नारीचुली - पुण्यरश्मि - छिन्नलता - गोमा - माधुरी भट्टराई - देवकुमारी थापा - बुलु शर्मा - कमला साङ्कृत्यायन - कोइलीदेवी
पुण्यरश्मि
पुण्यरश्मिलाई आफ्ना बुबाद्वारा अरू दाजुभाइसरह पढाइ र खेलकुदमा समान रूपमा सहभागी गराइएको थियो । व्यायाममा पनि उनलाई अरू छोरासरह कट्टु र बाहुले चोलीमा सक्रिय बनाइएको थियो । त्यतिमात्र होइन; त्यस जमानामा नारीहरू शिक्षाबाट वञ्चित हुने परिस्थिति भए तापनि पुण्यरश्मिलाई घरैमा शिक्षक राखी प्राथमिक शिक्षा प्रदान गरिएको थियो ।
त्यस कालमा ब्राह्मणकुलमा रजस्वला हुनुभन्दा पूर्व नै छोरीको बिहे गर्नु पर्ने अनिवार्य परम्परा थियो । त्यसैले पुण्यरश्मिको पनि बाह्र वर्षकै उमेरमा कोलकाता निवासी अठार वर्षीय गोपीनाथ खतिवडासँग विवाह गरिएको थियो । पुण्यरश्मिसँग गोपीनाथ खतिवडाको बिहेका लागि पहल गर्ने व्यक्ति थिए तोयराज जोशी । जोशी डा. सिद्धिमणि दीक्षितका घनिष्ठ मित्र थिए । राणाको विरोध गरेकाले सोही अभियोगमा खतिवडा परिवारलाई चारपाटे मुडेर जनै चुँडाली देशनिकाला गरिएको थियो । त्यसैले तिनीहरूलाई नेपाल छिर्न अनुमति थिएन । तर बिहेको कारण खुलाई निश्चित पन्ध्र दिनसम्मका लागि भनेर उनीहरू नेपाल आएका थिए ।
पुण्यरश्मिले बिहे गरेको ३ वर्षमा छोरा पाइन् । राजेन्द्र खतिवडा जन्मँदा उनी पन्ध्र वर्षकी थिइन् । पहिलो छोरो जन्मेको दुई वर्षपछि उनले फेरि देवेन्द्र पाइन् ।
पुण्यरश्मिको घर काशीमा पनि थियो, कोलकातामा पनि थियो र बिहारको सहरसामा पनि थियो । आफ्ना पतिका साथ यिनी बारम्बार ती ठाउँमा पुग्ने गर्थिन् । ती ठाउँहरूमा यिनका हितैषी कम्पनी नामक किताब दोकानहरू थिए । त्यति बेला ती दोकानहरू तीती ठाउँका पुस्तक पसलहरूमध्ये नाम चलेका थिए । उनीहरूले त्यो रमाइलो जीवन भोग्दाभोग्दै पुण्यरश्मिका ससुरा र दुवैजना जेठाजुको निधन भयो । त्यसपछि कोलकाताको हितैषी कम्पनीचाहिँ तुरुन्तै बन्द भयो । ससुरा र दुई जेठाजुको निधनपछि पुण्यरश्मिहरू काशीमा बस्न थाले ।
पुण्यरश्मि पढ्न भनेपछि मरिमेट्थिन् । त्यसैले यिनले आफ्ना पतिको प्रेरणा र आफ्नै इच्छा मिसाएर इलाहाबाद बोर्डबाट प्राइवेट परीक्षा दिई म्याट्रिक पास गरिन् । त्यति बेला यिनले स्कुलकलेज नगई आफ्ना पतिले ल्याइदिएका किताब पढेर म्याट्रिक, आई.ए. र बी.ए. प्राइवेट परीक्षार्थीकै रूपमा पास गरेकी थिइन् । त्यसपछि उनलाई पढ्ने रुचि झनै जाग्यो । परिणामस्वरूप उनले बनारस हिन्दू विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एम. ए. उत्तीर्ण गरिन् ।
नेपालमा २००७ सालको प्रजातन्त्र आएपछि पुण्यरश्मिको परिवार गदगद थियो । खास गरेर यिनीहरूको सम्बन्ध श्री ५ त्रिभुवनसँग पनि गाँसिएको थियो । साथै विश्वेश्वरप्रसाद कोइरालासँग पनि यिनीहरूको घनिष्ठ सम्बन्ध थियो । वास्तवमा कोलकातामा बस्ता कोइराला र गोपीनाथ खतिवडाको खुबै मिल्ती थियो ।
२०१५ सालपछि विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भए । त्यस घटनापछि गोपीनाथ खतिवडाले आफ्नी धर्मपत्नी पुण्यरश्मिलाई भने “अब म नेपाल गएर विश्वेश्वर बाबूलाई भेट्छु र स्कुलका पाठ्यपुस्तक छाप्ने सम्बन्धी कुरा गर्छु ।” त्यसैअनुरूप खतिवडा नेपाल आए र त्यसपछि उनले कोइरालालाई सबै कुरा भने । कोइरालालाई खतिवडाको कुरा चित्त बुझ्यो । कोइरालाकै निर्देशनमा उनले काठमाडौं आएर सर्वप्रथम पाठ्यपुस्तक प्रकाशन संस्था खोले र नाउँ राखे ‘नयाँ नेपाल प्रकाशन’ । अनि उनले आफ्नो घरको सम्पूर्ण धन प्रकाशनगृहमा लगाए । साथै त्यस गृहमा खतिवडाले बनारसको कृष्णचन्द्र बेदीको हिन्दी प्रचारक प्रकाशनसँग साझेदारी पनि गरे । त्यसपछि ‘नयाँ नेपाल प्रकाशन’ आर्थिक कारणले झनै ठूलो भयो । त्यसपछि यिनीहरूले नेपाल अधिराज्यका कक्षा एकदेखि आठसम्मका पाठ्यपुस्तक छाप्न थाले ।
पुण्यरश्मिका पतिले नेपालमा सशक्त रूपमा प्रकाशनसम्बन्धी काम गर्न थाले । अधिराज्यभरि ‘नयाँ नेपाल प्रकाशन’ का सम्पूर्ण पाठ्यपुस्तक लागू भए । किताबहरू धमाधम विद्यार्थीमाझ बिक्न थाले । पुण्यरश्मिको सपना बिपना हुन थाल्यो । अकल्पनीय ढङ्गबाट प्रकाशन गृहले ठाउँ ढाक्न थाल्यो । त्यस बेला यिनीहरूको आर्थिक हैसियत दिन दुई गुना र रात चार गुनाले पैmलिएको थियो ।
२०१७ सालमा विश्वेश्वरप्रसाद कोइराला पक्राउ परे । त्यो घटना घट्नासाथ खतिवडाका साझेदार कृष्णचन्द्र बेदीले अब आफ्नो प्रकाशन संस्था नोक्सानमा पर्ने सम्भावना भएको बुझे । अनि उनले ‘नयाँ नेपाल प्रकाशन’ बाट आफ्नो हात झिके । राजनैतिक परिवर्तनका साथै ‘नयाँ नेपाल प्रकाशन’ का सम्पूर्ण पाठ्यपुस्तक पनि स्कुलका पाठ्यक्रमबाट झिक्न थालियो । त्यसैले उक्त संस्था एक्कासि डुब्न थाल्यो । वास्तवमा त्यसपछि पञ्चायती व्यवस्थाअन्तर्गतका किताबहरू प्रकाशन हुन थाले । त्यसैले त्यति बेला ‘नयाँ नेपाल प्रकाशन’ का जम्मा एक सय सोह्र प्रकारका करिब एक करोड प्रति किताब खेर गए । त्यस काण्डले त्यति बेला पुण्यरश्मिको सर्वस्वहरण भएझैँ भएको थियो । फलस्वरूप यिनीहरू ऋणमा चुर्लुम्मै डुबे ।
पुण्यरश्मिको पहिलो कृति ‘केही लघु नाटक’ नेपाली समाजको सिङ्गो ऐनाझैं देखिन्छ । यस नाटकले उनको लेखनको चित्रणलाई स्पष्ट ढङ्गबाट नाप्न सकिन्छ । उनको लेखनको कलात्मक पक्षलाई हेर्न नाटकको एउटा अनुच्छेद
