नारीचुली - राधिका राया - भद्रकुमारी घले - लक्खीदेवी सुन्दास - पारिजात - सावित्री पोख्रेल - भारती खरेल - गीताकेशरी - रमा शर्मा - चन्द्रकला नेवार - कुन्दन शर्मा
राधिका राया
आज मौनतासितै एकान्तमा मलाई मीत लगाउनु परेको छ
शून्य शून्यताभित्रै आपै“mलाई कताकता बिलाउन मन लागेको छ
आज मौनतासितै एकान्तमा मलाई गीत गाउनु नै परेको छ
किन हो भुलभुलाइभित्र आपूmलाई सदैव समेट्न कर लागेको छ ।
राधिका राया नेपाली साहित्यमा कविता, कथा, निबन्ध, एकाङ्की लेखनमा रमाएको नाउँ हो । उनी आफ्ना कृत्यहरूमा जसरी डुबुल्किएकी हुन्छिन् त्यसरी नै उनका रचनाका पारख गर्ने पाठकहरू पनि नजिकै बसेका हुन्छन् । उनको लेखनी मानव जीवनको मौलिकतामा समेटिएको हुन्छ । यसै प्रसङ्गमा उनी थप्तै बोल्छिन् “मेरा रचनाहरू बढी प्रकृति र जीवनमा आधारित छन् ।”
‘शारदा’ पत्रिकामा समेत आफ्नो जोसिलो हस्ताक्षर समर्पित गर्ने राधिका रायाले नेपालमा मात्र होइन भारतको दार्जिलिङ, सिक्किम र आसाममा पनि प्रसिद्धि कमाएकी छिन् । साँच्चै भन्ने हो भने उनका कृति यताभन्दा उता पर्याप्त मात्रामा चर्चामा आएका छन् । नेपालकै कुरा गर्ने हो भने खास गरेर झापातिर चाहिँ उनको प्रशस्तै महिमा गाइन्छ । सायद पचासौँ वर्षदेखि उनी झापामा मात्रै सीमित रहेकाले पनि होला । उनी त्यहीँ बसिन्, त्यहीँ गरिन् र त्यहीँ लेखिन् । रायाको जीवनको आधा शताब्दी झापाकै सेरोफेरोमा बित्यो ।
राधिका राया बहुआयामिक व्यक्तित्वले परिचित छिन् । उनी स्रष्टा, शिक्षिका र समाजसेवीका अतिरिक्त झापामा चाहिँ राजनैतिक व्यक्तित्वका रूपमा समेत परिचित छिन् । त्यतिमात्र होइन कुनै बेला राधिका राया भन्नेबित्तिकै दार्जिलिङ र सिक्किमका कलाप्रेमीहरू करतलध्वनिले स्वागत गर्थे । किनभने उनले त्यस भेकमा नायिकाका रूपमा पनि आफ्नो परिचय दिएकी थिइन् । बाल्यकालदेखि नै उनी अभिनयकलामा जागरुक थिइन् । किशोरावस्थामा उनले धेरै नाटकमा नायिकाको भूमिका निर्वाह गरिन् । युवावस्थामा पनि उनले आफ्नो अभिनयकलालाई जीवन्तता दिइन् । त्यसपछि उनी शिक्षण पेसामा लागिन् ।
राधिका रायाको जन्म संवत् १९८८ पुस १४ गते मङ्गलबार झापाको अनारमनिमा भएको थियो । उनका बुबा नन्दलालसिंह रायमाझी भारतको दार्जिलिङ र विहारको कटियारस्थित रेलसेवाको काममा थिए भने आमा लक्ष्मी रायमाझी गृहिणी थिइन् । यी दम्पतीले छोरी राधिकालाई उनको रुचिअनुसार बाल्यकालमा नाचगानमा लगाएका थिए । यिनको बाल्यकाल खरसाङ र दार्जिलिङमा बितेको थियो । साथै शैक्षिक योग्यताका हकमा राधिका रायाले दार्जिलिङको सेन्टजोसेफ कलेजबाट आई. ए. पास गरेकी थिइन् ।
राधिका राया २०२३ सालमा कोलकाता पुगिन् । त्यहाँ ब्रिटिस ट्रान्जिट क्याम्पमा नै उनी बस्थिन् । उनी त्यहाँ शिक्षिका भएताका त्यहीँका क्याप्टेनसँग उनले प्रेम गरेकी थिइन् । त्यही प्रेम झाङ्गिएपछि उनले संवत् २०२५ मा विवाह गरेकी थिइन् । बैंसले फक्रेका बेलामा नै कप्तान बुद्धिमान लेप्चाले राधिका रायासँग वैवाहिक जीवन गाँसेका थिए । बिहे गरेपछि यी दम्पतीबाट एउटी छोरी जन्मिन् । त्यसपछि यी दम्पती एकअर्कामा प्राय: टाढाटाढा हुन थाले । संवत् २०५८ चैत २९ गते बुद्धिमान लेप्चा सदाका लागि यस पृथ्वीबाट ओझेल परे ।
राधिका रायाको अधिकांश जीवन शिक्षणपेसामा नै समाप्त भयो । उनले चालीस वर्ष स्कुलमा पढाइन् । जसअनुसार उनले धनकुटाको गोकुण्डेश्वर माध्यमिक विद्यालयमा ३ वर्ष पढाइन्, कोलकाताको ब्यारेकपुरमा ५ वर्ष पढाइन् । अनि उनले मलेसिया र हङकङमा पनि १२ वर्ष पढाइन् । त्यसपछि उनले झापाको भद्रपुर माध्यमिक विद्यालयमा २० वर्ष पढाइन् । जीवनको अधिकांश समय निरन्तर शिक्षण पेसा समालेर उनले २०५० सालदेखि यस पेसाबाट आपूmलाई अलग्याइन् ।
कन्दङवाले पनि आफ्नो हस्तलिखित ‘सयपत्री’ पत्रिकाका लागि राधिका रायासँग लेख माग्न थाले । पछि सोही हस्तलिखित पत्रिका तुलसी अपतनद्वारा सम्पादित हुँदा पनि राधिका रायाका लेखहरू आइरहे ।
राधिका रायाले अघिल्लो समयमा नै धेरै फुटकर रचनाहरूको निर्माण गरे तापनि त्यस ताका पुस्तकाकार रूपमा उनको एउटा कथासङ्ग्रह ‘तिमी नभएकी भए’ (सन् १९६६) मात्र छापियो । त्यसअघि र त्यसपछि फुटकर रूपमा एकाङ्की, दुईवटा लघुकथाहरू र समालोचना प्रकाशित भए । राधिका रायाका फुटकर लेखरचनाहरू नेपाल तथा भारत, मलेसिया र सिङ्गापुरबाट प्रकाशित हुने नेपाली साहित्यिक मासिक ‘उषा’, ‘भारती’, ‘साहित्य सङ्गम’, ‘दियालो’, ‘सुमन’, ‘विश्वदीप’, ‘भानु’, ‘लालीगुराँस’, ‘प्रतिभा’, ‘नानी’, ‘जुही’, ‘पाँचौँ किरण’, ‘यथार्थ कुरा’, ‘सुखानी’, ‘झापाली कविता’, ‘महानन्द स्मारिका’, ‘पर्वते’ आदि पत्रपत्रिकामा छापिए । साथै मलेसिया बसेताका उनकै सम्पादनमा ‘उषा’ नामक साहित्यिक पत्रिका प्रकाशन भएको थियो । उनका अन्य प्रकाशित कृति हुन् ‘जीवनको इच्छा’ (निबन्धसङ्ग्रह : २०५९), ‘उनी गएको गोरेटो’ (एकाङ्की : २०६०) र ‘आत्मकथ्य : विविध’ (२०६०) ।
स्रष्टालाई आफ्ना सृष्टि छोराछोरीझैँ प्रिय लाग्छन् । त्यसै गरी राधिका रायालाई पनि आफ्ना लेखनप्रति सन्तुष्टि छ । उनी जतिजति रचना गर्छिन् त्यतित्यति उत्साही हुन्छिन् । मानूँ रचना नै रायाको जीवनपद्धति हो । उनी प्राय: अक्षर नलेखी बस्न सक्तिनन् । उनी जति लेख्छिन् आत्मसन्तुष्टिका लागि लेख्ने गर्छिन् ।
राधिका राया स्कुले जीवनदेखि नै लेख्ने गर्थिन् । आपूm सात कक्षा पढिरहेका बेलादेखि नै उनको अच्छा राई रसिक र अगमसिंह गिरीसँग गहिरो हेलमेल थियो । त्यति बेला ती दुई भाइसँगको संसर्गले राधिका रायालाई पनि साहित्यसृजना गर्ने रहर, इच्छा र आकाङ्क्षा जाग्यो । त्यही अङ्कुर हुर्किएर आज लेखिका राधिका राया बन्यो । उनले सामाजिक जनजीवनको यथार्थ धारालाई साहित्यका माध्यमबाट रचना गर्ने गरिन् ।
साहित्यसृजना गर्ने मान्छेको नाउँ चल्छ । तत्कालीन समयमा मात्र होइन पछि, पछि र निक्कै पछिसम्म पनि स्रष्टाहरू बाँचिरहन्छन् । किनभने साहित्य अमर र अजर विधा हो । कुनै पनि स्रष्टाले प्रथमत: नाउँ चलाउने उद्देश्यभन्दा आफ्नो मन खोल्न साहित्य सृजना गर्ने गर्छ । त्यसै गरी राधिका राया पनि नाउँका लागि भनेर साहित्यमा समर्पित भएकी थिइनन् तर पनि उनको नाउँले नेपाली भाषासाहित्य ढाक्यो । उनका रचनाहरू जसले पढ्छ सो पाठकले रायालाई मनैभित्र राख्न सक्छ । तर पनि घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले लेखनमा त्यति मिहिनेत गर्न सकिनन् । आर्थिक अवस्था त्यति बलियो नभएकामा चाहिँ उनको गुनासो पनि छ । यसै प्रसङ्गमा उनी भन्छिन् “मलाई प्रतिष्ठा जोगाउन आजसम्म रहर लागेन । भएका लेखादि पनि यत्रतत्र फिँजिए । कर्तव्यमा बाँधिन पुग्दा मैले साहित्यलाई भुलेजस्तै पो झन्नै भयो । यो मेरो आर्थिक सङ्कटकै कारण हो ।”
राधिका रायाको कोमल हृदय भए तापनि उनी भक्कानो छुटाएर रोएको क्षण दुर्लभै मानिन्छ । रुन मन लागेपछि परेलीबाहिर हत्तपत्त आँसु आउन नदिने उनको विशेषता हो । उनी सहनशील भएका कारण रिस उठेका बेला पनि धैर्यका डोरीमा बाँधिएर मौन बसिदिन्छिन् । बरु उनी खुसी हुँदा त्यो खुसी आफ्नै मनभित्र कब्जा गरेर राख्न चाहन्नन् । यसै सन्दर्भमा उनी भन्छिन्— “खुसी भएको बेला म कहिले इष्टमित्रहरूसँग र कहिले गाउँघर जाने गर्छु र खुसीहरू बाँड्दै हिँड्ने गर्छु ।”
राधिका राया डुल्नघुम्न भनेपछि मरिमेट्ने गर्छिन् । उनको विशेष सोख नै भ्रमण हो । त्यसैले उनले नेपाल अधिराज्यका विभिन्न भूभाग घुमिन्, भारतका विभिन्न ठाउँ डुलिन् र त्यसपछि उनी हङकङ, मलेसिया, सिङ्गापुर र बेलायतसम्म पुगिन् । यिनले जति ठाउँ देखे पनि यिनलाई मनपर्ने ठाउँचाहिँ दार्जिलिङको घुमपहाड नै हो । जहाँ उनी जन्मिन्, जहाँ उनले किशोरावस्था बिताइन् र जहाँ उनको यौवन फक्रन सुरु भएको थियो । यही घुमपहाड नै उनका आँखामा, मनमा र मस्तिष्कमा अटल रहेको पाइन्छ । वास्तवमा उनलाई चिसो, हरियाली र फूलैपूmलले ढकमक्कै भएको ठाउँ मन पर्छ । त्यतिमात्र होइन उनलाई हिमशिखरको सुन्दरताले मोहित बनाउने गर्छ । तर विवशताका कारण उत्तरार्धमा उनी झापाको गर्मी खाएर जीवन भुक्तान गरिरहेकी छन् ।
राधिका राया महाकवि लक्ष्मीप्रसाद देवकोटालाई आशुकवि भन्ने गर्छिन् र तिनै व्यक्तित्वको प्रभाव आफ्नो मुटुकलेजीमा भएको बयान पेस गर्छिन् । साथै समाजसेवी व्यक्तित्वका रूपमा उनका आँखामा एउटै व्यक्तित्वले प्रवेश पाएको छ र त्यो व्यक्तित्व हो ‘मदर टेरेसा’ ।
राधिका राया साहित्यसृजना, शिक्षणसेवा, समाजसेवामा जसरी समर्पित देखिन्छिन् त्यसै गरी कुनै बेला उनले राजनीतिका क्षेत्रमा पनि आफ्नो व्यक्तित्वको पहुँच देखाएकी थिइन् । अध्ययनकालमा उनी दार्जिलिङको डम्बरसिंह गुरुङले अगुवाइ गरेको गोर्खा लिगमा लागिन् । त्यसपछि उनी नेपाल पसिन् र २००६ सालदेखि राणा शासनको विरोध गर्दै तत्सम्बन्धी सक्रिय मोर्चामा बाँधिइन् । जसले गर्दा पछि मातृकाप्रसाद कोइरालाले उनलाई एउटा विशेष समारोहमा सम्मान पनि गरेका थिए ।
नेपाली भाषासाहित्यमा लागेर आफ्नो नारीव्यक्तित्वलाई अरू नारीहरूको प्रेरणास्रोतका रूपमा प्रस्तुत गर्न सफल राधिका रायाको व्यक्तित्व साँच्चै नै गरिमाशाली छ । उनको लेखनमा पनि नारी र तत्सम्बन्धी विषयवस्तु हुने गर्छ अथवा उनी नारीका विषयमा बढी आफ्नो कलम चलाउने गर्छिन् । उनी आपैmँ भन्छिन् “बाटो बिराएका नारीहरूलाई सही बाटोमा हिँडाउने लेखन मेरो कलमको विशेषता हो ।” वास्तवमा अत्यन्तै नरम, अत्यन्तै सरल र अत्यन्तै सौम्य व्यक्तित्वले सिँगारिएकी राधिका रायाको जीवनपद्धति नै अत्यन्त प्रेरक रहेको पाइन्छ । उनी बाहिरी रूपमा जेजसरी प्रस्तुत हुन्छिन्; उनको मन पनि त्यत्तिकै खुल्ला र स्पष्ट देखिन्छ । उनी कहिले मान्छेमाथि टेकेर हिँडिनन् बरु फलले भरिएको वृक्षझैं सदा निहुरिएर नै हिँडिन् । अथवा भनूँ अरूको सम्मानमा नै उनले आफ्नो जीवनलाई अघि सारिरहिन् ।
भद्रकुमारी घले
मेरो मुटुको परिचय ढुङ्गालाई सोध
मलाई चिन्ने मन छ भने खण्डहरमा खोज ।
भद्रकुमारी घलेकोे साहित्यलाई राजनीतिले थिचेको छ । उनको राजनीतिलाई चाहिँ समाजसेवाले नै ढाकेको छ । अनि उनको साहित्यिक सृजनाचाहिँ राजनीति र समाजसेवाको दोभानमा उभिएको छ । उनी सुरुमा साहित्यरचनामा लागिन् । त्यसपछि उनको योगदान समाजसेवामा जोडियो । अन्तमा छब्बीस वर्षमा पाइला टेकेपछि उनी राजनीतिमा सक्रिय भएर लागिन् ।
नेपाली आकाशमुनि भद्रकुमारी घले त्यो नाउँ हो जो आफ्नो योगदानले नै चर्चित भएको छ । नेपाली भाषासाहित्यमा यो एउटा बेग्लै आयाममा उभिएको नाउँ हो । यिनको सृृजनात्मक अभिव्यक्तिका कारण धेरैले यिनको प्रशंसा गरेका छन् । उनको कृृतित्वले नै उनको व्यक्तित्वलाई सुपरिचित बनाएको हो । उनका विषयमा घटराज भट्टराईले पनि लेखेका छन् “भद्रकुमारी घलेको नाउँ नेपाली साहित्य, राजनीति, समाजसेवा, चित्रकारिताजस्ता अनेक क्षेत्रमा आदरसाथ लिइन्छ । उनका आफ्नै सन्तान छैनन् तर दुःखी, पीडित, गरिब, असहाय नेपालीहरू उनका सन्तान हुन् ।...नेपाली नारीहरूमा उदाहरणीय, उदारमना, समाजसेवी व्यक्तित्वका रूपमा उनको परिचय पाइन्छ ।”
भद्रकुमारी घलेको जन्म संवत् १९८८ फागुन १९ गते मङ्गलबार काठमाडौंको डिल्लीबजारमा भएको थियो । कृष्णबहादुर घले र भक्तकुमारी घलेका तीन छोरी दुर्गा, भद्रकुमारी र नेमकुमारीमध्ये उनी माइली हुन् । साथै उनका एकमात्र भाइ अर्जुन घले थिए र उनी अठार वर्षको कलिलो उमेरमै स्वर्गीय भए ।
भद्रकुमारी घलेका बुबा जुद्धशमशेरका पालाका सेना थिए र उनी राणाका बैठकेसम्म भए । उनी बत्तीस वर्षमा स्वर्गीय भए । त्यसपछि उनकी आमा समाजसेवामा लागिन् । जनताप्रतिको निष्ठाले उनकी आमा पञ्चायती व्यवस्थाको प्रारम्भदेखि अन्त्यसम्म सिन्धुलीको आम्बोटे गाउँमा प्रधानपञ्च भइरहिन् । आमाकै प्रेरणा, प्रोत्साहन र जागरणले भद्रकुमारी घले पनि समाजसेवामा सक्रिय भइन् ।
भद्रकुमारी बाल्यकालमा नै आफ्ना बाजेबज्यै अम्बरबहादुर घले र जगत्रा घलेसँगै बसिन् । त्यसपछि उनी आफ्ना माइला बुबा बमबहादुर घलेसँग रहेर पढ्ने काममा लागिन् । उनी पढ्ने क्रममा नै भारतको गोरखपुर पनि गएकी थिइन् । उनका माइला बुबा ब्रिटिस सेनाका सुबेदार थिए । त्यस बेला भद्रकुमारी घले छ वर्षकी थिइन् । उनले आफ्ना बाजेकै करबलले सानैदेखि रामायण, महाभारत, दुर्गाकवच, बुद्धिचाणक पढिन् । उनको परिवारमा स्कुलमा भर्ना हुने उनी पहिलो व्यक्ति थिइन् । भद्रकुमारी भारतबाट नेपाल आई काठमाडौंको पद्मकन्या विद्याश्रममा भर्ना भइन् । त्यहाँ उनी २००४ सालमा तीन कक्षामा भर्ना भएकी थिइन् । त्यति बेला उनी सत्र वर्षकी थिइन् । उक्त विद्याश्रममा पढ्दापढ्दै नेपाल सरकार अर्थात् राणाको छात्रवृत्ति पाई तुलसी मेहरका साथ लागेर उनी भारतको बर्धा पुगेकी थिइन् । बर्धामा उनी वनिताको पाँच वर्षे शिक्षामा भर्ना भइन् । त्यस घडी वनिता पासको अर्थ म्याट्रिकसरह मानिन्थ्यो ।
भद्रकुमारी घले सानैदेखि साहित्यरचनाका लागि आत्मप्रेरित रहिन् । बाल्यकालमा पनि उनी कविता लेख्न, चित्रकला कोर्न र गीत गाउन रुचाउँथिन् । उनले स्कुलकलेजताका आफ्नो साहित्यिक सृजनाको प्रस्तुति गर्थिन् । त्यही क्रममा उनले उन्नाईसवटा कृतिको सृजना गरेकी छन् । उनका ती कृतिहरू कथा, कविता, निबन्ध, प्रबन्ध तथा जीवनीमा आधारित छन् । उनका सृजनालाई हेर्दा उनी मनैबाट आफ्ना सृजनालाई प्रस्तुत गर्ने गर्छिन् । उनको व्यक्तित्वको पूर्णभाग राजनीतिमा डुबेको भए तापनि बाँकी रहेको समय उनी साहित्यसृजनामा नै लगाउँछिन् । आफ्नो लेखन स्तरीय छ भनेर अरूसँग सिँगौरी खेल्ने, प्रतिस्पर्धामा ओर्लिने र गुणात्मकतामा नापिने काम उनीबाट कहिल्यै भएन । उनले खालि आत्मसन्तुष्टिका लागि लेखिन् । लेख्तै जाँदा उनले यात्राभरिका आफ्ना जीवनकथाहरू पनि
बर्धामा पढ्न बसेताका भद्रकुमारी तीव्र अनुशासनमा रहिन् । किनभने उनलाई त्यहाँ पढिरहन मन थियो । त्यस बेला उनलाई पेट दुख्ने बिमार भए तापनि स्कुल छाडेर जानुपर्छ भनेर ऐâया पनि नभनी उनी बसिरहिन् । त्यतिमात्र होइन, गर्मीको छुट्टीमा सबै विद्यार्थीहरू आआफ्ना घर जाँदा पनि उनीचाहिँ स्कुलमा नै बस्थिन् । किनभने घर गएपछि स्कुल फर्कन नपाइएला भन्ने उनीभित्र डर थियो ।
भद्रकुमारी बर्धामा पढेताका गाउने, नाच्ने र नाटकमा खेल्ने गर्थिन् । स्कुलका विविध सांस्कृतिक कार्यक्रममा भाग लिएर उनले पुरस्कार पाइन् । त्यस बेला उनमा पढ्नेभन्दा बढी मनोरञ्जनमा डुब्ने भावना जागृत हुने गथ्र्यो ।
भद्रकुमारीेलाई सातै वर्षदेखि गुन्यूचोली लगाउनुपर्ने बाध्यता थियो । तर उनी आफ्नो फरिया च्यातेर आफ्ना लागि आपैmँ फ्रक सिउँथिन् । त्यही कारणले उनी त्यसै बेलादेखि सिलाइबुनाइतर्फ पनि अग्रसर हुन थालिन् । सिलाइबुनाइ पनि अर्को एउटा सीपका रूपमा उनको जीवनसँग जोडिएको थियो । उनी आफ्ना घरमा पनि आफ्नो काम आपैmँ गर्थिन् ।
भविष्यमा बिहे गरेर पतिका घरमा बसुँला भन्ने भद्रकुमारीभित्रको विचार मरिसकेको थियो । वास्तवमा उनले आफ्ना घर गाउँमा लोग्नेद्वारा कुटाइ खाने अनगिन्ती महिला देखेकी थिइन् । त्यसमाथि उनका दाजु पर्ने अम्बरबहादुर गुरुङले भाउजूलाई चुल्ठो समाएर बराबर कुटेका दृश्यको दुःखद छाप पनि उनका बालहृदयमा सधैँ गाडिइरह्यो । यिनै कारणहरू जोडिएर नै त्यसै बेलादेखि यिनले आपूm जीवनभरि अविवाहित नै बस्ने भीष्मप्रतिज्ञा गरेकी थिइन् ।
भद्रकुमारी आफ्ना यात्रामा नथाक्ने यात्रीको नाउँ हो । उनी शास्त्री शिक्षा पास गरिसकेपछि आफ्नो गाउँ पसिन् । त्यसपछि उनी सक्रिय रूपमा आफ्नो गाउँको राजनीतिमा संलग्न भइन् । उनको निष्ठा, कर्म र समर्पणका कारण उनी लगातार चारपटक राष्ट्रिय पञ्चायतकी माननीय सदस्यमा निर्वाचित भइन् । अनि उनी २०३८ सालमा राज्यमन्त्री पनि भइन् । आफ्नो मन्त्रित्वकालमा पनि उनले जनसेवा नै गरिन् । उनी स्वच्छ छविकी मन्त्री थिइन् ।
भद्रकुमारी घले सम्प्रदायबाट अत्यन्तै पर पुगेकी स्रष्टा पनि हुन् । सबै जात सबै धर्म उनका लागि बराबर मानिन्छन् । उनी क्राइस्ट मन पराउँछिन् तर उनी हिन्दूधर्ममा अटल छिन् । उनी बौद्धधर्मप्रति रुचि राख्छिन् तर उनी देवीदेउता पुज्नमा नै मग्न हुन्छिन् । उनी हरेक सङ्क्रान्तिमा बूढानीलकण्ठको दर्शन गर्न पुग्छिन् र हरेक सोमबार पशुपतिनाथ पुगेर शिवको दर्शन गर्छिन् ।
भद्रकुमारी घले विभिन्न समयमा अन्तर्राष्ट्रिय सभासम्मेलनमा भाग लिन गएकी थिइन् । यस क्रममा उनले एशिया र युरोपका केही देशको भ्रमण गरेकी थिइन् । उनले अन्तर्राष्ट्रिय सभासम्मेलनमा भाग लिने क्रममा नेपाली भाषामा भाषण गर्थिन् । यसै प्रसङ्गमा उनी भन्छिन् “मैले विदेशमा पनि नेपाली भाषा नै बोकेर गएकी हुन्थें ।”
भद्रकुमारी घलेले सिन्धुलीका गाउँगाउँमा स्कुलहरू स्थापना गरेकी थिइन् । त्यहाँ उनैका पहलमा कैयौं नारी शिल्पकलाहरू स्थापना र सञ्चालन भएका थिए । त्यसै गरी यिनले कैयौं ठाउँमा इनार, कुलो, बाटो, पुल र स्वास्थ्यचौकी पनि बनाएकी थिइन् ।
भद्रकुमारी घलेले अध्ययनको परिवेशमा गान्धी आश्रम बरोधाबाट स्कुले शिक्षा लिइन्, काशी विद्यापीठ बनारसबाट प्रवीणता र शास्त्री उत्तीर्ण गरिन् अनि कस्तूरवा स्मारक राष्ट्रिय ट्रस्ट इन्दोर (मध्यभारत) बाट प्रसूतिसेवा (नर्स) को तालिम हासिल गरिन् । उनी सानैमा गान्धी आश्रमको नीति, निर्देशन र अनुशासनका कारणले सधैं खद्दरको कपडामा मात्रै सिँगारिइन् । बाल्यावस्थादेखिकै कुरा गर्ने हो भने उनका आङमा कहिल्यै पनि पोलिस्टर, टेरिकटन, सिफन, जर्जेटजस्ता कपडाले ठाउँ पाएनन् ।
भद्रकुमारी घलेले जीवनमा गरेका स्तुत्य कार्यहरूको नतिजामा उनले राजाबाट प्रसिद्ध प्रबल गोरखादक्षिण बाहु (दोस्रो) देखि विभिन्न अलङ्कारहरू प्राप्त गरिन् । साथै उनले २०२३ र २०२४ सालमा शहीद दिवसका उपलक्ष्यमा आयोजित साहित्यसम्मेलनमा क्रमश: दोस्रो र पहिलो पुरस्कार पाइन् ।
ठाउँठाउँमा छुन भ्याइन् । राष्ट्र, राष्ट्रियता र राजमुकुटदेखि जीवन, जगत् र प्रकृतिको सुरम्य परिवेश नै उनका लेखनका विशेषता मानिए ।
भद्रकुमारी घलेले १४, १५ वर्षकै उमेरदेखि चित्रकला कोर्न थालेकी थिइन् । उनको चित्रकला सृजना परिपक्व भएपछि उनले प्रदर्शनीको आयोजना गरिन् । उक्त प्रदर्शनीको उद्घाटन २०२० सालमा राजा महेन्द्रले गरेका थिए । श्री ५ महेन्द्रकै पुत्रवधू रानी ऐश्वर्य (कवयित्री चाँदनी शाह) द्वारा पनि २०४६ सालमा यिनका कथाकविता विधाका कृतिहरूको लोकार्पण भएको थियो ।
जीवनमा लड्दैपड्दै जाँदा भद्रकुमारी घलेले साहित्यसृजनालाई निरन्तरता दिइन् । समाज र राष्ट्रमा उनका अनेक योगदान हुँदाहुँदै पनि साहित्यरचनाले उनी थप प्रतिष्ठित भएकी छिन् । विभिन्न सामाजिक, राजनैतिक, साहित्यिक सङ्घसंस्थामा उनले जति इज्जत कमाएकी छिन् , शिक्षणसंस्थामा पनि उनको प्रतिष्ठा त्यति नै उल्लेखनीय देखिन्छ । गाउँमा स्थापित शिक्षणसंस्थाका जगबाट उठेर उनी पशुपति बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षसम्मको पदमा पुगिन् । साथै उनी नेपाल चर्खा प्रचारक गान्धी तुलसी मेहर महागुठीकी पनि अध्यक्ष छिन् ।
भद्रकुमारी घले सादा, निक्कै सादा र अत्यन्तै सादा जीवनले कुँदिएकी छिन् । उनको जीवनको सारांश नै उनी समाजसेवी हुन् । उनको सेवाले धेरै दुःखी, पीडित, अनाथ र असहायले हाँस्ने वातावरण पाएका छन्, आपूmलाई जीवनप्रति गाँस्ने भरोसा पाएका छन् र बाँच्ने आड पाएका छन् । समाजका विविध पक्षमा उनको लगानी झाङ्गिएको पाइन्छ । अनि उनले ती सबै बेहोरा लगेर आफ्ना सृजनामा उनेकी छिन् । उनका अभिव्यक्तिमा कुनै ढर्रा हुँदैन, कतै आडम्बर हुँदैन र कहीँ स्वाङ पनि हुँदैन । उनी जे लेख्छिन् पूmलबुट्टा लेख्तिनन् मनका कुरा मात्र लेख्छिन् । उनले यस माटोमा लगानी गरेको राजनीति र समाजसेवाको बृहत् अनुभव पनि अन्तत: साहित्यमा नै लगेर पोखिन् ।
..................................................................
