रञ्जुश्रीले नेपाली बालसाहित्यको शिखर आरोहण गरिन् । झन् त्यसमाथि उनको ‘हरियाली’ नामक बालउपन्यास (२०५८) ले उनलाई बालउपन्याससर्जक बनायो । नेपाली साहित्यमा बौद्धिक, मनोवैज्ञानिक र स्तरीय बालसाहित्य लेख्ने कोटिमा उनी पुगिन् ।
रञ्जुश्री पराजुली निबन्धका फाँटमा पनि चर्चित नाउँ हो । उनले ‘विदेशमा बिताएका केही वर्ष’ नामक नियात्रासङ्ग्रह (२०४१) जनसमक्ष ल्याइन् । वास्तवमा उनले देशविदेशको भ्रमण गरेर धेरै अनुभव पनि सङ्ग्रह गरिन् । उनले एसिया तथा युरोपका प्राय: देशको भ्रमण गरिन् । उनले जति पढिन् र जति घुमिन् ती अनुभव जीवनयात्राका अनुसूचीहरूमा समेत समावेश गरिन् । समाजसामु उनी सानै भएर हिँड्ने ठूली मान्छे बनिन् । अथवा भनूँ उनी नेपाली जनजीवनकी असल नारीका रूपमा देखा परिन् ।
रञ्जुश्री पराजुली साहित्यसृजनामा ज्ञानगुन र विचार पस्कने स्रष्टा हुन् । सृजना उनको जीवनको सग्लो परिचय हो । त्यही परिभाषामा आधारित भएर उनले ‘परिस्थितिसँग अल्मलिँदा’ (कथासङ्ग्रह : २०६१) प्रकाशनमा ल्याइन् । लेखनका उपक्रममा यिनले केही गीतिकविता र बालगीत पनि लेखिन् । ती विधामा पनि यी चर्चित बनिन् । तर उनको यस्ता रचनाको बेग्लै कृति भने जनसमक्ष आएन ।
रञ्जुश्री पराजुलीको व्यक्तित्वमा बहुआयामिकता भए तापनि उनको सङ्क्षिप्त परिचय बालसाहित्यकी सर्जक नै हो । यिनले बालसाहित्यमा नै आफ्नो मनलाई केन्द्रित गरेकी हुन्छिन् । त्यसैले यी भन्छिन् “बालसाहित्यबाट म बालबालिकाको मनोरञ्जनका साथै बौद्धिक तथा नैतिक सुधार चाहन्छु ।” वास्तवमा उनको जीवनको लक्ष्य, उद्देश्य र योजना नै बालसाहित्यलाई परिष्कृत र परिमार्जित गर्नु हो । त्यही बाटामा उनको प्राय: चौबीस घन्टा बितेको हुन्छ । यही धरातल कुल्चँदै जाँदा उनले आफ्नो जीवनको स्वर्णिम क्षण पनि भोगिरहेकी हुन्छिन् अनि त्यही नै उनको जीवनको सार पनि हुन्छ ।
रञ्जुश्री पराजुली परिश्रमी स्रष्टा हुन् । उनको लक्ष्य घर, समाज र राष्ट्रका लागि केही गर्नु नै हो । त्यसैले उनी आफ्नै खुट्टामा उभिने प्रवृत्तिकी नारी बनिन् । उनी आफ्ना लागि मात्र जीवन भोग्न चाहन्नन् । उनी समाज, राष्ट्र र जनताका लागि पनि सकेको आफ्नो गच्छे रोप्ने गर्छिन् । त्यसैले उनी विभिन्न खालका सामाजिक र साहित्यिक संस्थामा पनि आबद्ध छिन् । उनको सेवामा लिनुको अर्थ उनीभित्र अटाउन सक्तैन; उनी दिएर आत्मसन्तुष्टि ग्रहण गर्ने खालकी नारी भइन् । जीवनमा अर्काकै लागि उपकारमा बाँधिएर नै उनले आत्मसन्तुष्टि बटुलिन् । त्यसो त आफ्ना पतिको पाखुरीमा गाँसिएर यिनले काठमाडौंको बाँसबारीमा घर पनि बनाइन् ।
रञ्जुश्री पराजुलीले जीवनमा जेजे भोगिन्, जेजे देखिन् र जेजे सुनिन् त्यहीत्यही नै लेखिन् । लेखनमा उनले आडम्बरको फुल पारिनन् । लेखनमा भुलिएर उनले मन खर्च गरिन्, बुद्धि खर्च गरिन्, तन खर्च गरिन् र धन खर्च गरिन् । अन्तत: सृजना नै उनको समाज र राष्ट्रप्रतिको दायित्व बन्यो । यही कारणले उनी नेपाली भाषासाहित्यमा चम्किन् । उनी बालसाहित्यिक सृजनाकी चर्चित स्रष्टा बनिन् ।
रञ्जुश्री पराजुलीले ‘कथाकार गुरुप्रसाद मैनाली : एक चर्चा’ (‘रमझम’ : २०२७) शीर्षकको समालोचना लेखेर नेपाली समालोचनामा औपचारिक पाइलो हालेकी थिइन् । आज त्यही लेखोट उनको साहित्यिक यात्राको जग बन्यो । तिनै अक्षरका आरम्भले नै उनी नेपाली भाषासाहित्यमा सधैंँ सम्झिरहने स्रष्टा बनिन् । उनका बालसाहित्यकोे रचनात्मक योगदानले नै नेपाली समाजले पनि उनको जय मनायो ।
गार्गी शर्मा
डा. गार्गी शर्मा साहित्यकार गोमाकी एउटै प्रतिनिधि, एउटै सन्तान वा एउटै छोरी हुन् । अनि गोमाचाहिँ ‘शारदा’ कालीन कवयित्री हुन् । त्यस समयपछि गोमाले एकोहोरो नेपाली साहित्यको सेवा गरिन्, आराधना गरिन् र पूजा गरिन् । अनि यिनले छोरी पनि साहित्यकार नै पाइन् । नेपाली भाषा साहित्यमा गार्गी शर्माले उत्कृष्ट समालोचकमा चाँडै आफ्नो नाउँ लेखाइन् । अर्थात् गार्गी शर्मा ‘आरू फुल्दा घर, पैयूँ फुल्दा माइत’ भइन् ।
आमाको झैँ नरम स्वभाव, आमाको झैँ मिहिनेत र आमाको झैँ समर्पण गार्गी शर्माका पनि विशेष गुणचिह्नहरू भए । उनी जे बोल्छिन् त्यही गर्छिन् र जे गर्छिन् तीनपटक सोचेर मात्र गर्छिन् । उनी मानवतावादी साहित्यकार पनि हुन् । उनी मान्छेसँग बोल्न उस्तै सिपालु छिन् । जुनसुकै साहित्यिक सभा, सम्मेलन र बैठकहरूमा पुग्नु उनको सोख नै देखिन्छ । जसरी उनी लेख्छिन् त्यसै गरी साहित्यिक सङ्गठनमा पनि लागिपरेकी हुन्छिन् । यी सबै विषयहरूलाई हेर्दा नेपाली भाषाको विकासका लागि मरिमेट्ने नारीसाहित्यकारहरूमा शर्मा पनि अग्रिम पङ्क्तिमा पर्छिन् । साहित्यको नाउँले खिचिएको जुनसुकै चित्रमा पनि सौम्य रूपमा उनको उपस्थिति हुने गर्छ ।
गार्गी शर्मा स्वयं स्पष्ट छिन्, उदार छिन् र हितकारी छिन् । त्यसैले यिनलाई चाकरीप्रथा मन पर्दैन । चाप्लुसी गरेर आफ्नो काम पट्याउने मान्छे र अरूको पछाडि कुरा काट्ने मान्छे त झनै उनी मन पराउँदिनन् । त्यसैले धेरैले उनलाई मौलिकताकी धनी भन्ने गर्छन् । उनी जस्ती छिन् अर्को पनि त्यस्तै हुनुपर्छ भन्ने धारणा राख्छिन् ।
गार्गी शर्मालाई प्राय: सबै नयाँ कुरा मन पर्छ । पुराना चिजबिज र कुराहरूको पनि यिनलाई त्यति नै लोभ लाग्छ । नौला, राम्रा र स्तरीय कुराहरूले जीवनमा नौलो रौनक थुपार्न सक्छ भन्ने यिनको मान्यता देखिन्छ । त्यसैले गार्गी पनि नयाँ विषयवस्तुसँग नजिक हुन मन पराउँछिन् । उनकै शब्दमा भन्ने हो भने “नसुनेका गीतहरू सुनेका गीतहरूभन्दा मीठा र अनौठा हुन्छन् । त्यसै गरी म पनि सुखका क्षणहरूको आशा गर्दै पर्खिरहेकी छु ।”
नेपालको परिप्रेक्ष्यमा चाकरीकला नभएका मान्छे प्राय: पछौटे नै हुने गर्छन् । कुनै पनि राजनैतिक व्यवस्थाको समर्थनका आधारमा मात्र होइन; नेपालीको जिन्दगानीको आधार कोट्ट्याउँदा त्यहाँ योग्यताको कदर बिरलै हुने गर्छ । वास्तवमा धेरै नेपाली साहित्यकारहरू पनि यस परिपाटीबाट पीडित छन् । यस क्रममा गार्गी शर्मा भन्छिन् “नेपालमा छक्कापन्जा नजान्नेको जिन्दगी कतै पनि झाङ्गिन सक्तैन ।” तर आफ्नै बुतामा टेकेर गार्गी शर्माले चाहिँ नेपाली समाजमाझ आपूmलाई चिनाइन् ।
गार्गी शर्मा बाल्यकालदेखि नै साहित्य रच्ने गर्थिन् । आफ्नी आमाका औँला समाउँदै उनी साहित्यको धुरी उक्लन थालिन् । सोहीअनुरूप शर्माको पहिलो लेख २०२४ सालमा छापियो । ‘कल्पनाका धनी : धनका गरीब देवकोटा’ शीर्षकको गार्गीको प्रबन्ध ‘पूmलपाती’ भन्ने पत्रिकामा छापिएको थियो । त्यो लेख छापिएपछि उनी धेरैकी प्रशंसित पनि भइन् । उनलाई धेरैले धन्यवाद, स्याबासी र बधाई दिए । त्यस बेला बधाई दिनेहरूमध्ये प्रा. रोहिणीप्रसाद भट्टराईले दिएको प्रशंसाका अक्षरहरूले यी झनै खुसी भइन् । त्यस बेलाको त्यो खुसी पछिसम्म पनि उनीसँग सङ्गृहीत रह्यो ।
गार्गीले समालोचनामा आधारित थुप्रै फुटकर रचना गरेकी छिन् । साथै समीक्षात्मक ग्रन्थका रूपमा यिनले एघारवटा पुस्तक प्रकाशित गरेकी छिन् । यिनका ती पुस्तकहरू हुन्— ‘केही समीक्षा’ (२०४१), ‘चाँदनी शाहको काव्यभूमि’ (२०४४), ‘केही अनुसन्धानात्मक अभिव्यक्ति’ (सहलेखन : २०४६), ‘बाङ्देलका नारी पात्रहरू’ (२०५१), ‘सिद्धिचरणका खण्डकाव्यको अध्ययन’ (२०५१), ‘गोठालेका बालपात्रहरू’ (२०५३), ‘केही समीक्षात्मक अभिव्यक्ति’ (२०५३), ‘सन्तदर्शनभित्र रुद्रराज पाण्डे’ (२०५५), ‘लक्ष्मीदेवी राजभण्डारीको काव्यसाधना’ (२०५७), ‘माधव घिमिरेका गीतिनाटकमा मानवतावाद’ (२०५७), ‘शारदाका कवितामा विद्रोहात्मक स्वर’ (२०५८) । लेखनकै क्रममा यिनले आफ्नी आमाका विषयमा एउटा महाकाव्य पनि लेखिन् ‘गोमा’ (२०६३) ।
गार्गी शर्माको समालोचना सरल, सहज र सरस पारामा अघि सरेको देखिन्छ । लेखनपद्धतिमा गुण र दोष औँल्याएर समीक्षा गर्नु शर्माको समालोचकीय विशेषता हो । अहिलेसम्म यिनले जति पुस्तकको समीक्षा गरिन्, तिनमा नमुना नै कायम गरिन् । यिनका समीक्षा, टिप्पणी र लेखनका विषयमा माधव घिमिरे भन्छन् “छोटो अवधिमा गार्गी शर्माले लामो काम गरिसकेकी छिन् । डा. गार्गी शर्माको कलममा न्याय मुस्कुराएको हुन्छ ।”
गार्गी शर्मालाई सानैदेखि लेख्ने रहर थियो । आफ्नी आमा गोमाको प्रभावबाट यिनले सानैदेखि नेपाली भाषाको सेवामा आपूmलाई उत्सर्गिक गरेकी थिइन् । हुन त यसबारे आफ्नो धारणा राख्तै उनी भन्छिन् “मैले रहरले लेख्न
डा. गार्गी शर्मा नेपाली साहित्यमन्दिरमा सदस्यसचिवका हैसियतले कार्यरत छिन् । साथै उनी चन्द्रधन प्रज्ञामन्दिरमा पनि उपाध्यक्षका रूपमा रहेकी छिन् । लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानको कोषाध्यक्षमा पनि उनी कार्यरत
थालेको हुँ ।” तर यिनले जुन हिसाबले लेख्न थाले तापनि यिनको प्रवेशले नेपाली भाषाको भण्डारमा भने आम्दानीको स्रोत थपिएको छ ।
गार्गीलाई साहित्यको अध्ययन गर्ने उत्कट अभिलाषा छ । यिनलाई नेपाली साहित्यमा जति गर्व छ त्यति नै अध्ययनका लागि चाख पनि छ । अनि यिनको इच्छा पनि साहित्यसेवा नै रहेको छ ।