त्यति ठूलो सङ्कट आएपछि गोपीनाथ खतिवडा आर्थिक, सामाजिक, शारीरिक र मानसिक रूपमा थला परे । ऋणमा चुर्लुम्मै डुबेको चिन्ताले उनी शारीरिक रूपमा पनि अस्वस्थ भए । चिन्ताका कारण मानसिक रूपमा पनि उनी अत्यन्तै पीडित भए । परिणामस्वरूप उनलाई पक्षाघात भयो । आफ्ना पतिलाई औषधी उपचार गर्न पुण्यरश्मिले ट्रकका ट्रक किताब पुरानो कागजका भाउमा जोखेर पनि बेचिन् ।
त्यति बेला पुण्यरश्मिलाई अत्यन्तै ठूलो विपत्तिले घेरेको थियो । त्यस आपतमा आफ्ना इष्टमित्रहरू समेत पनि खतिवडा दम्पतीसँग विपरीत भएका थिए । त्यति बेला यस भूगोलभरिमा पुण्यरश्मिका लागि एउटै नारी जीवित थिइन् । अथवा भनूँ पुण्यरश्मिलाई आइपरेको आपत उनकी सम्धिनी सुलोचना घिमिरेले देखेकी थिइन् । त्यसैले उनले सकेको मद्दत पनि गरिन् । तर त्यो सहयोग पनि आमाको लाम्टो चुसेको बालकलाई बाबुको घुँडा चुसेझैँ मात्र भएको थियो ।
पुण्यरश्मि आफ्ना पतिलाई डो¥याउँदै काठमाडौं आइन् । बाजे बराजुका पालादेखि बसेको बनारस छाडेर खतिवडा पनि बाँकी जीवन बाँच्न आफ्नी पत्नीका पछि लागे । त्यति बेला तिनीहरूसँग काठमाडौंसम्मको यातायात र रेलको भाडासमेत थिएन । आफ्नी सम्धिनीको सहयोगमा यिनीहरू काठमाडौं बसाइँ सरे । त्यति बेलासम्ममा यिनीहरूका दुवै छोरा पनि पेट पाल्न लाखापाखा लागिसकेका थिए ।
काठमाडौंमा आएपछि पनि पुण्यरश्मिहरूलाई खानेलाउने समस्याले गाँजेको थियो । घरको दयनीय आर्थिक अवस्थाका कारण पुण्यरश्मिले जागिर खोजिन् । करिब आठ वर्ष बेरोजगार भएपछि यिनको प्रा. कृष्णराज अर्यालसँग भेट भयो । अर्याल त्यस बेला रत्नराज्यलक्ष्मी कलेजका प्रिन्सिपल थिए । पुण्यरश्मिले अर्यालको सौहार्दका कारण त्यही कलेजमा अङ्ग्रेजी पढाउने जागिर पाइन् । त्यसबाट उनलाई खान लाउन केही सहयोग पुग्न थाल्यो । प्राध्यापन पेसामा प्रवेश गर्दा उनी पैँतालीस वर्षकी थिइन् ।
पुण्यरश्मिले रत्नराज्यलक्ष्मी कलेज पढाउन थालेपछि मदन स्मारक स्कुलमा पनि पढाउने मौका पाइन् । त्यति बेला उनी बासी रोटी खाएर बिहान पाँच बजे डेराबाट निस्की भृकुटीमण्डपको रत्नराज्यलक्ष्मी कलेज पुग्थिन् र त्यहाँ बिहान पढाएर दिउँसो पाटनको मदन स्मारक स्कुल पुग्थिन् । अनि उनी गलेर साँझ पाँचछ बजे डेरामा पुग्थिन् । २०३० सालमा उनका श्रीमान्को स्वर्गारोहण भयो, अनि उनले मदन मेमोरियल स्कुलमा पढाउन छोडिन् । नयाँ शिक्षा लागेपछि रत्नराज्य कलेज त्रिभुवन विश्वविद्यालयमा गाभियो र उनको सेवा पनि स्थायी भयो । उनले यी ठाउँमा पढाएको केही वर्षपछि डिल्लीबजारको कन्या क्याम्पसमा पनि पढाइन् ।
पुण्यरश्मि सङ्घर्षकी एउटी विम्ब बनिन् । सङ्घर्ष नै उनको एउटा गतिलो साथी बन्यो । उनी आफ्नो सङ्घर्षमा चेप्टिरहेकै बेला उनका पति स्वर्गीय भए । त्यसपछि २०४८ सालमा उनका कान्छा छोरा देवेन्द्र र २०५१ सालमा जेठा छोरा राजेन्द्र स्वर्गीय भए । दुवै छोराको मस्तिष्क रक्तस्रावका कारणले अकस्मात् स्वर्गारोहण भएको थियो ।
पुण्यरश्मि २०२६ सालदेखि मात्र लेखरचनामा झुल्केको नाउँ हो । त्यसबखत उनका भाइ डा. हेमाङ्ग दीक्षित ‘यति डाइजेष्ट’ का सम्पादक थिए । आफ्नो भाइको आग्रहमा उनले ‘यति’का लागि लघुकथा लेख्न थालिन् । उनले सो पत्रिकामा छसातवटा कथा लेखिन् । त्यसपछि सो पत्रिका बन्द भयो; अनि उनको कलम पनि बन्द भयो ।
पुण्यरश्मिले कन्या क्याम्पस पढाएताका त्यहाँ ‘रत्नश्री’ द्वैमासिकका सम्पादक मदनदेव भट्टराई पनि पढाउँथे । तिनै भट्टराईको जोडले उनले फेरि साहित्यरचना गर्न थालिन् । भट्टराईको सौहार्दले ‘रत्नश्री’ मा यिनका धेरै लेखरचना र कथाहरू छापिए । त्यसपछि यिनले साझा प्रकाशनका शङ्कर कोइरालालाई भेटिन् । अनि कोइरालाका आग्रहमा यिनले लघुनाटक लेखेर साझा प्रकाशनलाई दिइन्; त्यो साझाले नै छाप्यो । त्यसपछि पुण्यरश्मिलाई लेखनमा झनै जोस चल्यो र उनी सुपारी चपाउँदै थप लेख्ने काममा पनि व्यस्त हुन थालिन् । उनी सुपारीको अम्मली थिइन् । उनी सानैदेखि सदैव सुपारीप्रेमी भइरहिन् । जतिसुकै कष्ट आइपरे तापनि यिनले मुखबाट चाहिँ कहिल्यै सुपारी निकालिनन् । यिनका कृतिहरू प्रकाशनमा आइरहन थाले । त्यसैबीच यिनले साढे चार वर्ष लगाएर वसन्त शर्मा नेपालद्वारा लिखित ‘शब्दसागर’ नामक शब्दकोशको अङ्ग्रेजीमा अनुवाद पनि गरिन् ।
पुण्यरश्मिले नेपाली साहित्यमा जति गरिन् धेरै गरिन् । यिनले अङ्ग्रेजी पढे तापनि सार्वजनिक रूपमा नेपाली भाषासाहित्यको नै सेवा गरिरहिन् । यिनले फुटकर लेखरचना र कथाबाहेक जम्मा छवटा पुस्तकहरू लेखिन् । उनका कृतिहरू हुन्; केही लघुनाटक (२०४५), जयन्तजुनू (उपन्यासः२०५१), अक्लान्त (उपन्यासः२०५२), मेरो परिचय (आत्मकथाः२०५७), अपूरो अभिलाषा (उपन्यासः२०५९), अप्रचलित सत्य (कथासङ्ग्रहः२०६०) ।
हेरौं— “त्यै त म भन्दै छु । आधुनिक युगले जतिसुकै पुरुषनारी समानता र स्वतन्त्रताको नारा लगाए पनि पुरुषले जस्तो गर्छ, त्यस्तै गर्न खोजेर नारीलाई पुग्दैन रहेछ । नारी बुद्धिमा र सानातिना काममा पुरुषसँग दाजिइन सक्ली । तर शीतल दाम्पत्य जीवनको चाहना खोजेमा नारीले हार मान्नै पर्छ । पुरुषले शताब्दीदेखिन् भोग्दै आएको प्रधानता र नैसर्गिक वरदानहरूसँग दाँजिइन नारीको बल र साहस दुवैले दिँदैन । यो उपभोग गरिआएको मोज र सोख पुरुषले हतपति किन छोड्छ ? छोड्न पनि सक्तैनन् या खोज्दैनन् पनि नियम कानूनले उसलाई जतिसुकै करेप्न खोजे तापनि । शरीर विज्ञानले उसलाई त्यो भोग गर्ने बल सुविधा र स्वतन्त्रता त दिएकै छ । जब नारी त्यसो गर्न समर्थ छैन, तब नारी कसरी समान र स्वतन्त्र हुन्छे त ?”