भद्रकुमारी घलेका कृति
(१) नारीको व्यथाको कथा (कथासङ्ग्रह : २०४५), (२) शक्तिरूपा नारी (कथासङ्ग्रह : २०४५), (३) भावना (कथासङ्ग्रह : २०४५), (४) कल्पना (कवितासङ्ग्रह : २०४५), (५) उपहार (कवितासङ्ग्रह : २०४५), (६) राष्ट्रिय चिन्तन (निबन्धसङ्ग्रह : २०४५), (७) मेरा सहयात्री (कथासङ्ग्रह : २०५१), (८) मेरा जीवन्त कविता (कवितासङ्ग्रह : २०५१), (९) केही गीति नृत्य नाटिका (कवितासङ्ग्रहः२०५१), (१०) समयदृष्टि (निबन्धसङ्ग्रह : २०५९), (११) अस्तित्व (कवितासङ्ग्रह : २०६०), (१२) ऐंजेरु (कवितासङ्ग्रहः२०६०), (१३) राजसंस्थाप्रति नेपालीको आस्था (प्रबन्धसङ्ग्रह : २०६०), (१४) कला र जीवन (चित्रकला र साहित्यसृजना : २०६०), (१५) राष्ट्रिय चाड दशैँ (प्रबन्धसङ्ग्रह : २०६०), (१६) सृष्टिका धरोहर नारी (प्रबन्धसङ्ग्रह : २०६१), (१७)युगबोध(काव्यः२०६२), (१८) मनमन्थन (दैनिकी काव्य : २०६२) र (१९) भद्रकुमारी घले की हिन्दी कविताएँ (कवितासङ्ग्रह : २०६२) ।
लक्खीदेवी सुन्दास
नयाँ र पुराना जुनसुकै मान्छेका अगाडि एउटी खुल्ला किताब हुन् लक्खीदेवी सुन्दास । उनका लागि साहित्यकारहरू नयाँ र पुराना हुँदैनन् । त्यसैले स्रष्टाहरू पनि भन्ने गर्छन् “बोलिरहूँजस्ती र सँगै बसेर कुरा सुनिरहूँजस्ती अथवा फस्र्याइली स्रष्टाको नाउँ लक्खीदेवी सुन्दास हो ।” दार्जिलिङमा इन्द्रबहादुर राईदेखि राजनारायण प्रधानसम्मले हृदय खोलेर उनको प्रशंसा गर्छन् । काठमाडौंमा पनि ईश्वरवल्लभदेखि बैरागी काइँलासम्मले उनको योगदानको चर्चा गर्छन् । वास्तवमा नेपाली भाषाका जुनसुकै भक्तहरूले पनि उनको कुरा गरेकै हुन्छन् । उनको वैयक्तिक स्वभावले गर्दा उनी धेरैकी मनपर्ने स्रष्टा बनिन् । उनी सौम्य रूपमा बोल्छिन् । बोल्दाबोल्दै उनले धेरै साहित्यिक विषयमा बिटमारिसकेकी हुन्छिन् । उनलाई हेरेपछि उनको जीवनको आनीबानीको अनुमान लगाउन सकिन्छ । वास्तवमा उनी जस्तो सरल देखिन्छिन् त्यस्तै स्पष्ट व्यवहार गर्छिन् र लेख्न पनि त्यस्तै सहज र सरल लेख्छिन् । उनी सौम्यता, ज्ञान र सीपकी अनुकरण हुन् ।
लक्खीदेवी सुन्दास संवत् १९९१ जेठ २५ गते बिहीबार जन्मेकी थिइन् । उनका बुबा चन्द्रबहादुर सिंह (परियार) र आमा धनमाया कोलकातामा बसेताका यिनको जन्म भएको थियो । यिनका बुबा त्यस बेला कोलकातास्थित वर्धमान राजाकी कान्छी छोरीका घरमा काम गर्थे । सिंहलाई त्यस दरबारको कारबारी पनि भनिन्थ्यो । सिंह त्यस दरबारका शक्तिशाली मान्छेका रूपमा गणना हुन्थे ।
लक्खीदेवी सुन्दास साहित्यसृजना र सङ्गठनमा बराबरी सक्रिय थिइन् । उनी साहित्यिक व्यक्ति भनेपछि चाँडो सम्पर्कमा पुग्थिन् । त्यही मेलोमेसोमा यिनले नेपाली साहित्य सम्मेलनमा अध्यक्ष पद सम्हालिन् । त्यसकै माध्यमबाट यिनले जगदम्बाश्री पुरस्कारको माला पनि लाइन् । सम्मेलनमा रहेर यिनले डेढ दर्जनजति कृतिहरूको सम्पादन पनि गरिन् । साथै यिनले आफ्ना अनगिन्ती मौलिक फुटकर रचना पनि निर्माण गरिन् । समालोचनामा समर्पित भएर केही कृतिहरूलाई यिनले आफ्नो समालोचकीय सामथ्र्यले नुहाइधुहाइ पनि गरिदिइन् । लक्खीदेवी कथा, कविता, निबन्ध जेजे विधामा समर्पित भए तापनि यिनको साहित्यिक व्यक्तित्वको पक्का परिचयचाहिँ समालोचना नै मानिन्छ । यिनका
लक्खीदेवी कोलकातामा जन्मे तापनि यिनको जीवनको अधिकांश समय दार्जिलिङमा नै बित्यो । यिनले दार्जिलिङको नेपाली बालिका गल्र्स हाईस्कुलमा पढिन् । साथै म्याट्रिक परीक्षा दिन यी त्यहीँको शारदेश्वरी स्कुलमा भर्ना भइन् । यिनले दार्जिलिङको गभर्मेन्ट कलेजबाट आई. ए., बी. ए. पास गरिन् । कलकत्ता विश्वविद्यालयबाट यिनले दर्शनशास्त्रमा एम. ए. गरिन् । यिनले हिन्दी साहित्यरत्नको शैक्षिक उपाधि पनि हासिल गरिन् । दार्जिलिङमा नै यिनले २०१७ सालमा स्वास्थ्यक्षेत्रमा समर्पित डा. बलबहादुर सुन्दाससँग बिहे गरिन् । बिहेपछि पनि यी पढाइमा निरन्तर लागिरहिन् । परिणामस्वरूप यिनले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा पनि एम. ए. गरिन् । साथै यिनले त्रिभुवन विश्वविद्यालयबाटै ‘नेपाली कवितामा दार्जिलिङको योगदान’ विषयमा २०४६ सालमा विद्यावारिधि पनि गरिन् ।
लक्खीदेवी सुन्दासको न्वारनको नाउँ पनि लक्खीदेवी नै थियो । बङ्गला भाषाको प्रभावबाट यिनको नाउँ लक्खी भएको मानिन्छ । लक्ष्मीलाई बङ्गला भाषामा लक्खी भनिन्छ । हुन पनि जतिजति यिनको उमेर छिप्पिँदै गयो त्यतित्यति यिनी लच्छिनकी देखापर्दै गइन् ।
लक्खीदेवी सुन्दास बाल्यकालदेखि नै साहित्यसृजनामा लागिपरेकी थिइन् । खास गरेर भानुभक्तीय ‘रामायण’को प्रभावले यी सुरुसुरुमा छन्दमा कविता लेख्थिन् । यिनले आपूm तेह्र वर्षकी भएपछि आफ्ना कविताहरू जनसमक्ष सार्वजनिक गर्न थालेकी थिइन् । त्यति बेला यिनलाई प्रोत्साहन दिनेहरूको पनि अनिकाल थिएन । त्यसै बेला यिनका समकालीन साथीहरू अगमसिंह गिरी, अच्छा राई रसिकको होस्टेमा यिनका शब्दहरूले हैँसे गर्ने मौका पाएका थिए ।
लक्खीदेवीले आफ्नो बाल्यकाल कोलकातामा नै बिताइन् । त्यस बेलाका दिनहरू यिनका हृदयमा सधैँ ताजा भए । त्यस ताका चाडबाडका बेला त्यहाँ नेपालीहरूको समूह क्रियाशील देखिन्थ्यो । त्यस वातावरणमा लक्खीदेवी पनि गीत गाउने र नाच्ने गर्थिन् । वास्तवमा सानामा उनी नाच्न र गाउन पनि निपुण थिइन् । बङ्गलागीत कविता लक्खीदेवीका बालहृदयमा टाँसिएका विषयवस्तु थिए । किशोरावस्थामा टेक्न थालेपछि उनी हिन्दी पत्रपत्रिका पढ्नमा चाख दिन थालिन् । त्यति बेला ‘माया’ र ‘मनोहर कहानियाँ’ नामक पत्रिकाले उनको मन जितिसकेका थिए । तिनै पत्रिकाहरू पढेर उनी हिन्दी कथा र उपन्यास पढ्न पनि पल्केकी थिइन् । त्यसैले उनी प्रेमचन्दका कथाकी एउटी गतिली पाठक बन्न सकिन् । पत्रपत्रिकाका विविध विषयसँग अङ्कमाल गर्दागर्दै र प्रेमचन्दका कथा पढ्दापढ्दै उनी पनि कथा, कविता र निबन्ध लेख्ने भइन् । उनका कविता सूधपाले पनि मन पराउन थाले । त्यसै ताका सूधपाका आग्रहमा ‘दीपक’, ‘चन्द्रमा’ र ‘कमल’ नामक हस्तलिखित पत्रिकामा यिनका कविताहरू छापिन पनि थाले । यिनको पहिलो प्रकाशित कविता ‘दीपक’ हो र कथाचाहिँ ‘मतलबी संसार’ हो ।
लक्खीदेवी सुन्दासले दर्शनशास्त्रमा एम. ए. गरेपछि दार्जिलिङको लरेटो कलेजमा पढाइन् । त्यस बेला विद्यमान जातीय छुवाछूतको, सामाजिक कुसंस्कारको उनी पनि शिकार थिइन् । तर पनि शिक्षण संस्थामा भने त्यो रोग भाग्ने क्रममा थियो । छरछिमेकमा चाहिँ त्यो रोग हटेको थिएन । यति हुँदाहुँदै पनि सुन्दासले आफ्नो काम, कर्तव्य र अधिकारमा नै आफ्ना बलिया पाइला टेकिन् । त्यहाँ पढाउँदा पढाउँदै यिनले नौ वर्ष बिताइन् । प्राध्यापन र साहित्यलाई सँगसँगै बाटेर यिनले आफ्नो नाउँ नेपाली भाषासाहित्यको मन्दिरमा स्थापित गराइन् । लरेटो कलेजमा पढाउँदा पढाउँदै यिनी दार्जिलिङ गभर्मेन्ट कलेजमा सरुवा भइन् । त्यहाँ पनि एक वर्ष पढाएपछि यी पश्चिम बङ्गालको मुख्यमन्त्रीको पार्वत्य सचिवमा सरुवा भइन् । तिनै ताका उनी ‘पश्चिम बङ्गाल’ नामक पत्रिकाको प्रधानसम्पादक पनि भइन् । त्यसै बेला उनले ‘पश्चिम बङ्गाल’ नामक पत्रिकामा लेख्ने लेखकलाई बर्सेनि ‘भानु पुरस्कार’ दिने प्रथा पनि चलाइन् । उनी त्यस पदमा रहे पनि र नरहे पनि ‘भानु पुरस्कार’ नियमित चलिरह्यो । वास्तवमा उनले त्यस ठाउँमा काम गर्दा धेरै अनुभवहरूको पनि सङ्ग्रह गरिन् । साथै उनले पार्वत्य सचिवमा रही काम गर्दा भारत सरकारका शासनको प्रत्यक्ष विवरण बुझिन् । त्यस बेला यिनले आपूmले सकेको नेपाली भाषाको सेवा पनि गरिन् ।
स् टद्ध स्
मौलिक कृतिचाहिँ ‘आहत अनुभूति’ (कथासङ्ग्रह : सन् १९९८) र ‘सम्भावित अर्थ समर्पित एकान्त’ (कवितासङ्ग्रह : सन् २०००) हुन् ।
लक्खीदेवी सुन्दासले प्राध्यापन गरिन्, साहित्य रचिन् र समाजसेवामा पनि आपूmलाई अग्रसर गराइन् । उनले २०१७ सालतिर कलकत्ता विश्वविद्यालयबाटै एल.एल.बी. पनि गरिन् । त्यसपछि यिनले केही समय कोलकाताको हाईकोर्टमा वकालतको प्रशिक्षण लिइन् । त्यसपछि उनका मनमा विचार फु¥यो “म दार्जिलिङमा नै जान्छु र वकालत गर्छु । अनि त्यस ठाउँकी म प्रथम महिला वकिल पनि हुन्छु ।”
लक्खीदेवी सुन्दास दार्जिलिङमा पुगेपछि लरेटो कलेजमा नेपाली पढाउने प्राध्यापकको खाँचो भएको कुरा उनले आफ्नो घरिपरिवारबाट थाहा पाइन् । त्यसपछि उनले स्थानीय गण्यमान्यहरूको अनुरोधमा कलेजको प्राध्यापनमा नै आपूmलाई दर्ता गराउन पुगिन् । त्यसपछि उनी अदालतको सेवामा हाजिर हुने हिसाबमा लागिनन् । प्राध्यापन पेसामा यिनले आपूmलाई प्रवेश गराए तापनि यिनको हृदयान्तरको रुचि भने वकालत गर्ने नै थियो ।
लक्खीदेवी सुन्दासका जेठाजु इन्द्र सुन्दास त्यस बेला दार्जिलिङको कचहरीका मजिस्ट्रेट थिए । त्यसैले लक्खीदेवीले आफ्ना जेठाजुलाई आपूmले वकालत गर्नेबारे उत्साहपूर्वक बिन्ती गरिन् । तर उनको त्यो भावनालाई इन्द्र सुन्दासले लत्याउँदै भनेका थिए “कलेजमा काम पाएकै छ, फेरि किन कचहरीमा काम गर्ने ? कचहरीमा लागेपछि कलेजमा काम गर्न भ्याइन्छ र ?” जेठाजुको यो प्रश्न लक्खीदेवीका निम्ति त्यस घडीको ऐनझैँ बन्न पुग्यो । उनले आफ्ना जेठाजुलाई तुरुन्तै यसको प्रत्युत्तर दिन हिम्मत गरिनन् ।
लक्खीदेवी सुन्दासको वकालत गर्ने भावनामा ठेस लाग्यो । त्यसपछि उनी प्राध्यापन र साहित्यको सेवामा मात्र लागिरहिन् । तर पनि यिनको भित्री मनबाट वकालत गर्ने इच्छाचाहिँ मरेकै थिएन । त्यस बेला सुन्दासका लागि ‘के खोज्छस् काना ? आँखो’ भएर अधिवक्ता मदन गुप्ता झुल्के । उनलाई एक जना सहयोगी वकिल चाहिएको रहेछ । त्यो बेहोरा सुन्दासका कानमा आएर ठोक्कियो । कलेजको पढाइ मिलाएर मदन गुप्तासँगै सुन्दासले पनि आपूmलाई वकालती पेसामा संलग्न गराइन् । उनी यस काममा सहभागी भएपछि खूबै रमाइन् । तर दुर्भाग्य ! केही दिनपछि मदन गुप्ता मरे । त्यसपछि सुन्दासले पनि वकालत पेसाबाट सदाका लागि हात धोइन् ।
लक्खीदेवी सुन्दासले नेपाललगायत औपचारिक रूपमा चीन, सोभियत रुस, अफगानिस्तान र हङकङको भ्रमण गरिन् । उनको मन पर्ने विषयवस्तु भ्रमण गर्नु पनि हो । त्यसैले उनी आफ्ना रचनाहरूमा आपूmले घुमेका ठाउँको वर्णन पनि गर्छिन् ।
लक्खीदेवी सुन्दास दार्जिलिङले जन्माएका साहित्यकार रूपनारायण सिंह, शिवकुमार राई, इन्द्रबहादुर राईको निक्कै वर्णन गर्छिन् । त्यसै गरी उनी सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधानको साहित्यिक जीवनबाट अति नै प्रेरित रहेको बेहोरा वर्णन गर्न थाक्तिनन् ।
लक्खीदेवी सुन्दासले साहित्यमा समर्पित भएर रत्नश्री स्वर्णपदक पाइन्, भानु पुरस्कार पाइन् र सैनध्वज नन्दकुमारी पुरस्कार पनि पाइन् । साथै उनले सिक्किम साहित्य पुरस्कार, मिखाएल मधुसूदन दत्त पुरस्कार पनि पाइन् ।
आफ्ना श्रीमान् डा. बलबहादुर सुन्दासको सद्भाव, माया र सौहार्दका कारणबाट साहित्यरचनामा समर्पित रहेकी लक्खीदेवी सुन्दास सानो परिवार र सुखी परिवारका माझ दार्जिलिङमा बसेकी छिन् । उनका छोरा योगेन्द्रराज सुन्दास र राजेन्द्रराज सुन्दासमध्ये योगेन्द्र खरसाङ रेडियोमा अधिकृत छन् भने राजेन्द्र पश्चिम बङ्गाल सरकारी कार्यालयमा अधिकृतका रूपमा कार्यरत छन् ।
नेपाली भाषासाहित्यमा बलियो पहुँच भएकी लक्खीदेवी सुन्दास निबन्ध, समालोचना, कथा, कवितालेखनमा बराबरी सक्रिय रहेकी छिन् । उनको टाउको भन्दा मुटु ठूलो छ । यिनको लेखन विविध विधामा पैmलिए पनि यिनी संवेदनशील कवयित्रीका रूपमा चाहिँ परिचित र प्रतिष्ठित पनि छिन्; त्यसैले उनका कविता पनि पढिरहूँझैँ लाग्छन्:
हरे ! कसले आज ठड्यायो
तिम्रा र मेरा माझ पर्खाल ?
कसले सुनायो यो तिमीलाई
हामी बेग्लाबेग्लै हौं भनी
किन यो भावले पिरोल्छ
किन हे ! भेदभावको पर्खाल ?