आमा गोमा उपाध्यायले साहित्यिक यात्रामा बामे सर्न मद्दत गरे तापनि ‘रत्नश्री’ पत्रिकाका सम्पादकद्वय दाजुभाइ मदनदेव भट्टराई र शान्तदेव भट्टराईको प्रेरणासमेत थपिएर शर्मा साहित्यिक मार्गमा हिँड्न थालिन् । यिनले प्राय: ‘रत्नश्री’मा नै लेखिरहिन् । सामाजिक सुधारका लागि यिनले आफ्नो कलम चलाइरहिन् । यिनका दृष्टिकोणमा साहित्यको लक्ष्य पनि त्यही हो । अर्थात् आत्माभिव्यक्ति र सामाजिक सुधारका लागि लेख्नुपर्ने धारणा गार्गीको रहेको छ । यसै प्रसङ्गमा उनी आफ्नो यथार्थ विचार राख्तै भन्छिन् “चहराइरहेको मानसिक घाउका लागि साहित्यिक अभिव्यक्ति रामवाण हो ।”
गार्गी शर्माको व्यक्तित्वको सबैभन्दा ठूलो विशेषता के हो भने उनी स्वाभिमानले कुँदिएकी छिन् । अर्को कुरा उनी नेपाली भाषासाहित्यमा राजनीतिक रङ मन पराउँदिनन् । साथै उनका लागि नेपाली साहित्य लेख्ने जुनसुकै स्रष्टा पनि एउटै तराजुमा अटाउन सक्छन् । त्यसैले शर्मा पनि नेपाली भाषासाहित्यका प्राङ्गणमा एउटा स्वच्छ छविले चिनिएकी स्रष्टा हुन् ।
गार्गी शर्मा यथार्थवादी स्रष्टाका रूपमा परिचित छिन् । उनी साहित्यसृजनाको मौलिकतामा भन्दा वास्तविकतामा नै धेरै समर्पित भएकी छिन् । त्यसैले कथा, कविता र उपन्यासविधामा भन्दा उनी समालोचनामा नै समर्पित देखिन्छिन् । यसै परिवेशमा उनी भन्छिन् “स्रष्टा बन्न नसकेपछि सृजनालाई समात्नु पनि जीवनको एउटा अर्को उपलब्धि हो । यदि आमा बन्न नसकिए तापनि धाई आमा भए पनि आत्मसन्तुष्टिको तृप्ति त होला नै ।”
समीक्षक गार्गी शर्मा आफ्नो कलममा न नाता पाउँछिन्, न वाद पाउँछिन् र न त कुनै व्यक्तिवादी दृष्टिकोणलाई व्यक्त्याउँछिन् । त्यसैले उनी भन्छिन् “समालोचना निष्पक्ष हुनुपर्छ । अनि समालोचकले आफ्नो दृष्टि व्यापक बनाउनुपर्छ । समालोचकले सत्य कुरा औँल्याउन कहिले हिच्किचाउनु हुँदैन । समीक्षकले स्रष्टाको प्रशंसा गर्ने ठाउँमा प्रशंसा नै गर्नुपर्छ र कमजोरी छ भने कमजोरी नै औँल्याउनुपर्छ । तर अनावश्यक रूपमा स्रष्टालाई सर्काउने र निहुँ खोजीखोजी स्रष्टाको दोष देखाउनु चाहिँ समालोचकीय धारा होइन । जुनसुकै स्रष्टाले पनि आफ्नो योग्यताको सही परिणाम समालोचकका आँखामा पु¥याउन चाहिँ त्यो कसरत गर्नुपर्दछ ।” गार्गी शर्माका अनुसार यदि समालोचकले सही मूल्याङ्कन गर्ने हो भने स्रष्टा लगनशीलताका साथ अगि बढ्नेछन् । त्यसो भएमा स्रष्टालाई प्रेरणा, प्रोत्साहन र जाँगरका लागि यो विषय पनि होस्टे हुन सक्छ ।
नेपाली साहित्यका स्रष्टाहरूबारे समीक्षात्मक कदम अगि बढाउने गार्गी शर्मा समयसापेक्षित सौन्दर्यमा आधारित सामाजिक र मनोवैज्ञानिक समीक्षकका रूपमा परिचित छिन् । आफ्नै सिद्धान्तभित्र अटल रहेको तापनि उनको समालोचकीय घेरा स्वच्छ, फराकिलो र निर्मल देखिन्छ । त्यसैले उनी नेपाली समालोचनाका फाँटमा टड्कारो रूपमा देखा परिन् ।
मीठो बोलीवचनले सुसज्जित गार्गी शर्मा हेर्दा वसन्तमा रमाइरहेझैँ देखिए तापनि उनीभित्र चाहिँ शिशिरका ठिहीहरूकै वास हुन्छ । उनको मन सधैँ उराठलाग्दो भए तापनि मान्छेका माझ उनी मन्दमुस्कानमा उभिने गर्छिन् । वास्तवमा उनको जीवन शिशुकालमा खङ्ग्रङ्ग भएर बित्यो र उनको समय बाल्यकालदेखि नै उराठलाग्दो तरिकाले बित्यो । तर पनि उनले चाहिँ यौवनावस्थादेखि नेपाली भाषालाई उर्वरता प्रदान गर्न तन र मन दिइरहिन् ।
गार्गी शर्माको जन्म संवत् २००५ सालको फागुन २३ गते आइतबार इन्द्रचोक काठमाडौंमा भएको थियो । यिनकी आमा गोमालाई बास न गाँसको औपचारिक समस्याले रन्थन्याएका बेला यिनी जन्मेकी थिइन् । वास्तवमा त्यतिखेर गोमा आर्थिक दृष्टिले निक्कै तलकी देखिन्थिन् तर उनी त्यति बेलै साहित्यिक रूपमा भने माथिकी स्रष्टा थिइन् ।
आमा गोमाकै एक्लो प्रयासबाट गार्गी शर्माले कखरादेखि एम. ए., पीएच. डी. सम्म गरिन् । यिनले त्रिभुवन विश्वविद्यालयबाट एम. ए. पास गरिन् भने भारतको बनारस हिन्दू विश्वविद्यालयबाट ‘नेपाली स्वच्छन्दतावादी कवितामा प्रकृति प्रयोग’ विषयमा विद्यावारिधि गरिन् । साथै यिनले रत्नश्री स्वर्णपदक, रुद्रराज साहित्य पुरस्कार आदि पुरस्कारहरू पनि पाइन् ।
चाँदनी शाहले प्रारम्भिक शिक्षा खरसाङ (दार्जिलिङ)को सेन्ट हेलेन्स कन्भेन्ट र सेन्ट मेरिज स्कुल जाउलाखेल, ललितपुरमा अध्ययन गर्दै कान्ति ईश्वरीराज्यलक्ष्मी हाईस्कुलमा प्रवेश गरेको पाइन्छ । २०२० सालमा एस.एल.सी.
छिन् । उनी नेपाली वाङ्मयका थप केही सङ्घसंस्थामा पनि संलग्न छिन् । हाल उनी त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाली विषयको प्राध्यापकका रूपमा कार्यरत छिन् । उनी जहाँजहाँ हुन्छिन् त्यहाँत्यहाँ उनको सीप रोपिएको हुन्छ । उनी जहाँजहाँ जान्छिन् एउटा अनुशासित, व्यावहारिक नारीका रूपमा प्रस्तुत हुने गर्छिन् । उनको सेवाभावनाले पनि उनलाई नेपाली समाजमा परिचित गराएको पाइन्छ ।
डा. गार्गी शर्मा आमा गोमा, पति भगीरथ काफ्ले र दुई छोरी डा.गोपा र ई.ग्रीष्मामा रमाइरहेका बेला आकस्मिक रूपमा यिनका टाउकामा आकाश आएर थेचारिएको थियो । जीवनमा माटाको भर ढुङ्गा र ढुङ्गाको भर माटो भएको अवस्थामा यिनको जीवनबाट एउटा ढुङ्गो सर्लक्कै माटोबाट उछिट्टियो र सदाका लागि उनीबाट टाढा, टाढा र टाढा गयो । त्यो दिन यिनका आँखामा सात समुद्र बगेको थियो । त्यसपछि उनी झन् रुखोझैँ भइन् । वास्तवमा यिनकी आमा गोमा नै यिनकी सर्वस्व थिइन् । त्यसैले आफ्नी आमा गोमाको स्वर्गारोहणपछि गार्गीका आङमा कहिल्यै पनि घाम लागेन ।
चॉदनी शाह
धर्ती भई एकचोटि सही हेर अरूले कुल्चेको
आगो भई एकचोटि बली हेर अरूले तापेको ।
कवयित्री चाँदनी शाहको कलमले यथार्थताको धरातल समातेको पाइन्छ । पीडा, बोझ र समस्यालाई अनुभूति गर्न र तिनै बेहोरा कल्पना गर्नमा निक्कै भिन्नता हुन्छ । राष्ट्रिय दायित्वमा रहेर पनि आफ्नो जिन्दगानीलाई सरलताका साथ अरूमाझ प्रस्तुत गर्ने काम कठिन हुन्छ र त्यो एउटा तपस्या पनि मानिन्छ । तत्कालीन श्री ५ बडामहारानी ऐश्वर्यराज्यलक्ष्मीदेवी शाहबाट चाँदनी शाहको नाउँद्वारा साहित्यको सृजना हुने गथ्र्यो । त्यसैले पनि ‘चाँदनी शाहका रचना’ (गीतिकवितासङ्ग्रह : २०४३) नेपाली जनजीवनमा चर्चित भयो । कवयित्री शाहका काव्यमा नेपाली जनजीवनको टड्कारो प्रतिविम्ब पाइन्छ । शाहका प्राय: सम्पूर्ण गीतिकविताहरू तारादेवीद्वारा गाइएका छन् भने अधिकांश गीतहरू नातिकाजीद्वारा सङ्गीतबद्ध भएका छन् । चाँदनी शाहका गीत नारायणगोपाल, शिवशङ्कर, तारा थापा, मिलन चँखू, आनन्द कार्की र कुन्ती मोक्तानद्वारा पनि गाइएका छन् भने उनका गीतमा अम्बर गुरुङ, शिवशङ्कर, दीपक जङ्गम र शिलाबहादुर मोक्तानका सङ्गीत पनि परिसकेका छन् । उनका रचनाको विविध भाषामा अनुवाद भएको छ भने प्रतिनिधि नेपाली साहित्यकारका समीक्षामा आधारित ‘चाँदनी शाह : आफ्नै आकाश, आफ्नै परिवेश’ (२०४३) नामक बृहत् समालोचनात्मक ग्रन्थ पनि प्रकाशित भएको छ ।
कविराजा म.वी.वि. शाहकी कुलबधू चाँदनी शाहलाई पनि नेपाली साहित्यिक धरातलमा पाउनाले नेपाली माटोमा गौरवको एउटा अर्को घटना पनि थपिएको मानिन्छ । तत्कालीन समयलाई दृष्टिगत गरेर भन्ने हो भने साहित्यिक समाजमा चाँदनी शाहको पदार्पण हुनु भनेको सम्पूर्ण साहित्यिक जगत्ले ओजस्विता प्राप्त गर्नु हो ।
चाँदनी शाहको संवत् २००६ कात्तिक २२ गते सोमबार काठमाडौंको लाजिम्पाटमा जन्म भएको थियो । जनरल केन्द्रशमशेर जङ्गबहादुर राणा तथा रानी राज्यलक्ष्मी राणाकी ज्येष्ठ सुपुत्री चाँदनी शाहको राणादम्पतीको सुयोग्य संरक्षणमा बीस वर्ष व्यतीत भएको थियो ।
चाँदनी शाहको शुभविवाह तत्कालीन श्री ५ युवराजाधिराज वीरेन्द्रवीरविक्रम शाहका साथ २०२६ साल फागुन १६ गते सम्पन्न भयो । वैवाहिक जीवनमा गुथिएपछि चाँदनी शाहको काव्यधाराले खास गरेर औपचारिकताको मोड आरम्भ गरेको पाइन्छ । प्रणयमा उनिएपछि शाहद्वारा पतिप्रेममा समर्पित रचनाहरू निर्माण हुन थालेका थिए । परिणामस्वरूप नेपाली साहित्यमा चाँदनी शाहका नाउँमा रेडियो नेपालबाट गीतहरू प्रसारण हुन थाले:
तिमीलाई हॉसेर बिदा मात्रै दिइसकेथें
ऑसु झरिसकेछन् म तिनलाई पुछ्न थालें
तिमी मलाई छाडी गैसकेका मात्रै के थियौ
तिमी फर्कने दिन म हतारिंदै गन्न लागें ।
कवयित्री चाँदनी शाहका ओजपूर्ण रचनाले नेपाली काव्यजगत्मा नयाँ इँट थपिएको छ । जुनसुकै धारणामा आबद्ध समालोचक, साहित्यकारहरू, सङ्गीतका श्रोताहरू र पाठकहरूले कवयित्री शाहका रचनामा आफ्नै राष्ट्रको
समुत्तीर्ण भएपछि चाँदनी शाह पद्मकन्या कलेजमा प्रवेश भएको पाइन्छ । शाहले सोही कलेजबाट आई. ए. द्वितीय श्रेणीमा र त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट परीक्षार्थीका रूपमा बी.ए. द्वितीय श्रेणीमा समुत्तीर्ण गरेको पाइन्छ ।
चाँदनी शाह सानैदेखि ‘हुने बिरुवाको चिल्लोपात’मा गनिन थालिन् । उनको साहित्य र सङ्गीतमा सानैदेखि विशेष अभिरुचि थियो । यसका अतिरिक्त विविध खेलहरूमा पनि शाहले अभिरुचि राखेको पाइन्थ्यो । उनका मनपर्ने खेलहरू ब्याडमिन्टन, टेबुलटेनिस र रिले थिए ।