पुण्यरश्मि शिक्षासेवाको एउटा ज्वलन्त नाउँ बन्यो । यिनले बत्तीस वर्ष रत्नराज्यलक्ष्मी क्याम्पसमा मात्र पढाइन् । साथै यिनी नेपाली भाषासाहित्यकी एउटी प्रेरक व्यक्तित्व बनिन् । पुण्यरश्मि जसरी साहित्य सृजना गर्छिन् त्यस्तै साधारण रूपमा उनले जीवन भुक्तान गरिन् । कुनैबेला उनको सपना बिपना थियो भने पछिपछि उनको बिपना सपनामा रूपान्तर भयो । आर्थिक रूपमा जति नै थेचारिए तापनि उनी कहिल्यै आत्तिइनन् । उनी कहीँ गएर रोइनन् र कसैको शरणमा पुगिनन् । उनी आत्मस्वाभिमान बोकेरै सङ्घर्षमा नै बाँचिन् । उनको परिभाषामा बाँच्नुको अर्थ नै सङ्घर्ष बन्यो । सङ्घर्षैसङ्घर्षमा पनि उनले साहित्य रचिरहिन् । जीवनको परिभाषा यिनले उपन्यासमा लेखिन्, कथामा लेखिन् र निबन्धमा पनि लेखिन् । त्यसैले यिनी नेपाली भाषासाहित्यमा नअस्ताउने तारा बनिन् । यिनी गुणकी धनी र धैर्यकी देवी बनिन् ।
पुण्यरश्मि मानवीय रचनाकी एउटी नमुना हुन् । कसैसँग जोरी खोज्ने, कसैलाई होच्याउने र कसैप्रति घृणा गर्नेहरूले पुण्यरश्मिसँग सङ्गत ग¥यो भने उसले आपूm भीरबाट चिप्लेको अनुभूति ग्रहण गर्छ; किनभने पुण्यरश्मिसँग जो कोही डुक्य्रो भने पनि उनी लत्रेर नै हिँड्ने गर्छिन् । सानी भएर नै उनले प्रौढ अवस्था पार गरिरहेकी छिन् ।
पुण्यरश्मिले आफ्नो सृजनात्मक कला अर्पित गरेर ‘सीताराम पुरस्कार’ पनि पाइन् । त्यो पुरस्कार पाएर उनी हर्षले हाँसिन् । २०१५ सालपछि उनी मन फुकाएर एक्कैचोटि २०६२ साल फागुन २७ गते हाँसेकी थिइन् ।
छिन्नलता
छिन्नलताले २०११ सालमा एक्कैचोटि दुईटा कविता जन्माएकी थिइन् । एउटा कविता प्रकाशन गरेर उनी छिन्नलतामा परिचित भइन् भने अर्को भौतिक कविताका रूपमा यिनले ज्योति शाहलाई जन्माएकी थिइन् ।
संवत् १९८० मा हर्षनारायण तथा हीरामाया मानन्धरकी चौथो सन्तानका रूपमा यी काठमाडौंको बागबजारमा जन्मेकी थिइन् । आषाढ शुक्लपक्ष हरिशयनी एकादशीका दिन जन्मेकाले मानन्धरदम्पतीले यिनको नाउँ तुलसीकुमारी राखेका थिए । तुलसी रोप्ने पर्वमा यी जन्मेकाले भविष्यमा यी प्रसिद्ध हुने कुरामा मानन्धरदम्पतीमा विभिन्न अडकलहरू भएका थिए । मानन्धर दम्पतीको त्यो अडकल त्यतिखेर सार्थक भयो जब यिनी राजदरबारमा प्रवेश गरिन् ।
तुलसीकुमारीका आँखा नै चमचम बल्थे । मानूँ उनका आँखा पनि बोल्थे । त्यसैले यिनका आँखालाई दृष्टिगत गरेर राजदरबारमा यिनको नाउँ नेत्रकुमारी रह्यो । त्यहाँ नेत्रकुमारीलाई मन पराउने थुप्रै थिए । तीमध्ये उनलाई श्री ५ अधिराजकुमार वसुन्धराबाट धुमधाम माया बर्सन थाल्यो । त्यसपछि यिनले अधिराजकुमार वसुन्धराबाट गुप्ती नाउँ ‘राधा’ प्राप्त गरेकी थिइन् । आफ्नो वास्तविक नाउँबारे यी भन्थिन्— “नागरिकता बनाउने समयमा श्री ५ त्रिभुवनबाट मैले रमोला नाउँ प्राप्त गरेकी थिएँ ।” तुलसीकुमारी, नेत्रकुमारी, राधा र रमोला हुँदै उनी अन्तत: छिन्नलता भइन् ।
भावविचारको प्रकाशनको माध्यम साहित्य हो भन्ने छिन्नलता नेपाली गीतकारमा चर्चित नाउँ हो । गीत गेय खाले साहित्य हो । त्यसैले उनी खालि गीत लेखेर आफ्नो साहित्यिक व्यक्तित्वलाई नेपाली समाजमा चिनाउन उद्यत भइरहिन् । उनका गीतहरू रेडियो नेपालबाट पनि बजिरहने गर्छन्:
छहराभित्र गाएको गीत गुन्जी नै रहेछ
ह्दय साटी लाएको प्रीति सम्झी नै रहेछ ।
छिन्नलताको गीतियात्राका विषयमा नेपालका धेरै जना साहित्यकारले कलम चलाएका छन् । यस प्रसङ्गमा राष्ट्रकवि माधवप्रसाद घिमिरे लेख्छन्— “छिन्नलताले आफ्ना विरहवेदना र आत्मनिवेदनलाई आफ्ना गीतमा जताततै सरलतासाथ पोख्नुभएको छ ।” वास्तवमा छिन्नलताका भावना यथार्थ जीवनमा प्रत्यक्ष गाँसिएका देखिन्छन्:
छिन्नलताले २०११ सालदेखि एकोहोरो गीत लेखिरहिन् । उनले गीत लेख्नुको तात्पर्य गेय रूपमा उनका मनका भावनात्मक विचार अरूका मनसम्म जागृत गराउनु थियो । साथै जीवनप्रति आस्था, यथार्थताप्रति निष्ठा र ईश्वरप्रति विश्वास अभिव्यक्त गर्नका निम्ति छिन्नलताको गीतियात्रा अग्रसर भएको थियो ।
गीतलेखनका लागि स्रष्टाका आआफ्नै विशेषता, शैली र गुणहरू हुन्छन् । यस परिप्रेक्ष्यमा छिन्नलताचाहिँ सरलता, स्पष्टता र सङ्क्षिप्ततालाई राम्रा गीतका लागि प्रमुख तइभ्व मान्ने गर्थिन् । यस्ता गुणपछि गीतमा भाव तथा विचार पनि उत्कृष्ट खालको भयो भने सो गीतमा झन् सुनमा सुगन्ध भएझैं हुन्छ भन्ने छिन्नलताको राय भेटिन्छ । उनका गीत पढ्दा गायनको अनुभूति पाइन्छ भने सुन्दा साहित्यको छाप पाइन्छ । उनी गीत लेख्ता आफ्ना हृदयका सम्पूर्ण पत्रहरू खोलेर लेख्ने गर्थिन् । त्यसैले उनका रचनामा गीतमा पाइनुपर्ने विभिन्न गुणहरू भेटिने गर्छन् । उनका सबैजसो गीत सुनिरहूँजस्तै, पढिरहूँजस्तै र मनमा राखिरहूँजस्तै छन्:
पूmल है टिपी तिमीलाई माला गा“स्न सकिन“
जीवनभरमा एउटा धोको पु¥याउन सकिन“ ।
छिन्नलताले आपूm बत्तीस वर्षकी हुँदा गीत लेख्न थालेकी थिइन् र त्यसै बेला उनले आफ्नो साहित्यिक नाउँ ‘छिन्नलता’ राखेकी थिइन् । उनले छिन्नलताभित्रै जीवन भेटिन्, उनले त्यही नाउँ नै सृजनामा बढी बाँच्ने परिकल्पना गरिन् र त्यसै नाउँको सार्थकतामा आपूmलाई राख्तै गइन् । आफ्नो जीवनको लामो समयसम्म साहित्यिक आराधनामा रहेकी छिन्नलतामा चौध वर्ष पुग्दानपुग्दै प्रेमको जागरण भएको थियो । राजदरबारमा राम्रो गीत गाउने, राम्रो नाच्ने र राम्ररी बोल्न जान्ने भएकाले छिन्नलताप्रतिको प्रेमीको दृष्टिकोण क्रमश: फराकिलो भएको थियो । वास्तवमा आफ्नो प्रेमको मिठासका बेला यिनले आफ्ना प्रेमीलाई त्यतिसारो गीत सुनाउन पाएकी थिइनन्; किनभने त्यस बेला यिनलाई ‘डिप्थेरिया’ भन्ने रोगले गाँजिसकेको थियो । यति हुँदाहुँदै पनि छिन्नलतासँग श्री ५ महेन्द्रका भाइ अधिराजकुमार वसुन्धराको प्रेम बस्यो । परिणामस्वरूप श्री ५ अधिराजकुमार वसुन्धरासँग छिन्नलता पन्ध्र वर्षे किशोरी वयमै प्रणयसूत्रमा बाँधिएकी थिइन् ।
राजदरबारभित्र पसेर दरबारकै प्रतिष्ठित सदस्यसँगको प्रेममा चुर्लुम्मै डुब्दा छिन्नलता गदगद थिइन् । त्यस बेला उनको विश्व, ब्रह्माण्ड र जगत् नै वसुन्धरासँग गाँसिएको थियो । त्यही रापिलो मोहनीभित्र बसेर उनले आपूmभित्र काव्यसंसार स्थापित गरेकी थिइन् । हुन त त्यसै बेला उनी आफ्ना अक्षरहरू पोख्न अनभिज्ञ थिइन् तर जब उनी सजिलो नेपाली वर्णमालामा पास भइन् तब उनी कलम कागजको प्रस्तुतिमा आइन् । त्यसपछि उनी त्यही मायाको गीत लेख्न र गाउन थालिन्:
तिमी नै मेरो लक्ष्य तिमी नै मेरो कामना
तिमी नै मेरो प्रारम्भ तिमी नै मेरो चाहना ।
छिन्नलताकी फुपू पर्ने कुनै एउटी महिला राजदरबारकी जागिरे थिइन् । ती फुपू सुनैसुनले ढकमक्क ढाकिएका दृश्यहरू छिन्नलताका हृदयमा र विवेकमा छलफलका केन्द्र हुन्थे । वास्तवमा उनले ती फुपूले लगाएजस्ता राम्रा लुगा र सुनचाँदीका गहनाहरू अरूले लगाएको प्राय: त्यति देख्तिनथिन् । त्यसैले त्यस्तै पहिरनमा गुँथिन उनी आफ्नो ढिपी, करबल र रोइकराइका साथ नौ वर्षकै उमेरमा राजदरबार प्रवेश गरेकी थिइन् । तर दरबार पसेर केही समयसम्म बसेपछि उनी आफ्नी आमाको न्यास्रोले रुन थालिन् । उनको न्यास्रो, रुवाइ र चञ्चलेपनको हेरचाह गर्ने त्यहाँ कुनै ईश्वर थिएन । यस्तै परिवेशमा क्रमश: उनी दरबारियामा अनुवाद हुन थालिन् । आफ्नो त्याग, तपस्या र प्रेमको प्रतीकका रूपमा उनी ‘शाह’ मा रूपान्तर भइन् । यस प्रसङ्गलाई लिएर उनी भन्थिन्— “मेरो जीवनको त्यो एउटा अर्को अविस्मरणीय सुखद क्षण थियो ।”
छिन्नलताले त्यस बेलाका विभिन्न पत्रपत्रिकाहरूमा आफ्ना रचनाहरू प्रदान गरिन् । ‘गोरखापत्र’, ‘मधुपर्क’, ‘रत्नश्री’, ‘रूपरेखा’, ‘कविता’, ‘नवकविता’, ‘योषा’, ‘कामना’ आदिमा उनका गीतहरू छापिएका थिए । साथै उनका चारवटा गीतसङ्ग्रह पनि प्रकाशित छन् ‘अन्तर्भावना’ (२०२८), ‘अन्तरङ्ग’ (२०३०), ‘अन्त: स्पन्दन’ (२०४३) र ‘अन्तर्वेदना’ (२०५१) । साथै उनका गीतहरू अङ्ग्रेजीमा ‘त्जभ जभबचत चष्लन’, हिन्दीमा ‘बिरह के काँटे प्यार के पूmल’, उर्दूभाषामा ‘सोजए दिल’ अनुवाद भएका छन् । आफ्नो सृजनायात्राको सत्र वर्षपछि पुस्तकाकार कृति प्रस्तुत गरेर नेपाली साहित्यमा उनले आफ्नो नाउँलाई झनै चम्काएकी थिइन् ।
स् द्धण् स्
नेपाली भाषासाहित्यमा गोमाले जति गरिन्, थुप्रै गरिन् । एउटी दुर्गम गाउँकी बालिका राजधानी पसेर अन्तत: उनी आफ्नै बुताबाट नेपाली साहित्यकी गोमा बनिन् अर्थात् उनी नेपाली साहित्यमा झल्झलाउँदी तारा बनिन् । गोमाले जहिलेदेखि कलम समाइन् त्यसपछि बाचुन्जेल समाइन् । गोमाको जीवनको खुसी र दुःख नै उनको कलम थियो । उनी रुँदा पनि लेख्थिन् र हाँस्ता पनि लेख्थिन् । लेख्तालेख्तै उनले नेपाली भाषामा जम्मा पन्ध्र पुस्तक लेखिन् ।
लाउ“ला माया भन्दा र भन्दै जिन्दगी गैसक्यो
आकाशका तारा गन्दा र गन्दै उज्यालो भैसक्यो ।