शान्ता श्रेष्ठ आई.ए. पढ्न पद्मकन्या कलेजमा भर्ना भइन् । त्यस बेलाको प्रसङ्ग कोट्टयाउँदै उनी भन्छिन् “...एकदिन अचानक कलेजमा आई.ए. र बी.ए.का छात्राहरूको बैठक बस्यो । विषय थियो— नेपालमा एउटा मात्र छात्राहरूको सरकारी कलेजमा नेपाली नै प्रिन्सिपल हुनुपर्छ । त्यही मागका कारण त्यस कलेजबाट विद्यार्थीहरूलाई रेस्टिकेट गर्ने क्रम जारी थियो । त्यस क्रममा उनको नाउँ पनि टाँसिएको थियो तर रेस्टिकेट भएको पुर्जी बुझ्नुअघि नै
शान्ता श्रेष्ठ
“म प्रजातन्त्रको प्रतीक्षामा बसेकी थिएँ , तर दुर्भाग्य प्रजातन्त्र आउनेबित्तिकै सबैभन्दा पहिले मलाई नै विनाकारण बर्खास्त गरियो । ... यस राष्ट्रको न्याय, नियम, ऐन, कानुन आदि सबै भ्रष्टाचारीको हातमा छ । तिनीहरू राजाभन्दा धेरै बलिया छन् ।” उपर्युक्त भनाइ हुन् शान्ता श्रेष्ठका । शान्ता श्रेष्ठले २०६३ सालमा प्रकाशित ‘अन्धकार भित्रको अन्धकार’ मा जिन्दगानीका तीतामीठा लेख्ने क्रममा आफ्ना मन चिरिएका धेरै कुरा लेखेकी छिन् । उनले यस कृतिमार्पmत जसरी आपूmलाई निबन्धलेखनमा स्थापित गरिन् त्यसभन्दा अघि ‘तेत्तीसपुतली’ अर्थात् शान्ता श्रेष्ठ एक (२०५०) उनी लामा निबन्धलेखन मार्पmत देखापरिसकेकी थिइन् । उनको अर्को चर्चित लामो निबन्ध हो ‘खाली हात’ (२०५२) । साथै ‘अन्धकारको गर्भभित्र’ (२०६३) लाई पनि उनले लामो निबन्धकै रूपमा प्रस्तुत गरिन् । उनका प्राय: निबन्धहरू औपन्यासिक ढाँचामा प्रस्तुत भएका छन् ।
नेपाली भाषासाहित्यमा शान्ता श्रेष्ठ नयाँ नाउँ होइन । उनी नेपाली अक्षरबाट पाठकका मनमा छिरिन् । उनी रेडियो नेपाल मार्फत श्रोताका कानकानमा पुगिसकेकी थिइन् । उनले २०१३ सालदेखि २०४८ सालसम्म रेडियो नेपालको माइकबाट निरन्तर बोलिन् । ३५ वर्षसम्म ज्यालादारीमा राखेर रेडियो नेपालले उनलाई कागतीझैँ निचो¥यो र खोस्टा भई भनेर फालिदियो । तर उनी झन् रसिली, भरिली र जाँगरिली भएर अक्षरमार्फत जनसमक्ष आइन् । रेडियो नेपालले घोत्र्mयाएपछि नै उनी नेपाली भाषासाहित्यकी चर्चित लेखक बनिन् । वास्तवमा उनी तीनबाट एक्कैचोटि तेह्रमा पुगिन् ।
शान्ता श्रेष्ठ सानामा जति उत्साहित थिइन् त्यति नै सक्रिय पनि थिइन् । उनी जति राम्री थिइन् त्यति नै स्पष्ट पनि थिइन् । उनको रूप, बेहोरा र जाँगरको त्रिवेणीले उनी कहिले रुवामाथि पनि सुतिन् र कहिले फलाममाथि पनि सुतिन् । सुत्ने क्रममा सेनाले उनलाई एकपटक चिसा भुइँमा नौ दिन सुताएको थियो । नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रित्वकालमा अहोरात्र नौ दिन उनका आँखामा पट्टी बाँधियो । अनि त्यस घडी उनले पनि भोकहडताल गरेर सरकारलाई च्यालेन्ज दिइन् । २०६० सालको मिर्मिरेमा उनी कैदी नै थिइन् । त्यसपछि पनि उनी देउवाकै कार्यकालमा फेरि उन्नाईस दिन त्यही रीतमा थुनिइन् । वास्तवमा उनको निबन्ध ‘अन्धकारभित्रको अन्धकार’ त्यसै घटनाको पनि निष्कर्ष हो ।
शान्ता श्रेष्ठको सङ्घर्षशील जीवन नानीदेखि लागेको बानी थियो । उनले २००४ सालदेखि २००७ सालसम्म राणासरकारको विरोधमा कुर्लेबापत कुटाइ खाइन्, यातना भोगिन् र जेलखाना पनि देखिन् । त्यसपछि पनि २००९ सालसम्म तत्कालीन व्यवस्थामा देखिएका विकृतिको उनले दिलोज्यानले भन्डाफोर गरिन् । वास्तवमा उनी जतिजति सङ्घर्षको आगोमा होमिइन् त्यतित्यति टल्कँदै समाजसामु देखापर्न थालिन् । अनि हुँदाहुँदै उनी राजनीतिज्ञ शान्ता श्रेष्ठ, समाजसेवी शान्ता श्रेष्ठ र साहित्यकार शान्ता श्रेष्ठको त्रिमार्गमा यात्रा गर्न थालिन् । यी तीनै क्षेत्रमा उनको बराबरी पहुँच कायम भयो । कुनै बेला राणाशाहीका विरोधमा गोली थाप्न छाती तेर्साउने शान्ता श्रेष्ठले आधा शताब्दीभन्दा धेरै समय नेपाली काङ्ग्रेसको समर्थन गरिन् । अन्तत: काङ्ग्रेस पनि व्यक्तिगत स्वार्थ र राष्ट्रमारा काममा लागेको बेहोराको निस्कर्ष निकाल्दै उनी नेपाल कम्युनिष्ट पार्टी माओवादीको समर्थनमा पुगिन् । साथै उनी २०६३ सालमा गठित अन्तरिम संविधान अन्तर्गतको विधायिका (संसद) मा माओवादीकै सिफारिसमा माननीय सदस्य भइन् ।
शान्ता श्रेष्ठको जन्म संवत् १९९१ फागुन १४ गते सोमबार काठमाडौंको क्षेत्रपाटीमा भएको थियो । बुबा आनन्दलाल श्रेष्ठ र आमा मोहनमाया श्रेष्ठका चार छोरी र दुई छोरामध्ये उनी साहिँली छोरी हुन् ।
क्रान्तिकारी स्वभावकी शान्ता श्रेष्ठलाई शान्तिनिकुञ्ज स्कुलमा भर्ना गरिएको थियो । त्यस बेला शान्तिनिकुञ्ज भन्नु क्रान्तिनिकुञ्ज नै थियो । त्यसैले उनको स्वभावमा त्यो स्कुल आगामा थपिएको घिउ हुन गयो । त्यति बेलादेखि नै उनी राणाशाहीका विरोधमा कुर्लेकी थिइन् । त्यसैले यिनलाई यहाँबाट डाँडो कटाउन यिनका बुबाआमाले सल्लाह गरेर यिनलाई बनारसतिर पठाएका थिए । त्यहीँ बसेर यिनले पढ्न थालिन् । त्यसपछि यिनी लखनउको महिला विद्यालयमा पनि पुगिन् । यिनले म्याट्रिकचाहिँ इलाहाबादबाट दिइन् ।
शान्ता श्रेष्ठका अनुसार उनले आफ्नो जन्मदिन आजसम्म (नरेन्द्रराज प्रसाईबाहेक) कसैलाई भनेकी पनि छैनन् र कतै लेखेकी पनि छैनन् । वास्तवमा उनलाई आफ्नो जन्मोत्सव मनाउने भावना कहिल्यै आएन । यसै प्रसङ्गमा उनी भन्छिन् “न मेरो श्रीमान् ! न मेरा छोराछोरी ! मैले कसका लागि मेरो जन्मदिन मनाएर म खुसी हुने ?” बिहे नगरेका विषयमा पनि उनी भन्छिन् “घरको सबै बोझ मेरै टाउकामा थियो । त्यसैले आमाबुबाले मलाई बिहे गर पनि भनेनन् र मैले पनि यस विषयमा प्रस्ताव राख्न सकिन । घरव्यवहार र आर्थिक समस्याले मैले आपूmलाई दाम्पत्य जीवनमा प्रवेश गराउन आँटै गर्न सकिनँ ।” वास्तवमा शान्ता श्रेष्ठलाई कतै पूmल फुलेको, कतै पूmलबारीमा पुतली नाचेको र
उनी कलेज जान छाडेकी थिइन् । त्यसपछिको चार वर्षपछि मात्र उनी नेपाल कमर्स कलेज (घण्टाघर) मा भर्ना भइन् । त्यही कलेजबाट उनले आई.कम. र बी.कम. पास गरिन् ।
शान्ता श्रेष्ठले एम. कम. पनि पढ्न थालिन् । घरको खच्कँदो आर्थिक अवस्थाका कारण उनले कहीं कतै जागिरमा झुन्डिनुपर्ने वाध्यता थियो । त्यसै परिवेशमा जागिर खोज्दै उनी रेडियो नेपाल पुगिन् । उनलाई त्यहाँ पु¥याउने व्यक्तिचाहिँ श्यामदास वैष्णव थिए । रेडियो नेपालमा पसेपछि उनको एम.कम.को पढाइचाहिँ बीचैमा छुट्यो ।
रेडियो नेपालमा भर्ना भएपछि शान्ता श्रेष्ठको प्रतिभाले फस्टाउने मौका पायो । त्यहाँ उनी रेडियो नाटकमा पनि काम गर्न थालिन् । त्यस क्रममा उनले रेडियो नाटक पनि लेख्न थालिन् । तीसौं वर्षको रेडियो नाटक लेखनयात्रामा उनको एउटा सिङ्गो कृति पनि तयार भयो ‘दिन होइन, साँझपछिको रात’ (२०४६) । लेखनको कुरा गर्ने हो भने उनले गीतिकवितामार्फत लेखनमा हात हालेकी थिइन् । लेख्तै जाँदा उनले मन छुने गीत पनि लेख्न थालिन् । त्यति बेलादेखिका मनका भाका उनले २०४६ सालमा प्रकाशनमा ल्याइन् ‘बोलाएँ बिहानी मैले’ । यस सङ्ग्रहभित्रका केही गीतहरू जीवन र जगत्मा आधारित छन् तापनि अधिकांश गीतहरू प्रेम, समर्पण र आशामा बाँधिएका छन्:
तिम्रा आँखाको पानीमा मलाई रुझ्न देऊ
दुखेको तिम्रो घाउले मुटु मेरो भिज्न देऊ ।
शान्ता श्रेष्ठको लेखनयात्राका प्रेरक व्यक्ति सरोज कोइराला थिए । शान्ताले किशोरावस्थाको वयमा आपूmलाई डो¥याइरहेका बेलामा कोइरालाले यिनलाई कवितामा नै प्रेमपत्र लेखेका थिए । यो काव्यात्मक चिठी यिनले एकपल्ट पढिन्, दुईपल्ट पढिन् र तीनपल्ट पढिन् । पढ्दापढ्दै यिनले त्यो प्रेमपत्र पानी पारिन् । अनि उनले पनि कविता लेख्न थालिन् । तर उनले दोहो¥याएर कहिल्यै कोइरालालाई चाहिँ भेट्न सकिनन् ।
कविता लेख्तालेख्तै शान्ता श्रेष्ठको मन कथालेखनमा पनि आकृष्ट भयो । त्यस बेलादेखि हालसम्म उनले तीनवटा कथासङ्ग्रह पाठकमाझ ल्याइन् । २०४२ सालमा प्रकाशित ‘सारङ्गीमा नअटाएको सुर’ ले यिनको कथालेखनमा पनि प्रशंसा थपियो र यिनले २०५९ मा ‘दिल बैराग’ निकालिन् । उनको त्यस कथाले पनि चर्चा पाउन थालेपछि ‘शान्ता श्रेष्ठका कथाहरू’ (कथासङ्ग्रह : २०६२) जनसमक्ष आयो । कथाहरू लेख्दालेख्दै उनी क्रमश: उपन्याससृजनातर्पm पनि लागिन् । यसकै परिणामस्वरूप २०५८ सालमा ‘सङ्घर्षभित्रको अनौठो पाइला’ नामक यिनको उपन्यासले पनि जन्म लियो । २०६० सालमा पनि यी ‘घाउ उसको दुखाइ मेरो’ शीर्षकको उपन्यास लिएर पाठकमाझ उभिइन् । दसौँ कृतिकी रचनाकार शान्ता श्रेष्ठको कलम जसरी सल्बलाउँछ उनी वक्तृत्वकलामा पनि त्यत्तिकै निपुण देखिन्छन् । उनी बोलेर पनि कहिल्यै थाक्तिनन् ।
शान्ता श्रेष्ठ स्वाभिमानी स्रष्टा हुन् । उनले कहिल्यै मागेर खाइनन् र कसैका ‘कठैबरा’ पनि स्वीकारिनन् । उनले राजा त्रिभुवनले दिएको आर्थिक सहयोग पनि लिइनन् र रेडियो नेपालमा पसिना बगाएबापतको दयाको भीख पनि उनले थापिनन् । यसै प्रसङ्गमा उनले आफ्नो निबन्धमा लेखिन् “उनले (प्रदीप नेपाल : तत्कालीन सञ्चारमन्त्री) मलाई भने “दिदी तपाईंका नाउँबाट मैले सवालाख रुपियाँ निकासा गरेको छु । तपाईंले मलाई सम्बोधन गरी एउटा दरखास्त लेख्नुहोस् र सवालाख रुपियाँ लिनुहोस् । तपाईंको ३५ वर्षको ज्यालाको नोकरीको अन्त्य हुन्छ । अनि तपाईंलाई सल्लाहकार (रेडियो नेपाल) मा मनोनीत गर्ने मैले निर्णय गरिसकेको छु । छिटो अहिले नै दरखास्त लेखेर मलाई दिइहाल्नुहोस् ।” प्रदीप नेपालले राम्रो प्रस्ताव राखे तापनि शान्ता श्रेष्ठले भने त्यो रुपियाँ पनि भीख संझिन् र सल्लाहकार पदलाई पनि पजनी ठानिन् । त्यसैले उनी त्यहाँबाट जुरुक्क उठिन् र उनले मन्त्रीलाई बाईबाई गरिन् । वास्तवमा उनले रेडियो नेपालको आफ्नो जागिर स्थायी पार्न धेरै बल गरेकी थिइन् तर ३५ वर्षपछि ज्यालादारीबाटै हात धुनु परेकोमा उनलाई अत्यन्तै दुक्ख लागेको थियो ।
शान्ता श्रेष्ठले जतिसुकै शान्त हुन खोजे पनि उनलाई क्रान्तिकारी मनले चाहिँ कहिल्यै छाडेन । वास्तवमा उनले कहिल्यै मानसिक शान्ति भने पाउन सकिनन् । त्यसो त घरमा पनि प्राय: रिस उठेका बेला यिनी लुगा धुने या बडारकँुडार गर्ने काममा नै लाग्थिन् ।
पारिजात नेपाली साहित्यकी गरिमा बनिन् । उनी नेपाली भाषासाहित्यकी अमर तारा बनिन् । पारिजात नेपाली भाषासाहित्यकी एउटा सार्वजनिक चौताराकी पर्यायवाची पनि बनिन् । जजसले पारिजातलाई हाम्री मात्र पेवा भने पनि र पारिजात स्वयम्ले पनि आपूmलाई कुनै खेमाभित्र सीमित पार्न चाहे पनि अन्तत: उनी सम्पूर्ण नेपालीकी पेवा बनिन् । अनि उनी नेपाली भाषासाहित्यकी एक प्रतिनिधि अस्तित्व नै बनिन् ।
कोही हाँसखेल गरेकामा पनि चासो नै लाग्दैन । अथवा भनूँ त्यस्ता बेहोराले यिनको मन छुँदैछुँदैन । संवेदनाका प्रसङ्गमा उनी भन्छिन् “मैले आजसम्म मेरा आँखाबाट आँसु खसालेकी छैन । त्यति हो मेरी आमाको निधनमा चाहिँ म रोएँ ।”
शान्ता श्रेष्ठले आपूmलाई २००४ सालदेखि नेपाल महिला सङ्गठनमा समाहित गरिन् । २०२० सालमा उनैको संयोजकत्वमा सरकारले नेपाल महिला सङ्गठनको गठन गरेको थियो । त्यति बेला त्यही सङ्गठनबाट उनी इजरायल पनि गइन् । साथै त्यस बेलाको शुभसाइतपछि उनले क्रमश: चीन, बङ्गलादेश, बर्मा, उत्तर कोरिया र हङकङको भ्रमण गरेकी थिइन् । उनले बी.बी.सी. लन्डनमा पनि एक वर्ष काम गरिन् । अनि त्यसै सिलसिलामा उनले युरोपका धेरै मुलुक पनि घुमिन् ।
शान्ता श्रेष्ठ कुनै बेला गणेशमान सिंहकी किचेन मेम्बर थिइन्, बी.पी.कोइराला र कृष्णप्रसाद भट्टराईकी पनि नजिककी पात्र थिइन् र गिरिजाप्रसाद कोइरालाकी पनि सुपरिचित थिइन् । तर नेपालमा बहुदलीय प्रजातन्त्र आएपछि यिनीसँग भट्टराई बोल्नै छाडे, बीपीका भाइ गिरिजाले अन्तै मुन्टो बटारे, शेरबहादुर देउवाले त जेलै हाले र काङ्ग्रेसका अरू पदाधिकारीले पनि यिनलार्ई काउछो देख्न थाले । यस्ता विविध अनुभवले बहुदलीय प्रणाली यिनका लागि ‘खाऊँ भने कान्छा बाबुको अनुहार, नखाऊँ भने दिनभरिको शिकार’ नै भयो । वास्तवमा यिनका लागि आफ्नै मातृसंस्था घाँडो हुन थाल्यो । नेपाली काङ्ग्रेस पार्टी यिनका लागि गोरु बेचेको साइनोजतिको नजिक पनि हुन सकेन । यसै प्रसङ्गमा उनले भनिन् ‘‘म पचासौं वर्ष प्रजातन्त्रकी हिमायती भएर हिँडेँ । त्यस बीचमा काङ्ग्रेसका कुनै नेताले मेरो विषयमा एक रत्ति चासो पनि राखेनन् । तर माओवादी नेताद्वय प्रचण्ड र बाबुराम भट्टराईले (२०६३ असोज १ गते) मेरै घरमा आएर मेरो घरपरिवारका विषयमा चासो राखे, मसँग दुक्खसुक्खका कुरा गरे । अनि कुराकानीकै प्रसङ्गमा उनीहरूले मलाई सोधे “दिदी ! तपाईंको जिन्दगी कसरी चलिरहेको छ र तपाईंले बिहेचाहिँ किन नगरेको ?” उनीहरूका ती शब्द भुइँमा खस्नासाथै मेरा मनमा गिरिजाबाबुहरूप्रति घृणा पलाएर आयो । किनभने काङ्ग्रेसी नेताले कुन कार्यकर्ता कसरी र कहाँ बसेको छ भन्ने हिसाब राख्नु त परै जाओस्, आफ्ना कार्यकर्तासँग हाँसेर एक मिनेट बोल्न कहिले फुर्सद पाएको मैले सुनेको पनि छैन ।”
शान्ता श्रेष्ठको राजनैतिक र सामाजिक जीवन फस्टाए पनि र नफस्टाए पनि नेपाली अक्षर लेखेर उनी राम्ररी फस्टाइन् । उनको लेखनयात्राले नै उनी बाँच्ने पङ्क्तिमा उभिइन् । वास्तवमा उनको लेखनकला पनि सुन्दर र सुललित छ । उनले ‘अन्धकारभित्रको अन्धकार’मा आफ्नो लेखनीको नमूना प्रस्तुत गरिन् : “भाइ तपाईंले थाहा पाउनुभएकै छ, मैले यहाँको भात खान नसकेर भोकभोकै रहेकी । खान हुने पानीसम्म पनि यहाँ आएको दिनदेखि खान पाएकी छैन । आमरण अनसन त मैले हिजो मात्र डिक्लिएर गरेँ । साँचो अर्थमा त मलाई ल्याएको समयदेखि नै म भोक र प्यासमा डुबेकी छु । अब मलाई बाँच्नु छैन । मृत्युदेखि मलाई पटक्कै डर लाग्दैन । सत्तरी वर्षमा पुग्दै छु । मेरो अन्तिम समय कसरी बित्ने होला भनेर मलाई सारै नै पीर लागिरहेको थियो । अब त्यो पीर पनि रहेन । मेरो जीवनको अन्त्य यहीँको हिरासतमा अन्धकारभित्र हुनेमा म खुसी पनि छु ।”
शान्ता श्रेष्ठले राजनीतिमा धेरैधेरै पसिना बगाइन् । जीवनमा बहकिँदै जाँदा, लड्दै जाँदा र पर्दै जाँदा यिनले जेजे गुमाए तापनि र जेजे पाए तापनि यस माटोमा उनले साहित्यसृजना गरेर नै आपूm बाँच्ने काम गरिन् । आफ्नो सृजनशील लेखनीले उनी नेपाली साहित्यमा अमर भइन् । खास गरेर निबन्धलेखनमा उनको व्यक्तित्व स्थापित, परिचित र सम्मानित हुन पुगेको छ ।
पारिजात
सास छउन्जेल आश हुन्छ भन्छ
खुकुरीले बिर्सन्छ अचानुले बिर्संदैन भन्छ
जतिसुकै डढेलो लगाऊन्
डढेर सिङ्गो मन खरानी हु“दैन भन्छ
अ“गार भएर भित्र कताकता रन्किरहन्छ भन्छ ।
पारिजातको जन्म संवत् १९९४ सालको वैशाख (अनुमानित) मा भएको थियो । यिनको स्कुलको नाउँचाहिँ विष्णुकुमारी वाइबा थियो । साथै यिनको चिनाको नाउँ भने छेकुडोल्मा थियो । विष्णुकुमारी वाइबाले पारिजातको पूmल नदेख्तै आपैmँले आफ्नो नाउँ पारिजात राखेकी थिइन् । पारिजातको पूmलको बोट भने यिनले काठमाडौं आएपछि मात्र देखेकी थिइन् । पारिजातको नाउँ राम्रो लागेर र पारिजातको पूmल झरेपछि भुइँबाट मात्र टिपिन्छ भन्ने थाहा पाएर यिनले आपूmलाई पारिजातमा नै रङ्गाएकी थिइन् ।
पारिजातका बुबा के. एस. लामा भारतीय सैनिक सेवामा आबद्ध थिए र आमा अमृता लामाले चाहिँ घरगृहस्थीलाई आफ्नो थाप्लामा बोकेकी थिइन् । पछि सैनिक सेवा छाडेर के. एस. लामा होमियो चिकित्सामा लागे । सैनिक सेवा छाडेपछि अथवा भनूँ औषधी बेच्ने काममा लाग्दा लामापरिवारको घरको छानो आर्थिक रूपले पातलो भएको थियो ।
पारिजातको बाल्यकाल कठ्याङ्ग्रिएर नै बित्यो । सानैदेखि उनी बिरामी भइरहन्थिन् । त्यसै बेलादेखि उनको शरीर कुँजिनेक्रम सुरु भएको थियो । पारिजात तेह्र वर्षकी छँदा उनलाई हाडजोर्नी दुख्ने रोगले आक्रमण गरेको थियो । त्यही दुखाइ नै उनको जीवनभरिको साथी बन्न गयो । त्यसले उनलाई हरेक पल दुक्ख मात्र दिइरह्यो ।
पारिजात सानैदेखि अन्तर्मुखी स्वभावकी थिइन् । त्यस बेलादेखि नै उनी अटेरी, जिद्दी र एकलकाँटे पनि थिइन् । उनको वैयक्तिक चरित्रले उनलाई काव्ययात्रामा डो¥याएको थियो । सानैदेखि उनलाई आफ्नो घरगाउँका पाखा, पर्वत र जङ्गलमा डुलूँडुलूँ लाग्थ्यो, खोलाका डिलडिलमा सुतूँसुतूँ लाग्थ्यो र बाटाबाटामा गएर नाचूँनाचूँ लाग्थ्यो । पारिजात बाहिर गएको बेला सधैँजसो बनपाखाबाट पूmल टिपेर ल्याउँथिन् र घरमा सजाउने गर्थिन् । पूmल उनको मन पर्ने विषय मानिन्थ्यो ।