कवयित्री चाँदनी शाहमा अङ्ग्रेजी रोमान्टिक कवि विलियम वर्डस्वर्थका कविताको प्रभाव देखिन्छ । प्रकृतिचित्रणमा रमाउने कवि वर्डस्वर्थ र अन्य रोमान्टिक कविका कविता नै शाहका अभिरुचिका प्रमुख प्रेरक बन्न गए । साथै शाहमा नाटककार विलियम शेक्सपियरका कृतिहरूको अध्ययनबाट उत्कृष्ट साहित्यले जीवनमा कसरी मार्गदर्शनको कार्य गर्छ भन्ने भावना पनि सृजना भएको पाइन्छ ।
चाँदनी शाहका लागि नेपाल अत्यधिक प्यारो थियो । नेपालको अत्यधिक सुन्दर प्राकृतिक बनोट अर्थात् यहाँका डाँडापाखा, खोँच, बेँसी, खोलानाला, झर्ना, हिमाल र पहाडका ाृङ्खला एवं तराईका फाँटहरू चाँदनी शाहका काव्यका प्रेरक तत्व रहेका छन् । त्यसैले चाँदनी शाहबाट आफ्नै माटो, आफ्नै दृश्य अनि आफ्नै सौन्दर्यको यथार्थ परिकल्पना नै काव्यिक पटभूमिमा प्रस्तुत हुने गथ्र्यो । जसमा शाहको प्रणयभावना पनि ट्याप्पै टाँसिएको हुन्थ्यो र त्यही नै शाहको यथार्थ जिन्दगानी हुन्थ्यो:
उकाली ओरालीहरूमा भन्ज्याङ अनि चौतारीहरूमा
सुन्दर ती दहहरूमा हिमालका विशाल छातीहरूमा
जहॉजहॉ जान्छौ तिमी म पाइला बनी पछ्याइरहन्छु
ती छहरा खोला खहरेहरूमा सम्झना बनी बगिरहन्छु ।
गीतलेखनझैं चाँदनी शाहमा सङ्गीतकलाको पनि त्यत्तिकै सोख थियो । चाँदनी शाहले आफ्नो विद्यार्थीजीवनमा काठमाडौंको कलानिधि सङ्गीत महाविद्यालयमा पनि अध्ययन गरी प्रमाणपत्र प्राप्त गरेको पाइन्छ ।
कवयित्री चाँदनी शाहका विचारमा प्राकृतिक सौन्दर्यबाट गीतको भौतिक आयामको सृष्टि हुन्छ भने सङ्गीतले त्यसमा प्राणसञ्चार गरिदिन्छ । यी दुवै एकअर्काका बीच क्रमबद्ध तथा स्वर र संयम सृजना गर्ने कार्यमा पूरकका रूपमा रहेका छन् भन्ने दर्शनबाट नै कवयित्री शाहका काव्यको आन्तरिक संरचना अभिप्रेरित, अनुप्राणित र अभिसिञ्चित भएको पाइन्छ ।
कवयित्री चाँदनी शाहको साहित्यमा भावनाको प्रवाह प्रस्फुटित भएको हुन्छ र त्यहाँ प्रतिभाका किरणहरू छरिएका हुन्छन् । कवयित्री शाहका कवितामा सुन्दर, शान्त र सौम्य भावना ओतप्रोत भएको पाइन्छ । कवयित्री शाहबाट औपचारिक रूपमा संवत् २०३० सालदेखि नेपाली काव्यमा निरन्तर कलम चलाइएको थियो । शाहका कवितामा नेपाली जीवनशैली समेटिएको छ, प्रकृतिका मनमोहक दृश्यहरू समेटिएका छन्, मायाप्रीतिका भावहरू सलबलाएका छन्, नेपाल र नेपाली जातिप्रति आस्था जगमगाएका छन् र राष्ट्रियताका भावना फरफराएका छन् ।
चाँदनी शाह राजदरबारमा रहेर पनि उनका सृजनामा गाउँगाउँका झुप्राझुप्राहरूको वास्तविक अवस्था पनि अभिव्यक्त भएको पाइन्छ । शाहवंशीय परम्परामा कविता र कलाश्रृङ्खलाको निरन्तरताको कारण राजदरबारमा कला र साहित्यको अजस्र भण्डार रहेको वास्तविकता पाइन्छ । अथवा भनूँ नारायणहिटी राजदरबार नेपाली जनताका लागि कला र साहित्यको प्रेरणास्रोतका रूपमा पनि स्थापित भएको छ ।
रानी ऐश्वर्य अर्थात् चाँदनी शाहबाट दीपेन्द्र, श्रुति र निराजनको जन्म भयो । कवयित्री शाहबाट आफ्ना सन्ततिहरूलाई पनि प्रेरित गरिएकाले उनीहरूबाट पनि कविता र गीतहरू रचिए अनि कलाकृतिहरू पनि सृजना गरिए । यथार्थ र भावनामा उत्तिकै डुबुल्की मार्न रमाउने चाँदनी शाहको उर्वर लेखनीमा सन्तुलित जीवनदृष्टि पाइन्छ । साथै उनका रचनामा त्यागमय विशाल हृदय, कल्पनामय विराट् परिवेश एवं भक्तिमय विस्तृत समर्पणको उदात्त भावप्रकाश पाइन्छ । परम्पराभित्रै रहेर पनि आफ्ना अनुभूतिलाई मौलिकता प्रदान गर्ने चाँदनी शाहका हस्ताक्षरले नेपाली गीतसङ्गीतप्रेमीहरूलाई आह्लादमा डुबाएको पाइन्छ । चाहे समीक्षकले होस्, चाहे कवि तथा गीतकारले होस् अनि चाहे कुनै पनि विधाको रचना गर्ने कलमजीवीले होस्; चाँदनी शाहको कलमबाट सृजित मनमुग्धकारी कवितात्मक वैशिष्ट्यको व्याख्या, विश्लेषण र चिन्तन स्वस्पूmर्त रूपमा गरेको पाइन्छ ।
जनजीवन, भावना र चेतनाको ढुकढुकी जीवन्त रूपमा पाइन्छ भनी टिप्पणी गरेका छन् । यथार्थमा कवयित्री चाँदनी शाहका रचनाहरू मार्मिक छन्, प्रेरणादायी छन् र पथप्रदर्शक छन् ।
गीत र कविताको सृजनामा समर्पित चाँदनी शाह आधुनिक नेपाली काव्यजगत्की प्रेरणापुञ्जको नाउँ हो । मोतीझैं सुन्दर शैलीले सुसज्जित चाँदनी शाहका काव्यमा आफ्नो बेग्लै आकाश र आफ्नो बेग्लै परिवेश स्थापित भएको छ ।
नेपाली काव्यसंसारमा जुन बेला चाँदनी शाहको उपस्थिति भयो त्यस समयलाई नेपाली साहित्यका निमित्त एउटा अनुपम उपहार मानिन्थ्यो । उनको बहुआयामिक व्यक्तित्वको एउटा पाटो काव्यात्मक व्यक्तित्वले नेपाली भाषासाहित्य अभिप्रेरित छ । कवयित्री शाहका जनमुखी भावना नेपाली माटोमा अमर रहनेछन् ।
कवयित्री शाहले काव्यसृजनामा मात्रै समय प्रदान गर्ने त्यतिसारो अवसर थिएन । रानीका रूपमा पनि चाँदनी शाह राष्ट्रको विकासका लागि चिन्तनशील रहनुपथ्र्यो । चाहे राजा वीरेन्द्रसँग देशविदेशको भ्रमणमा सरिक भएर होस्, चाहे सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को स्थापना र अध्यक्षता ग्रहण गरेर होस्, चाहे पशुपतिक्षेत्र विकास कोषको अध्यक्षता गरेर होस्, चाहे नेपाल स्काउटको प्रमुख संरक्षक भएर होस्— चाँदनी शाहको राष्ट्रिय दायित्व विराट् थियो । तर यति हुँदाहुँदै पनि चाँदनी शाहबाट आफ्नो काव्यात्मक व्यक्तित्वलाई निरन्तर जनसमक्ष प्रस्तुत गरिएको पाइन्छ ।
प्रतिभाकी धनी, नेपाली साहित्यकी चर्चित स्रष्टा चाँदनी शाहको २०५८ जेठ १९ गते शुक्रबार राति गोली हानी हत्या गरियो । त्यस गोलीकाण्डले कवयित्रीको भौतिक चोला क्षतविक्षत भएको थियो । त्यस घटनापछि प्राय: सारा नेपाली रोए । तर नेपाली संसारमा कवयित्री चाँदनी शाहको व्यक्तित्व र कृतित्व चिरञ्जीवी छ । उनका रचनाहरू नेपाली परिवेशमा अनन्तअनन्तसम्म रहनेछन्:
उठेको रहेछ फोका त्यो फेरि फुटेर पानी भो
माटोले बनेको देह त्यो फेरि गएर माटो भो
छुटेको रहेछ अणु त्यो आज मिलेर पूर्ण भो
मायाले रचेको खेल यो आज आएर अन्त भो ।
अनीता तुलाधर
अनीता तुलाधर आफ्नो साहित्यसृजनाको उद्देश्य आत्मसन्तुष्टि ठान्छिन् । यसै धारणामा क्रमश: रम्दै जाँदा उनी नेपाली भाषा साहित्यमा कथाविधाकी सृजनशील स्रष्टामा स्थापित भइन् । कथा लेखनका हिसाबले उनको पहिलो प्रकाशित कथा हो ‘मेरो मनको धोको’ । पद्मकन्या कलेजबाट ‘कस्तूरी’ नामक वार्षिक मुखपत्र २०२४ सालदेखि प्रकाशित हुन थालेको थियो । त्यसै वर्ष अनीताले पनि ‘कस्तूरी’ मार्फत आपूmलाई कथाकारका रूपमा प्रस्तुत गरिन् ।
अनीता तुलाधरको लेखन जसरी छहराझैँ छमछम झरेको हुन्छ त्यसै गरी उनको प्रस्तुतिको रोचकता पनि नदीझैँ सहज रूपमा बगेको हुन्छ । उनको साहित्यिक व्यक्तित्व सहजताले भरिएको छ । उनको अनुहारमा सधैँ उत्साहको टाँचा लागेको पाइन्छ । उनको अनुहार खास गरेर त्यो दिन झन् धप्प बलेको थियो जुन दिन त्रिपुरेश्वरस्थित वाग्मतीको किनारमा उनको ‘जीराकुञ्ज’ बनेको थियो । त्यसै प्रसङ्गमा उनी भन्छिन् “मैले आफ्नो घर बनाएर बस्ताको दिन जीवनको सबैभन्दा सुखद दिन सम्झेँ ।”
अनीता तुलाधरको विवाह २०३० सालमा पन्नाकाजी तुलाधरसँग भएको थियो । यी दम्पतीबाट अधीश र पल्पसा जन्मे । आफ्ना छोराछोरीबाट उनी सुखी छिन् । त्यस्तै उनी आफ्ना पति पन्नाकाजी तुलाधरबाट प्रत्येक पल, प्रत्येक ढुकढुकी र प्रत्येक स्पन्दनमा सन्तुष्ट छिन् । उनका कवितादेखि कथासम्मका प्रमुख पात्र नै उनका ‘पन्ना’ हुन् । वास्तवमा अनीताको हाउभाउ र व्यवहारले घरपरिवारबाट उनी कति सन्तुष्ट छिन् भन्ने बेहोरा पनि प्रमाणित गरिरहेकै हुन्छ ।
अनीता तुलाधरको जन्म २००७ साल वैशाख १७ गते शनिबार कोसी अञ्चलको विराटनगरमा भएको थियो । त्यति बेला यिनका बुबा रामराज तुलाधर विराटनगरमा बैंक व्यवसायमा संलग्न थिए । साथै यिनकी आमा स्नेहप्रभा तुलाधर घरगृहस्थीमा आबद्ध थिइन् । त्यसैले अनीताको बाल्यकाल विराटनगरमै बितेको थियो ।
अनीता तुलाधरले कान्तिईश्वरीराज्यलक्ष्मी हाईस्कुलमा प्राथमिक शिक्षा पढिन् । उनले त्यही स्कुलबाट माध्यमिक शिक्षा उत्तीर्ण गरिन् । अनि उनी काठमाडौंको पद्मकन्या क्याम्पसबाट आई. ए. र बी. ए. उत्तीर्ण भइन् । त्यसपछि यिनले नेपाली विषयमा एम.ए. पढिन् । तर शोधपत्र नबुझाएकाले त्यो पूरा हुन सकेन । अनि यी आफ्ना पतिका साथमा व्यापारव्यवसायमा संलग्न भइन् । आफ्नो गृहस्थी धान्न जहाँ र जसरी संलग्न भए तापनि साहित्यरचनामा उनले समय दिइरहिन् । वास्तवमा उनलाई आफ्नो रुचि प्रस्तुत गर्न न दिनले छेक्छ, न रातले थुन्छ र न व्यवसायले बाँध्छ । उनी मन, विचार र विवेकले जे देख्यो त्यही गर्छिन् । बाल्यकाल र कुमारी अवस्थामा अनीता जति स्वतन्त्र थिइन् बिहेपछि पनि उनी त्यत्तिकै स्वतन्त्र नै भइरहिन् । तर यिनले आफ्नो स्वतन्त्रतालाई कहिल्यै दुरुपयोग गरिनन् ।