छिन्नलता आफ्नो साहित्यिक जीवनमा समर्पित हुँदै जाँदा उनले विभिन्न सम्मानहरू पनि प्राप्त गरेकी छन् । यिनले सबैभन्दा पहिला प्राप्त गरेको सम्मानको नाउँ हो ‘रत्नश्री स्वर्णपदक’ (२०३२) । त्यसै गरी यिनले २०४५ मा ‘लोकप्रियादेवी पुरस्कार’ र २०५४ मा ‘मैना पुरस्कार’ प्राप्त गरेकी थिइन् । सीताराम प्रज्ञाप्रतिष्ठानद्वारा अनुष्ठित एक लाख रुपियाँ राशिको ‘मैना पुरस्कार’ यिनले तत्कालै नेपाल अन्ध कल्याण सङ्घलाई हस्तान्तरण गरेकी थिइन् । त्यस सङ्घमा यिनले छिन्नलता छात्रवृत्तिकै स्थापना गरेकी थिइन् । साथै यिनले नेपाल अपाङ्ग सङ्घमार्फत अपाङ्गहरूको औषधोपचारका निम्ति पनि अक्षयकोषको स्थापना गरेकी थिइन् । वास्तवमा छिन्नलता एउटी दानवीर नारी पनि हुन् । २०३९ सालमा छिन्नलता गुठी स्थापनार्थ यिनले जम्मा पचास हजार रुपियाँको अक्षयकोष राखेकी थिइन् । त्यसलाई बिस्तारै बढाउँदै लगिएको छ र अहिले उक्त अक्षयकोषको राशि छब्बीस लाख पुगेको छ । साथै सो गुठीका लागि यिनले जग्गा र त्यसमा एउटा घरको निर्माण पनि गरिदिएकी थिइन् ।
छिन्नलता गीतको रचना गर्नाका साथै अरूले लेखेका दुखात्मक गीतहरू सुन्ने इच्छा राख्थिन् । उनी आफ्नो घरको बगैँचामा जति रुचि राख्थिन् त्यति नै घरायसी खानपिनमा सम्बन्ध गाँस्थिन् । उनी जति मीठो पाराले गीत लेख्थिन् त्यस्तै स्नेही व्यवहारले मान्छेसँग शिष्टाचार र मित्रता राख्थिन् । गीतलेखनका विषयमा छिन्नलता फेरि भन्थिन्— “मेरा गीतहरू प्रेम, प्रकृति र भक्तिमा आधारित छन् । म जति लेख्छु सृष्टिकै कथा लेख्छु ।”
छिन्नलता एउटी भद्र नारीसाहित्यकारको नाउँ हो । उनलाई मन पर्ने साहित्यकार बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ र केदारमान व्यथित थिए । उनी आपूmलाई मन पर्ने साहित्यकारको व्यक्तित्वको प्रशंसामा समय दिने गर्थिन् ।
नेपाली समाजमा सर्जक, सङ्गठनकर्ता, दाताका रूपमा परिचित छिन्नलताको स्वास्थ्य २०५६ सालको आरम्भदेखि खच्केको थियो । त्यस बेला मुटु र मधुमेहको उपचारार्थ उनी बेलायत गएकी थिइन् । त्यहीँ उनलाई पिसाबसम्बन्धी रोगले आक्रान्त पारेको थियो । केही महिनापछि उनलाई आराम भयो र नेपाल आइन् । तर त्यसको केही समयपछि मस्तिष्कको आघात भएर उनी थला परिन् । २०५६ सालको चैतपछिचाहिँ उनी बेहोस भई ओछ्यानमा नै लडेर सास फेरिरहेकी थिइन् । नेपाली साहित्यको गीतिफाँटमा एउटा स्थायी प्रतिमा राखेर छिन्नलता बाँचिन्; तर भौतिक रूपमा चाहिँ उनी २०५७ मङ्सिर १९ गते यस संसारबाट बिदा भइन् ।
सानै तहबाट, सानै हिसाबबाट र सानै हैसियतबाट ठूलो तहमा पुगेकी छिन्नलताको सादापन, निर्मलता र नरम धारणा नेपाली बौद्धिक समाजमा सम्झनलायक छ । उनी आफ्नो सोझोपनबाट जसरी चर्चित भइन् लेखनीबाट पनि त्यत्तिकै अमर बनिन् । उनका काव्यसृजना नेपाली साहित्यमन्दिरका सङ्ग्रहणीय सम्पत्ति मानिन्छन् । उनको यही योगदानको कदर गर्दै छिन्नलता गुठीले पनि गुठीभवनको छतको बरन्डामा उनको पूर्ण कदको ढलोटको प्रतिमा स्थापित गरेको छ ।
छिन्नलताको राजदरबार प्रवेशपछिको इतिहासलाई कोट्टयाउँदा के देखिन्छ भने उनले ब्रह्मानन्दको भजन गाउँदागाउँदै आपैmँले गीत गाउन थालिन् । तिनै भजनका कारणले छिन्नलताले नाच्न, गाउन र क्रमश: लेख्न पनि जानिन् । डा. स्वामी प्रपन्नाचार्यले ३१ वर्षको उमेरमा कखरा पढेका थिए भने छिन्नलताले त्यही उमेरमा पहिलोपल्ट गीत लेख्न थालेकी थिइन् । लेख्तालेख्तै अन्तत: यी नेपाली गीतमा सुपरिचित र स्थापित पनि भइन्:
वारि र पारि आ“सुको भेल म आफ“ै बीचमा
लहरी उर्ली जीवन सारा भिजेछ शीतमा ।
गोमा
गोमाले २०१७ सालमा आफ्नी छोरी गार्गीसँग एस.एल.सी. दिइन् । त्यतिखेर छोरी दोस्रो श्रेणीमा र आमा तेस्रो श्रेणीमा एस.एल.सी. उत्तीर्ण भएका थिए । एस.एल.सी. पास भएपछि गोमाको संसार फेरि रङ्गीन हुन थाल्यो । अर्थात् एस.एल.सी. उत्तीर्ण भएपछि उनका जीवनपद्धतिमा नौला बाटाहरू खुल्न थाले ।
गोमाको जीवन करुणामय ढङ्गबाट व्यतीत भयो । उनी शिशुकालदेखि नै मातृविहीन भइन् । उनको दस वर्षको उमेरमा सौतामाथि बिहे भयो । घरमा सौताको पीडा र माइतमा सौतेनी आमाको कटु व्यवहारका कारण गोमा एक्ली थिइन् । उनमा त्यो एक्लोपन आपूm तीन महिना पुग्दानपुग्दैदेखि सृजना भएको थियो किनभने यिनले आफ्नी आमाको दूध त्यसै बेलादेखि चुस्न पाएकी थिइनन् । एउटा डरलाग्दो काल आएर यिनकी आमालाई १९८२ सालको भदौमा नै टिपेको थियो ।
गोमाको जन्म संवत् १९८२ साल जेठ १५ गते पर्वतको राम्जामणि चौरमा भएको थियो । लक्ष्मीकान्त उपाध्याय र नन्दकुमारी उपाध्यायकी उनी प्रथम सन्तान थिइन् । गोमा सानै हुँदा यिनकी आमा दिवङ्गत भएकाले यिनले जीवनको सुख त देख्न सकिनन् । तर जीवन र जगत्को कारुणिक खेलचाहिँ यिनले आफ्नो जीवनभर देखिरहिन् ।
गोमा सानैदेखि तीक्ष्ण थिइन् । त्यसैले उनका असी वर्षीय हजुरबुबाले उनलाई बाल्यकालमै भानुभक्तको ‘रामायण’, ‘महाभारत’, दुर्गाकवच कण्ठ गराएका थिए । गोमालाई आठ वर्षकै उमेरदेखि ‘अमरकोष’ घोकाउन सुरु गरिएको थियो । उनी आफ्ना हजुरबुबाले लाएअह्राएको सबै काम गर्थिन् । त्यसैले उनी ज्ञानको दैलोतिर पनि अग्रसर भइन् ।