बाल्यकालमा नै पारिजातले आफ्नी आमा गुमाएकी थिइन् । त्यसैले घरका कामधन्दाहरू पनि पारिजातमा नै अटाउनुपथ्र्यो । त्यस बेला यिनले यस भूगोलको निर्देशक आपैmँलाई ठान्ने गर्थिन् र उनी जे मनमा लाग्यो त्यही गर्ने गर्थिन् । त्यसै क्रममा यिनी चुरोट, बिँडी र सुर्ती खान पनि बानी परेकी थिइन् । त्यति बेलादेखि नै यी धूम्रपानकी अम्मली भइसकेकी थिइन् ।
पारिजातले छ कक्षा पढ्न थालेदेखि नै धीत मर्ने गरी चुरोट तान्ने गर्थिन् । चुरोटमा राम्ररी बानी परेपछि यी गाँजा खान पनि तल्लीन हुन थालिन् । वास्तवमा बिहानबेलुकाको भात खाइसकेपछि चुरोट वा गाँजाको हरर तलतल लागेको यी थाहा पाउँथिन् । गाँजा खाएर उनी धेरैपल्ट बिरामी पनि भएकी थिइन् । यति हुँदाहुँदै पनि यिनले गाँजा खान छाडेकी थिइनन् ।
पारिजातका बाबुको आफ्नी छोरीलाई डाक्टर पढाउने इच्छा थियो । तर पारिजातको भने नाच्न, गाउन, लेख्न, डुल्न, बरालिन, खेल्नमा नै मन थियो । त्यसैले उनले आफ्ना बाबुका योजनामा आफ्नो एक रत्ती मन दिएकी थिइनन् । उनी आफ्नो जीवनलाई स्वतन्त्र छाड्न प्रकृतिसँग अनुमति माग्थिन् । त्यसैले उनी कहिल्यै पनि अर्काको वशमा परिनन् ।
पारिजातले दार्जिलिङकै क्रिश्चियन स्कुलमा पढिन् । सानैमा यिनले बाइबल पढे तापनि यी बौद्धधर्मप्रति आस्था राख्थिन् । स्कुलमै पढेताका उनी स्काउट पनि बनिन् । दशौं कक्षासम्म दार्जिलिङमा नै पढेर उनी काठमाडौं प्रवेश गरिन् । काठमाडौंमा यिनी डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रममा भर्ना भएकी थिइन् ।
पारिजातले पद्मकन्या विद्याश्रमबाट तृतीय श्रेणीमा एस. एल. सी. पास गरिन् । यिनले आई. ए. र बी. ए. पद्मकन्या कलेजबाट पास गरिन् । पद्मकन्या कलेजमा पढ्दा पनि यिनले चुरोट मात्र होइन गाँजा पनि तानिन् । त्यस बेला पद्मकन्यामा पढ्ने अरू विद्यार्थी पनि चुरोट खाने गर्थे । त्यहीँ पढेताका उनले गोविन्दबहादुर मल्ल गोठालेको ‘युगको शिकार’ नामक नारीप्रधान नाटकमा नायिकाका रूपमा अभिनय गरिन्; त्यस नाटकमा यिनको जोडा चित्तरञ्जन नेपाली थिए । त्यस नाटकका निर्देशकचाहिँ श्यामदास वैष्णव थिए । अभिनय कलामा पनि उनको विशेष सोख थियो ।
पारिजात स्नातक उत्तीर्ण भएपछि वासुदेव लुइँटेलको सहयोगमा मदन मेमोरियल स्कुलमा अध्यापक बनिन् । त्यस बेला पारिजात त्यस स्कुलको नवौँ र दशौँ कक्षामा खास गरेर नेपाली, अङ्ग्रेजी, भूगोल र भारतको इतिहास पढाउँथिन् । त्यस बेला स्कुलमा गाइने प्रार्थनागीत पनि यिनैले लेखेकी थिइन् । स्कुलमा गुरुआमा हुनुभन्दा अघि नै यी साहित्यसृजनामा पनि समर्पित थिइन् । पारिजातलाई साहित्यरचनामा प्रेरित गर्नेमध्ये अग्रपङ्क्तिमा चित्तरञ्जन नेपाली थिए । साथै श्यामदास वैष्णवले पनि उनलाई प्रोत्साहन दिइरहे ।
मदन मेमोरियल स्कुलमा पढाउँदापढाउँदै पारिजात क्रमश: बिमारी हुन थालिन् । यसले गर्दा उनी स्कुल छाड्न बाध्य भइन् । स्कुल छाडेपछि उनी बाथको बिमारले कुँजिइन् । त्यसैताका उनले खाटमा सुतीसुती साहित्यिक रचना रच्ने गरिन् । त्यही पीडामा रन्थनिएका बेला उनले एउटा उपन्यास पनि लेखिन् । उनको त्यस कृतिको नाउँ ‘शिरीषको पूmल’ रह्यो । वास्तवमा त्यस किताबलाई उनले ‘ढिला विष’ लगायत एघारवटा शीर्षक राखी प्रेमा शाहलाई उपन्यासको उपयुक्त नाउँ चुन्न अनुरोध गरेकी थिइन् । त्यसैले त्यस कृतिको पाण्डुलिपि पढेर प्रेमा शाहले त्यसको नाउँ ‘शिरीषको पूmल’ राख्न पारिजातलाई सल्लाह दिएकी थिइन् ।
‘शिरीषको पूmल’ लेखिसकेपछि पारिजातलाई रोगले झन्झन् सताउन थाल्यो । त्यसै बेलादेखि उनी जीवनभरि नउठ्ने भइन् । एउटा बैँसालु जीवनको भोग गरिरहेकै बेला उनी कुँजिने रोगबाट ग्रसित भइन् । त्यसपछि यिनले धूमपानका अतिरिक्त रक्सीको सेवनमा पनि आपूmलाई डुबाउन थालिन् ।
शारीरिक रूपमा दुर्बल, अशक्त र अक्षम भए तापनि मानसिक रूपमा पारिजात सशक्त थिइन् । उनको व्यक्तित्वको सबैभन्दा राम्रो विशेषता के थियो भने उनलाई देखेपछि जुनसुकै मान्छेलाई पनि उनीप्रतिको अत्यन्तै माया, श्रद्धा र स्नेहले पगाल्थ्यो । बैंसका बेलामा त यी सुगन्धित गुलाफ नै थिइन् । ईश्वर बरालका अनुसार “बैंसमा पारिजातको रूप, शरीर र बोली तीनै थोकले युवाहरू मोहित हुन्थे ।” त्यसैले धेरै युवाहरू उनका छेउ पुग्न धुरिन्थे ।
पारिजात प्रेमी स्वभावकी थिइन् । धेरैले पारिजात र शङ्कर लामिछानेका बीचमा पनि प्रेम रहेको शङ्का गरे । यसै प्रसङ्गमा वासुदेव लुइँटेलले भनेका थिए “शङ्कर लामिछाने पारिजातका भान्से मात्र थिए; प्रेम गर्ने अरू नै थिए ।” पारिजात सेक्सका मामलामा पनि त्यति टाढा थिइनन् । सेक्सका बारे उनी निर्धक्क भन्न र लेख्न पनि चुक्तिनथिन् र पछिसम्म उनले भनिरहिन् “मेरो पहिलो प्रेमीसँगको शारीरिक चाहना अझ पनि छ मसँग ।”
चौध वर्ष पुगेपछि यिनले धनुवर मुखियासँग पहिलो औपचारिक प्रीति गाँसिन् । उनी सुन्दरी भएकै नाताले काठमाडौंमा पनि प्राय: साहित्यकारहरू उनका पछि लागिरहन्थे । त्यति बेला खास गरेर यौनपिपासुहरू माझ जोगिएर हिँड्न पारिजातलाई कठिन पनि थियो । वास्तवमा त्यस घडी आफ्नो नारीत्व जोगाउन उनी असफलै पनि थिइन् । किशोरावस्थामा नै दार्जिलिङबाट स्वच्छ तन लिएर काठमाडौंमा पसेकी पारिजातले भनेकी पनि थिइन् “म दार्जिलिङबाट आउँदा चोखी केटी आएकी थिएँ, म कुनै करप्टेड केटी थिइन ।”
पारिजातले राजनैतिक र सामाजिक धरातलका अनेक विषयलाई प्रहार गर्दै लेखिरहिन् । उनले प्राय: आफ्नो जीवनका व्यथा, रोष र वेदना पनि लेखिन् । साहित्य रचना गर्ने क्रममा पारिजातले प्रेम पनि लेखिन्, प्रकृति पनि लेखिन् र जीवन र जगत् पनि लेखिन् । लेख्तालेख्तै यिनले जम्माजम्मी तेईस पुस्तक लेखिन् । उनका जेजति साहित्यिक सृजना भए तापनि उनी ‘शिरीषको पूmल’ ले नै बाँचेकी छिन् । उनका अन्य कृतिहरू आआफ्नै ठाउँमा स्थापित भए तापनि पारिजातलाई ‘शिरीषको पूmल’ले मात्रै अघि सारेको छ । तर उनले कुनै बेला भनेकी थिइन् “मेरो शिरीषको पूmल च्यातिदिनू ।” वास्तवमा उनका राजनीतिक गुरु गोविन्द भट्टले ‘शिरीषको पूmल’लाई ‘कागजको पूmल’ लेखिदिएपछि उनले त्यस उपन्यासको तीव्र रूपमा आलोचना गरेकी थिइन् । मदन पुरस्कारसमेत टिपिसकेको त्यस कृतिलाई पारिजातले विकृत उपन्यासका रूपमा स्वीकार्दै जान थालेकी थिइन् । तर यही ‘शिरीषको पूmल’ अङ्ग्रेजी भाषामा पनि अनुवाद भयो र संयुक्त राज्य अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयमा पढाउन थालियो । उनका सृजनाको लेखाजोखा गर्ने हो भने उनको जीवनका उत्तरार्धका लेखनीले त्यति उचाइ प्राप्त गर्न सकेनन् ।
पारिजातको जीवनको दुर्भाग्य उनको शरीर र घरको दयनीय आर्थिक अवस्था नै थियो । आर्थिक अवस्था बिग्रेका कारणले पारिजातले मदन पुरस्कारसँग प्राप्त गरेको चाँदीको फ्रेम पनि बेचेकी थिइन् । पारिजात बिरामी भएर थला पर्दा ठाउँठाउँमा उनका नाउँमा चन्दा उठाइन्थ्यो । जिल्लाजिल्लामा यिनको सहयोगार्थ थैली भेला पारिन्थ्यो । तर यिनका नाउँमा जेजति पैसा उठाइए तापनि यिनले कहीँबाट पनि कुनै चन्दा र आर्थिक सहयोग लिइनन् ।
पारिजातलाई प्रगतिशील साहित्यकारहरूले गुरुआमा नै मान्थे । पारिजातको स्रष्टाले पहिलो चरणमा स्वच्छन्दतावाद र छायावादलाई अङ्कमाल ग¥यो । त्यसपछिका दिनहरूमा पारिजातको साधनाले अस्तित्ववादी, राल्फावादी हुँदै प्रगतिवादी मोडमा पुगेर विश्रान्ति लियो ।
पारिजात साहित्यकार भएका नाताले राल्फाको नेतृत्वमा पसिन् । उनी नेपाल मानवअधिकार सङ्गठनकी उपाध्यक्ष पनि बनिन् । उनी प्रगतिशील लेखक सङ्घकी सदस्य भइन् । उनी बन्दी सहायता नियोगकी संस्थापक तथा अध्यक्ष थिइन् । उनी माक्र्सवादी विचारमा बगेकी थिइन् । त्यसैले शोषित वर्गको उत्थानमा उनी लहसिएकी थिइन् ।
कुनै बेला हाम्रो देशमा पशु बेचेजस्तै गरी मान्छे बेच्ने पनि छ्याप्छ्याप्ती चलन थियो । मान्छेमा पनि नारी जातिलाई दान दिने चलन अझै विद्यमान छ र त्यस दानलाई कन्यादान भनिन्छ । नेपाललाई त्यो रीतले अझै ठकमक्क फुलाएको छ । एउटी सुन्दरीले लङ्गडो, लाटो, कानो, बैरो अथवा बिरूप जस्को स्वास्नी भए पनि त्यसलाई स्वीकार्नै पथ्र्यो, त्यस रीतले अझै विश्रान्ति लिन पाएको छैन । आफ्नी छोरीलाई बाबुआमाले जसलाई सुम्पे पनि कन्याले त्यसलाई स्वामी मानी वरण गर्नै पर्ने हिन्दू परम्पराले सिकाएको यो पाठले अझै नेपालका पहाडी भागलाई रङ्गाईरहेको
पारिजातले स्वदेश तथा विदेशका कैयौँ साहित्यरचना पढिन् । तीमध्ये स्वदेशीमा उनले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई अत्यन्तै मन पराइन् । त्यसपछि उनले कविशिरोमणि लेखनाथ पौड्याल, सिद्धिचरण श्रेष्ठ र गोपालप्रसाद रिमाललाई पनि त्यत्तिकै मन पराइन् ।
पारिजातले नेपाली भाषासाहित्यको सेवा गरेबापत उनी २०२२ सालमा मदन पुरस्कारबाट सम्मानित भइन् । साथै यिनले २०४९ सालमा गंकी वसुन्धरा पुरस्कार र २०५० सालमा सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार पाइन् । त्यतिमात्रै होइन यिनले २०३२ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट विद्वद्वृत्ति प्राप्त गरेकी थिइन् । उनी २०४८ सालमा श्री ५ महाराजाधिराजबाट त्रिभुवन विश्वविद्यालय सभाको सदस्यमा मनोनीत भइन् । त्यसै गरी २०४९ सालमा उनलाई नेपाल तामाङ घेदुङ सङ्घ र ‘जनमत’ साहित्यिक मासिकबाट अभिनन्दन गरिएको थियो । उनको शेषपछि श्री ५ को सरकार हुलाक सेवा विभागले उनको तस्बिर अङ्कित तीन रुपियाँको हुलाक टिकट प्रकाशनमा ल्यायो । त्यसै गरी ठाउँठाउँमा पारिजातका सालिक बन्न थाले । त्रिमूर्ति निकेतनले प्रेमराजेश्वरी थापा, गोमा र पारिजातलाई एकै ठाउँमा जोडेर पारिजातको पूर्णकदको सालिक निर्माण गर्ने पहल गरेको छ । उनका नाउँमा शिक्षण संस्था खुलेका छन् । उनका नाउँलाई शीर्षक बनाएर अनगिन्ती समालोचना, संस्मरण र जीवनीका कृति प्रकाशनमा आए । उनका कृतिहरू अङ्ग्रेजी भाषामा पनि अनुवाद भए । उनको जीवनमा आधारित जीवनीको कृति नेपाली र अङ्ग्रेजी भाषामा पनि प्रकाशित भइसकेको छ ।
पारिजातको इहलीला २०५० साल वैशाख ५ गते एकाबिहानै समाप्त भएको थियो । पारिजातको स्वर्गारोहणले एकपटक नेपाल अधिराज्य नै हल्लियो । नेपाली साहित्यकी सुगन्धको विसर्जनले नेपाली भाषासाहित्यको सम्पूर्ण फाँट नै गहिरो शोकमा डुब्यो । त्यसपछि पारिजात एउटा राजनैतिक खेमाकी सम्पत्ति मात्र नभई समस्त नेपाली भाषासाहित्यकी सार्वजनिक सम्पत्ति बनिन् । उनका कृतिले नै उनी पाठकका भावनामा विराजमान भइन् । त्यसैले उनको स्वर्गारोहण पछि पनि उनैका कविताले नेपाली मनलाई बेरिरह्यो:
प्रिय, आज मैले जीवन विसर्जन गरें
के मलाई समात्न दिन्नौं
सम्झनाको त्यो झिनो धागो
जसमा झुन्डिदैझुन्डिदै मैले
अन्तिम श्वास निभाउनु छ !
प्रिय, आज बिदाको दिन हो !
..............................................................
परिजातका कृति
(१) ‘शिरीषको पूmल’ (२०२२), (२) ‘महत्ताहीन’ (२०२५), (३) ‘बैंसको मान्छे’ (२०२९), (४) ‘तोरीबारी बाटा र सपनाहरू’ (२०३३), (५) ‘पर्खाल भित्र र बाहिर’ (२०३४), (६) ‘उसले रोजेको बाटो’ (२०३४—३५), (७) ‘अन्तर्मुखी’ (२०३५), (८) ‘अनिँदो पहाडसँगै’ (२०३९), (९) ‘परिभाषित आँखाहरू’ (२०४६) र (१०) ‘बोनी’ (२०४८) पारिजातका औपन्यासिक कृति हुन् । यसै गरी पारिजातका चारवटा कथासङ्ग्रह प्रकाशित भए : (१) ‘आदिम देश’ (२०२५), (२) ‘सडक र प्रतिभा’ (२०३२), (३) ‘साल्गीको बलात्कृत आँसु’ (२०४३) र (४) ‘वधशाला जाँदाआउँदा’ (२०४९) । पारिजातका कवितासङ्ग्रह (१) ‘आकाङ्क्षा’ (२०१४), (२) ‘पारिजातका कविता’ (सम्पादक : ईश्वर बराल : २०४४) र (३) ‘बैँसालु वर्तमान’ (२०५०) प्रकाशनमा आएका छन् । साथै (१) ‘धूपीसल्ला र लालीगुराँसको फेदमा’ (२०४३), (२) ‘एउटा चित्रमय सुरुआत’ (२०४५), (३) ‘आधी आकाश’ (२०४८), (४) ‘अध्ययन र सङ्घर्ष’ (२०५०), (५) ‘पारिजातका फुटकर लेखहरू’ (२०५४) उनका निबन्धप्रबन्धहरू हुन् । यीबाहेक उनको ‘अन्तर्वार्ताहरू’ (२०५४) प्रकाशनमा आएको छ ।
सावित्री पोख्रेल
आपूmले बिहे गरेपछि सावित्रीले थाहा पाइन् उनका पति निक्कै सहृदयी रहेछन् । त्यतिमात्र होइन तेजप्रसाद पोख्रेल ठूलो मनले भरिएका पनि रहेछन् । सावित्रीलाई झैँ उनले अमेरिकाकी बरबरा स्प्रेन र नेपालकी रमा प्रधानसँग
छ । आफ्नी छोरी कन्यादान गरेर आमाबाबु ज्वाईंको खुट्टा धोएर खुट्टाबाट आएको पानी खाँदै भन्छन्‘ पाले पूण्य, मारे पाप ! त्यही पाठको शिकार हुने एउटी स्रष्टा थिइन्, सावित्री पोख्रेल ।
सावित्री पोख्रेलका आमाबुबा कालीप्रसाद आचार्य र मन्दोदरी आचार्यको धन थियो तर उनीहरुको आधुनिक मन थिएन । उनीहरुको मुटु थियो तर उनीहरूसँग परम्परागत विकृतिसँग लड्ने साहस थिएन । उनीहरूसँग गतिली छोरी पनि थिइन् तर छोरीको संवेदना बुझ्न सक्ने सामथ्र्य थिएन । त्यसैले चलनचल्तीकै पारामा लागेरउनीहरूले आफ्नी चौध वर्षीय सुन्दरी छोरी विराटनगरका विष्णु दङ्गाललाई दान दिए । सावित्री पनि पसुसरह दुलहाको पछि लागिन् । तर पतिगृहमा प्रवेश भएका दिनदेखि सावित्री अशान्तको भूमरीमा नै जाक्किइरहिन् । बिहे भएका दिनदेखि उनीहरु एकअर्कामा सदैब जुदिरहे । पतिपत्नीको अनमेल जारीरहेकै बेला माई लागेर विष्णुको निधन भयो । त्यति बेला यिनीहरुले बिहे गरेको नौ महिना मात्र पुगेको थियो ।
विष्णुप्रसाद दङ्गालको निधनपछि पनि सावित्रीले सुक्ख पाइनन् । त्यसपछि पनि उनले उजाडमा नै आफ्नो जीवन व्यथित गर्नुपर्ने अवस्था आइप¥यो । उनलाई चिनेजाने सबैले पोइटोकुई र अलिच्छिीको आरोप लगाए । त्यति बेला उनीसँग बोल्ने मान्छे पनि यीसँग बोल्दा इज्ज्वत जान्छ भन्ने ठानेर तर्केर अर्कै बाटो लाग्थ्यो । त्यस बखत सबैले उनलाई ह्याउने मात्र गर्थे । सामाजिक कुप्रथाका कारणले आफ्ना माइतीपट्टिबाट पनि उनलाई दया राखिएको थिएन । तर उनी हिम्मतबाट विचलित भएर भागिनन् । उनले माइतै गएर दिन फ्याँक्ने निर्णय गरिन् ।
त्यस बेलाको सावित्रीको त्यो बेदनाले उनलाई साहित्यकारमा रुपान्तरण गराईदियो । वास्तवमा रुडीवादी संस्कारको जाँतोभित्रकी घुन भएपछि उनले एउटा नाटक लेखिन् । तर पनि त्याहाँ उनलाई बुझ्ने कोही मान्छे फेला परेनन् । अनेक रुपले सम्हालिन खोज्दा पनि उनका लागि धरान उराठ लाग्दो ठाँउ भयो । त्यस ठाउँमा शान्ति नपाए पछि उनले धरान छाड्ने प्रतीज्ञा गरिन् । अनि एउटी बृद्ध विधुवा पछ्याउँदै उनी भौँतारिएर भारतको बनारस लागिन् । उनले आफ्नो बाँकी जीवन त्यहीँको पञ्चेगङ्गेश्वरमा बिताउने लक्ष्य राखिन् । त्याहाँ ‘रामराम’को भजनको संसारमा नै केन्द्रित भइन् र उनी भगवान्कै आराधनामा डुबिन् ।
सावित्री पोख्रेलका ठूला बुबा भैरवप्रसाद आचार्य (बुबाका दाजु) सकरात्मक विचारका कुवेर थिए । उनी मानवीय पिंडाले चुलिएको जुनसुकै पहाड बोक्न सक्ने हनुमान् थिए । तिनै हनुमान्ले अनेक प्रलोभन देखाएर सावित्रीलाई जुरुक्कै बोकेर काठमाडौँ ल्याए । काठमाडौँ भित्रिएपछि नै सावित्रीको जीवनको पनि आधा चोला तुरुन्तै फेरियो । उनको फुस्रो अनुहार पनि उमङ्गले चिल्लो हुन थाल्यो । उनको जिन्दगीलाई नयाँ सञ्चारको सञ्जीवनीले छायो र उनको मनको बारीमा उत्साह झँङ्गिन थाल्यो ।
सावित्रीले जम्मा १० कक्षा मात्र पढेकी थिइन् । त्यस पढाइको अर्थ नभेटेर उनले वैकल्पिक स्रोत पनि खोजिन् । भावनालाई अनेक ठाँउमा उढाएपछि उनले ‘म टाइप सिक्छु र जागिर खान्छु भन्ने निस्कर्ष निकालिन् ।’ त्यसै अनुरूप उनी टाइप सिक्न थालिन् र उनी त्यसमा पारङ्गत पनि भइन् । त्यस बेला उनी सत्ताईस वर्षमा हिंडिरहेकी थिइन् ।