अनीता तुलाधर प्रथमत: पद्मकन्या कलेजको मुखपत्र ‘कस्तूरी’ मा देखापरेपछि यी एकपछि अर्को कथालेखनमा लाग्दै गइन् । यिनको व्यक्तित्वको शालीनतासँग यिनका कथाहरूले पनि नाता गाँस्तै जान थाले । यिनी ‘गोरखापत्र’, ‘मधुपर्क’, ‘गरिमा’, ‘रत्नश्री’, ‘अभिव्यक्ति’, ‘प्रज्ञा’, ‘रूपरेखा’ आदि पत्रपत्रिकामार्फत पनि पाठकका आँखामा उभिन थालिन् । करिब आधा सय पत्रपत्रिका, स्मारिका र पुस्तकहरूमा अनीता तुलाधरका कविता र कथाहरू छापिइरहे । आफ्ना छुट्टै पुस्तकाकार कृतिस्वरूप उनका चारवटा कथासङ्ग्रह प्रकाशनमा आएका छन् । तीमध्ये दुईवटा साझा प्रकाशन, एउटा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान र अर्को एउटा बान्किलो प्रकाशनबाट जनसामु पुगेका छन् । हालसम्म प्रकाशित अनीताका कथासङ्ग्रहहरू हुन्– ‘पूmलू’ (२०३४), ‘रित्तो शहर’ (२०३५), ‘सूर्यग्रहण’ (२०४०) र ‘विडम्बना’ (२०४५) । अनीता यथार्थवादी स्रष्टामा आउने नाउँ हो । उनी जति लेख्छिन् जीवनको आरम्भदेखि अन्त्यसम्मका कथा लेख्छिन्, सृष्टिको अभिलेख लेख्छिन्् र जगत्को विवरण लेख्छिन् । त्यति मात्र होइन; प्रेममय संसारमा डुबुल्किएर उनले आफ्ना कथा र कविता सिँगारेकी छन् । स्वच्छ भावधारामा उनको प्रेममय जीवन र काव्य फस्टाएको पाइन्छ । लेखनमा सामाजिक विषयवस्तुलाई समाएको हुँदा उनका कथा विशेष चर्चित भएका हुन् ।
नरम बोली, शिष्ट व्यवहार र सरल रहनसहन अनीता तुलाधरको छोटो परिचय हो । त्यतिमात्र होइन प्रत्येक यात्रासँगसँगै उनको वैयक्तिक व्यवहार सादा देखिन्छ । सरल, शिष्ट र मृदुभाषी तुलाधरको वैयक्तिक सोख पनि पूmलको बगैँचामा आधारित देखिन्छ । उनैका शब्दमा भन्ने हो भने “गमलामा एउटा पूmल फुलाउँदा मलाई एउटा कथा लेखेजस्तै आनन्द लाग्छ ।” उनी जसरी बरबगैँचामा आफ्नो मनलाई केन्द्रित गर्न चाहन्छिन् त्यसरी नै घरधन्दामा पनि उनको रुचि देखिन्छ । यस विषयमा पनि उनको आफ्नै भनाइ छ— “खाना पकाउनु र घर सफा गर्नु मेरो रुचिको अर्को विषय हो ।”
अनीता तुलाधर डुल्न र घुम्न पनि मन पराउँछिन् । उनी नेपालका विभिन्न ठाउँ पुगेकी छन् भने भारतका केही प्रमुख सहरहरूमा पनि पुगेकी छिन् । अहिलेसम्म उनी पुगेका ठाउँमध्ये पोखरा उपत्यकाले नै उनलाई मोहित बनाएको पाइन्छ । उनलाई घरमा मात्र थुप्रिएर बस्न मन लाग्दैन । खास गरेर खुसी भएका बेला प्राय: उनी घरबाहिर निस्कने गर्छिन् ।
अनीता तुलाधर कृत्रिम भावनामा विश्वास गर्दिनन् । उनी प्राकृतिक भावनाकी प्रतीक मानिन्छिन् । उनी पनि कहिले खुसाउँछिन् र कहिले रिसाउँछिन् । रिसाएका बेला चिच्याउने, कराउने र उफ्रने स्वभावबाट उनी धेरै टाढा उभिएकी छिन् । यस विषयमा उनी भन्छिन् “रिस उठ्नेबित्तिकै म एक्लिएर बस्ने गर्छु ।”
अनीता तुलाधर आपूm खुसी भएका बेला पनि लेख्ने गर्छिन् र मन भरङ्ग भएका बेला पनि कलम समाउने गर्छिन् । केही लेखिसकेपछि उनीभित्र खुसीको भाव पैदा हुने गर्छ । उनी फुर्सदका समयमा पनि लेखनमा लाग्ने गर्छिन् ।
अनीता तुलाधर विश्वेश्वरप्रसाद कोइरालाका व्यक्तित्व र कृतित्वबाट ज्यादै प्रभावित देखिन्छिन् । साथै भारतकी प्रधानमन्त्री स्वर्गीय इन्दिरा गान्धीसँग पनि उनी त्यत्तिकै प्रभावित छिन् । उनका अति मनपर्ने व्यक्तित्व पनि यिनै दुई जना मात्र हुन् ।
अनीता तुलाधरले स्कुले जीवनदेखि नै कविता र कथा लेख्न थालिन् । उनले स्कुलका साहित्यिक गोष्ठीहरूमा पनि भाग लिइन् । त्यसै क्रममा उनले २०२८ सालमा पाटन कलेजद्वारा आयोजित अन्तरकलेज कथाप्रतियोगितामा प्रथम भई स्वर्णपदक प्राप्त गरेकी थिइन् । त्यसै गरी उनले २०३४ सालमा ‘रत्नश्री स्वर्णपदक’ र २०५६ सालमा ‘लोकप्रिया पुरस्कार’ पनि प्राप्त गरिन् ।
अनीता तुलाधर कथामा चम्केको नाउँ हो । उनको साहित्यिक व्यक्तित्वको संक्षिप्त चिनारी नै उनका कथाबाट पाइन्छ । त्यसो त कवितालेखनमा पनि उनको आफ्नै आयाम कोरिएको छ । उनी कवितालेखनमा पनि त्यत्तिकै उत्कृष्टतामा बाँधिइन्:
मञ्जु काँचुलीले एकपटक भनेकी थिइन् “संसारका कुनै पनि भौतिक वा जैविक वस्तुबाट म अलग भएर बस्न सक्छु होला तर म कविताबाट अलग भएर बाँच्न सक्तिनँ । यदि कविताबाट अलग भएर मैले बाँच्नुपर्ने स्थितिको सृजना भयो भने त्यो भन्दा ठूलो सजाय वा वियोग अरू कुनै हुनेछैन; म यस्तो स्थितिको कल्पनासम्म पनि गर्न सक्तिनँ र मलाई पूर्ण विश्वास छ यस्तो एउटा साँच्चैको वियोगात्मक स्थिति मेरो जीवनमा आउने पनि छैन । म यो संसारमा निर्धक्क बाँच्न पाउनेछु; मैले मर्नुपर्ने छैन किनभने कविता नै मेरो जिउनुको अविरलता हो । साथै मेरो जीवनको सारत व वस्तु नै कविता हो । म नितान्त एक्लो कहिले पनि भइनँ, म सँगसँगै कविता भई नै रह्यो ।” साँच्चै हो
फर्सी, लौका, घिरौंला रोप्ने जत्रो
एक टुक्रा माटोमा
हरिया, नीला, सेता, पहेंला, सारीहरूको बार लगाएर
मैले एउटा बस्ती बसाल्न मन पराए ।
मञ्जु कॉचुली
श्रद्धाले नमस्कार गरिरहेका
दुई हातमध्ये
जब एउटा मात्र हात सरक्क तल झर्छ
बॉकी तिरस्कारको
धारे एक हात मात्र बा च्ने गर्छ ।
मञ्जु काँचुली बाहिर जति सौहार्दकी प्रतिमूर्ति देखिन्छिन् भित्र त्यत्तिकै क्रान्तिकारी, त्यति नै विद्रोही र त्यति नै सङ्घर्षको चुलीमा बसेकी हुन्छिन् । यो चरित्र नै उनको काव्यात्मक व्यक्तित्वको उपज हो । उनी प्राकृतिक दृष्टिले नै स्रष्टाका रूपमा निर्मित व्यक्तित्व हुन् । उनको काव्यात्मक व्यक्तित्वको समष्टिगत यात्राबाट उनी यस युगकी सफल कवयित्री हुन् । उनका भाकामा समाज र राष्ट्रको यथार्थ विम्ब टाँसिएको हुन्छ । त्यसैले मञ्जु काँचुली समकालीन पुस्तामा काव्यरचनाधर्मीमध्ये अग्रपङ्क्तिकी मानिन्छिन् ।
मञ्जु काँचुली दर्शनमा कविता लेख्छिन् । उनका कविता जति दोहो¥याएर पढ्यो त्यति नै स्पष्ट हुँदै जान्छन् । टन्टलापुर घाममा हेरिरहेका आँखामा एक्कैचोटि सियाँल प¥यो भने त्यहाँ मोती पनि देखिँदैन । त्यसैले काँचुलीका कविता बुझ्न उनका कवितामा घोत्लिनु नै पर्छ, उनका कवितामा बास बस्नु नै पर्छ र उनका कवितासँग लुकामारी खेल्नै पर्छ । उनी कवितालेखनमा भावनाकी लखपति हुन्, मनकी कुबेर हुन् र हृदयकी साम्राज्ञी हुन् । उनी कवितामा मात्र होइन कथामा समेत भावनाका धाराप्रवाह बगाउने गर्छिन् । उनी तिमी र मको परिभाषा बोल्ने गर्छिन्, “तिमी बाहिरी जगत् भइरहू । म मेरै अन्तर्जगत् भइरहूँ । म गुदीको पराग बनिरहूँ, तिमी बोक्राको पत्रपत्र बनिरहू । तिम्रो घुम्ने कक्ष र गति सधैँसधैँ बाहिर भइरहोस् । मेरो घुम्ने कक्ष र गति सधैँ भित्रै रहिरहोस् । तिम्रो र मेरो अङ्क बराबरमा अनन्त होस् । न तिमी साना हौ, न म ठूलो हुँ । न तिमी थोरै हौ, न म धेरै हुँ । यो अन्तक्र्रियाको कुरा अनन्तसम्म रहिरहोस् ।” सत्य र तथ्यमा बाँच्ने सीप काँचुलीका भावनाले बोकेका हुन्छन् । उनी निर्धक्क बोल्दै जाँदा हरेक वाक्यमा दर्शन दिँदै जाने गर्छिन् । त्यसैले उनलाई बौद्धिक स्रष्टा भनिन्छ ।
२००७ साल माघ १६ गते सोमबार भीमनिधि तिवारी र भुवनेश्वरी तिवारीकी कान्छी छोरीका रूपमा मञ्जु काँचुलीको जन्म काठमाडौंको डिल्लीबजारमा भएको थियो । भीमनिधि तिवारी नेपाली भाषासाहित्यका मूर्धन्य र सुप्रसिद्ध व्यक्तित्व थिए भने भुवनेश्वरी तिवारी पनि एउटी कुशल चित्रकार थिइन् । आमाबाबुकै जल र मलका कारण मञ्जु बाल्यकालको तोतेबोलीमै कविता बोल्थिन् । तिवारीदम्पतीको संरक्षणमा हुर्केकी मञ्जु काँचुली सानैदेखि काव्यमर्ममा हिँड्थिन् । उनी कहिले कवितामा रुन्थिन् र कहिले हाँस्ने गर्थिन् । बाल्यकालमा पनि उनको साथी कविता नै थियो । स्कुलमा पढेताका पनि उनी कवितामा नै स्कुल जाने गर्थिन्, कवितामा नै पढ्ने गर्थिन् र कवितामा नै परीक्षा दिने गर्थिन् । कवितामा गाउँदागाउँदै र कवितामा नाच्तानाच्तै उनले बोर्डिङ स्कुलको होस्टेल छोडेर नारी ज्ञानमन्दिर प्रौढ स्कुलबाट २०२० सालमा एस. एल. सी. परीक्षा उत्तीर्ण गरिन् र त्यसपछि उनी पद्मकन्या कलेजमा आई. ए. मा भर्ना भइन् । त्रिभुवन विश्वविद्यालयले लिएको आई. ए. को परीक्षामा कलेजमा सर्वप्रथम भई उनले पुरस्कार र विशिष्ट छात्रवृत्ति हासिल गरिन् ।
स् ज्ञद्दद्ध स्
मञ्जु काँचुलीले कसैसँग जित्दा पनि कविता लेखिन् र हार्दा पनि कविता लेखिन् । पुरुषप्रतिको विद्रोहमा पनि उनले कविता लेखिन् । कविता लेखेर नै उनले नेपालका विभिन्न भूभागमा डुलिन् र भारतका पनि विभिन्न ठाउँ
मञ्जु काँचुली हृदयबाट कविता बोल्छिन्, मुटुबाट कविता ओकल्छिन् र छातीभित्रभित्रबाट कविताको मर्म बिउँझाउँछिन् । त्यसैले उनका कविता शाश्वत हुन्छन्—
यो मुटुमा रगत होइन ऑसु बगेको छ
यी ऑखामा ऑसु होइन रगत बगेको छ ।
मञ्जु काँचुलीको २०३७ सालमा बिहे भयो; बिहे भएको एक वर्षमा यिनले पहिलो छोरा पाइन् । तर उनको दाम्पत्य जीवनचाहिँ कसिलो भएन । उनी आफ्नो बेग्लै संसारमा एक्लै बस्ने स्थितिमा आइपुगिन् । त्यस बेलासम्ममा उनका दुइटा छोरा विश्वास र विवेक जन्मिसकेका थिए । अनि उनी आफ्नो लोग्नेबाट अलग भइन् र उनका दुवै छोरा पनि उनीसँगै लागे । त्यसपछि उनले झन् चोटिला, गहकिला र शाश्वत कविता लेखिन् । कविता लेख्तालेख्तै उनले एम. ए. पढिन् । त्रिभुवन विश्वविद्यालयबाट क्लिनिकल साइकोलोजीमा उनी एम. ए. मा प्रथम श्रेणीमा प्रथम भइन् ।