बाल्यावस्थामा गोमाले सातआठ वर्ष सौतेनी आमाका गाली, कुटाइ र यातनामा बिताइन् । त्यो दुःख देख्न नसकेर यिनलाई यिनका हजुरबुबा र फुपूले पालोपालो गरी पालेका थिए । त्यसपछि यिनी दश वर्ष टेक्तानटेक्तै बिहेको बन्धनमा परिन् । कालु उपाध्यायले तीन पत्नीपछाडि गोमालाई आफ्ना घरमा भियभयाएका थिए । बिहेपछि गोमाको दिनचर्या झन् कष्टकर हुन थाल्यो । त्यतिखेर उनका लागि माइती भन्नु एकादेशको दैत्यको घर थियो भने घर भन्नु पशुशालाजस्तै थियो । त्यो स्थिति भोग्न नसकेर उनले आत्महत्या गर्ने प्रयास पनि गरिन् । जीवनदेखि थाकेर उनी एक दिन एउटा तारेभीरको टुप्पामा पुगिन् । किनभने त्यस गाउँमा यसभन्दा ठूलो डरलाग्दो भीर अर्को थिएन । त्यस भीरको टुप्पामा पुगेर उनले आफ्नो पछ्यौरीले आँखा छोपिन् र हाम्फाल्ने प्रयास गरिन् । तर उनको छैटौँ चेतनाले उनलाई हामफाल्नबाट रोक्यो । उनी बाँचिन् र घर फर्किन् । तर उनी घरमा गएर बस्न नसक्ने अवस्थामा थिइन् । त्यसपछि उनी आफ्नी हजुरआमा भए ठाउँ गइन् । त्यतिखेर यिनकी हजुरआमा काठमाडौं आउन ठिक्क परेकी थिइन् । त्यति बेला यिनले आफ्नी हजुरआमालाई भनिन् “मलाई पनि लिएर जानुहोस्; यहाँ म बस्न सक्तिनँ । यहाँ बस्ने हो भने म झुन्डिएर मर्छु ।” आफ्नी नातिनीको दर्दनाक स्वर सुनेपछि यिनलाई हजुरआमाले आफ्नैसाथ काठमाडौं लिएर आइन् । वास्तवमा गोमा दाम्पत्य जीवनमा गाँसिएपछि लगत्तै आफ्नो घरबाट पाइलो लोटाएर काठमाडौं आएकी थिइन् किनभने पतिका घरमा यिनी काम गर्ने पत्नीका नाउँले मात्र विभूषित थिइन् । यिनको काँधमा आफ्ना सौताहरूले लगाएका र आपूmले धान्नै नसक्ने खेतीपाती अनि मेलापातका काम हुन्थे ।
गोमाकी हजुरआमा राणादरबारमा भान्से थिइन् । त्यसैले गोमालाई काठमाडौंमा टिक्न सोचेजस्तो कठिनाइ पनि थिएन । यिनकी हजुरआमाका हृदयमा दिव्यचÔु थिए । त्यसैले गोमाको पठनपाठनका लागि वातावरण तयार हुन थाल्यो । बिस्तारै गोमा प्रेमराज शर्माका घरमा पुगिन् । शर्माकी पत्नी गुणकुमारीसँग गोमाको मित्रता पनि बढ्न थाल्यो । त्यसपछि यी दुवै जना सँगसँगै पढ्न थाले । त्यहाँ गएर यिनीहरूलाई सिद्धिचरण श्रेष्ठले पनि पढाए ।
सिद्धिचरण श्रेष्ठले गोमालाई पढाउने क्रममा उनले गोमाको जीवनी पनि पढ्न थाले । उनी गोमाको साहसलाई धन्यवाद दिन्थे । त्यति मात्र होइन; पछि उनले गोमालाई बिनापैसा नै पढाउन थाले । उनी गोमालाई शिÔा दिनु एउटा अपरिहार्य आवश्यकता ठान्थे । वास्तवमा सिद्धिचरण श्रेष्ठ गोमालाई बिछट्टै माया गर्थे । गोमा पनि सिद्धिचरणलाई प्रेमपूर्ण आदर गर्थिन् । सिद्धिचरणले गोमाप्रति गहिरो झुकाव राखेर, माया बर्साएर र आस्था बाँधेर कविता पनि लेखे । त्यस बेला सो कविताले धुमधाम हल्ला पनि मच्चाएको थियो । त्यो कविता पढेर गोमा पनि दङ्ग परेकी थिइन्:
जाऔं गोमा ! त्यस शैलमहाँ,
पीर कुनै पनि उठ्तैन जहाँ ।
त्यतिखेर गोमालाई लक्ष्मीप्रसाद देवकोटासँग पनि पढ्ने इच्छा थियो । तर गोमाले देवकोटाजस्ता महान् स्रष्टासँग आफ्नो दयनीय आर्थिक अवस्थामा कारणले गर्दा पढ्न पाइनन् । वास्तवमा उनलाई महाकवि देवकोटासँग पढ्नचाहिँ सारै इच्छा थियो ।
हुन त गोमाले आपूmलाई २००४ सालदेखि शिÔिकाका रूपमा होमेकी थिइन् । स्कुलमा पढाउन थालेको अर्को वर्ष नै उनले छोरी पाएकी थिइन् । त्यसपछि पढाएर कमाएको खर्चले उनलाई छोरीसहितको जीवन धान्न महाभारत नै भएको थियो । त्यतिखेर उनी पाटनको एउटा प्राथमिक स्कुलमा पढाउँथिन् । उनले त्यहाँ छ वर्ष पढाइन् । त्यसैताका उनको सम्पर्क अनार श्रेष्ठसँग बढ्यो । अनार श्रेष्ठ गोमाका विद्यार्थी थिए । त्यतिन्जेलसम्ममा गोमाको आर्थिक अवस्थाबारे पनि अनार श्रेष्ठले अवलोकन गरिसकेका थिए ।
गोमालाई अनार श्रेष्ठले अत्यन्तै श्रद्धा गर्थे । त्यसैले उनले राजदरबारमा कार्यरत आफ्ना दाजुमार्फत श्री ५ त्रिभुवनका हजुरमा गोमाको बिन्तीपत्र पु¥याए । गोमाको बिन्तीपत्रमा जागिर पाऊँ भन्नेबारे लेखिएको थियो । २०१० सालमा श्री ५ त्रिभुवनको हुकुमप्रमाङ्गीबाट गोमा स्वास्थ्य मन्त्रालयमा पुगिन् । त्यतिखेर उनी त्यहाँ टाइपिस्टका रूपमा प्रवेश गरेकी थिइन् । त्यस जागिरले गोमालाई बचाउनु बचायो, पाल्नु पाल्यो र सघाउनु सघायो । खास गरेर आफ्नी छोरी गार्गीको शैÔिक योग्यतालाई लिस्नो चढाउन उक्त जागिरले भरथेग गरेको थियो । उनी त्यहाँ २०२२ सालसम्म बसिन् र मुखिया पदबाट स्वैच्छिक अवकाश लिइन् ।