सावित्री पोख्रेलले टाइप सिकेपछि साझा प्रकाशनमा टाइपिष्टको जागीर पाइन् । त्यसै ठाँउमा विराटनगरका तन्नेरीले धरानकी तरुनी देखे । पहिलो हेराईमा नै ती युवायुवती पनि एकअर्कामा आकर्षित हुने हिसाबकै देखिन्थे । त्यसैले तेजप्रसाद उपाध्याय पोख्रेल सावित्रीको पछि लागे । तेजप्रसाद उपाध्याय मीठामीठा कुरा गर्थे । उनी राम्राराम्रा कुरा गरेर मान्छेलाई हात लिन सिपालु थिए । जीवनमा एउटा सहाराको सावित्रीको भित्र अन्र्तमनले पनि खोज गरेकै थियो । त्यसैले उनीहरुको भेट्नेक्रमले पनि जरा गाड्न थाल्यो । त्यति बेलासम्ममा उनीहरु एकअर्कामा नछाडिने हिसाबमा पुगिसकेका थिए ।
सावित्री पोख्रेलले तेजप्रसाद पोख्रेलसँग ज्यादै गहिरो प्रेम गरिन् । त्यस प्रेमको लहराले क्रमश: तेजप्रसाद बेरिन थाले । वास्तवमा त्यति मात्र होइन तेजप्रसाद पोख्रेलका पनि हरेक आकर्षणले सावित्रीलाई जित्न थाल्यो । एउटी परित्यक्ता नारीका लागि त्यस घडी तेजप्रसाद सुन भए । तेजप्रसादसँगको प्रेममा डुबेपछि सावित्रीको मनोभावना पनि आकाशिएर बढ्न थाल्यो । तेजप्रसादको प्रेममा डुबेर त्यति बेला उनले सोच्न थालिन् “मलाई यही समाजले कलङ्की मानेकोथ्यो र यही समाजका अगाडि म यो वीर पुरुषसँग सिन्दुरपोते गरेर हिँड्छु । सबैका अगाडि म यो जिन्दगीमा यही मर्दको हात समाएर हिँड्छु ।” त्यसपछि शाखा अधिकृत तेजप्रसाद पोख्रेल र टाइपिष्ट सावित्रीको वैवाहिक लगन गाँठो कस्सियो । सावित्री आफू २७ वर्ष भएदेखि तेजप्रसाद उपाध्याय पोख्रेलकी उपपत्नी भइन् ।
पनि तन, मन र धन जोड्न छाडेका रहिनरहेछन् । त्यति मात्र होइन तेजप्रसादसँग माया लाउने केटीहरूको पनि सावित्रीले क्रमश: भीड देख्न थालिन् । कति जना त उनका सौता हुन पनि पसे र कति जनाले उनका पतिलाई फुस्काउन पनि खोजे । तर उनले कतिलाई सम्झाईबुझाई पनि गरेर डाँडो कटाइन् । उनले कति जनालाई तर्साएर पनि खेदिन् । वास्तवमा तेजप्रसाद सुरा र सुन्दरीका प्रेमी रहेछन् । यसै प्रसङ्गमा उनी भन्छिन् “मेरा श्रीमान्का घनिष्ट केटीहरु एक सय जनाभन्दा बढी नै थिए ।’’
सावित्री पोख्रेलले जीवनमा अत्यन्तै दुक्ख पनि खेपिन् र सुख्ख पनि भोगिन् । अथवा भनौँ उनले जीवनको परिभाषा आपैmँले बनाइन् । उनले रुँदारुँदै रगतका आँसु पनि झारिन् र खुशीले भरिएका मोतीका आँसु पनि पोखिन् । त्यही क्रममा उनी एउटा छोराकी आमा पनि भइन् । उनले नवीनलाई पाइन् र हुर्काइ बढाई घरजम पनि गराइदिइन् । उनका सौताका छ सन्तानलाई पनि उनले आफ्नै सन्तान ठानिन् । वास्तवमा उनी मायालु स्वभावकी थिइन् । वैवाहिक जीवन गाँसेपछि पनि उनी आफ्नी सौतासँग मिलेर सात वर्ष सँगै बसिन् ।
सावित्री पोख्रेलका जिन्दगीका पुराना घाउ पनि कहिलेकाहीँ चर्किने गर्छन् । त्यसैले सानो कुरामा पनि उनको मन दुख्ने गर्छ । सकेसम्म आपूmलाई प्रशन्न राख्न खोजे तापनि कहिलेकाहीँ उनको चित्त फाट्ने गर्छ । त्यति बेला उनी धुरुधुरु रुने गर्छिन् । किनभने उनी स्रष्टा हुन् । स्रष्टा भनेका कति कोमल हुन्छन् भन्नेको प्रमाण नै सावित्री हुन् ।
सावित्रीको जन्म संवत् १९९५ को फुलपातीमा धनकुटाको सिबुवामा भएको थियो । आमाबुबाका नौ सन्तानमा उनी प्रथम सन्तान थिइन् । उनको चिनाको नाउँ दीव्यकुमारी थियो । त्यसपछि उनको नाउँ सुभद्रा कायम भयो । त्यही सुभद्राका नाउँबाट उनले आफ्नो साहित्यिक व्यक्तित्व अघि सारिन् ।
सुभद्राले २०१४ सालमा ‘कलङ्की समाज’ लेखिन् । त्यति बेलाको त्यो कृति सुभद्रादेवी दङ्गालको नाउँमा अङ्कित थियो । त्यस कृति उनले भद्रपुर झापाका दाताराम रिजललाई सुनाएकी थिइन् । रिजालले पनि त्यो कृति मन पराए । त्यसैले दाताराम रिजालकै सक्रियतामा ‘कलङ्की समाज’ २०१५ सालमा पूर्वाञ्चल प्रेस भद्रपुरमा मुद्रण भई प्रकाशनमा आयो । नेपाली भाषासाहित्यमा नाटकको प्रथम कृति त्यही रह्यो । पछि त्यो कृति २०५० सालमा पुन: प्रकाशनमा आयो । सुभद्रादेवी दङ्गालको ठाउँमा दोस्रो संस्करणमा उनले त्यस कृतिकी लेखक सावित्री पोख्रेल राखिन् । आपूm विधुवा हुँदा उनले ‘कलङ्की समाज’ लेखेकी थिइन् । कुरा के भने त्यस बेला धरानमा उनले ‘हरिश्चन्द्र’ नामक नाटक हेरेकी थिइन् । त्यो नाटक हेरेपछि उनले दुईटा कुरा बुझिन; एउटा उनले नाटक लेखिनु पर्दो रहेछ भन्ने बुझिन् र दोस्रो नाटकमा आफ्नै जिन्दगीका कथा लेखे पनि हुने रहेछ भन्ने बुझिन् । त्यसैले उनले अलिअलि गर्दै आपूmलाई सविस्तार प्रस्तुत गरिन् । अन्तत: नेपाली भाषासाहित्यमा पहिलोचोटि नारीकृत नाटकको कृति २०१५ सालमा प्रकाशन आयो । त्यही ऐतिहासिक नाटककारको नाउँ हो सावित्री पोख्रेल । उनको ‘कलङ्की समाज’ स्तरीयभन्दा ऐतिहासिक महत्वको छ । उनको त्यो कृति पनि उनी जस्तै सरल र सादा छ । त्यस नाटकमा नेपाली महिलाको कारुणिक कथा र व्यथा छ ।
सुभद्राको पछिल्लो नाउँ सावित्री उनका पति तेजप्रसाद उपाध्यायले राखिदिएका थिए । तेजप्रसाद भन्नु तत्कालीन श्री ५ को सरकारका सचिव थिए । अहिले तेजप्रसाद र सावित्रीको सुखमय जीवन काठमाडौँस्थित जोरपाटीको नवीनगृहमा सञ्चालित छ ।
‘कलङ्की समाज’ सावित्रीको कलिलो उमेरको आङ्कुरो हो । तर पनि उनी त्यही कृतिले नेपाली साहित्यमा बाँचिन् । त्यति बेलाको उनको जीवनको घात नै अमर भयो । ‘कलङ्की समाजपछि उनले केही फुटकर कविताको रचना गरे तापनि कृतिगत रूपमा उनको ‘कुमारीगाथा’ (कवितासङ्ग्रह : २०६४) प्रकाशनमा आयो ।
सावित्री पोख्रेलले नेपालका प्रमुख ठाँउ घमिन् र उनी आफ्ना पतिको दौराको फेर समाएर जापान, सिंङ्गापुर, हङ्कङ र थाइल्याण्ड पनि पुगिन् । उनले कलेज अफ एजुकेशनबाट शिक्षक तालिमको प्रमाणपत्र हासिल गरिन् । त्यसपछि उनले शहीद शुक्र माध्यमिक विद्यालयमा पाँच वर्ष पढाइन् । त्यसै बेला उनले ल्यावटरी स्कूलबाट स्काउटको मास्टर ट्रेनिङ लिइन् र श्री ५ महेन्द्रबाट प्रमाणपत्र थापिन् । उनले वीर अस्पतालमा स्वयंसेवक भएर काम पनि गरिन् । उनको त्यो काम निक्कै सह्रानीय थियो । त्यसैले श्री ५ बडामहारानी ऐश्वर्यबाट उनले प्रशंसाका अक्षर खामेर प्रमाणपत्र पाइन् । वास्तवमा पोख्रेल एउटी समाजसेवीका रूपमा पनि चर्चित नाउँ हो । उनको जीवनको सबैभन्दा ठूलो विशेषता उनी सफा मनकी लखपति हुन् । उनको मन लालीगुराँस जस्तै निश्चल छ ।
भारती खरेल
स्मृतिपटलमा सम्झना ल्याई
एकान्तमा बसी आँसु बहेछ
सुटुक्क रुन्थें सुन्लान् भनेर
कसरी आवाज बाहिर पुगेछ ?
भारती खरेल एउटी प्रतिभासम्पन्न कवयित्री हुन् । खरेल उपन्यासलेखनमा पनि स्थापित नाउँ हो र कथा, नाटक एवम् निबन्धलेखनका फाँटमा पनि उनले आफ्नो सृजनात्मक हैसियत कायम गरेकी छन् । खरेलले आफ्नो साहित्यिक यात्रामा हिँड्दै जाँदा २०४६ सालमा ‘एउटी आमाको कथा’ नामक सामाजिक उपन्यास लेखिन्, फेरि उनले २०४६ सालमा ‘गङ्गा जमुना’ नामक अर्को सामाजिक उपन्यास पनि लेखिन् । उपन्यासकलाबाट समाजको वस्तुस्थितिलाई सर्लक्कै देखाउन सकिन्छ भनेर उनले २०५१ सालमा ‘कुमारी आमा’ नामक तेस्रो सामाजिक उपन्यास लेखिन् । २०५२ सालमा पनि उनको ‘लाहुरे’ शीर्षकको अर्को उपन्यास प्रकाशनमा आयो । यो उपन्यास उनको देहावसानपछि प्रकाशित भएको थियो । भारती खरेलभित्र बहुआयामिक साहित्यिक व्यक्तित्व छ । उनले कथाहरू पनि लेखिन् । उनको काव्यसाधनाअन्तर्गत दुईवटा कवितासङ्ग्रह पनि प्रकाशन भए ‘भजन भारती’ (२०४६) र ‘श्रद्धासुमन’ (२०४९) । यी दुवै भक्तिरचना हुन् । साथै नाटकलेखनमा पनि उनले आफ्नो सृजनात्मक परिचय दिइन् । यिनको ‘भाइटीका’ नाटक २०४९ सालमा प्रकाशनमा आयो । यो ‘भाइटीका’का विषयमा विजय मल्लले लेखेका छन् “ ‘भाइटीका’ यथार्थवादी स्वाभाविक कथोपकथनको शैलीमा नितान्त आधुनिक सहरिया वातावरण र ग्रामीण परिवेशमा सबल कथानकको जगमा मीठो सरस र सरल भाषामा लेखिएको छ ।” विविध साहित्यिक कृतिहरूको सृजना गर्ने क्रममा उनले २०४९ सालमा एउटा आध्यात्मिक निबन्धसङ्ग्रह पनि प्रकाशनमा ल्याइन्– ‘नवरत्न’ ।
भारती खरेलका कृतिहरूका बारेमा उनी बाँच्ता र उनको भौतिक चोलाको शेषपछि पनि बराबरी विश्लेषण र समीक्षा भइरहेका छन् । उनका कृतिहरू सामाजिक परिवेशमा बाँधिएका कारणले पनि उनले आफ्नो नाउँलाई छिटै परिचित गराइन् ।
भारती खरेलका रचना व्यक्ति, समाज, राष्ट्र, धर्म, दर्शन, संस्कृति आदि हरेक क्षेत्रमा पैmलिएका छन् । लेख्ने क्रममा उनले जीवनको कथा लेखिन्, सृष्टिको विवरण लेखिन् र मानवको सर्वाङ्गीण बेहोराको गाथामा आफ्नो कलम चलाइन् । त्यसैले नेपाली समीक्षकहरूले भारती खरेलका विषयमा केही न केही लेखिरहे । वास्तवमा भारती खरेलका कृतिहरू सङ्ख्यात्मक दृष्टिकोणले धेरै मात्र होइन, गुणात्मक रूपमा पनि त्यत्तिकै उपलब्धिपूर्ण छन् । घनीभूत लेखन र विविध विधामा हात चलाउनाले पनि उनी चाँडै प्रसिद्धिको धुरी चढेकी थिइन् । नारीलेखकबाट त्यतिसारो विविधता नदेखाइएको अवस्थामा खरेलले विविध विधामा आफ्नो हैसियत देखाइन् ।
भारती खरेलको जन्म संवत् १९९५ मङ्सिर १६ गते बिहीवार भएको थियो । मीरसुब्बा लीलानाथ उप्रेती र अनन्तकुमारी उप्रेतीकी छोरी भारती खरेलको जन्म काभ्रेपलाञ्चोकको भुम्लुस्थित हलीदेवमा भएको थियो । सानामा उनलाई घरका सबैले ठूलीमैया भनेर बोलाउँथे ।
भारती खरेल सानैदेखि मिलनसार थिइन् । सानामा गीत गाउँदै नाच्ने कलामा पनि उनी पारङ्गत थिइन् । उनी सुरिलो स्वरमा गीत गाउँथिन् । लोकसुसेलीले उनी आफन्तलाई पनि मोहित पार्ने गर्थिन् । त्यस बेला उनको विशेष सोख नै गाउनु, नाच्नु, डुल्नु र घुम्नु थियो । आफ्ना बुबा समाजका सम्मानित व्यक्तित्व भएकाले सानैदेखि उनी पनि समाज र राष्ट्रको सहजै जानकारी पाउन सक्ने वातावरणमा आबद्ध भएकी थिइन् ।
भारती खरेल शिशुकालमा नै नेपालको पूर्वाञ्चलको झापा पुगेकी थिइन् । त्यस बेला उनका बुबा त्यहाँको गोस्वाराका बडाहाकिम भएका थिए । त्यसपछि उनी आफ्ना बुबाआमासँग धनकुटा पुगिन् । त्यस घडी उनका बुबा धनकुटाका क्षेत्रीय न्यायाधीश थिए । त्यसै गरी उनी केही दिन मोरङमा पनि बसिन् । क्रमश: उनी आफ्ना बुबाआमाको साथ लाग्दै काठमाडौं पनि आइपुगिन्; त्यस बेला लीलानाथ उप्रेती प्रधान न्यायालयका मीरसुब्बा थिए ।
भारती खरेल स्वर्गीय भएपछि उनका पति चन्द्रिकानन्द खरेल र छोरा दीपक खरेल भएर उनका नाउँमा गुठी खोले । ‘भारती खरेल प्रतिष्ठान’ नेपाली वाङ्मयका क्षेत्रमा चाँडै सुपरिचित बन्यो । स्रष्टाका नाउँबाट स्थापित थोरै
खरेललाई उनका बुबाले कखरा पढाएका थिए । त्यतिले नपुगेर उनका बुबाले दक्षिण भारतका एक नैष्ठिक स्वामी शान्तानन्द योगीद्वारा उनलाई घरमै प्राथमिक शिक्षा दिलाए ।
भारती खरेल सानैदेखि धार्मिक मनोवृत्तिमा गाँसिएकी थिइन् । सानैमा उनलाई उनकी फुपूले ‘ॐ नमो भगवते वासुदेवाय’ तारक महामन्त्र प्रदान गरेकी थिइन् । त्यसपछि उनी साहित्यरचनामा पनि लागिन् । उनले किशोरावस्थामा नै साहित्यरचना गरेकी थिइन् । त्यस बेला नै उनी संस्कृतबाट नेपाली र हिन्दी भाषामा अनूदित ‘वेद’, ‘उपनिषद्’ आदि ग्रन्थहरूको अध्ययन गर्थिन् । उनले सुरुमा कविता लेखिन्; उनी पत्रसाहित्यमा पनि उन्मुख भइन् र धार्मिक विषयका रचनामा पनि उनको जाँगर चलिरह्यो । खास गरेर उनी वैवाहिक जीवनमा गाँसिएपछि साहित्यको आराधनामा समर्पित भएकी थिइन् ।
भारती खरेलको बिहे २००९ साल मङ्सिर १८ गते काभ्रेपलाञ्चोककै चन्द्रिकानन्द खरेलसँग भएको थियो । त्यस बेला उनी चौध वर्षकी थिइन् र चन्द्रिकानन्द खरेल उन्नाईस वर्षका थिए । चन्द्रिकानन्द खरेल पत्नीका हरेक चाहनालाई आफ्नो कर्तव्य ठान्थे । भारती खरेलले बोलिसक्तानसक्तै चन्द्रिकानन्द खरेलले आफ्नी पत्नीको माग पु¥याइसकेका हुन्थे । चन्द्रिकानन्द खरेल जागिरे भएकाले कहिले मेची पुग्थे र कहिले काली पुग्थे । त्यस अवस्थामा पनि भारती खरेलले आफ्ना पतिलाई छाडिनन् । बिहेपछि उनी आफ्ना पतिसँगै विभिन्न जिल्लामा पुगेकी थिइन् । उनका पति वनविभागका रेन्जरदेखि प्रमुख जिल्ला अधिकारीसम्म भएका थिए । जागिरका जुनसुकै सीमामा बाँधिए तापनि आफ्नी पत्नीको व्यक्तित्व विकासका लागि चन्द्रिकानन्द खरेल सदैव जागरुक थिए ।
भारती खरेल बिहेपछि उनका पति चन्द्रिकानन्द खरेलको आग्रहमा स्कुल प्रवेश गरिन् । अर्थात् बिहे गरेको एक जुगपछि उनी काठमाडौंको विजय मेमोरियल हाईस्कुलमा भर्ना भइन् । त्यस बेला उनी नवौँ कक्षामा भर्ना भएकी थिइन् । तर उनले जीवनमा एक वर्ष पनि काठमाडौंको स्कुले शिक्षा लिन सकिनन् । यसको कारण के थियो भने उनी भर्ना भएको केही महिनापछि चन्द्रिकानन्द खरेल ओखलढुङ्गा सरुवा भएका थिए । उनी पतिसँगै ओखलढुङ्गा गइन् । ओखलढुङ्गामा पनि उनी पढ्न थालिन् र त्यहीँबाट दसौँ कक्षा उत्तीर्ण गरिन् । एस. एल. सी. दिने बेलामा उनका पतिको राजविराजमा सरुवा भएका कारण त्यसपछि उनले आफ्नो शैक्षिक योग्यता बढाउन सकिनन् ।
भारती खरेल शिष्टताकी अजस्र स्रोत थिइन् । खरेल परिवारमाझ उनी चाँडोभन्दा चाँडो घुलमिल भएकी थिइन् । त्यसमाथि पति चन्द्रिकानन्द खरेलका हरेक भावना उनी छिट्टै बुझ्ने गर्थिन् । त्यसैले श्रीमान् खरेलले जुनसुकै सुगम, दुर्गम विकट ठाउँ जहाँ गए तापनि श्रीमती खरेललाई कहिल्यै छाडेनन् । भारती खरेल आफ्ना पतिका पछि लाग्दै जाँदा कतै यिनले काव्य लेखिन्, कहिले उपन्यास लेखिन् र कहिले निबन्धहरू पनि लेखिरहिन् । तर त्यस बेला यिनले आफ्ना कृतिहरू प्रकाशनमा ल्याउन चाहिनन् । चन्द्रिकानन्द खरेलले हजारचोटि यिनलाई आफ्ना कृति प्रकाशनमा ल्याउन आग्रह गरे तर उनी भन्थिन् “समय आएपछि प्रकाशन गरौँला ।”
भारती खरेलले २०१२ सालमा पहिलो सन्तान छोरी जन्माइन् । तर यिनकी छोरी बाँचिनन् । त्यसपछि उनका छोरा जन्मे दीपक खरेल । यी नेपाली सङ्गीतजगत्का प्रख्यात गायकमा परिचित भए । अनि चन्द्रिकागृह सरस्वतीगृहमा रूपान्तरित भयो ।
भारती खरेल माइततिरकी सम्पन्न थिइन् । त्यसै गरी उनको घर पनि आर्थिक रूपमा सम्पन्न थियो तापनि उनले व्यापारव्यवसायमा लाग्ने रहर गरिन् । सोहीअनुरूप उनले घरमा स्वीटर बुन्ने मेसिनहरू राखिन् । उनले केही महिलाहरूलाई रोजगारी दिइन् । तर त्यो पेसा यिनले धेरै दिन चलाइनन् । त्यसपछि यिनी साहित्य र सांस्कृतिक कार्यमा मात्र एकोहोरो लागिन् ।
भारती खरेल मानवअधिकारवादी थिइन् । उनी समाजसेवामा पनि डटेर लागिन् । उनी काठमाडौं जिल्लाको सनातन धर्म सेवा समितिकी उपाध्यक्ष भइन्; उनी विश्व हिन्दू कर्मकाण्ड महासङ्घकी आजीवन सदस्य र वीर अस्पताल स्वयंसेविका सङ्घकी सदस्य भइन् । उनी भोकानाङ्गा गरिबहरूको सकेको सेवा गर्थिन् । उनले मठमन्दिरको निर्माणमा पनि आफ्नो गच्छे अर्पण गरिन् ।
भारती खरेल २०४९ साउन ४ गते स्वर्गीय भइन् । यस घटनाले पति चन्द्रिकानन्द खरेल र छोरा दीपक खरेल साह्रै रोए । साथै त्यस वियोगमा उनका आफन्तहरू र उनलाई चिन्नेजान्नेहरूले पनि मन दुखाए । त्यतिमात्र होइन नेपाली वाङ्मयकी एउटी सर्जक नेपाली आकाशबाट सधैँका लागि हराइन् । तर पनि नेपाली भाषासाहित्यमा भारती खरेल सधैँ बाँच्ने काम उनैका कृत्यले गरे । उनी यस माटोमा सधैँ मगमगाउने भइन् ।
स् ठछ स्
कोटिका संस्थामा यस प्रतिष्ठानले पनि आफ्नो ठाउँ ओगट्यो । यसका साथै नइको सम्पादनमा उनका कृतिहरू माथि गरिएको बृहत् समालोचनात्मक ग्रन्थ ‘भारती खरेल : सृजना र समीक्षा’ (२०५१) प्रकाशनमा आयो । त्यतिमात्र होइन यिनका पति र छोराका इच्छाले भारती खरेलका नाउँमा ठाउँठाउँ नै धारा बने, पाटी बने, चौतारा बने । भारती खरेलका नाउँमा जति स्मारक बने ती सबै उल्लेखनीय बने । उदाहरणका लागि भन्ने हो भने काठमाडौंस्थित श्रीपशुपतिनाथको पश्चिमद्वारको नजिक श्रीपशुपति जलधारा बने । त्यस ठाउँमा प्राचीन शैलीका पन्ध्रवटा धारा बने । पति र छोराको सक्रियतामा भारती खरेलका स्मृतिमा स्तम्भहरू स्थापित भइरहे । स्वर्ग गएपछि पनि उनी जताबाट पनि जनआँखामा पुगिरहिन् ।
भारती खरेलको प्रतिभाले उनी सधैँ चम्किरहेकी छिन् । उनको भौतिक देह समाप्त भए पनि उनका कृतिले नेपाली भाषासाहित्यको डाँडाकाँडा ढाकेका छन् । उनका रचना लिपिका माध्यमबाट होस् या श्रव्यका माध्यमबाट होस्; नेपाली जनहृदयमा पुगेका छन् । अनि उनका भाकाहरू विविध तरिकाले प्रेरक रूपमा अभिलिखित भई नेपाली समाजमा अजर बनेका छन्:
सधै उ‘धो हेरेर उ‘भो कसरी पुग्ने
दुई नाउमा पाउ राखी पारि कसरी पुग्ने ?