मञ्जु काँचुली कहिले अघाएर बसिन्, कहिले भोकै बसिन् । उनले कहिले ट्राभल एजेन्सीमा जागिर खाइन्, कहिले स्कुल अनि कहिले कलेजमा पढाइन् । उनी रानी ऐश्वर्यकी पनि कलेजकी साथी थिइन् । तर उनले रानीलाई बिन्ती गरेर जागिर मागिनन् । उनी भन्थिन् “जीवन कविता हो । म कवितामा बाँच्छु । कविता नै मेरो जीवन हो । जीवन नै मेरो कविता हो । जीवन कविता, कविता जीवन त्यहाँ कुनै अर्को हिसाब हुँदैन ।” काव्यात्मक व्यक्तित्वकी धनी मञ्जु काँचुली कसैसँग केही माग्नु भनेको आफ्नो कवितामय जीवनको मृत्यु हो भन्ने ठान्थिन् । त्यसैले काँचुलीभन्दा उनको स्वाभिमान एक इन्च माथि नै थियो ।
मञ्जु काँचुली बोल्दा सुनिदिने मान्छेभित्रकै कविता बोल्ने गर्छिन् । कवितायात्रामा समर्पित हुँदाहुँदै उनले अङ्ग्रेजी साहित्यमा पनि एम. ए. पढिन् । दुई विषयमा एम.ए.ले नपुगेर उनले एम. एड. पनि पढिन् । त्यसैबीच उनले साहित्यिक कृतिहरूको निर्माण गरिरहिन् । विभिन्न पत्रपत्रिकामार्फत यिनले कविता लेखिरहिन् । कथा, निबन्ध, मनोविज्ञानबारेका लेख र अन्तर्वार्ता आदि यिनले नेपाली भाषामा लेखिन् र अङ्ग्रेजी भाषामा पनि लेखिन् । घरको आर्थिक अवस्थासँग जुध्दै यिनले कवितासङ्ग्रहहरू पनि प्रकाशनमा ल्याइरहिन् । सर्वप्रथम २०३२ सालमा यिनले ‘किरणका छालहरू’ नामक कवितासङ्ग्रह प्रकाशनमा ल्याइन् । साथै उनको दोस्रो कवितासङ्ग्रह ‘मेरो जीवन : मेरो जगत्’ २०५३ सालमा प्रकाशन भयो । त्यसै कृतिमा उनले एक लाख रुपियाँ राशिको भूपालमानसिंह कार्की कृति पुरस्कार प्राप्त गरिन् । त्यसपछि २०५३ सालमा उनले आफ्नी दिदी बेन्जुसँगको सहलेखनमा अङ्ग्रेजी भाषामा कवितासङ्ग्रह पनि प्रकाशनमा आयो ‘टु सिस्टर्स’ । २०५७ सालमा उनले ‘पलकभित्र पलकबाहिर’ लघुकाव्य पनि जनसमक्ष ल्याइन् । साथै २०६१ सालमा ‘आत्मप्रतीति’ कवितासङ्ग्रह र २०६२ सालमा उनको फेरि अर्को कवितासङ्ग्रह ‘विश्वासको सुहागरात’ प्रकाशित भयो ।
मञ्जु काँचुलीले कवितामा आफ्नो ज्यान मिलाइन् र आफ्नो ज्यानभित्रै कविताको ढुकढुकी राखिन् । कविताकै सर्वाङ्गीण जीवनभित्र उनले कथाको पनि खाता खोलिन् । उनले कथामा पनि कविताकै पाती चढाइन् । त्यसैले उनले ‘केही माया : केही परिधि’ (२०४५) र ‘मञ्जु काँचुलीका कथा’ (२०५३) लेखिन् । यौनमनोविज्ञान, नारीपीडा, जीवनपद्धति र सामाजिक धरातललाई केन्द्रविन्दु बनाई उनले आफ्ना कथालेखनलाई प्रस्तुत गरेकी छन् । साथै नेपाली साहित्यका केही स्रष्टाहरू र उनको सहभागितामा ‘आकाश विभाजित छ’ नामक उपन्यास २०३२ सालमा प्रकाशनमा आयो । त्यसका माझमा उभिएर आफ्नी दिदी जसलाई जानिफकारहरूले उनकी सहयात्री पनि भनिदिन्छन्; तिनै बेञ्जु शर्मासँग मिलेर उनले आफ्ना बुबा भीमनिधि तिवारीसँग अन्तर्वार्ता पनि लिइन् । ‘हाम्रो सवाल : दाइदाइको जवाफ’ २०५० सालमा प्रकाशित भयो । यसका साथै ‘तिवारी नाट्यसाहित्यको विश्लेषणात्मक अध्ययन’ (संयुक्त सम्पादन : २०५४) पनि प्रकाशित भइसकेको छ ।
मञ्जु काँचुली आफ्नो व्यक्तिगत जीवन धान्न समाजसँग जुधिन्, आपूmले वरण गरेको पुरुषसँग जुधिन् र कुरीतिको अगुवाइ गर्नेहरूसँग जुधिन् । उनी जससँग जुधे पनि कवितालाई शिरमा राखेर नै जुधिन् । त्यसैले हरेक पाइलाबाट उनी सफलताको खुड्किलो उक्लँदै माथि चढिन् । उनी उक्लँदाउक्लँदै नेपाली काव्यजगत्को देउरालीमा पुगिन् र उनले फेरि कविता लेखिन् । त्यसैकारण उनका कविता पनि नेपाली कविताका गजुर बन्न पुगे:
कहॉ कुन चिज मर्छ र !
केवल परिवर्तन हुन सक्छ
न्यानो लाग्दै थियो घाम
फेरि पोल्न पो थाल्न सक्छ ।
उषा ठाकुर
गड्याङगुडुङ गर्दै
बादल
उफ्रिदै छ चारैतिर
चिनेको छैन कुनै दिशा
जानेको छैन कुनै सीमा !
किनभने
सम्पूर्ण विश्व उसैको हो ।
उषा ठाकुरको मातृभाषा हिन्दी हो, शैक्षिक पृष्ठभूमि पनि हिन्दी भाषा हो, एम. ए. र पीएच्. डी.सम्मको शिक्षाको माध्यम पनि हिन्दी भाषा हो तापनि उनी मीठो नेपाली भाषा बोल्छिन् । उनी कति स्पष्ट, कति सुन्दर र कति स्तरीय नेपाली भाषा बोल्छिन् भन्ने कुरा उनको बोली सुन्नेले मात्र थाहा पाउँछन् । कर्मघरमा प्रवेश भएपछि उनको मोह नै नेपाली भाषा भएको छ । यदि अब कसैले उनलाई “तिम्रो भाषा त नेपाली होइन, हिन्दी हो” भन्यो भने उनी चित्त दुखाउँछिन् । वास्तवमा अब नेपाली बोलीमा उनको मन, वचन र कर्म टमक्कै मिलेको छ ।
उषा ठाकुरको जन्म २००८ साल वैशाख २३ गते आइतबार भारतको पटनामा भएको थियो । उनका बुबा किशोरीलाल शर्मा पटनामा व्यापारमा आबद्ध थिए भने आमा कैलाशदेवी शर्मा गृहिणी हुन् । उषाले प्राथमिक शिक्षा, माध्यमिक शिक्षा र उच्च शिक्षा पनि पटनामा नै हासिल गरिन् । साथै उनले एम. ए., पिएच्. डी.को अध्ययन पनि पटना विश्वविद्यालयबाटै पूरा गरिन् । उनको पिएच्. डी. को विषय पनि हिन्दी साहित्य नै थियो ।
उषा ठाकुरका थुप्रै फुटकर लेखरचनाहरू पनि प्रकाशित भए । हिन्दी भाषामा मात्र उनले साठीवटाभन्दा बढी लेखरचना छपाइन् । उनी हिन्दीसाहित्यकी सिद्धहस्त लेखिका पनि हुन् । त्यसै गरी यिनले नेपाली भाषामा मात्र एक सय पचासभन्दा बढी लेखरचनाको आविष्कार गरिन् । यिनले मूलत: कविता, निबन्ध र समालोचना नै प्रमुख रूपमा लेखेकी
उनी भन्छिन् “एक्लो जीवनमा उद्देश्य अधुरो हुन्छ ।” उनका पति इजिप्टका लागि शाही नेपाली आवासीय राजदूत भए । साथै यी दम्पतीका छोरा इन्जिनियर अभिषेक ठाकुर आफ्नो पेसागत कार्यमा संलग्न छन् र छोरी सृष्टि ठाकुरले एम.बी.बी.एस्. अध्ययन गरिन् ।
नेपाली भाषासाहित्यमा उषा ठाकुरको आफ्नै पहुँच स्थापित भएको छ । उनी नेपाली भाषासाहित्यकी एउटी क्रियाशील व्यक्तित्व हुन् । उनी व्यवहारमा जति शिष्ट, मर्यादित र इमानदार छिन् उनको बोलीमा पनि त्यस्तै मृदुता भेटिन्छ । उनलाई चिन्नेहरूले उनको शिष्टता, शालीनता र बोलीवचनको बराबरी तारिफ गर्ने गर्छन् । वास्तवमा उनको बोलीभित्र करुणा मिसिएको हुन्छ । उनले बोलेपछि त्यहाँ लालीगुराँस फक्रेझैँ शान्त र रमाइलो अर्को वातावरणको सृजना हुन्छ ।
नेपाली साहित्यमा सृजनकर्ममा लागिपरेकी उषा ठाकुर साहित्यचिन्तनमा सामाजिक परिवेशलाई अङ्कमाल गर्छिन् । कविता, निबन्ध र प्रबन्धविधामा आफ्नो हस्ताक्षर प्रस्तुत गरे तापनि उषा ठाकुर समालोचनामा स्थापित नाउँ हो । समाजमा रहेका शोषण, दमन, उत्पीडन, पछौटेपन, असमानता र नारीप्रतिको अवहेलनाजस्ता अँध्यारा पक्षलाई आक्रमण गर्ने हेतु उनको कलमको जन्म भएको मानिन्छ ।
उषाले किशोरावस्थादेखि नै लेख्न थालिन् । आफ्नो लक्ष्य, उद्देश्य र योजनामा उनी सधैँ समर्पित भइरहिन् । उनको पहिलो रचना हिन्दी भाषामा आधारित भई लेखिएको थियो र सो रचना पटनाको ‘आर्यावर्त’मा सन् १९७० मा छापिएको थियो । त्यसै गरी उनको पहिलो समालोचना ‘युगकवि पंत’ शीर्षकमा (‘अकादमी’ पत्रिका, अप्रिल १९७५, विहार हिन्दी ग्रन्थ अकादमी, पटना) हिन्दी भाषामा छापिएको थियो । उनले रचेको पहिलो नेपाली कविताचाहिँ ‘ज्योतिपुञ्ज’ थियो । २०४५ साल पुस १४ गते सो कविता ‘गोरखापत्र’मा छापिएको थियो । यसै गरी उनको पहिलो नेपाली समालोचना ‘राष्ट्रिय जनजागरण र कवयित्री चाँदनी शाह’ ‘गोरखापत्र’मा २०४३ साल कात्तिक २२ गते प्रकाशित भएको थियो ।
उषा ठाकुर समालोचनामा उदाएपछि उनको लेखकीय निरन्तरता यसै विधामा रहिरह्यो । उनका समालोचनाहरू क्रमश: प्रकाशित भइरहे । उनले जति लेखिन् स्तरीय भाका र शैलीमा लेखिन् । उनका लेखनका बारेमा अनेक चर्चापरिचर्चा र टीकाटिप्पणीहरू पनि भइरहे । नेपाली भाषासाहित्यमा नारी समालोचकको अनिकाल लागेको बेला उनको पदार्पण भएकाले पनि उनी चर्चामा रहिन् । त्यसैले पनि उनका लागि हिँड्ने राजमार्ग फराकिलो बन्न सक्यो । यी विविध कारण जोडिन पुग्दा पनि उनी धेरैका आँखामा देखिने नाउँ बनिन् । आफ्नो मिहिनेतका कारण उनी नेपाली कविता, निबन्ध, प्रबन्ध र समालोचनाका प्राङ्गणमा चर्चित हुन पुगिन् ।
डा. उषा ठाकुरले नेपाली समाज र राष्ट्रमा आफ्नो जीवन समर्पित गरिन् । उनका लागि कर्मघर अर्थात् नेपाल नै जीवनपद्धति बन्यो; उनी यसैमा रमाएकी छिन् । उनको संसार, उनको भूगोल र उनको जगत् नै उनका लागि नेपाल अधिराज्य बन्यो । यस माटोमा उभिएर उनले प्राध्यापन, लेखन र समाजसेवाका काम गर्दै छिन् । २०३६ सालदेखि त्रिभुवन विश्वविद्यालयको हिन्दी विभागमा पढाउन सुरु गरेकी डा. उषा ठाकुर २०५१ सालमा प्राध्यापक पनि भइन् । त्यसै गरी लेखनमा आफ्ना हस्ताक्षर प्रस्तुत गर्दागर्दै उनका सातवटा कृति जनसमक्ष प्रकाशित भए । तीमध्ये उनका प्रकाशित समालोचनात्मक कृतिहरू ‘स्रष्टाको सिर्जना र द्रष्टाको समालोचनात्मक दृष्टि’ (२०५९), ‘नेपाली साहित्यको श्रीवृद्धिमा शाहवंशीय स्रष्टाहरूको योगदान’ (२०५९), ‘महाकवि देवकोटाको काव्यसाधना’ (२०६३) हुन् । त्यसै गरी उनले कवयित्री केशरी वज्राचार्यद्वारा लिखित ‘मरुभूमिका काँडा’को समीक्षात्मक सम्पादन पनि गरिन् ‘मरुभूमिका काँढा : विम्ब प्रतिविम्ब’ (२०५९) । साथै उनले ‘मरुभूमिका काँढा’ (२०६०) कवितासङ्ग्रहको हिन्दी भाषामा अनुवाद पनि गरिन् । उनी अनूवाद कार्यमा पनि पोख्त छिन् ।