जीवन भोग्ने क्रममा गोमा केही थप राहत पाउन सक्ने सम्भावनाको खोजीमा नै लडीबुडी गरिरहिन् । परिणामस्वरूप गोमाले २०२२ सालमा पुन: आपूmलाई शिÔिकामा सरिक गराइन् । उनी त्यतिखेर रानीपोखरी संस्कृत पाठशालामा नियुक्त भइन् । पछि उनी त्यहाँबाट सहिद शुक्र हाईस्कुलमा सरुवा भइन् । २०४४ सालदेखि उनले शिÔिकाको पदबाट पनि अवकाश लिइन् ।
जतिसुकै भौतिक दुक्ख पाए पनि र जतिसुकै मानसिक कष्ट खेपे तापनि गोमा नेपाली साहित्याकाशमा अमर भइन् । यिनी आफ्नै बलबुताले शिखर चढिन् । गोमाका कृतिहरूले उनलाई माथिमाथि पु¥याइरहे, चर्चापरिचर्चामा डुलाइरहे र टीकाटिप्पणीले चुल्याइरहे । ‘शारदा’ कालीन कवयित्रीका रूपमा उनले थप मर्यादा पाइरहिन् । उनको योगदानले नेपाली भाषासाहित्यको आँगन ढाकिरह्यो । उनको लेखकीय व्यक्तित्वको सम्मान गर्नेहरूको सङ्ख्या बढिरह्यो ।
व्यक्तिगत रूपमा गोमा अत्यन्तै असल थिइन्, सोझी पनि त्यस्तै थिइन् र नरम पनि थिइन् । उनी आँखामा हाल्दा पनि नबिझाउने लालगेडी थिइन् । उनको वैयक्तिक विनम्रताको सबैले तारिफ गर्थे । उनी जति सानी हुन खोज्थिन् त्यति नै महान् पनि थिइन् । त्यति मात्र होइन; उनी नेपाली साहित्यकी एउटी स्वनामधन्य नारीस्रष्टा थिइन् ।
कृतिगत हिसाबले लेखाजोखा गर्ने हो भने उनले २०३७ सालमा मात्र ‘जलन’ नामक कवितासङ्ग्रह प्रकाशित गरिन् । त्यसै गरी २०३९, २०४१ र २०५० सालमा उनका तीनवटा कवितासङ्ग्रह ‘बाँच्ने रहर’, ‘मातृव्यथा’ र ‘मानवधर्म र आस्था’ प्रकाशनमा आए । त्यसपछि गोमाले २०४२, २०४३ र २०४६ सालमा तीनवटा खण्डकाव्यहरू क्रमश: ‘इन्दु’, ‘तिरस्कृत आत्मा’ र ‘अञ्जु’ जनसमÔ ल्याइन् ।
गोमाले कविता लेखेर जति प्रसिद्धि बटुलिन् समालोचनामा हात हालेर उनले यस विधामा पनि जरा गाडिन् । उनका प्रकाशित समालोचना हुन् ‘साहित्य पूmलबारीका पूmलहरू’ (२०३७), ‘चार नारी हस्ताÔर’ (२०४२), ‘म.वी.वि. शाहको काव्यप्रवृत्ति’ (२०४२) र ‘चाँदनी शाहको काव्यसंसार’ (२०५१) ।
गोमाले निबन्ध र प्रबन्धलेखनमा पनि आपूmलाई सरिक गराइन् । उनका प्रकाशित निबन्धहरू हुन् ‘कार्यशील महिलाको भूमिका’ (२०४२), ‘नेपाल र भारतका केही नारीप्रतिभा’ (२०४४) र ‘पौराणिक नारीपरिचय’ (२०४८) ।
गोमाले जति लेखिन्, धेरै लेखिन् । उनले जति छपाइन् धेरै छपाइन् । एक्लो जीवन भोग्दै जाँदा २००५ सालमा गोमाका कोखबाट गार्गीको जन्म भयो । छोरी गार्गीको जन्मपछि मात्र उनले जीवन बाँच्ने साहस पाइन् । तिनै छोरीको सुख, समृद्धि र उन्नतिका लागि गोमा भित्रभित्र जति जले पनि बाहिरबाहिर हाँसीहाँसी हिँडिरहिन् ।
गोमाले नेपाली भाषासाहित्यको दीर्घसेवा गरेबापत प्रबल गोरखा दÔिणबाहु, वीरेन्द्रऐश्वर्य सेवापदक, गद्दी आरोहणको रजत महोत्सव पदक, रत्नश्री स्वर्णपदक पाइन् । त्यसै गरी उनले यस फाँटमा समर्पित भएबापत मैना पुरस्कार, लोकप्रियादेवी पुरस्कार, असीम पुरस्कार, सिद्धिचरण पुरस्कार, बाबा ओमवीरसिंह पुरस्कार, बडाकाजी पुष्पराज सम्मान र सरस्वती सम्मान पनि पाइन् ।
नेपाली भाषासाहित्यको सेवामा सक्रिय रूपमा समर्पित हुँदाहुँदै गोमाले पृथ्वी छाडिन् । त्यो दिन उनी दिनभरि लेखापढी गरेर बसेकी थिइन् । साँझमा पनि घरधन्दा र लेखापढीमा लागिरहेका बेला उनको अचानक हृदयगति बन्द भयो । २०५९ साल साउन १४ गते मङ्गलबार बेलुका ९.३० बजे उनी स्वर्ग गइन् ।
माधुरी भट्टराई सानैदेखि साहित्यिक आराधना गर्थिन् । उनका बुबा हर्षनाथ खनाल कवि थिए र दाजु गुणराज पनि कविता लेख्थे । उनीहरू कवितालाई भाका हालेर वाचन गर्थे । ती काव्यात्मक भाका श्रवणले माधुरी भट्टराईको मनलाई आफन्त बनाएको थियो । त्यतिमात्र होइन; उनका दाजु गुणराज खनाल रामायण सुनाउन सिपालु थिए । त्यसैले उनले पण्डित वासुदेव भट्टराई अर्थात् माधुरीका ससुरालाई पनि रामायण सुनाउने गर्थे । त्यति बेला आफ्ना दाजुको भाका उनले मन दिएर सुन्थिन् । रामायण सुन्दासुन्दै उनी रामायणका हरेक दफामा केन्द्रित हुन थालिन् । रामायणका सारा कथामा नै क्रमश: उनको मन केन्द्रित हुन थाल्यो । परिणामस्वरूप उनी रामायणमा नै डुब्न थालिन् । त्यही परिणतिले उनी नेपाली भाषामा रामायण लेख्ने प्रथम महिला बनिन् ।
गोमाले ‘शारदा’ युगमा साहित्यमा आपूmलाई स्थापित गराइन् । त्यसपछि उनले कहिल्यै लेख्न छाडिनन् । जीवनको अन्तसम्म पनि साहित्यसृजना गरेर नै उनले आफ्नो मनलाई कज्याएकी थिइन्:
सम्झना हुन्छ क्षणक्षणमा आ“गनमा नित्य खेल्दथें
निगालाको चढी घोडा आ“गनभरि म घुम्दथें
रमाएकी थिए“ ज्यादै जिन्दगी सुखमा थियो
गाली गलोजका शब्द सुन्दामा दिल खुस थियो ।
माधुरी भट्टराई
जुन उपायले शोक कलङ्क नाश हुन्छ यो
उठेर तेही नै झट्ट उपाय गर्नु होस पो
कलङ्क शोक यो जान्छ जसरी त्यही नै सब
उपाय गरदै कुल्को रक्षा गर्नु हओस् अब !