गीताकेशरी
गम्भीर व्यक्तित्व, अग्लो शरीर र गोरो अनुहारकी धनी गीताकेशरी मनकी पनि कोमल छिन्, विचारकी पनि सुन्दर छिन् र कर्मकी पनि धनी छिन् । उनी जसरी सादा जीवनले ढाकिएकी छिन् त्यसरी नै लेखनकलामा पनि उनी सरल, सहज र सरस देखिन्छिन् । उनी विवेकलाई मनमा राखेर लेख्ने स्रष्टा हुन् र मनलाई विवेकभन्दा धेरै माथिको उचाइमा पु¥याउने सृजनाकार हुन् । उनी आफ्नो साहित्यिक यात्रामा उपन्यासलाई नै आफ्नो थाप्लामा बोकेर हिँडिन् किनभने उपन्यास भनेकै कल्पनाको खेती हो ।
गीताकेशरी प्राय: कल्पनाको पिङ मच्चाउँदै सामाजिक धरातलमा लेख्ने कलाकी उदाहरण बनिन् । इतिहाससम्बद्ध विषयलाई पनि कोक्रामा बोकेर उनी हिँडिरहन्छिन् । उनी लेख्ता उतारचढावका कथा लेख्छिन् । उनी कहीँ नीच पात्रहरूको आविष्कार गर्छिन् र कहीँ आफ्ना चरित्रहरूलाई पूmलबुट्टा जोडेर शिखर पु¥याउने गर्छिन् । उनी आफ्ना पात्रहरूको जसरी वर्णन गर्छिन् त्यसरी नै घटनाको वर्णन गर्न पनि थाक्तिनन् । उनको लेखन घटनाविशेषले अलङ्कृत हुन्छ । उनको लेखनमा बौद्धिकताको रापलाई भावनाको ढकनीले ढपक्कै छोपेको हुन्छ ।
गीताकेशरीको जन्म संवत् १९९७ असार २७ गते बुधबार काठमाडौंको पकनाजोलमा भएको थियो । रामराज पन्त र सीता पन्तका तीन भाइ छोराअगाडि उनी एक्ली छोरी हुन् । रामराज पन्त पनि नेपाली शैक्षिक परिवेशमा परिचित व्यक्तित्वको नाउँ हो । उनी श्रीपन्तका नाउँबाट भजनलेखनमा परिचित छन् र नेपालको सार्वजनिक प्रशासनमा पनि उनको नाउँ चर्चित छ । पन्त रेडियो नेपालमा निर्देशक पनि भए ।
गीताकेशरी सानैदेखि सरल भईकन पनि तीक्ष्ण बुद्धिकी थिइन् । उनको इमानदारी पनि अनुकरणीय थियो । साथै शिष्टतामा पनि उनी नम्बरी सुन थिइन् । उनको व्यक्तित्व अनुकरणीय थियो । उनी बाल्यकालदेखि किशोरावस्थासम्म शिष्टतामा हाँकिएकी थिइन् । उनको त्यही शिष्टताले युवाकाल ढाक्यो, बैंसालु जीवन भरियो र अन्तत: प्रौढतामा पनि त्यही सिद्धान्तले स्थिरता पाइरह्यो । त्यसैले नेपाली समाजसामु उनी शिष्ट व्यक्तित्वमा गनिइन् । नेपाली भाषासाहित्यमा व्यक्तित्वले कृतित्व चिनाउने गीताकेशरी अघिल्लो स्थानमा पुगिन् । वास्तवमा भन्ने हो भने उनी आफ्नो सृजनाका तुलनामा अझ असल छिन् ।
नेपाली भाषासाहित्यमा उपन्यासलेखनमा मात्र समर्पित व्यक्तिको गणना गर्दा गीताकेशरी अग्रपङ्क्तिमा आउने नाउँ हो । आफ्नो सृजनासामथ्र्यलाई प्राय: उपन्यासमा मात्र सीमित गर्ने सायद गीताकेशरी मात्र एक जना हुन् । उपन्यासलेखनकला उनको व्यक्तित्वको सिङ्गो रूप हो । खास गरेर नेपाली भाषासंसारमा एउटी स्रष्टाका सबैजसो कृतिगत सृजना प्राय: उपन्यासमा नै मात्र केन्द्रित हुनु त्यो स्वयंमा उपलब्धि हो । त्यसैले पनि उनी नेपाली भाषासाहित्यमा थप चर्चित उपन्यासकार भइन् ।
गीताकेशरीले साहित्यको सृजनामा मन, वचन र कर्म मात्र लगाइनन्; उनले आफ्ना आमाबाबुका नाउँमा पनि पुरस्कार राखिन् र उनले आफ्ना माइतीका सदस्यहरूलाई उत्साहित पारी ‘पन्त स्मृति प्रतिष्ठान’ नाउँको एउटा संस्था खोल्न पनि सहयोग गरिन् । साथै उनले आफ्ना ससुरा र सासूको पुण्यस्मृतिमा भेषराज केशरी र कादम्बिनी अक्षयकोषको स्थापना गरिन् । उनले बालसाहित्यलाई प्रोत्साहन दिन कादम्बिनी पुरस्कारको स्थापना गरेकी हुन् । यसै गरी नेपाल एनिमल साइन्स एसोसिएसनद्वारा कृषि तथा पशुविज्ञान अध्ययन संस्थान भरतपुरमा अध्ययनरत विद्यार्थीलाई
गीताकेशरी सानामा स्कुल गइनन् । नारीशिक्षामा अग्रसर गराउन त्यस बेला हिम्मतिला आमाबाबु प्राय: देखिँदैनथे । यति हुँदाहुँदै पनि गीताकेशरीलाई चाहिँ घरैमा शिक्षा दिइएको थियो । उनले स्कुलस्तरको पढाइ घरैमा पाई पारङ्गत भएकी थिइन् । त्यसैले एस. एल. सी. दिने बेलामा यिनलाई स्कुल भर्ना गरिएको थियो । तदनुरूप काठमाडौंको लैनचौरस्थित शान्ति विद्यागृहमा उनलाई दसौँ कक्षामा भर्ना गराइयो । स्कुल भर्ना भएकै साल उनले एस. एल. सी. परीक्षा पास गरिन् । त्यस घडी यो बेहोरा पनि अन्य विद्यार्थीका लागि निक्कै प्रेरक रहेको थियो ।
स्कुल भर्ना हुनेबित्तिकै एस. एल. सी. पास भएपछि आफ्नो पढाइप्रति गीताकेशरीलाई झनै विश्वास बढ्न थाल्यो । उनका अभिभावक पनि आफ्नी छोरीको हैसियतमा सन्तुष्ट थिए । त्यसैले घरपरिवारको सल्लाहले नै गीताकेशरी पद्मकन्या कलेज भर्ना भइन् । त्यसै कलेजबाट उनले आई. ए. र बी. ए. उत्तीर्ण गरिन् । अनि समयसन्दर्भ मिलाएर उनले एम. ए. पनि पढ्न थालिन् । तिनैताका उनको एक जना युवकसँग भेट भयो ।
गीताकेशरीले बाईस वर्षको उमेर पूरा भएपछि बिहे गरिन् । उनले समझदारीका साथ प्रेमविवाह गरेकी थिइन् । उनका पुरुष भण्डारी थरका ब्राम्हण थिए र उनी भर्खर न्यूजिल्यान्डबाट पढेर आएका थिए । गीताकेशरीले २०१९ साल वैशाखमा केशवराज केशरीसँग दाम्पत्य जीवन कसेकी थिइन् । उनका पति सप्तरी जिल्लाका भए तापनि सासूससुरा बनारस बस्थे । त्यहाँ पनि उनीहरूको घर थियो । बिहेताका केशवराज केशरी पशुविकास केन्द्रका अधिकृत थिए । बिहेपछि यी दम्पतीले करिब तेईस वर्ष एउटै नाउँमा खुट्टा टेके । त्यसपछि यिनका पति बिरामी भए । अनि यिनले गीताशकेशरीलाई चटक्कै छोडे । मिर्गौलाको रोगका कारण उपचार गर्दागर्दै भारतको दिल्लीस्थित एउटा अस्पतालमा केशवराज केशरी २०४२ साल मङ्सिर २ गते स्वर्गीय भए ।
गीताकेशरीमा वैधव्यको चोट खप्टिएपछि उनी लेखनमा झनै जाँगरिली बनिन् । उनको मनको पीडा, डाह, छटपटी, पीर, मर्का सबै विषय उनले उपन्यासमा खन्याइन् । जिन्दगीको लिस्नो उक्लने क्रमका एकएक कथा जोडिँदै जाँदा उनका एकपछि अर्को उपन्यास नेपाली साहित्यका मन्दिरमा चाङ लाग्दै जान थाले । त्यसैले उनी उपन्यासलेखनकी एउटी सग्लो स्रष्टा नै बनिन् । उनका अनेक उपन्यास गन्तीमा आइरहे– ‘कसिङ्गर’ (२०३४), ‘सौगात’ (२०४६), ‘आवाज’ (२०४७), ‘मुक्ति’ (२०४८), ‘खोज’ (२०५०), ‘अन्तिम निम्तो’ (२०५१), ‘विश्वास’ (२०५२), ‘खुलाआकाश’ (२०५४), ‘नोकरी’ (२०५५) र ‘निष्कर्ष’ (२०६०) । साथै उनले दुईवटा कथासङ्ग्रह पनि लेखिन्– ‘तरङ्ग’ (२०५७) र ‘भुमरी’ (२०५९) । गीताकेशरीले कुनैकुनै कथाहरूलाई कल्पनाका सागरमा नहुली यथार्थ विवरणमा पनि आबद्ध गराइन् । अनि उनका प्राय: कथामा पनि नारीजागरणकै आत्मा बोलिरहेका हुन्छन् । उनी आफ्ना कथाहरूमा नारीजीवनको यथार्थ विवरण नै पोख्ने गर्छिन् ।
गीताकेशरीले बिहेपछि जागिर खाइन् । प्रारम्भमा यिनले काठमाडौंको बानेश्वरस्थित श्री ५ रत्नराज्यलक्ष्मी हाईस्कुलमा शिक्षण पेसा समातिन् । त्यहाँ यिनले एक वर्ष पढाइन् । त्यसपछि यिनी शाही नेपाल वायुसेवा निगममा छिरिन् । त्यतिखेर यिनी त्यहाँ सहायक बिक्री अधिकृत थिइन् । त्यहाँ पनि यिनले आफ्नो सरल व्यक्तित्वको परिचय दिइन् र कठोर रूपमा काममा पनि घोटिइन् । अन्तत: त्यस ठाउँमा यिनी निर्देशकसम्म भइन् । त्यहाँबाट यिनले स्वैच्छिक अवकाश लिइन् । अनि यिनी ट्राभल्स एजेन्सीमा लागिन् । अथवा भनूँ यिनी एभरेस्ट एक्सप्रेस टुर्स एन्ड ट्राभल्समा नायब महाप्रबन्धकमा भर्ना भइन् । त्यहाँ पनि यिनले आफ्नो पैँतीसौँ वर्षको हवाईसेवाको अनुभव सदुपयोग गरिन् । ट्राभल्स एजेन्सीमा यिनले करिब पाँच वर्ष काम गरिन् ।
गीताकेशरी नेपाली भाषासाहित्यमा जसरी समर्पित भइन् र जागिरे जीवनमा पनि जसरी उत्कृष्टताको नाउँमा गन्ती भइन् त्यसरी नै उनी नेपाली भाषासाहित्यको उच्च आधिकारिक स्थानमा पनि पुगिन् । उनी २०६१ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानकी सदस्यसचिव भइन् । प्रज्ञाप्रतिष्ठानमा उनी प्रथम नारी सदस्यसचिव भएकी थिइन् ।
गीताकेशरी प्रज्ञाप्रतिष्ठानमा सदस्यसचिव भएको घटनाले नेपाली परिवेशमा ठूलो भावनात्मक परिवर्तन गरिदियो । वास्तवमा यो जीत नारीहरूको मात्र थिएन; नेपाली साहित्यको आधुनिकीकरणको उपलब्धिको परिणामस्वरूप नै गीताकेशरीको सदस्यसचिव पद घोषित भएको थियो । उनको नियुक्तिमा जसले विरोध गरे पनि र जसले समर्थन गरे पनि उनीचाहिँ इतिहासको पानामा आबद्ध हुने ठाउँमा नै पुगिन् ।
२०१३ सालमा रमा शर्माले नेपाली शिक्षा परिषद्बाट प्रवेशिका परीक्षा द्वितीय श्रेणीमा उत्तीर्ण गरिन् । त्यस परिषद्बाट प्रवेशिका परीक्षा पास गर्ने पहिलो नारी पनि रमा नै थिइन् । त्यसपछि उनलाई आई. ए. पढ्न अङ्ग्रेजी विषयले छेक्यो । किनभने अङ्ग्रेजी विषय लिएर एस्. एल्. सी. गर्नेले मात्र आई. ए. पढ्न पाउँथ्यो । त्यसैले उनी काठमाडौंस्थित डिल्लीबजारको पद्मकन्या विद्याश्रममा पुन: कक्षा दसमा भर्ना भइन् । त्यसपछि २०१७ सालमा उनले एस्. एल्. सी. परीक्षा दिइन् । त्यही परीक्षामा उनी नेपाल अधिराज्यमा छात्राहरूमध्ये प्रथमश्रेणीमा तृतीय भइन् ।
उपलब्ध गराउने गरी २०५२ सालदेखि उनले उनका पतिको स्मृतिमा केशवराज केशरी मेमोरियल छात्रवृत्ति कोषको स्थापना गरेकी छिन् ।
गीताकेशरीले तीन छोरी पाइन्– डा. नीलु, डा. निशा र नीता । तीनै जना छोरीले उच्चशिक्षा ग्रहण गरे । तीनैजना वैवाहिक जीवनमा गाँसिए; जसअनुसार जेठी छोरी डा. नीलु भारतमा, माइली छोरी डा. निशा नेपालमा र कान्छी छोरी नीता जापानमा आआफ्ना रुचिअनुसारका पेसामा संलग्न छन् ।
गीताकेशरी मौलिकता मन पराउने स्रष्टा हुन् । उनको निजी व्यवहार पनि मौलिकतामा बाँधिएको पाइन्छ । उनी सोझी देखिए तापनि चित्त नबुझेका कुरामा झडङ्गै रिसाउँछिन् । उनी मान्छेबाट भूल हुन्छ नै तर त्यसको सुधार गर्नुपर्छ भन्छिन् । उनी अनावश्यक वादविवादमा हात हाल्दिनन् । उनी खुरुखुरु आफ्नो काम गर्छिन् । उनले नेपाल अधिराज्यका प्राय: सम्पूर्ण जिल्लाको भ्रमण गरेकी छन् । साथै उनले एसिया, युरोप, अमेरिका र अस्ट्रेलियाका विभिन्न मुलुकको पनि भ्रमण गरेकी छन् ।
गीताकेशरीले आफ्नो मिलनसार स्वभावले धेरैको मन जितेकी छिन् । साहित्यमा पनि उनको आफ्नो बेग्लै धारा कायम भइसकेको छ । उनले साहित्यसृजनामा लामो सेवा गरेबापत लोकप्रिया पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, धरणीधर पुरस्कार र गंकी वसुन्धरा पुरस्कार पाएकी छन् ।
रमा शर्मा
रमा शर्मा गोपाल पाँडे असीम र रूपकुमारी पाँडेकी जेठी छोरी हुन् । पाँडेदम्पतीका तीन बहिनी छोरी र एक भाइ छोरामा रमा शर्मा प्रथम सन्तान हुन् । रमा शर्माको जन्म संवत् १९९९ साउन ३२ गते आइतबार काठमाडौंको प्याफलमा भएको थियो । रमाको चिनाको नाउँ दिव्यकुमारी जु¥यो । तर पनि उनलाई घरमा भुवनेश्वरी भनेर बोलाइन्थ्यो । पछि उनको नाउँ रमामा अनुवाद भयो ।
रमा शर्मा सानैदेखि गम्भीर र अध्ययनशील थिइन् । त्यही परिणतिले उनकी हजुरआमा टुल्कादेवी पाँडेले ‘रामायण’ र ‘महाभारत’ पढ्दा रमा शर्मा पनि हजुरआमाका छेउमा बसेर ध्यान दिएर सुन्थिन् । उनले सानैमा धर्म, संस्कृति र ज्ञानगुनका केही कुरा बुझिसकेकी थिइन् । आफ्ना बुबा, आमा र हजुरआमाका छत्रछायामा बसेर उनी सानैदेखि अनुशासित रूपमा आफ्ना जीवनयात्रामा हिँडेकी थिइन् ।
राम्रो लाउनु र मीठो खानुभन्दा रमा शर्मा सानैदेखि चिन्तनशील स्वभावमा बाँधिएकी थिइन् । यी सानैदेखि मिलनसार थिइन् । यिनको स्वभावका कारणले टोलका केटाकेटीसँग पनि यिनको सम्पर्क जोडिएको थियो । त्यस बेला रमाका टोलभरिका केटाकेटी भेला भएर लुकामारी खेल्थे । त्यस बेला लुकामारीलगायत गट्टा, पुतली खेल्नमा पनि यिनको रुचि थियो ।
रमालाई आफ्नै बुबाद्वारा पाँचवर्षको उमेरमा अक्षरारम्भ गराइएको थियो । रमाले ठूलो वर्णमाला पढ्नुअघि केही धार्मिक कृतिहरूको श्रवण गरिसकेकी थिइन् । त्यसैले अक्षरारम्भदेखि नै पढाइमा यिनको दिलैदेखि इच्छा जागृत भएको थियो । यिनका बुबा गोपाल पाँडे ‘असीम’लाई पनि छोरीलाई पढाउने प्रबल इच्छा थियो । नारीशिक्षामा त्यति उत्साह नभएको तत्कालीन परिवेशमा पनि रमाले पढ्न थालेकी थिइन् ।
गोपाल पाँडे असीमले आफ्नी छोरी नौ वर्ष पूरा भएर दश वर्ष टेकेका दिन विधिवत् ‘नेपाली शिक्षा परिषद्’ दर्ता गरेका थिए । २००८ सालमा आफ्नी छोरीकै जन्म दिनमा स्थापित नेपाली शिक्षा परिषद्मा पछि पाँडेले आफ्नी छोरीलाई पनि ९ कक्षामा भर्ना गरेका थिए । त्यस परिषद्को नियमानुसार त्यहाँ अङ्ग्रेजी पढाइ हुँदैनथ्यो र नेपाली भाषा मात्र पढ्नुपथ्र्यो । त्यति बेला नेपाली शिक्षा परिषद्को पढाइ दरबार हाईस्कुलमा हुने गथ्र्यो ।
रमा शर्मा नेपाली शिक्षा परिषद्मा सदस्यसचिव भएपछि परिषद्ले गोपाल पाँडे असीम पुरस्कारको स्थापना ग¥यो, भानुभक्त पुरस्कारको आविष्कार ग¥यो, काठमाडौंको कमलपोखरीमा नाट्यसम्राट् बालकृष्ण समको प्रतिमा स्थापना ग¥यो र परिषद्को प्राङ्गणमा असीमको प्रतिमा बनायो । रमाले नै नेपाली शिक्षा परिषद्को नाममा लेखनाथ साहित्य सदनको भवन स्थापना गरिन् । त्यस भवनको बाह्य तलामा कविशिरोमणि लेखनाथ पौड्यालको प्रतिमा उनैले राखिन् ।
रमा शर्माले आई. ए. र बी. ए. पद्मकन्या कलेजमै पढिन् । बी. ए. पढ्न थालेपछि उनले जागिर खाइन् । उनी किशोरावस्थादेखि नै आफ्नो खुट्टामा आफैँ उभिनुपर्छ भन्ने विचारकी थिइन् । त्यसैले त्यति बेला उनी नारी प्रौढ शिक्षालयकी गुरुआमा बनिन् । उनी मिहिनेत गरेर थाक्तैनथिन् । त्यस बेला उनी पढाइमा जति ध्यान दिन्थिन् साहित्यरचनामा पनि त्यति नै क्रियाशील थिइन् । साहित्यको सेरोफेरो बुझ्न उनले आफ्ना बाबुबाट प्रोत्साहन पाएकी थिइन् ।
रमा शर्मा कलेज पढ्दादेखि नै साहित्यको अन्वेषणमा पनि लागेकी थिइन् । कलेज पढिरहेकै बेला उनी सार्वजनिक रूपमा प्रस्तुत भइसकेकी थिइन् । ‘मोतीराम’ शीर्षकको उनको एउटा निबन्ध २०१९ सालमा गोरखापत्रमा छापिएको थियो । त्यसपछि उनले आफ्नो लेखनलाई निरन्तरता दिइरहिन् । साथै त्यस बेला आफ्ना बुबाका कार्यक्रमलाई सघाउने, साहित्यरचना गर्ने र पढ्ने गरी तीनवटा प्रमुख कार्य यिनका जीवनमा प्रत्यक्ष गाँसिएका थिए । आफ्ना सबै काममा उनी प्रशंसनीय पनि भइन् । खास गरेर पढाइमा चाहिँ यिनी रातोदिन समर्पित भइन् । त्यसैले २०२५ सालमा यी त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा द्वितीय श्रेणीमा एम. ए. समुत्तीर्ण भइन् । रमा शर्माले एम.ए उत्तीर्ण गर्नेबित्तिक्कै काठमाडौं वसन्तपुरको महेन्द्ररत्न कलेजमा पढाउन थालिन् । त्यहाँ पढाएको दुई वर्षपछि उनी पुन: अर्को काममा पनि अल्झिन पुगिन् । अर्थात् उनी जनक शिक्षा सामाग्री केन्द्रको सेवामा पनि आबद्ध भइन् । त्यहाँ उनी नेपाली भाषाका पाठ्यपुस्तक लेख्ने काममा लागिन् । रमा शर्माको पाइलो जनक शिक्षा सामग्री केन्द्रमा पुगेपछि उनको एक्लो जीवन दाम्पत्यमा परिणत भयो । अथवा भनूँ २०२७ सालमा उनको बिहे दामोदरराज शर्मा (पन्त) सँग भयो । यी दम्पतीबाट सन्तानचाहिँ अवतरण भएनन् ।
रमा शर्मा त्यस बेला बिहान महेन्द्ररत्न कलेजमा पढाउँथिन् र दिउसोको सेवाका लागि हतारहतार सानो ठिमी पुग्थिन् । २०३० सालसम्म यिनले दुवैतिर सेवा गरिन् । त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सेवामा रूपान्तर भइन् । जसअनुसार उनले रत्नराज्यलक्ष्मी क्याम्पसमा पढाउन थालिन् ।
रमा शर्माको जीवन सार्थक बाटो खोज्न मात्र केन्द्रित भयो । त्यसैले उनी बाल्यकालदेखि नै सकारात्मक विचारमा आबद्ध थिइन् । उनी सानैदेखि सरल भावना, शिष्ट व्यवहार र सादापनकी प्रतिमूर्ति थिइन् । उनी किशोरावस्थामा पुगेपछि घरव्यवहारमा पनि निक्कै रुचि राख्थिन् । त्यतिन्जेलसम्ममा आफ्नो घरको भान्साको काम गर्नेदेखि बरबगैंचामा कुटोकोदालो समाउनेसम्ममा उनी निपुण भइसकेकी थिइन् । त्यही परिवेश जोडिएर उनी बिहेपछि पनि साहित्य, प्राध्यापन र घरव्यवहारमा जुटिरहिन् । आफ्नो पेसाअनुसार उनी पढाउनमा नित्य सरिक भइरहिन् ।
रमा शर्मा सानैदेखि आफ्ना बुबा गोपाल पाँडे असीमका हरेक आचरणमा टाँसिइन् । आफ्ना बुबाले गरेका हरेक काम उनलाई मन पर्थे । उनका बुबा पनि सकारात्मक विचारधाराका लखपति थिए । उनी निक्कै सरल, अति शिष्ट र सारै भलाद्मी थिए । उनका बुबाको सबैभन्दा ठूलो विशेषता के थियो भने उनी नेपाली भाषाका परमभ ाm थिए । त्यसैले उनका बुबाले बाँचुन्जेल नेपाली भाषालाई नै शिरमा बोकेर हिँडिरहे । त्यसैले रमा पनि त्यही विचारको पछिपछि लागेर आफ्ना बुबाको सहायकका रूपमा उभिने गर्थिन् । वास्तवमा त्यसै सिलसिलामा उनी नेपाली साहित्यमा प्रवेश गरेकी हुन् । त्यसैले असीमकी छोरी रमा शर्माका हरेक बानीबेहोरामा आफ्नै बुबाको छाप लागेको छ । त्यसै परिवेशलाई जोडेर वासुदेव शर्मा लुइँटेलले रमालाई ‘बाबुकी छोरी’को पगरी गुताइदिए । वास्तवमा रमा शर्मालाई चिन्नेले उनलाई प्राय: बाबुकी छोरी भनेर पनि चिन्छन् । उनी पनि जीवनभर एकैनासले आफ्ना बाबुको बिँडो समातेर हिँडिन् । यस सिलसिलामा नेपाली भाषामा विविधविषयक लेखरचना निर्माण गर्नेदेखि साहित्यिक क्षेत्रमा सङ्गठनात्मक भूमिका निर्वाह गर्ने क्रममा उनले आफ्नो धेरैभन्दा धेरै समय खर्च गरिन् ।
रमा शर्माले सक्रिय रूपमा २०१६ सालदेखि साहित्यरचना गर्न थालेकी हुन् । लेखनका क्रममा उनले मोतीराम भट्टका विषयमा धेरै लेखेकी छन् । साहित्यमा लागिरहँदा यिनले अन्वेषणमा धेरै समय पोखिन् । पुराना सामग्रीको अन्वेषणका अतिरिक्त उनी सङ्कलन, सम्पादन र समालोचनामा पनि स्थापित बनिन् । उनका सम्पादन र समालोचनामा आधारित जम्मा एक्काईसवटा कृति छापिएका छन् ।
रमा शर्माले सानैदेखि नेपाली शिक्षा परिषद्को अनौपचारिक सेवा गरिन् । औपचारिक रूपमा उनले २०२४ सालमा त्यस संस्थाको सदस्यता ग्रहण गरिन् । आफ्ना बुबा गोपाल पाँडे ‘असीम’ को स्वर्गारोहण भएपछि अर्थात् संवत् २०३५ देखि रमा शर्मा नेपाली शिक्षा परिषद्मा सदस्यसचिव भइन् ।
चन्द्रकला नेवारको जीवनको हरेक उपलब्धिको ठीक अगाडि अनुपलब्धि आएर तेर्सिएका घटना छन् । उदाहरणका लागि भन्ने हो भने— भारतको स्वाधिनता सङ्ग्राममा उनका बुबाको प्रमुख भूमिका थियो । त्यसैले उनी बेलाबेला थुनामा परिरहन्थे । उनका हजुरबुबा जीतबहादुर प्रधान पनि त्यस सङ्ग्राममा सक्रिय थिए । त्यसैले उनीहरु बेलायती सरकारका आँखाका कसिङ्गर थिए । त्यही परिणतिले गर्दा उनीहरू दुवैको जागिर पनि हिँड्यो । त्यतिमात्र होइन, दोस्रो
नेपाली भाषासाहित्यका क्षेत्रमा दीर्घ योगदानको कदरस्वरूप नेपाली शिक्षा परिषद् विविध पुरस्कारबाट सम्मानित भएको छ ।
रमा शर्माले भाषा, शिक्षा र साहित्यिक क्षेत्रमा लागेर नेपाल अधिराज्यका विभिन्न भूभागको भ्रमण गरिन् । साथै यिनले भारतका पनि विभिन्न स्थानको भ्रमण गरिन् । यीबाहेक रमाले सिङ्गापुर, हङकङ र अस्ट्रेलियाको भ्रमण पनि गरिन् । भ्रमण गर्ने क्रममा उनी स्वदेशमा कहीँ एक्लै गइन्, कहीँ आफ्ना बुबासँग गइन् र कहीँ आफ्ना पतिसँग गइन् भने विदेश भ्रमणमा चाहिँ उनी आफ्ना पतिसँग गइन् ।
रमा शर्माले साहित्यको सृजना, सम्पादन र सङ्गठनलगायत शिक्षाक्षेत्रमा महत्वपूर्ण सेवा गरेबापत उनलाई विविध ठाउँबाट सम्मान पनि प्राप्त भइरहे । यसैक्रममा यिनले विद्या पुरस्कार, रत्न विद्यापदक, रत्नश्री स्वर्णपदक, झपट पुरस्कार, गुणराज व्याख्यान पुरस्कार, लोकप्रियादेवी पुरस्कार र त्रिभुवन विश्वविद्यालयबाट दीर्घसेवा पदक प्राप्त गरिन् । साथै यी सुप्रबल गोरखादक्षिणबाहु (तेस्रो) बाट पनि विभूषित भइन् ।
रमा शर्मा स्कुलकलेज पढेताकादेखि नै सङ्गठनात्मक शैलीमा गाँसिएकी थिइन् । उनी सक्रिय राजनीतिबाट टाढा भए तापनि अध्ययनकालमा साथीसँगीहरूको अनुरोधमा क्रमश: पद्मकन्या विद्याश्रम र पद्मकन्या कलेज विद्यार्थी युनियनकी अध्यक्ष भएकी थिइन् । उनको सङ्गठनात्मक कला गाँसिदै जाँदा उनी नेपाली शिक्षा परिषद्को सदस्यसचिवको पदमा रहेर काम गर्न सफल भइन् ।
नेपाली भाषासाहित्यमा रमा शर्मा भन्नु नेपाली भाषाकी एउटी भक्तको नाउँ हो । उनले जीवनमा केही कमाइन् भने नेपाली भाषासाहित्यको जन्तर लाइन् । उनले छातीमा टाँसेको त्यो जन्तर नै नेपालीहरूको गौरव बन्यो । रमा शर्माको त्यही योगदानले उनी नेपाली बौद्धिक समाजमा सम्मानित भइन् ।
............................................