उषा ठाकुरले हिन्दी भाषामा दुईवटा समालोचनाका ग्रन्थ प्रकाशनमा ल्याइन् ‘पन्त काव्य की सामाजिक भूमिका’ (सन् १९९५) र ‘हिन्दी और नेपाली साहित्य के प्रतिनिधि हस्ताक्षर’ (१९९४) । साथै उनले हिन्दी भाषामा आधारित ‘हिमालिनी’ त्रैमासिक साहित्यिक पत्रिकाको प्रमुख सम्पादक (२०५४–५७) भएर काम गरिन् । त्यसै गरी उनले त्रिभुवन विश्वविद्यालयबाट हिन्दी भाषामा प्रकाशित ‘साहित्यालोक’को (१९८२,१९८३ र १९८७ ) सम्पादन पनि गरिन् । उनी सम्पादनकलामा पनि निपुण छिन् ।
छिन् । नेपाली भाषामा लेखिएका यिनका लेखरचना ‘मधुपर्क’, ‘गरिमा’ लगायत राजधानीबाट प्रकाशित हुने विभिन्न राष्ट्रिय दैनिकहरूमा छापिका छन् ।
उषा ठाकुर महेन्द्र विद्याभूषण प्रथम र वीरेन्द्रऐश्वर्य सेवा पदकबाट विभूषित छिन् भने रत्नश्री स्वर्णपदक र नवदेवी सम्मानबाट पनि सम्मानित भएकी छन् । साथै उनलाई साहित्यसृजना र समाजसेवाका फाँटमा मह वपूर्ण कार्य गरेकामा विभिन्न सङ्घ, संस्थाहरूले सम्मान र अभिनन्दनसमेत गरेका छन् ।
उषा ठाकुरले नेपाल तथा भारतका विभिन्न ठाउँको भ्रमण गरिन् । साथै उनी चीन, पाकिस्तान, बङ्गलादेश, थाइल्यान्ड, हङकङ, बेलायत, फ्रान्स, जर्मनी, स्वीट्जरल्यान्ड, ट्युनिसिया, इजिप्ट, तान्जानिया, केनिया, साउथ अफ्रिका, इथोपियासम्म पुगिन् । यी घुमेकामध्ये यिनलाई मन परेको ठाउँ फ्रान्स नै हो । श्री ५ ज्ञानेन्द्र तथा श्री ५ बडामहारानी कोमलबाट केही अफ्रिकी मुलुकहरूको भ्रमण गरिबक्सेका बेला संवत् २०६२ मा उक्त भ्रमण दलको सदस्यका रूपमा सामेल भएको क्षण उनका लागि सुखद घटना मानिन्छ ।
उषा आफ्ना पति डा. रामभक्त ठाकुरसँग फ्रान्समा चार वर्ष बसिन् । त्यसै बेला सन् १९८७ देखि यिनले पेरिसको डाफिन विश्वविद्यालयमा प्राध्यापन गरिन् । त्यस अवधिमा यिनका पति फ्रान्सको पेरिसस्थित शाही नेपाली राजदूतावासमा डिपुटी चिफ अफ मिसन तथा समयसमयमा कार्यवाहक राजदूत पदमा कार्यरत थिए ।
उषा ठाकुर अत्यन्तै संवेदनशील छिन् । त्यही संवेदनाका कारण उनी कविता रचना पनि गर्छिन् । मान्छेको जीवनमा दुक्ख सुख परिरहन्छ । मान्छे कहिले हाँस्ने र कहिले रुने गर्छ । त्यसैले उषा संवेदनामा चोट लाग्दा भक्कानिएर रुने गर्छिन् । त्यसै क्रममा उनी भन्छिन् “रोइसकेपछि मन शान्त हुन्छ ।”
उषा ठाकुरलाई मनपर्ने विषयवस्तु उन्नत समाजको स्थापना र साहित्यनिर्माण नै हो । उनी पृथ्वीनारायण शाह, म. वी. वि. शाह, लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ, पारिजात, माधवप्रसाद घिमिरे, चाँदनी शाह र जी. शाहजस्ता स्रष्टा मन पराउने गर्छिन् । त्यसै गरी यिनका मनपर्ने अन्तर्राष्ट्रिय स्रष्टाहरूमा रवीन्द्रनाथ ठाकुर, सुमित्रानन्दन पन्त, प्रेम चन्द, जयशङ्करप्रसाद, सूर्यकान्त त्रिपाठी निराला, महादेवी वर्मा प्रमुख रूपमा आउँछन् ।
भाषासाहित्यको मन्दिरमा डा. उषा ठाकुरले चढाएको पूmल नै उनको जीवनको सर्वाङ्गीण उपलब्धि हो । उनको साहित्यप्रतिको झुकाव, समर्पण र निष्ठाले नेपाली भाषासाहित्यको श्रीवृद्धिमा भविष्यमा पनि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने धेरैको भनाइ छ ।
प्रतिसरा साय्मि
आपूm भकभक उम्लेर पनि
वर्तमानको त्रूmरता
पगाल्न नसक्ने
म त्यही पानी त हुँ ।
प्रतिसरा साय्मि नेपाली भाषासाहित्यमा स्थापित एउटी ती सशक्त कवयित्री हुन् जसको साहित्यिक उर्वर भूमिचाहिँ नेपाल (नेवारी) भाषा हो । नेवारी भाषामा सृजनात्मक बाहुल्य रहे तापनि उनी नेपाली भाषामा कविता लेख्ने, कविता बोल्ने र कविता बोक्ने कोटिकी स्रष्टा हुन् । उनका लेखनका विषयमा भन्ने हो भने उनको अनुहार उनको कविता हो, उनको आनीबानी उनको कविता हो र उनको मनको भाका उनको कविता हो । त्यसैले उनका कवितामा सुन्दरताका लहरा लहरिएका हुन्छन्, उनका कवितामा खोलानालाहरू सुसाएका हुन्छन् र उनका कवितामा कल्पना र यथार्थताका सुगन्धित शब्दहरू नाचिरहेका हुन्छन् । यी सबै कारणको संयोग बनेर एउटा कविताको विम्ब तयार भएको हुन्छ र त्यही विम्बको प्रतिनिधि प्रतिसरा साय्मि हुन् ।
प्रतिसरा साय्मि कविताकै साझा नाउँ हो । उनको जीवनलाई विविध कार्यहरूले मोडे तापनि उनी कविताकै सेरोफेरोभित्रकी नाउँ हुन् । अर्थात् उनलाई बुझ्नुपर्दा आँखाभरि कविताकै जलप लगाएर हेर्न सक्नुपर्छ । अनि त्यहीँभित्र उनी कवितामा अङ्कुरित भएकी हुन्छिन्, फुलेकी हुन्छिन् र फक्रेकी हुन्छिन् । पृथ्वीमा उनीसँग कसैको केही लिनुदिनुको अर्थ पनि उनीभित्रको कविता नै हो । भावनामा बगेर पनि उनी भावुक हुन्छिन् र यथार्थ जीवनमा पनि उनको मनको
प्रतिसरा साय्मिले नेपाली भाषाको मन्दिरमा केही कविता चढाइन् तर यिनको उपस्थितिले नेवारी साहित्यभण्डार धेरै नै भरियो । यिनी नेवारी भाषाकी कविताकी रौनक हुन् । यिनले नेवारी भाषामा दुईवटा कवितासङ्ग्रह प्रकाशनमा ल्याइन् । तीमध्ये ‘जि छकू नालिस भोँ’ २०४२ सालमा र ‘तिकिनंगु मि’ २०५७ सालमा प्रकाशित भए । साथै यिनले २०५५ सालमा प्रख्यात उर्दू लेखक इन्तिजार हुसेनको अङ्ग्रेजी भाषामा आधारित कृति ‘त्जभ ीभबखभक बलम यतजभच क्तयचष्भक’ नेवारीमा अनुवाद गरिन् र सो कथासङ्ग्रहको नाउँ राखिन् ‘सिमा ह: व मेमेगु बाखंत’ । त्यस्तै नेपाल भाषामा उनको एउटा गीति सी.डी. ‘तिकि–नुगःया लसय्’ जनसमक्ष आयो ।
उपनाउँ भावुक नै हो । त्यसैले उनी निर्धक्क आफ्नो बोली निकालिदिन्छन् “मेरो भावना बुझिदिने मन नै मेरो मन पर्ने चिज हो ।”
प्रतिसरा साय्मिको जन्म २०१२ साल असार १६ गते बिहीबारका दिन भक्तपुरको क्वाठडौंटोलमा भएको थियो । उनी शम्भुमान मानन्धर र वसुन्धरा मानन्धरकी जेठी छोरी हुन् ।
प्रतिसरा साय्मि सानैदेखि मिलनसार, भद्र र अनुशासित थिइन् । उनी मनमा तहतह काव्य बोक्दै हातमा सजिलो नेपाली वर्णमाला बोक्थिन् । उनको प्रारम्भिक शिक्षा काठमाडौंको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा भएको थियो । उनले कान्तिईश्वरीराज्यलक्ष्मी हाईस्कुलबाट एस.एल.सी. परीक्षा समुत्तीर्ण गरिन् । साथै उनले रत्नराज्यलक्ष्मी गल्र्स कलेजबाट आई.ए. र बी.ए. पास गरिन् । अनि उनी २०४५ सालमा त्रिभुवन विश्वविद्यालयबाट नेपाल भाषामा एम.ए. को परीक्षा दिँदा प्रथम श्रेणीमा प्रथम भइन् ।
प्रतिसरा साय्मि उन्नाइस वर्ष टेकेपछि काठमाडौंका दीपक मानन्धरसँग उनको विवाह भएको थियो । प्रणयसूत्रमा गाँसिनुअघि उनी निस्फिक्री र स्वच्छन्द थिइन् । तर प्रणयसूत्रले उनलाई व्यावहारिक जीवनमा पौडी खेलाइदियो । दाम्पत्य जीवनअघि उनका मनमा न घरव्यवहारका अड्चन थिए, न कुनै मर्काका साङ्लाले उनी बाँधिएकी थिइन् । बिहेपछि उनले जति नौलो जीवनको अनुभव गरिन् त्यतिकै दायित्वबोधको पाठ पनि पढिन् ।
प्रतिसरा साय्मि एउटी भाग्यमानी स्रष्टाको नाउँ हो । उनले जीवन बाँच्न माइतीमा जति सुख पाइन् बिहेपछि यिनका पतिले यिनलाई त्यति नै माया गरे, त्यति नै प्रोत्साहन दिए र त्यति नै भौतिक सुख पनि दिए ।
प्रतिसरा साय्मिले एउटी छोरी जन्माइन् उपाली मानन्धर र अर्को छोरो पाइन् क्षितिज मानन्धर । यिनका यी दुवै बिरुवाहरू उच्चशिक्षामा अध्ययनरत छन् ।
प्रतिसरा साय्मिले जीवनवृत्तिका लागि नोकरी पनि गरिन् । त्यहीअनुरूप उनी २०३२ साल फागुन २ गते शाही नेपाल वायुसेवा निगमको सहायक पदमा प्रवेश भइन् । उनको दक्षता, लगन र इमानदारीको पहलले उनी सो निगमको प्रबन्धक पनि भइन् ।
प्रतिसराले किशोरावस्थादेखि नै लेख्न थालिन् । सुरुमा उनले आफ्नै मातृभाषामा कविता लेखिन् । लेख्तै जाँदा उनीभित्र पनि तत्कालीन व्यवस्थाप्रति विद्रोह पलायो । यसै प्रसङ्गमा उनी भन्छिन् “पञ्चायती व्यवस्थामा मातृभाषामा लेख्ने अवसरको अभावमा आक्रोशले मलाई लेख्न उक्सायो । मेरो मनको लेख्ने धारामा मलजल दिने भनूँ अथवा मेरो मानसपटलभित्रै धुलोले छोपिएको सानो टुकीलाई टलक्क टल्काएर धपक्कै बाल्ने प्रेरणा पूर्ण वैद्यबाट प्राप्त भयो । वैद्यका हामी धेरै शिष्य थियौँ; तर साथीहरूले मलाई कविताक्षेत्रमा एक्लै पारेर साहित्यिक यात्राबाट छाडेर गए ।”
प्रतिसराले कविता लेखिन् अनि निबन्ध र प्रबन्ध पनि लेखिन् । तर उनी कवयित्रीमा नै चर्चित भइन् । उनका धेरै फुटकर लेखरचना नेवारी भाषामा नै छापिए र केही नेपाली भाषामा पनि छापिए । उनी नेपाली भाषासाहित्यकी प्रखर स्रष्टा हुन् तर नेवारी साहित्यकी विशिष्ट साधक हुन् । नेवारी र नेपाली भाषामा गरी तीन दर्जनभन्दा बढी पत्रपत्रिका र विशेषाङ्कहरूमा उनका लेखरचनाहरू प्रकाशित भएका छन् । उनी बहुधारामा बग्ने स्रष्टा भए तापनि विशेषत: मानवीय संवेदनाकी कवयित्री हुन् ।
प्रतिसरा साय्मिले आफ्ना कविता नेवारी भाषाबाट नेपाली भाषामा पनि अनुवाद गरिन् । त्यही लिस्नो चढेर उनको कवितासङ्ग्रह पनि प्रकाशित भयो ‘पाइलाहरूमै सडक’ (२०६३) । यस कवितासङ्ग्रहले उनको लेखकीय व्यक्तित्वलाई छर्लङ्गै घाम लगाइदिएको छ । नेपाली भाषामा सङ्ख्यात्मकभन्दा गुणात्मक कविता प्रेषित गर्ने निष्ठावान् कवयित्रीका रूपमा यिनको कदर गर्न सकिन्छ । वास्तवमा यिनका कविताहरू जति सुन्दर छन् त्यति नै जीवन्त पनि छन्:
तर बुझ तिमी यति
तिम्रो अहङ्कारको आगोमा खनिने
म पानी पनि हुँ ।
स् ज्ञद्दढ स्
प्रतिसरा आफ्नो मातृभाषाप्रति अत्यन्तै गर्व गर्छिन् । त्यसैले तुलनात्मक रूपमा उनी आफ्नै भाषामा मात्र लेखनमा डुब्ने गर्छिन् । त्यही परिवेशमा उनी भन्छिन् पनि “नेपालको पूmलबारीमा फुलेका थरीथरीका पूmलमध्येको एउटा मगमगाउँदो पूmल हो मेरो मातृभाषा । यसलाई बोलेर, लेखेर र बुझेर व्यक्त गर्न सक्ने व्यक्तिहरू हाम्रो राष्ट्रमा अत्यन्तै थोरै छन् । ती थोरै कोटिकाले सेता पृष्ठमा आफ्नो हस्ताक्षर कोरेर मलजल दिई बचाएनन् भने यसको भविष्य कस्तो होला ? नेपालको एउटा ज्यूँदो भाषा जसको आफ्नै लिपि छ, आफ्नै शब्द छ, आफ्नै इतिहास र आफ्नै साहित्य छ; यस भाषालाई जीवन दिनु मेरो प्रमुख कर्तव्य हो ।”
प्रतिसरा साय्मिले नोकरीमा नै जीवन आबद्ध गरिन् । फुर्सदका बेला उनी लेख्नेपट्टि जाँगर गर्छिन् । उनी समाजसेवातर्पm पनि उन्मुख भइरहन्छिन् । यसै विषयमा उनी भन्छिन् “आपतबिपत परेकाको सेवा गर्ने मेरो रुचि हो ।” साथै घर बसेका बेला उनी रेडियो सुनेर र टेलिभिजन हेरेर पनि अघाउँदिनन् ।
प्रतिसराले नेपाल अधिराज्यका विभिन्न ठाउँ घुमिन् । त्यसै गरी उनले भारत, बङ्गलादेश, श्रीलङ्का, थाइल्यान्ड, हङकङ, मलेसिया, सिङ्गापुर, जापान, इटाली, फ्रान्स र संयुक्त राज्य अमेरिकाको पनि भ्रमण गरिन् । यी जहाँजहाँ गइन् त्यहाँत्यहाँ यिनले एउटाएउटा लेखरचनाको आविष्कार गरिन् ।
प्रतिसराभित्र संवेदनशीलताको बाहुल्य छ । वास्तवमा त्यसैले नै उनी कविताको आराधना गर्छिन् । उनीभित्र प्रेम पनि छ, उनीभित्र मानवीय छटपटी पनि छ र उनीभित्र रिस र आक्रोश पनि छ । तर उनी आपूmभित्रका कमजोरी सर्लक्कै बाहिर ल्याउन चाहन्नन् । उनीभित्र रिसको ज्वाला आउने लक्षण देखाप¥यो भने उनी सङ्गीतमय संसारमा भुल्न अग्रसर हुन्छिन् र आफ्नो आवेग र आवेशलाई नियन्त्रण गर्न खोज्छिन् । त्यतिले नपुगे उनी बौद्धिक हिसाबबाट वादविवाद र प्रतिवादमा पुगेर त्यस स्थितिको समाधान गर्न पुग्छिन् । हर्षको समयमा चाहिँ उनी हत्तपत्त आफ्नै पति र छोराछोरीका अगाडि उभिएर आफ्ना खुसी बाँड्न पुग्छिन् ।
प्रतिसराले जीवनका भोगाइलाई उपलब्धि नै मान्ने गरिन् । ती भोगाइ कहिले हाँसोमा बिते, कहिले रोदनमा बिते । तर रोदन पनि उनको सृजना हो । उनी समयले रुवाएको क्षणमा जति रोएकी छिन्, आफ्ना लेखरचनाहरूमा पनि पिलपिल रोएकी छिन् र मनमा वेदनाका भेल उर्लेका बेला पनि त्यसरी नै रोएकी छिन् । अनि उनी भन्छिन् “म रुन्छु वर्षाले निख्रिएको आकाशझैँ उज्यालिने गरी ।”
प्रतिसरा साय्मिले नेपाली भाषासाहित्यमा आफ्नो मन, वचन र कर्म अर्पण गरेबापत राष्ट्रिय प्रतिभा पुरस्कार (२०५३), दीपा जनमत पुरस्कार (२०५४) र गोपालप्रसाद रिमाल पुरस्कार (२०६३) पाइन् । साथै उनले नेवारी भाषासाहित्यका लागि चाहिँ चैन लाकौल सिरपा, मोतीलक्ष्मी सिरपा, जरीमैया लुमन्ति सिरपा प्राप्त गरिन् । उनी महेन्द्र विद्याभूषणबाट अलङ्कृत भइन् भने अन्य केही ठाउँबाट विशेष सम्मानित पनि भइन् ।
नेपाली भाषासाहित्यमा चर्चित प्रतिसरा साय्मि जीवनको यथार्थ धाराकी स्रष्टा हुन् । उनका सृजनाले उनी नेपाली भाषाका पाठकका हृदयमाझ आबद्ध छिन् । उनी हृदयगीतका भाकामा कविता लेख्ने स्रष्टा हुन् । त्यसैले उनी आफ्ना पाठकको मन जित्न सफल कवयित्रीमा गणना भएकी छिन् । उनी विद्रोह, क्रान्ति र विस्फोटका कवितालेखनमा पनि त्यत्तिकै सफल भइन्:
अचानक
तिम्रो अहम्को चट्याङ्ग बज्रेर
त्यस त्रूmर आगोमा
मुटु जलेर यस्तरी डढें कि
कहालिएँ म !
विन्द्या सुब्बा
मेरो खबर पाउन सकेनौ भने
पिठ्यू‘मा पर्यटकको भारी लिएर
उकाली चढ्ने च्याङ्बाको
शरीरको पसिनाभित्र
खोज्नू मलाई !
विन्द्या सुब्बा मान्छेको विवेकलाई नै पृथ्वीमा उत्कृष्ट उपलब्धि मान्ने गर्छिन् । त्यही चिन्तनमा उभिएर यिनी पनि आफ्नो मन खोलेर देखाउँछिन् “आफ्नो अन्तर्निहित गुण र काम गरूँ भन्ने उद्देश्य पनि मेरो लेखनमा समाहित छ । साहित्यसृजनाप्रति मैले आफ्नो रुचि र अनुराग महसुस गरेँ र यसैलाई जीवनको अर्थ खोज्ने, अर्थ बुझाउने तथा
विन्द्या सुब्बा नेपाली भाषासाहित्यकी ती स्रष्टाको नाउँ हो जसको लेखनमा उमेरभन्दा परिपक्व सोच छ, पाको चिन्तन छ र छिप्पिएको विचार छ । साहित्यमा डुबेर उनी लेखनको जति रोपाइँ गर्छिन् त्यति नै हृदयमा मस्तिष्कको फ्याउरो कुदाएर आफ्नो भावनात्मक बीउ रोप्ने गर्छिन् । त्यसैले उनको लेखनीले दार्जिलिङका डाँडाकाँडा पनि ढाक्यो, भारतीय नेपाली भएका हरेक ठाउँमा आफ्नो परिचय स्थापित नै ग¥यो, अनि नेपालभरका साहित्यानुरागीका दिमाग भर्ने काम पनि ग¥यो । त्यतिमात्र होइन नेपाली रगत भएका भूगोलका कतिपय नागरिकले समेत विन्द्याको साहित्यरचनाको वर्णन गरे । वास्तवमा उनी कथा, उपन्यास र कवितालेखनकी एउटी शिष्ट, सौम्य र सुन्दर स्रष्टा हुन् ।
विन्द्या सुब्बा नेपाली साहित्यबाटिकामा फक्रेकी एउटी सृजनाकार हुन् , लेखनधर्मकी पुजारी हुन् र रचनाकी एउटी सबल आधारस्तम्भ हुन् । अनि यसको कारण के हो भने उनका लेखनीका पात्रहरू आफ्नै हृदयका धुकधुकी हुन्छन् । उनका कृतिका पात्रहरू उनकै रगतबाट निर्माण भएका सजीव स्तम्भझैँ हुन्छन् । त्यसैले उनका प्राय: हरेक रचनात्मक प्रस्तुतिमा प्राण भरिएको हुन्छ । उनको लेखनी कृत्रिम परिवेशभित्र अटाउनै सक्तैन । उनी मौलिकताले बाँधिएकी, बेरिएकी र घेरिएकी जाग्रत् स्रष्टा हुन् । उनको लेखनको प्रमुख विषयवस्तु नै जीवन र जगत् हो । लेखनका प्रसङ्गमा उनी आपैmँ भन्छिन् “अदृश्य जगत् निवृत्तिशक्ति तथा परमार्थसत्ता र सत्यप्रति पनि मेरो रुचि स्वत: बढेर जाँदै छ । ‘निर्गमन’ उपन्यास यसको दृष्टान्तस्वरूप हो ।”
विन्द्या सुब्बाको जन्म २०१२ साल असार २९ गते बुधबार भानुजयन्तीको दिनमा दार्जिलिङको तीनधारेमा भएको थियो । पदमधोज सुब्बा तथा मन्दरा सुब्बाका सातजना सन्तानमध्ये उनी बीचकी सन्तान हुन् ।
विन्द्या सानैदेखि इलमी, विश्वासी र कर्मठ थिइन् । उनीप्रति उनका बुबाआमा गर्व गर्थे । स्कुल पढ्दा होस् या कलेज पढेताका होस्, उनी घरेलु शिक्षाअन्तर्गत आफ्ना सम्पूर्ण जिम्मेवारीमा नै बाँधिएकी हुन्थिन् । घरभित्रका हरेक व्यवहारलाई थन्काउँदै उनले उत्तरबङ्गाल विश्वविद्यालयबाट एम.ए.को शैक्षिक योग्यता हासिल गरिन् भने दार्जिलिङको रामकृष्ण बीटी कलेजबाट बी.एड.र विशारद उत्तीर्ण गरिन् । विन्द्याको अन्य शैक्षिक योग्यताको कुरा गर्ने हो भने यिनले कलकत्ता विश्वविद्यालयअन्तर्गत कलेज अफ नर्सिङ, कोलकाताबाट बी. एस्सी. (अनर्स) पनि गरिन् ।
विन्द्या सुब्बाले आपूm पैँतीस वर्ष काटेपछि पूर्ण हाङखिमसँग वैैवाहिक लगन गाँठो कसिन् । उमेर छिप्पेपछिको वैवाहिक सम्बन्ध जोडिन पुग्दा यिनले आफ्ना सन्तानका रूपमा मानसिक सन्तानलाई मात्र जन्माइन् । वास्तवमा मोतीराम भट्ट, अम्बालिकादेवी र पारिजातलाई झंै तिनै मानसिक सन्तानले यिनलाई पनि चिनाए, यिनलाई बचाए र साहित्यका पाठकमाझ यिनलाई प्राय: सर्वप्रिय पनि बनाए ।
विन्द्याले आपूm सातौँ कक्षामा पढ्दा प्रथम सृजना जन्माएकी थिइन् । आपूm तेह्र वर्षको कलकलाउँदो उमेरमा उडेका बेला ‘जीवनपूmल’ शीर्षकको कविता स्थानीय ‘सागर’ पत्रिकामा प्रकाशित हुँदा यी हर्षले रोएकी थिइन् । त्यसपछि यिनको कथामा पनि हात चल्न थाल्यो । विन्द्याको प्रथम कथा यी सोह्रवर्षीय यौवनमा टेकेको बेला काठमाडौंबाट प्रकाशित ‘दर्पण’मा छापिएको थियो । ‘दर्पण’मा यिनको रचना छापिएपछि नेपाल तथा भारतका विभिन्न पत्रपत्रिकामा यिनका कथा, कविता र निबन्धको माग हुन थाल्यो । यिनका एकपछि अर्को कथा प्रकाशित हुँदै जान थाले । हालसम्म यिनका फुटकर कथा मात्र पाँच दर्जन छापिए, पुगनपुग तीन दर्जन कविता छापिए र दुई दर्जनजति निबन्ध र प्रबन्ध पनि छापिए । यिनका केही कथा, कविता र उपन्यास केही भारतीय भाषामा पनि अनूदित भए । त्यसपछि यी झनै चर्चाको टाकुरामा चढ्न थालिन् ।
विन्द्या सुब्बाको कृतिगत हिसाब गर्ने हो भने उनीद्वारा हिन्दीबाट अनूदित ‘त्यागपत्र’ नामक उपन्यास सन् १९७८ मा प्रकाशित भयो । उनले लेखेका दुईवटा कथासङ्ग्रह ‘कथाक्रम’ (सन् १९८४) र ‘हस्पिस’ (सन् २००३), तीनवटा उपन्यास ‘पूmलहरू, पहाडहरू, धर्साहरू’ (सन् १९८६), ‘अथाह’ (सन् १९९९) र ‘निर्गमन’ (सन् २००६) र एउटा कवितासङ्ग्रह ‘अन्तर्निहित’ (सन् २००४) प्रकाशित भइसकेका छन् । यिनका सम्पूर्ण कृतिहरू बौद्धिकतामा आबद्ध छन् । त्यसैले नेपाली साहित्यका स्थापित समालोचकहरूले यिनका कृतिका बारेमा विभिन्न समालोचना लेखेका छन् । हो, यिनका कृतिहरू मनभित्रका, मुटुभित्रका र भावनाभित्रका स्पन्दनका आवाजहरूमा सतत प्रस्तुत हुन्छन्:
उभिएकी छु म
शाहजहॉको
उदास छाया भएर !