रमा शर्माका कृतिः
‘महेन्द्रमाला’ (भाग दुई : २०२९ ), ‘खाद्यविज्ञान’ (२०३२), ‘असीम संस्मरण ग्रन्थ’ (सम्पादन : २०३७), ‘मोतीराम भट्टका गजलहरू’ (सम्पादन : २०३८), ‘समस्यापूर्ति’ (कवितासङ्ग्रह, सम्पादन : २०३८), ‘मोती स्मृतिग्रन्थ’ (सम्पादन : २०३९), ‘मोतीराम भट्टको परिचय र केही कविता’ (सम्पादन : २०४२), ‘मोतीमण्डलीका समस्यापूर्तिहरू’ (सम्पादन : २०४४ ), ‘मोतीग्रन्थावली’ (सम्पादन : २०४५), ‘गहन चिन्तन’ (सम्पादन: २०४६), ‘भानुभक्तप्रति’ (सम्पादन : २०४७) ‘केही चिन्तन’ (समालोचना : २०४८), ‘मोतीरामपरिक्रमा’ (समालोचना : २०५०), ‘महाकवि गुणराजका व्यक्तित्व र कृतित्वमा पाइने भक्तिका विविध पक्षहरू’ (समालोचना : २०५०), ‘पृथ्वीशतक’ (खण्डकाव्य सम्पादन : २०५४), ‘भक्तिपुष्प’ (भजनसङ्ग्रह, सम्पादन : २०५६), ‘उद्गार’ (सम्पादन : २०५८), नेपाली शिक्षा परिषद् (सङ्क्षिप्त परिचय : २०५८), ‘कृष्णदेव पन्तका कविताहरू’ (सम्पादन : २०५८), ‘मोतीराम भट्ट र संसर्गी कविहरू’ (सम्पादन : २०६०), भावनाका थुँगाहरू (निबन्ध र प्रबन्ध : २०६२) ।
चन्द्रकला नेवार
चन्द्रकला नेवारको जन्म सन् १९४२ मा भारतको असमस्थित डिगबोइमा भएको थियो । उनी भक्तबहादुर प्रधान र कुमारी प्रधानकी माइली सन्तान थिइन् । उनी जन्मँदै सुकोमल, उज्याली र सुन्दरी थिइन् । तर उनी जन्मेको केही वर्षपछि भने उनले अलच्छिननको संज्ञामा पनि उभिनुप¥यो ।
चन्द्रकला नेवार सानैदेखि संवेदनशील, प्रस्ट र इमान्दार थिइन् । स्वयं आपैmँ संवेदनशील व्यक्ति भएकाले होला उनको जीवनलाई संवेदनाका धेरै चोटहरूले पनि क्रमश: घाइते बनाउँदै लगे । त्यतिमात्र होइन, उनका जीवनका अनगिन्ति आशा, भरोशा र आङ्काक्षाहरूलाई पनि परिस्थतिले लात्ती बजार्न छोडेन । त्यसैले उनी आफ्ना आँसुले सही रुपमा नेपाली अक्षर लेख्छिन्— “जीवनमा अवसरहरू चिप्लेर गइरहे । मेरा अनगिन्ती प्राप्ति मेरै आँखाबाट पाखा लागेको पनि मैले मुक नीरह दर्शक बनेर हेरिरहेँ । कर्ममा विश्वास गर्ने म, कर्मभन्दा भाग्य ठूलो होइन भन्न सक्तिन । मलाई भाग्यले धेरैचोटि छक्कायो । मैले मेरो जीवनमा नहारेको युद्ध पनि हारिरहेँ, हारिरहेँ र हारिरहेँ !”
चन्द्रकला उत्कृष्ट कथा लेखेर अखिल भारतीय नेपाली सङ्घद्वारा आयोजित कथा प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गरेकी थिइन् र त्यस बेला यी बाइस वर्षकी थिइन् । वास्तवमा नेवारका कथामा जीवन र पीडा हुन्छ । आफ्ना भोगाइ र रोजाइ यिनका कथाका विम्ब बन्न पुग्छन् । सहजता, सरलता र सरसता यिनका कथाका गहना हुन् । त्यसैले
विश्वयुद्ध चलिरहेकै बेला बृटिश सरकारले उनका बुबालाई देशद्रोही घोषणा ग¥यो र बहत्तर घन्टा समय दिएर देश निकाला ग¥यो । यदि त्यस समयमा मुलुक नछाडे उनलाई गोली हान्ने बृटिश सरकारले आदेश दिएको थियो; त्यसैले उनका बुबा आफ्नो माटो छाडेर पलायन भए । त्यसपछि यिनकी आमा र हजूरआमा त्यस पिँडाले बिरामी परे । उनीहरूको घर पनि डामाडोल र लथालिङ्ग हुन थाल्यो । अनि ती सबै सङ्कटको बीउ चन्द्रकला नेवार ठहरिइन् । अथवा भनौँ यिनकी आमा र हजूरआमाले यिनलाई भन्न थाले “यो जन्मेपछि यो घरमा अलच्छिनी पस्यो । यो सारै अलच्छिनी रहिछे ।”
चन्द्रकला नेवारको जीवनमा अर्को घाउ पनि लागेको छ । त्यो के हो भने भारत आसामस्थित डिकबोईभरिका स्कूलहरूको खेलकूद एउटै ठाउँमा हुने गथ्र्यो । स्कूलको खेलकूद हुने दिनमा उनी सधैँ पहिलो हुन्थिन् । सबैलाई जित्न पाउँदा उनी सारै खुशी पनि हुन्थिन् । तर निर्णायक दिन उनको दाहिने खुट्टाको पाइतलामा फलाको किला गाडियो । खुट्टा सुनिएर उनी हिँड्न नसक्ने भइन् र उनले खेलकूदमै भाग लिइनन् । त्यति बेला दोस्रो हुने उनकी साथी प्रथम भइन् । त्यस दिन पनि उनी धुरुधुरु रोइन् ।
चन्द्रकला नेवारको जीवनको तेस्रो संवेदनशील घटना भने बेग्लै छ । दिल्ली युवा महोत्सवमा भाग लिन उनी अध्ययनरत असमको डिब्रुगढस्थित डी.एच.एस.के. कलेजले उनलाई छान्यो । कलेजका प्राध्यापक तफज्जुल् अलिले छानिएका विद्यार्थीलाई गीत सिकाउन थाले । उनी पनि दिनरात गीत सिकेर पारङ्गत भइन् । अनि उनले दिगबोइबाट दिल्ली जाने रेलको टिकट पनि हात पारिन् । तर हिँड्ने बेलामा उनी पेट दुखेर बेहोस भइन् । त्यसैले उनी दिल्ली युवा महोत्सवमा जानबाट वञ्चित भइन् । तर त्यस महोत्सवमा उनीहरूले नै अभ्यास गरेको गीतको कोरस प्रथम भयो । त्यो खबर सुनेर उनले हर्षका आँसु पोखिन् ।
चन्द्रकला नेवारको चौथो दुखद घटना थियो; उनी आई.ए.मा पनि राम्रो विद्यार्थी थिइन् । परीक्षा चलिरहेको बेला उनी बेहोस भइन् र उनलाई इमेर्जेन्सीमा पु¥याइयो । त्यहाँ उनलाई एपेन्डिसाइटिसको अप्रेशन गरियो । राम्रो विद्यार्थी भएर पनि उनको परीक्षा बिग्र्यो र उनी एक वर्ष ढिलो भइन् ।
चन्द्रकला नेवारको जीवनको पाँचौँ दुखद घटना बेग्लै छ । कुरा के हो भने उनको बिहे भएपछि उनलाई धुमधामका साथ पतिगृह प्रवेश गराइयो । त्यसपछिका केही महिनामा तिहारको चाड आयो । लक्ष्मीपूजामा बालेको बत्तीबाट उनको घरमा आगो लाग्यो । त्यस आगोलागीले घरको ढुकुटी जलेर सखाप भयो । उनका विहेका सबै समान पनि खरानीमा रुपान्तर भयो । अनि यिनी अलच्छिनीमा घोषित भइन् । त्यस बेला पनि यिनी डाँको छोडेर राइन् ।
चन्द्रकला नेवारको जीवनको छैँटो दुखद घटना आफ्नै सन्तानबाट स्थापित भएको थियो । उनको जीवनमा पहिलो पल्ट सन्तानका रुपमा छोरी जन्मिन् । उनलाई राम्रो गायिका बनाउने चन्द्रकलाको इच्छा थियो । त्यसैले उनले आफ्नी छोरीको नाउँ सङ्गीता नेवार राखिन् । तर उनकी छोरीको कहिले बोली फुटेन । सानैमा उनकी छोरीलाई इन्सेफ्लाइटिस भएको रहेछ । त्यही कारणले सङ्गीता मानसिक र शारीरिक अवस्थाले अशक्त भइन् र केही समयपछि उनी स्वर्गीय भइन् ।
चन्द्रकला नेवारको सातौँ दुखद घटना चाहिँ आफ्नै छोराबाट आयत भएको रहेछ । उनले आफ्नो जेठा छोराको बिहे धुमधामसित गर्ने रहर गरिन् । अलिअलि पैसा हुनासाथ उनले हुनेवाला बुहारीका लागि गरगहना किन्दै जान थालिन् । एक दिन उनलाई एक्कासी छोराको चिठी आयो “मैले बिहे गरेँ ।” त्यो चिठी पढेर उनी खुबै रोइन । उनको मनको रहर मनैमा सेलायो, हरायो र छोपियो । अनि त्यसैदिन उनले विश्वकवि रवीन्द्रनाथ ठाकुरको रचना पढेकी थिइन्—
मानिसले जे पाउँछ गल्तीले पाउँछ
मानिसले जे चाहन्छ त्यो पाउँदैन ।
चन्द्रकला नेवार बाल्यकालदेखि नै गीत गाउँथिन् । बुबाआमा गीतकार भएर होला नेवार सानैदेखि गीत लेख्थिन् । अनि बुबाआमाको प्रेरणा पाएर नेवार आफ्नो कलासाधनामा डुबिरहन्थिन् । यी सबै चीजको निष्कर्ष कथाकार, गीतकार, गायिका, कवयित्री, सङ्गीतकार आदिमा आजकी चन्द्रकला नेवार उभिएकी छिन् ।
यिनका कथाको भाउ स्थायी हुन्छ । उनको कथात्मक व्यक्तित्वले नेपाली साहित्यका पारखीलाई उनीसँग निक्कै नजिक बनाएको छ । कथा लेखेर साहित्यमा झुल्कने नेवारले आफू उन्नाइस वर्ष हँुदै ‘एक द्वीप : दुई पुतली’ शीर्षकको कथा लेखेर सिलांगको ‘उषा’ मा प्रथमपटक प्रकाशित गराएकी थिइन् ।
साहित्यकार स्वभावैले भावुक प्राणी नै हुन् । चन्द्रकला नेवार पनि यो परिवेशबाट अछुत छैनन् । त्यसैले उनले स्तरीय कथा लेख्न सकिन्, मीठामीठा गीत लेख्न सकिन् र राम्राराम्रा कविता लेख्न सकिन् । यसै प्रसङ्गमा उनी आफैँ भन्छिन्, ‘जीवनका भोगाइ र मनभित्र उब्जेका भावहरू छातीभित्र एकप्रकारको पीडा बनेर अल्झिरहन्छ, बल्झिरहन्छ । जब त्यसलाई एकटुक्रा कागजमा बिसाइदिन्छु, म छट्पटीबाट मुक्त भएको अनुभव गर्छु । त्यसपछि मन आनन्दित हुन्छ र म सुखको निद्रा निदाउन सक्छु ।’
प्रतिभा भनेको समुद्रको छाल नै त हो । त्यो छाल कहिले कविता बन्छ, कहिले गीत बन्छ, कहिले कथा बन्छ र कहिले चित्रकला बन्छ । चन्द्रकला नेवारको जिन्दगानी पनि समुद्रको छाल जस्तै भएको छ । उनको जीवनले साहित्य र सङ्गीतका साथसाथै चित्रकारितासँग पनि साँठगाँठ राखेको छ, बङ्गाली भाषामा पनि रचनाको निर्माण गरेर ख्याति आर्जन गरेको छ र आसामी भाषामा पनि आफ्नो भावनालाई प्रस्तुत गरेर मौलिकताको परिचय दिएको छ । त्यतिमात्र होइन आधुनिक गीतको सङ्गीत गर्न पनि उनी निपुण छिन् । उनका सङ्गीतका भाकाहरू पनि करुणा, प्रेम र समर्पणमा रमाउँछन् । यी सबै कुरालाई छोटकरीमा भन्ने हो भने चन्द्रकला नेवारको व्यक्तित्व नै एउटा समुद्र हो । उनैका शब्दमा भन्ने हो भने समुद्रको भुइँ छुन समुद्र नै हुनुपर्छ ।
जून, तारा र जुनकिरी झैँ उज्यालो अनुहारकी धनीको नाउँ हो चन्द्रकला नेवार । सायद रूपलाई नाउँले सार्थक पारेको विरलाकोटि मान्छेमा यी पनि पर्छिन् । जति सुकै नै आँधीहुरी र वर्षाले आक्रमण गरे तापनि चन्द्रकला नेवारका अनुहारमा पूर्णिमा नै छाएको हुन्छ । उनको प्रतिभाको चमक पनि उनकै अनुहारको छनक हो । सायद उनकी आमाले यिनैलाई हेरेर गीत रचेकी थिइन् र आफैँले सङ्गीत गरेर आफ्नी कान्छी छोरी भारती उपाध्यायलाई गाउन दिएकी थिइन्, ‘मै छोरी सुन्दरी कसरी भरौँ पानी ?’
एक्काइस वर्षमा प्रवेश गरेपछि चन्द्रकला नेवारलाई दिलबहादुर श्रेष्ठले रोजेका थिए । यिनको कला, यिनको सीप र यिनको जाँगरबाट डा. श्रेष्ठ मख्ख परेका थिए । डा. दिलबहादुर श्रेष्ठले एम.बी.बी.एस्. पढे तापनि आफ्नी मायालुलाई पनि राम्ररी पढ्न सके । त्यस पछाडिका जतिसुकै डिग्री लिए तापनि आफ्नी प्रेयसीलाई राम्ररी अध्ययन गर्न सके, अनि डा. श्रेष्ठले आफ्नो पेसामा जेजस्ता उपाधि लिए तापनि आफ्नी जीवनसाथीको मनलाई बुझिरहे । त्यसैले यी दम्पतीको जीवन सार्थक भयो, आकर्षक भयो र लोभलाग्दो भयो । परिणामस्वरूप यिनीहरूले सञ्जय श्रेष्ठ जन्माए, जसले नेपाल सरकारको सार्वजनिक प्रशासनको उच्च ओहोदा सम्हालिरहेका छन्, डा. सुजाता प्रधान जन्माए जसले नेपालको चिकित्सा क्षेत्रमा माथिल्लो श्रेणीको हैसियत कायम गरेकी छिन् र सुजय श्रेष्ठ जन्माए, जो बङ्गलादेशबाट इञ्जिनियरिङ गरेर अझ उच्चशिक्षा ग्रहण गर्न स्वीडेन पुगेका छन् ।
मान्छे स्वभावैले स्वाभिमानी प्राणी हुन्छ । त्यसमाथि स्रष्टाहरू जे जस्तो स्थितिमा बसेर पनि आफ्नो अहम्लाई छिर्के लगाउनबाट वञ्चित हुन चाहन्छन् । यसै अनुरूप चन्द्रकला नेवार पनि आफ्ना रचना निर्माणको तात्पर्य देखाउँदै भन्छिन्, ‘मानवीय समस्याको बिस्कुन थाप्न मात्र होइन, मानवीय अहम्को रक्षा गर्नु पनि साहित्य सृजनाको तात्पर्य हो ।’ वास्तवमा चन्द्रकला नेवार आत्माबाट बोल्छिन् । उनको बोलाइमा माछापुच्छ«े टल्किन्छ । किनभने यी बोल्दा सिङ्गो फेवाताल बोल्छिन् । यिनको बोलाइमा प्रकृतिका मनोरम दृश्यहरूले जरा गाडेका हुन्छन् । नेपाली मुटु, नेपाली संस्कार र नेपाली स्वरूपबाट यिनका भावनाले पखेटा लगाएको हुन्छ ।
भावना धेरै हुने मान्छे ज्यादै भावुक पनि बन्छन् । त्यही भावनामा लाली गुराँस फुलेको हुन्छ, त्यही भावनामा डाँफे नाचेको हुन्छ र त्यही भावनामा जुही, चम्पा र वेलीको बास्ना आएको हुन्छ । चन्द्रकला नेवार पनि त्यही भावना हुन्, जो घरमा बसीबसी विश्व परिक्रमा गर्ने गर्छिन् । डुल्नघुम्न उनलाई जति नै मन परे तापनि आफ्नै घरभित्र मात्र उनलाई विश्वशान्ति छाउँछ । आफ्नो पति, छोरा र छोरीभित्र रमाएर उनी सृजना गर्छिन् र समाजका अन्य मान्छेहरूका धारणाबाट चिथोरिएर पनि उनी सृजनाकी लखपति हुन्छिन् ।
साहित्य र कलामा त्यतिकै डुब्न मनपराउने चन्द्रकला नेवार सानैदेखि सरल, नरम र ज्ञानी थिइन् । विवाहपूर्व पनि उनी आमाबुबाकी आज्ञाकारी छोरी थिइन् र विवाहपछि पनि यिनले आफ्ना पतिको भावनासँगसँगै आफूलाई परिचालन गर्न थालिन् । जीवनमा कसैसँगको झगडामा नपरेकी चन्द्रकला नेवार र दिलबहादुर श्रेष्ठको आजसम्म
साहित्य, सङ्गीत र समाजसेवामा उत्तिकै भिजेकी चन्द्रकला नेवारलाई गीतमा सङ्गीत भर्न मन लाग्छ, हारमोनियम बजाउन मन लाग्छ र पुस्तकहरू पढ्न मन लाग्छ । जीवनमा कहिलेकाहीँ खुसी आउँछ र प्राय: दुःखैदुःखले
भनाभन, मनमुटाव र झगडा परेको छैन । त्यतिमात्र होइन उनी अप्रिय सत्य पनि बोल्दिनन् र कहीँ कतै नबोली नहुने भयो भने मात्र उनी आफ्नो वाक्शस्त्र उठाउने गर्छिन्:
जतिजति उज्यालोको
छेउ म पुग्दछु
उतिउति अ‘ध्यारोले
छोप्छ मलाई !