विन्द्या सुब्बा सरल जीवन बिताउने उच्च सोच भएकी स्रष्टा हुन् । उनी सृजनात्मक नारीवर्गकी एउटी सबल प्रतिनिधि हुन् । त्यसो त उनी सामान्य मान्छेझैँ फाटफुट रिसाउँछिन् र त्यसै गरी समयसन्दर्भले खुसी पनि हुने गर्छिन् । रुने प्रसङ्गमा चाहिँ उनी झट्टै आँसु झार्ने हिसाबदेखि भने अब टाढा पुगिसकेकी छिन् । यसै सिलसिलामा उनी भन्छिन् “अघिअघि धेरै रोएँ, अचेल रुदिनँ ।” तर सृजनामा उनी आफ्ना पात्रहरूका आँसुहरूसँग आफ्ना आँसुहरू पनि घोलेर प्रस्तुत गरिरहेकी हुन्छिन् । वास्तवमा उनका रगत पसिनाको सिञ्चनपछि उब्जनी भएको चिन्तनको साकार स्वरूप नै उनका कृति हुन् । त्यसैले हौसलाको बेठी लगाउँदै उनी भन्छिन् “मेरा कृतिहरू रुझेका पनि छन्, भिजेका पनि छन् ।” यति हुँदाहुँदै पनि उनका मनबाट आँसुमा बग्न नसकेका धेरै गह्रौँहरू मनमा त्यसै लहसिएर नै बसेका छन् । त्यसैले कति कुराहरूमा उनको मन अझै सङ्लो हुन सकेको पनि छैन ।
केही गरेर जीवनलाई एउटा अर्थ प्रदान गर्ने माध्यम बनाएँ । जीवन र जगत्लाई विविध पक्षबाट बुझ्नु, आपूmले बुझेको अरूलाई पनि बुझाउनु, विविध दृष्टिकोणहरू दिनु र यसलाई एउटा उच्च मान्यतामा उभ्याउने उद्देश्यभित्र पनि मेरो साहित्यसिर्जना पर्छ ।” त्यसैले विन्द्याको साहित्यिक व्यक्तित्वका प्रसङ्गमा समालोचक प्रा.डा. दयाराम श्रेष्ठ भन्छन् “...परिवार तथा समग्र मानवसमाजभित्रका वेदना,पीडा र मानसलाई हृदयग्राह्य अभिव्यक्ति दिने कथाकार हुन् विन्द्या सुब्बा ।”
विन्द्या सुब्बाले आपूmलाई पूर्ण समर्पित गरेको क्षेत्र नै सृजना हो । सोह्रैआना साहित्यमा समर्पित भए तापनि जीवन धान्ने कलामा पनि उनी उत्तिकै क्रियाशील छिन् । उनले सन् १९७४ देखि ७६ सालसम्म दार्जिलिङस्थित तीनधारेको रेणुका कन्या उच्च विद्यालयमा पढाइन् । त्यसपछि उनी नर्सिङसेवामा प्रवेश भइन् । यसैगरी उनी दार्जिलिङस्थित सेविका प्रशिक्षण विद्यालय जिल्ला अस्पतालमा सिस्टर ट्यूटरमा पनि कार्यरत रहिन् । एकातिरको जागिर र अर्कातिरको घरधन्दाबाट उब्रेको समयमा नै उनी लेख्ने गर्छिन् । त्यही सीमित समयलाई समाएर बग्दै जाँदा नै अन्तत: उनी साहित्यसृजनाकी एउटी जाज्वल्यमान, प्रिय र आदरणीय तारा भइन् ।
विन्द्या सुब्बाले आफूलाई वैवाहिक जीवनमा गाँसेपछि जीवनको थप परिभाषा भेटिन् । उनले एक्लो जीवन र दाम्पत्य जीवनबारे धेरै अन्तर पनि पाइन् र उनी यसबारे अझ तत्वज्ञानी पनि भइन् । अनि यसबारे उनले निष्कर्ष निकालिन् “वैवाहिक जीवन घामछाया, उज्यालोअँध्यारो, मानअभिमान र अन्य कैयौँ परीक्षाहरूबीचको जीवन हो ।”
जीवनका उतारचढावमा जति शान्तिको बीज रोपे पनि र जीवनको औँसीपूर्णिमासँग जति युद्ध गरे तापनि उनी लेखनको मन, वचन र कर्मसँग जोडिइन् । जति लेखे पनि नेपाली भाषा र साहित्यका लेखकहरूको लेखनकर्मबाट आर्थिक समृद्धि हुँदैन भन्ने कुरामा उनी दृढ छिन् । यति हुँदाहुँदै पनि उनी निराश नभई भन्छिन् “आफ्नो वाङ्मयको निम्ति केही भए पनि योगदान दिन सकेँ र सकेजति दिनेछु भन्ने अनुभूति र आनन्दले मलाई आत्मसन्तुष्टि हुने गर्दछ र यतैबाट जीवनलाई धेरै शिक्षा र अभिप्रेरणा मिल्छ । यसपछि आफ्नो यस योगदानलाई पाठकले आत्मसात् गरिदिँदा र औचित्यपूर्ण मानिदिँदा जुन सुखको अनुभव हुन्छ, त्यो कुनै पनि सम्पत्ति र रुपियाँपैसाभन्दा सानो अर्थको हुँदैन । लेखकका निम्ति असल धन र आत्मप्रतिष्ठा यही हो ।”
नेपाली भाषासाहित्यमा विन्द्या सुब्बाको आफ्नो बेग्लै आयाम स्थापित भइसकेको छ । विलक्षण प्रतिभाकी शिखर सुब्बा काव्यात्मक मनोजगत्की उत्कृष्ट स्रष्टा हुन् । उनका लेखनी वास्तविक धरातलका मीत हुन् । त्यसैले पनि उनी त्यही विषय नै खोस्रिरहने गर्छिन् । साथै उनको जीवनको मन पर्ने विषय नै लेखन हो र जीवनका यथार्थलाई सृजनामा सजाउने कुराको उनी वकालत गर्छिन् ।
विन्द्याको सृजनाको अर्थ जताबाट पनि जीवन र जगत्को सुन्दरता, मनको सुन्दरता खोजेर छर्लङ्गै पार्नु नै हो । उनको लेखनको विशेषता पनि त्यही हो जहाँ विश्रृङ्खलताभित्र श्रृङ्खला, विसङ्गतिभित्र सङ्गति र विकृतिमा पनि केही मुस्कान आदि सकारात्मकताहरू देखिन्छन् । त्यसैले उनी त्यही वास्तविकतालाई कलात्मक ढङ्गबाट पस्कने गर्छिन्:
त्यही धूपी भएर
म तिम्रो प्रतीक्षा गर्नेछु
चियाको बोट भएर
म त्यहॉ तिम्रो बाटो हेर्नेछु ।
विन्द्या सुब्बा लेखनलाई तमाम अप्ठ्याराहरूबीच सर्वश्रेष्ठ साधना र उत्सर्ग ठान्छिन् । साथै सिलाइबुनाइ गर्नु, खाना पकाउनु र सङ्गीत सुन्नु आदि पनि उनका रुचिका सूचीभित्र पर्छन् । उनको मनले आफ्नै घरभित्र नै सजिन मन गर्छ । तर पनि यस विषयमा उनी पर्याप्त समय नपाएको गुनासो गर्छिन् ।
उषा शेरचन सानैदेखि भावुक थिइन् । उनी गीतमै रुन्थिन्, गीतमै हाँस्थिन् र गीतबाटै आपूmलाई परिचालित गराउँथिन् । त्यस बेला उनको प्रिय साथी मुक्तक हुन्थ्यो । त्यस घडी उनका आँसुमा साथ दिने पनि थिए र हाँसोमा साथ दिने पनि थिए । उनको जन्मथलोका केही स्रष्टाले उनको लेखनीमा सुरुमा मलजल गरे । अथवा भनौं सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी, विनोद गौचन, विजय बजिमय, विश्व शाक्य र दुर्गा बरालको प्रोत्साहन, प्रेरणा र हुटहुटीले उषा शेरचन चाँडोभन्दा चाँडो नेपाली साहित्यिक बगैँचामा फुल्न थालिन् । उनको सुवास चाँडै डाँडापारि पनि पुग्यो ।
विन्द्या सुब्बा सृजनात्मक र सङ्गठनात्मक कलाकी एउटी सशक्त संवाहक पनि हुन् । उनी साहित्यसृजनाको यात्रामा आबद्ध हुनाका साथै भारतको सर्वोच्च साहित्यिक संस्था साहित्य अकादमीमा नेपाली भाषा परामर्श समितिको सदस्यमा पनि मनोनीत भइन् । नेपाली हिसाबमा त्यस पदको वर्णन गर्नुपर्दा उनी प्राज्ञ हुन् । साथै उनी नेपाली साहित्य सम्मेलन, शिवकुमार राई स्मृति अकादमीमा पनि संलग्न छिन् । वसुधाकी संस्थापक सचिव र मन्दरा प्रकाशनकी संस्थापक तथा प्रमुख संरक्षक भएर पनि उनले नेपाली भाषासाहित्यको सेवा गरेकी छिन् ।
विन्द्या सुब्बाले आफ्नो कर्म गरेर केही पुरस्कार पाइन्, केही सम्मान पाइन् र कतिपयले उनको अभिनन्दन पनि गरे । यिनले भारतबाट विजयश्री पुरस्कार, साहित्य अकादमी पुरस्कार, स्रष्टा पुरस्कार, राधेय कविता पुरस्कारलगायत नेपाली साहित्य सम्मेलन दार्जिलिङबाट पनि पुरस्कार पाइन् भने नेपालबाट रामराज पन्त स्मृति पुरस्कार पाइन् । यिनको साहित्यिक अभिनन्दनको प्रसङ्ग कोट्याउने हो भने झन्नै एक दर्जन साहित्यिक संस्थाहरूले यिनलाई अभिनन्दन गरेका छन् ।
विन्द्या सुब्बाले नेपाल तथा भारतका विभिन्न भूभागमा डुलेर विविध अनुभवहरूको सङ्कलन गरेकी छिन् । उनले ती ठाउँहरूको जति भ्रमण गरिन् प्राय: साहित्यिक भ्रमण नै गरिन् । उनी जहाँजहाँ गइन् मनमा एउटाएउटा लक्ष्य लिएर नै पुगिन् अनि आफ्नो लक्ष्यविन्दुबाट फर्केर आएपछि पनि उनले आफ्ना अनुभूतिलाई सञ्चित गर्ने काम गरिन् ।
विन्द्या सुब्बा सत्य साइबाबाको आराधना गर्छिन् । इन्दिरा गान्धीको राजनीतिक जीवनबाट पनि उनी अत्यन्तै प्रेरित छिन् । त्यसै गरी बालकृष्ण सम, इन्द्रबहादुर राई र पारिजात उनका मन पर्ने स्रष्टा हुन् । सङ्गीतका हकमा उनका प्रिय व्यक्तित्व हुन् गोपाल योञ्जन र अरुणा लामा ।
नेपाली साहित्यजगत्मा मिलनसार व्यक्तित्वका रूपमा चिनिएकी विन्द्या सुब्बाका कथाको लेखनवस्तु सामाजिक नै हो । उपन्यासलेखनमा पनि उनी सामाजिक जीवनलाई प्रस्तुत गर्न रुचाउँछिन् । त्यसै गरी कवितालेखनमा पनि उनी यथार्थताकी पथिक हुन् । विन्द्या सुब्बाका कविता जति पढ्यो त्यति पढिरहूँजस्ता हुन्छन्, जति सुन्यो त्यति सुनिरहूँजस्ता हुन्छन् र जति बुझ्यो त्यति नै बुझिरहूँजस्ता हुन्छन्:
तर
सबभन्दा बढी मलाई
किनारमा उभिई
छाल आउ‘छ कि भनेर
बगरले पर्र्खिरहेको
हेर्न औधी मन पर्छ ।
Subscribe to:
Post Comments (Atom)
Tags
Activities
AIDS
Alcohol
Anju Panta
Articles
Ashoka
Bhutan
Bhutanese Refugees
Biodiversity
Boudha
Boudhanath Mahachaitya
Buddhism
Buddhist
Causes of Tourism
Chitwan
Civil
Classical Dance
Corruption
Dances of Nepal
Dangers
Dhan Dance
Drugs
Eastern Development Region
Education
Endangered Species
Environment
Federal System
Festivals of Nepal
Folk Dance
Folk Music
FWDR
Gautam Buddha
Girls Trafficking
Gorkha Paltan
Gorkhaland
Green House Effect
Gutor
Hanuman
Hanumandhoka Durbar Square
History
Human Resource
Importance of Tourism
Institutions
Kathmandu
Lalitpur
Learn Nepali
Lord Shiva
Loshar
Lumbini
Maiti Nepal
Makar Mela
Mantra
Maps
Music
National Heritages
National Parks
Natural Environment
Nepal
Nepali Culture
Nepali Folk Songs
Nepali Food and Recipes
Nepali Music Videos
Nepali Novels
Nepali Radios
Nepali Songs
Nepali Women
News
Pashupatinath
Patan
Patan Durbar Square
Politics
Population
Prashant Tamang
Prostitutes
Religious and Traditions
Science
Scout
Social Evils
Social Problems
Social Work
SOS
Stupa
The Husband and The Cat
Tobacco
Tourism in Nepal
Tourism Industry
Transportation in Nepal
Untouchability
Wallpapers
Western Development Region
Yarshagumba
अन्जान
इन्दिरा प्रसाई
उपन्यास
उसको लोग्ने र बिरालो
एस.एल.सी (SLC)
कृतिहरु
गणेशबहादुर प्रसाई
जीवनी
टेलिफोन नम्बर
नयन
नरेन्द्र पौडेल
नरेन्द्रराज प्रसाई
नारीचुली
नेपाली साहित्यकार
मेरी सासू
0 comments:
Post a Comment