चन्द्रकला नेवारका विविध रचनाहरू प्रकाशित भए । उनका लेखनी समाजका यथार्थ घटनाहरूबाट टाढा हुँदैनन् । उनको लेखनप्रतिको समर्पणस्वरूप पाँचवटा ग्रन्थ ममता (कथासङ्ग्रहफ् २०२२), चक्रव्यूह (कवितासङ्ग्रह) २०५०, साँघुरो धरातल (कथासङ्ग्रह २०६२), तृष्णाको लहरी (गीतसङ्ग्रह २०६३) र याशिलालाई मेरो आज (कवितासङ्ग्रह २०६३) प्रकाशित छन् ।
चन्द्रकला नेवार मीठो गीत गाउने कोटिकी स्रष्टा हुन् । उनीद्वारा गाइएका गीतहरू मध्येबाट ‘चन्द्रकला नेवारका आधुनिक गीत’ नामक क्यासेटमा राम्राराम्रा गीतहरूलाई आबद्ध गरिएका छन् । साथै नेपाल र भारतका रेडियो स्टेशनहरुबाट उनका गीत बजिरहन्छन् । खासगरेर भारतको आसाम, सिक्किम र दार्जिलिङ भरी उनी गायिकामा प्रसिद्ध छिन् । नेपालमा पनि उनलाई धेरैले गायिका भनेर नै चिन्छन् ।
चन्द्रकला नेवारका नेपाल र भारतका थुप्रै पत्रपत्रिकाहरूमा लेखरचनाहरू प्रकाशित भैरहन्छन् । लेखेर आत्मसन्तुष्टि अनुभव गर्ने उनी प्रेम, प्रकृति, जीवन र जगत्को एकअर्कासित गहिरो सम्बन्ध भएको कुरामा दृढ छिन् । यसै प्रसङ्गमा उनी भन्छिन् पनि ‘प्रकृतिविना प्रेम, प्रेमविना जीवन, जीवनविना जगत्को के सार ?’ त्यसैले चन्द्रकला नेवारका रचनामा प्रकृति र प्रेम अनि जीवन र जगत्को गहिरो तादात्म्य भेटिन्छ । गुराँसबारीमा डाँफेले लुकामारी खेले जस्तै, बगैँचामा पुतली नाँचे जस्तै र चाँदनीमा चखेवा घुमे जस्तै उनका लेखनको सिद्धान्त र व्यवहारमा पनि एकरूपता भेटिन्छन् । त्यसैले उनका लेखरचना जति पठनीय हुन्छन् उनको स्वर पनि त्यति नै श्रवणीय हुन्छ ।
जीवनको प्रत्येक पाइला गन्दै हिँड्न सफल भैसकेकी चन्द्रकला नेवारको शिष्टतामा कमल फक्रिएको हुन्छ र शिष्टाचारमा सिन्धुको सिरान भेटिने गर्छ । चन्द्रकला नेवारसँग एकपटक भेट गर्ने जुनसुकै मान्छे पनि उनीप्रति फतक्कै गल्न सक्छ । किनभने नेवारको लेखनी, गायन र मान्छेप्रतिको व्यवहारमा सगरमाथा चुलिएको हुन्छ । उनी सादा जीवनकी लखपति हुन् । चाहे महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनबाट प्रभावित भएर होस्, चाहे बेलायतकी पूर्वप्रधानमन्त्री मार्गरेट थेचरको जीवनीबाट उत्साहित भएर होस्, चाहे नातिकाजीको सङ्गीतमा डुबेर होस् अनि चाहे अरुणा लामाको स्वरमा लठ्ठ परेर होस्, आफ्नो यात्रामा अत्यन्तै सफल व्यक्तित्वको नाउँ चन्द्रकला नेवार हो । यस नाउँले त्यसै बेला भारतमा झन् खुबै नाउँ कमाएको थियो, जुनबेला त्यहाँ नेपालीभाषा आन्दोलनले जनहृदय भित्रभित्रै जरा गाडिसकेको थियो ।
भारतमा नेपाली भाषालाई संवैधानिक भाषा बनाउन पहल गर्नेमध्ये चन्द्रकला नेवारको भूमिका पनि अग्रपङ्क्तिमा रहेको थियो । ठूलाठूला समारोहहरूमा भाषण गरेर, गाउँगाउँका जनतालाई सम्झाएर, सङ्ग्राम गीतहरू लेखेर र गीतहरू गाएर उनले त्यस बेला प्रेरक, साहसी र हिम्मती भूमिका निभाएकी थिइन् । अखिल भारतीय नेपाली भाषा समितिको उपाध्यक्ष भएर पनि नेवारले त्यतिकै ज्वलन्त, ठोस र उपलब्धिपूर्ण कार्यहरू गरेकी थिइन्, जुन बेहोराहरू त्यहाँ स्वर्णाङ्कित भएका छन् ।
क्रान्तिकारी स्वर गुञ्जनले पूर्ण भएकी चन्द्रकला नेवारको व्यक्तित्वका विविध पाटाहरू नेपाली शब्द, नेपाली भाषा र नेपालीपनले रङ्गिएको छ । त्यो रङ्ग बोकेर उनले भारतका अधिकांश भूभाग टेकिसकेकी छिन् र नेपालका विभिन्न जिल्लाहरूमा ओहोरदोहोर गरेकी छिन् । तर उनले जति उकाली ओरालीहरूमा आफ्नो जिन्दगानी पु¥याए तापनि उनलाई यही माटो मनपर्छ, यही ठाउँ मनपर्छ र यहीँको गाउँ मनपर्छ ।
चन्द्रकला नेवार साहित्य सृजनामा जति समर्पित छिन् सङ्गठनात्मक कलामा पनि त्यति नै भिजेकी छिन् । उनी मितेरी नेपाल र विश्व नेपाली गोखा सेवा केन्द्र (महिला विभाग)की अध्यक्ष भइन् र गुन्जनकी उपाध्यक्ष भइन् । उनी लोकप्रियादेवी पुरस्कारबाट सम्मानित भइन् । साथै नेपाल तथा भारतका केही सांस्कृतिक र सामाजिक संस्थाबाट पनि उनी सम्मानित छिन् ।
कुन्दन शर्माले विद्यार्थीजीवनमा नै राजनैतिक रुचि राखेकी थिइन् । २०१७ सालमा प्रजातन्त्र दिवसमा कालो झन्डा देखाएबापत उनी जेल गएकी थिइन् । त्यस बेला प्रहरीको गतिलो डन्डाले कुन्दनको दाहिने हातमा असर परेको
जीवनलाई रित्याएको हुन्छ । उनैका भाकामा भन्ने हो भने ‘जबसम्म जीवन छ, आँसु पनि छ । मन नै त हो, रोइदिन्छ, रोइरहन्छ ...के गरौँ ?’ तर जीउ हलुङ्गो बनाउन मान्छेहरू रुने पनि गर्छन् र उनी पनि त्यसै गर्छिन् ।
आफ्नो कर्म, आफ्नो पौरख र आफ्नो त्यागले नेपाली माटामा चन्द्रकला नेवार चिनिएकी हुन् । उनी भारतका प्रत्येक नेपाली जनजनका ढुकढुकीमा सधैँ प्रेरक र आफन्त भएर बसेकी छिन् । त्यति मात्र होइन नेपाली भाषा, नेपाली साहित्य र नेपाली गायनमा उनी सदैव बाँचेकी छिन् । नेपाली सास र नेपाली बास भएका ठाउँमा ‘चन्द्रकला नेवार’ भन्ने नाउँ बराबर लेखियो, बारम्बार लेखिइरहेछ र अझै अझै लेखिइरहने छ:
आकाशभरि लेखिदेऊ
ताराहरूका अक्षरले
माया केवल मायाले
सारा आकाश भरिदेऊ ।
कुन्दन शर्मा
तिमीलाई खोजेर बॉचेको जीवन
मरुभूमिमा मृगतृष्णाझै भएको जीवन ।
“कुन्दनको अनुभूति जीवनसँग लगनगाँठो जोडेर हिँडेको छ” भनेर साझा प्रकाशनले २०५१ सालमा घोषणा गरेको थियो । साँच्चै हो; कुन्दन शर्माले काव्यमा जीवन, जगत्, प्रकृति र पुरुषको तादात्म्यलाई कसिलो पारेको पाइन्छ । राष्ट्र र राष्ट्रियताको सवालदेखि सामाजिक विसङ्गति, विकृति र असामञ्जस्यका विषयमा पनि कुन्दन शर्माका कविताले नर्सिङ्गा फुकेका छन् ।
नेपाली साहित्यका महारथी केशवराज पिँडाली १९९९ सालमा वारलेसको जागिरेका रूपमा वीरगन्जमा कार्यरत थिए । त्यसै वर्षको कात्तिक ९ गते आइतबार कुन्दन शर्मा वीरगन्जमा अवतरण भइन् । नेपाली साहित्यमा उनी आफ्नो संस्कार, मान्यता र पितृप्रसादसमेतबाट स्थापित हुन पुगिन् । नेपाली साहित्यमा बाबुको आनुवंशिक संस्कारको छाप लाग्नेमध्ये कुन्दन शर्मा पनि एक मानिन्छिन् । नेपाली कविताको कुरा गर्ने हो भने उनी आधुनिक कालको काव्यसिर्जनामा अग्रपङ्क्तिकी सशक्त कवयित्री मानिन्छिन् । उनको लेखनमा विविधताका रङ्गहरू छर्किएका हुन्छन् । कुन्दन शर्मा कवितालेखनमा मूर्त र अमूर्त भावनाकी दोभान हुन्; सिर्जनाकी त्रिवेणी हुन् र वाक्य, शब्द र अक्षरकी भन्ज्याङ हुन् । उनीद्वारा अभिव्यक्त हुने काव्यात्मक अभिव्यक्तिहरू जति सरल हुन्छन् त्यति नै जटिल हुन्छन् र जति उचाइका हुन्छन् त्यति नै सादा पनि हुन्छन् ।
कुन्दन शर्माको बाल्यकाल आफ्ना बुबाको न्यानो स्पर्शमा नै व्यतीत भयो । कुन्दन शर्मा सानै हुँदा पिँडाली मोहनशमशेर ज.ब.रा. की कान्छी छोरीका सेक्रेटरी अर्थात् राइटरको पद सम्हालेर भारतको उडिसा गएका थिए । त्यसै मौकामा कुन्दन शर्माले पनि उडिसामा नै चार र पाँच कक्षा पढेकी थिइन् । त्यसपछि पिँडाली नेपाल आउनुप¥यो र कुन्दन शर्मा पनि बुबाआमासँगै नेपाल आइन् । नेपाल भित्रिएपछि उनले काठमाडौंको कन्यामन्दिर पाठशालामा पाँचदेखि आठ कक्षासम्म पढिन् । त्यसै बेलादेखि कुन्दन शर्मा कवितामा पनि रम्न थालिन् । उनले त्यसैताकादेखि कथा पनि लेखिन् । तर कवितामा उनी युवावस्थामा पुगेपछि मात्रै परिचितहरूको लहरमा देखा परिन् ।
नेपालमा त्यस बेला पिँडालीले जागिर पाएनन् र उनी आफ्ना परिवारसहित पुन: उडिसा फर्के । सोही कारणले कुन्दन शर्माले नौ र दश कक्षा उडिसामा नै पढिन् । तर उनले बनारसबाट म्याट्रिक उत्तीर्ण गरेकी थिइन् । कुन्दन शर्मा जसरी खिप लगाएर कविताको आराधना गर्थिन् त्यसै गरी आफ्नो शैक्षिक स्तर उकास्न पनि जागरुक थिइन् ।
२०१५ सालमा विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला केशवराज पिँडाली कोइरालाका सेक्रेटरी भए । त्यसैताका कुन्दन शर्माले पनि पद्मकन्या कलेजबाट आई.ए. र बी.ए. पढिन् ।
स् डद्ध स्
कुन्दन शर्माका थुप्रै फुटकर कविताहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । सङ्ग्रहका रूपमा चाहिँ उनका ‘मेरा कविताहरू’ (२०४६), ‘यो मन’ (२०५३), ‘एउटी छोरीको कथा’ (२०६०) कवितासङ्ग्रह प्रकाशित छन् । सङ्ख्यात्मक हिसाबमा उनका आविष्कार थोरै भए तापनि उनले स्तरीय कविता लेखनमा धुरी चढिसकेकी छिन् ।
थियो । त्यतिखेर उनी अठार महिना जेल बसेकी थिइन् । जेलमा बस्ता पनि उनले सिर्जनालाई नै शिरमा राखेकी थिइन् । अथवा भनूँ उनले जेलभित्र पनि कविता नै लेखिन् ।
कुन्दन शर्मा सादा जीवनकी पारखीको नाउँ हो । उनी जसरी कवितामा मौलिकता दिन्छिन् त्यसरी नै उनले आफ्नो खानापिना र रहनसहनमा पनि सादा बाटो खोलेकी छिन् । शिष्टता, नम्रता र मिलनसारिता उनका जन्मजात गुण मानिन्छ । नेपाली समाजमा उनी आफ्नो वैयक्तिक मर्यादामा पनि त्यत्तिकै प्रसिद्ध छिन् । बोलीचालीमा पनि उनको काव्यमय दर्शन भेटिन्छ । उनी बोल्दा दिल खोलेर कविता बोल्छिन् । उनी जति बोल्छिन् सुनिरहूँजस्तै गरी बोल्छिन् । उनको बोलीमा कञ्चनजङ्घा टल्किन्छ ।
कुन्दन शर्माले अर्थशास्त्रमा एम.ए. उत्तीर्ण गरिन् । त्यसपछि चौबीस वर्ष टेक्तानटेक्तै उनी लोकसेवा आयोगबाट शाखा अधिकृतमा उत्तीर्ण भई भूमिसुधार मन्त्रालयमा कार्यरत भइन् । जागिरको कुर्सीमा बसेको लगत्तै उनी कोलम्बो प्लानअन्तर्गत छात्रवृत्तिमा पीएच.डी.का लागि छानिइन् । त्यसपछि उनमा जागिर या शिक्षामध्ये एउटा विषय रोज्नैपर्ने परिस्थिति पैदा भयो । शर्माले जागिरलाई तिलाञ्जलि दिइन् र अध्ययनका लागि उनी दिल्ली गइन् । दिल्ली पुग्दानपुग्दै उनी वृजराज सिंहसँगको प्रेमको आकर्षणमा टाँस्सिएकी थिइन् । त्यही परिणतिले उनी सिंहसँगको दाम्पत्य जीवनमा गाँसिन पुगिन् र पीएच.डी.लाई पनि त्यहीँ विसर्जन गरिन् ।
एउटी स्वतन्त्र जीवन भुक्तान गरिरहेकी कुन्दन शर्मा एक्कासि भारतीय नागरिकसँगको प्रणयसूत्रमा बाँधिइन् । त्यसपछि घरपरिवारको क्रान्तिको मुस्लोमा उनी होमिन पुगिन् । यति हुँदाहुँदै पनि आफ्ना पति वृजराज सिंहको उनीप्रति एकोहोरो साथ रह्यो, अनन्त भरोसा रह्यो र हृदयान्तरको प्रेम रह्यो । यी दम्पतीबाट तीन जना छोरी अनुराधा, अनुपमा र मनीषा पनि जन्मे । यिनले तीन छोरी जन्माएर गौरवको अनुभव गरिन् । कुन्दन शर्मालाई छोरा नपाएकोमा त्यति असन्तोष पनि छैन । छोरा र छोरीप्रति बराबरी आस्था, विश्वास र माया हुन्छ भन्ने भावनामा शर्मा उनिएकी छिन् । बिहे गरेर सन्तान पाएपछि नै कुन्दन शर्माले आपूm पूर्ण भएको ठानिन् ।
कुन्दन शर्माले स्कुले जीवनमा नै कविता लेखेर आफ्नो नाउँ कविमा लेखाएकी थिइन् । त्यसै बेलादेखि उनी अरूहरूमाझ साहित्यकारका रूपमा चिनिन्थिन् । कुन्दन शर्माको पहिलो कविता २०१७ सालमा प्रकाशित भएको थियो । पद्मकन्या कलेजको मुखपत्रमा उनले आफ्ना ओजस्वी भावनालाई सर्लक्क उभ्याएकी थिइन् । थोरै शब्दमा पनि निक्कै सशक्त भावना ओकल्न सफल कुन्दन शर्माको किशोरी अवस्थाको कविता नै परिपक्व थियो, दार्शनिक थियो र यथार्थ थियो:
साँझछ, शून्य छ, आकाश छ
र, आकाशमा केही बादल छन्
जून धेरै उदास छन् ।
नेपाली साहित्यप्रति अत्यन्तै झुकाव राख्ने कुन्दन शर्मा जीवनी, संस्मरण र इतिहास पढ्न धेरै रुचि राख्छिन् । तर लेखनमा चाहिँ उनी कविता, कथा र उपन्यासमा मात्र अग्रसर भइन् । उनका उपन्यास र कथाहरू जनसमक्ष आउन सकेका छैनन् । उनी खालि कविताकै विमान चढ्छिन्, उनी कविताकै भूगोल घुम्छिन् र उनी कवितामा नै औँसीपूर्णेको फन्का मार्छिन् । वास्तवमा उनी सिर्जनाको प्रसवक्रियाको समापनपछि आपूmमा शान्ति छाएको अनुभव गर्छिन् । कुन्दनले छोरीहरू जन्माएर जसरी मानसिक आनन्द प्राप्त गरेकी थिइन्, त्यसै गरी सिर्जनामा समर्पित हुँदा उनी छोरीहरू जन्माएको खुसीलाई पनि बिर्साउने आनन्दमा आबद्ध हुने गर्छिन् । उनी आफ्नो लेखनमा जसरी जीवनलाई टमक्कै बाँधेर राख्छिन् त्यसरी नै आफ्ना ती लेखनीभित्र उनी प्रेम, उत्साह, खिन्नता र पीडासँग पनि लुकामारी खेलेकी हुन्छिन् । उनबाट जन्मेका कविता चिन्तनप्रधान हुन्छन् । उनी जसरी स्वतन्त्र छिन्, कविताको निर्माण पनि स्वतन्त्रतापूर्वक हुनुपर्छ भन्ने धारणा राख्छिन् । उनी अर्काको निर्देशनमा कविता रचना गर्न पटक्कै नरुचाउने स्वभावकी स्रष्टा हुन् । त्यसैले कुन्दन शर्माका कविताले सगरको उचाइ छोएका हुन्छन् र सागरको गहिराइ नापेका हुन्छन् ।
कुन्दन शर्माले नेपाली साहित्यलाई जीविकाको स्रोत बनाउने कल्पना कहिल्यै गरिनन् । कुन्दन साहित्यमा पूर्वाग्रह राख्ने, साहित्यमा हिलो छ्याप्ने र साहित्यमा राजनीति गर्ने प्रवृत्तिलाई पनि पटक्कै मन पराउँदिनन् । “साहित्य स्वयम्मा ईश्वरीय वरदान हो । साहित्यको रूप देशभन्दा ठूलो हुन्छ । साहित्य भन्नु नै आफैँमा एउटा सुन्दर, शान्त र विशाल कला हो” भन्ने स्पष्ट धारणा प्रकट गर्न पनि उनी कहिल्यै पछि परिनन् ।
देवी शर्माको जन्म संवत् २००० जेठ १९ गते मङ्गलबार काठमाडौंको जोरपाटीमा भएको थियो । उनका बुबा जगन्नाथ लामिछाने र आमा रमादेवी लामिछानेकी उनी कान्छी छोरी थिइन् । जन्मँदै उनी एउटी दुःखी छोरीका रूपमा पृथ्वीमा अवतरण भएकी थिइन् किनभने उनी जन्मेको अर्को महिनादेखि उनकी आमाको स्तनमा घाउ भएकाले शिशुकालमा नै यिनले पेटभरि आमाको दूध खान पाइनन् । त्यतिमात्र होइन यिनी जन्मेको अर्को वर्ष नै यिनका बुबाको इहलीला समाप्त भएको थियो । यिनका बुबा बिजुलीको करेन्ट लागेर स्वर्गीय भएका थिए ।
मान्छे स्वभावले रुन्छ, हाँस्छ । मान्छेको मुख धेरै हाँसेको देखिए तापनि उसको मन प्राय: रुने गर्छ । त्यसमाथि पनि स्रष्टाहरूको मन झनै कमजोर हुन्छ । प्रकृतिले पनि त्यही कमजोरीको फाइदा उठाएको हुन्छ । त्यसैले कुन्दन शर्माचाहिँ कवितामा नै हाँस्छिन्, कवितामा नै रुन्छिन् र कवितामा नै घामजून देख्ने गर्छिन् । उनी कवितालाई मानवचेतनाको सर्वोत्कृष्ट उपलब्धि मान्छिन् ।
कुन्दन शर्मा यथार्थताले कुँदिएकी सिर्जनाकार हुन् । उनी जस्तो कल्पना गर्छिन् त्यस्तै भावना लेख्छिन् । विदेशीकी पत्नी भए तापनि उनी स्वदेशी नै भएर बाँचेकी छिन् । उनी नब्बे प्रतिशत भारतमा बसे तापनि उनको मन सय प्रतिशत नै नेपालमा विराजमान हुने गर्छ । हुन पनि उनको मन जहिलेसुकै नेपाली भाषामा नै निर्लिप्त देखिन्छ । उनी नेपाली माटोमा नै समर्पित छिन् । यसै प्रसङ्गमा उनी भन्छिन् “भाषालाई साहित्यको भौगोलिक सिमाना मान्छु । म नेपाली भाषाको भौगोलिक सीमामा जन्मेँ, त्यसैमा हुर्कने र बाँच्ने प्रयत्न गर्छु । मेरो नेपाली नागरिकतामा नै झुन्डेर मर्ने विचार छ ।”
कुन्दन शर्माका रचनाका गर्भमा आफ्नै नेपाल नाच्ने गर्छ । हो; उनले नैतिक, जैविक र परिस्थितिको खेलको बाजी हालेर भारतमा आफ्नो भौतिक कर्मभूमि बनाइन् । तर उनको दिमाग, मन र मुटु नेपालमा नै रोपिएका छन् । उनी आफ्ना बुबा केशवराज पिँडाली र आमा राज शर्माका तीन सन्तानमध्येकी एक मात्र छोरी हुन् । उनले भारतको नयाँदिल्लीमा आफ्नो सास फेरिरहेको चोला डुलाए तापनि उनी सधैँ आफ्नी आमा र दुई दाजुभाइमाझ नेपालमै भएको महसुस गर्छिन् । त्यतिमात्र होइन उनी सिङ्गो नेपाल अधिराज्यभरि आपूmलाई एकएक पाइला रोप्ने गर्छिन्, गोड्ने गर्छिन् र उकेरा लाउने गर्छिन् । उनको अमर काव्यसाधनाले, काव्यपरिकल्पनाले र काव्यभ्रमणले उनी नेपालकै माटोमा बास गर्छिन् । कुन्दन शर्माले आपूm यस मातृभूमिमा जति सिञ्चित भएको अनूभूति सँगाले तापनि वास्तविक धरातलबाट झसङ्ग हुन्छिन् र फेरि काव्यको आविष्कार गर्न पुग्छिन् । उनको काव्य उनकै मनको सहयात्री भएर प्रस्फुटित हुन्छ:
ऑखामा चोरेर हालू‘ मनमा सोरेर भरू‘
ए देश कसरी म तिमीलाई ! आपूmसित लगू‘ ?
Subscribe to:
Post Comments (Atom)
Tags
Activities
AIDS
Alcohol
Anju Panta
Articles
Ashoka
Bhutan
Bhutanese Refugees
Biodiversity
Boudha
Boudhanath Mahachaitya
Buddhism
Buddhist
Causes of Tourism
Chitwan
Civil
Classical Dance
Corruption
Dances of Nepal
Dangers
Dhan Dance
Drugs
Eastern Development Region
Education
Endangered Species
Environment
Federal System
Festivals of Nepal
Folk Dance
Folk Music
FWDR
Gautam Buddha
Girls Trafficking
Gorkha Paltan
Gorkhaland
Green House Effect
Gutor
Hanuman
Hanumandhoka Durbar Square
History
Human Resource
Importance of Tourism
Institutions
Kathmandu
Lalitpur
Learn Nepali
Lord Shiva
Loshar
Lumbini
Maiti Nepal
Makar Mela
Mantra
Maps
Music
National Heritages
National Parks
Natural Environment
Nepal
Nepali Culture
Nepali Folk Songs
Nepali Food and Recipes
Nepali Music Videos
Nepali Novels
Nepali Radios
Nepali Songs
Nepali Women
News
Pashupatinath
Patan
Patan Durbar Square
Politics
Population
Prashant Tamang
Prostitutes
Religious and Traditions
Science
Scout
Social Evils
Social Problems
Social Work
SOS
Stupa
The Husband and The Cat
Tobacco
Tourism in Nepal
Tourism Industry
Transportation in Nepal
Untouchability
Wallpapers
Western Development Region
Yarshagumba
अन्जान
इन्दिरा प्रसाई
उपन्यास
उसको लोग्ने र बिरालो
एस.एल.सी (SLC)
कृतिहरु
गणेशबहादुर प्रसाई
जीवनी
टेलिफोन नम्बर
नयन
नरेन्द्र पौडेल
नरेन्द्रराज प्रसाई
नारीचुली
नेपाली साहित्यकार
मेरी सासू
0 comments:
Post a Comment