माधुरी भट्टराईको परिचय भन्नु ‘श्रीतुलसीकृत श्रीरामचरित मानस भावानुवाद रामायण’ पनि एक हो । नेपाली भाषामा रामकथामा आधारित महाकाव्य लेख्ने प्रथम नारी महाकाव्यकार माधुरी भट्टराई हुन् । स्कुल कलेजको नामै नसुनेकी माधुरीले महाकाव्यस्तरको रचना तयार पारेर नेपाली परिवेशमा उल्लेखनीय काम गरिन् । त्यसैले उनी नेपाली साहित्यमा एउटी ऐतिहासिक नारीव्यक्तित्वमा स्थापित भइन् ।
माधुरी भट्टराईले २००३ सालमा ‘रामायण’ लेख्न सुरु गरिन् । विभिन्न कारणले उनको त्यो यात्रा बीचैमा रोकियो । त्यसपछि फेरि उनले यसबारे २०१६ सालमा कलम चलाइन् । त्यसपछि पनि उनको कलम एकाएक बन्द भयो । अनि २०१७ सालमा फेरि उनी आफ्नो यात्रामा सामेल भइन् । अन्तत: २०१८ सालको श्रीपञ्चमीमा आएर उनको जीवनको तपस्या पूरा भयो । अर्थात् त्यस दिन यिनले ‘श्रीतुलसीकृत श्रीरामचरित मानस भावानुवाद रामायण’ लेखेर पूरा गरिन् । दस हजार श्लोक भएको यो बृहत् ग्रन्थको पाण्डुलिपि त्यस दिन उनले आफ्ना पति नन्ददेव भट्टराईका काखमा राखिदिइन् । खर्चको चाँजोपाँजो मिलाएर यो कृति प्रकाशनमा ल्याउन नन्ददेव भट्टराईलाई ३२ वर्ष लाग्यो । ७९७ पानामा आबद्ध यस ग्रन्थले २०४९ सालमा मात्र प्रकाशन हुने मौका पायो ।
तुलसीकृत रामायण नेपाली भाषामा जनसमक्ष आउनु अत्यन्तै महइभ्वपूर्ण मानिन्छ । त्यो पनि तत्कालीन नेपाली समाजमा हुर्केकी नारीले त्यस प्रकारका सामग्री दिनु भनेको झनै ठूलो उपलब्धि हो । यस प्रसङ्गमा प्राध्यापक शिवगोपाल रिसालले लेखेका छन् “यस्तो महान् विशाल काव्यग्रन्थलाई पद्यमा भावानुवाद गर्न सक्ने क्षमता माधुरी भट्टराईजस्ता एकाध कठोर तपस्वी, रामका अनन्य भक्त, साधनामा जीवन समर्पण गर्ने विद्वान् एवं विदुषीमा मात्र हुुन्छ ।”
रामायण प्रकाशनपछि चाहिँ माधुरी भट्टराईको साहित्यिक योगदानको सर्वत्र चर्चा, परिचर्चा र प्रशंसा भइरह्यो । विद्वान्हरूले यिनको रामायण लेखनका विषयमा चर्चा गर्न थाले । त्यही क्रममा भरतराज शर्मा मन्थलीयले माधुरी भट्टराईका विषयमा “यस युगकी मीरा बाई” भनेर लेखे । त्यसै गरी उनको कृतिगत महिमा गाएर टुकराज मिश्रले “अहिलेसम्म नेपाली भाषामा निस्कन नसकेको तुलसीकृत रामायणको पद्यानुवाद नेपाली राष्ट्रभाषाले पायो” भनी जयजयकार गरे । चाहे जनकलाल शर्मा हुन् चाहे गोमा र खड्गमान सिंह हुन् सबैले मीठो भाकामा माधुरीको गीत गाए ।
माधुरी भट्टराई नेपाली भाषासाहित्यमा महाकाव्यकार, लघुकाव्यकार, लहरीकाव्यकार, स्तुतिकाव्यकार र नाटककारका रूपमा चिनिएको नाउँ हो । नेपाली साहित्यमा विशेष गरी भक्तिरचनामा यिनको सृजनाको बाहुल्य रहेको
माधुरी भट्टराईले किशोरावस्थामा नै कविता लेख्न थालिन् । खास गरेर मोहनशमशेरको जन्मोत्सवमा उनले ‘चिरायु रहून्’ भन्ने कविता लेखी २००३ सालमा काव्यनायकलाई आफ्नो कविता समर्पित गरेकी थिइन् । माधुरी भट्टराईको कवितालाई मन पराएर मोहनशमशेरले उनलाई दुई सय रुपियाँ पुरस्कार दिएका थिए । त्यति बेला यिनका लागि त्यो दुई सय रुपियाँ नोबेल पुरस्कार थियो । त्यही प्रोत्साहनले उनी दिन दुई गुना, रात चौगुनाका हिसाबमा नेपाली भाषासाहित्यमा रचना गर्दै जान थालिन् । खास गरेर मोहनशमशेरको साहित्यप्रतिको बुझाइ माधुरी भट्टराईका हृदयमा डुब्यो । राणाले उनलाई गरेको कदर उनले आफ्नो व्यक्तिगत सम्मान मात्र नभएर समस्त साहित्यको सम्मान भन्ने ठानिन् । त्यसैले उनी रचनानिर्माणकै काममा मात्र जागरुक भइरहिन् ।
माधुरी भट्टराईको जन्म हर्षनाथ उपाध्याय खनाल र लोकजननी खनालबाट संवत् १९८४ फागुन २६ गते काठमाडौंमा भएको थियो । उनको न्वारानको नाउँ षडाननकुमारी हो । षडाननकुमारीलाई ‘माधुरी’ को नाउँको पगरी गुथाउनेचाहिँ उनैका दाजु महाकवि गुणराज खनाल थिए ।
माधुरी भट्टराई बाल्यकालमा नै मातृविहीन र पितृविहीन भएकी थिइन् । उनी सानैदेखि सरल, सौम्य, सोझी र असल थिइन् । उनी सानैदेखि अरूको सेवामा आफ्नो तन र मन जोड्ने गर्थिन् । उनले असलभन्दा पनि असल भएर अनि एउटा ठूलो र घन्चमन्च परिवारकी बुहारी भएर घर खाएकी थिइन् ।
माधुरी भट्टराईका बुबा व्यापारी थिए । काठमाडौंका उच्चस्तरीय व्यापारीमा हर्षनाथ उपाध्यायको नाउँ चलेको थियो । व्यापारकै सिलसिलामा हर्षनाथ आफ्नी पत्नी र छोराछोरीसहित बनारस गएका थिए । वास्तवमा माधुरी भट्टराईका हजुरबुबाहरू पनि पहिलेदेखि बनारस बस्तै आएका थिए ।
माधुरी भट्टराई आमाका काखमा जम्मा चार वर्ष मात्र बस्न पाइन् । आफ्नी आमाको निधनपछि उनी आफ्नी हजुरआमाका काखमा बसिन् । आमा मरेको अर्को ६ वर्षपछि उनका बुबा पनि स्वर्गीय भए । त्यसपछि उनको संरक्षण उनैका दाजु गुणराजबाट भयो । खास गरेर बनारसको बसाइले माधुरी भट्टराईमा धर्मप्रतिको थप ज्ञानगुण भरिएको थियो ।
माधुरीका बुबा परलोक भएपछि मात्र उनको बिहे भयो । त्यस बेला उनी बाह्र वर्षकी थिइन् । उनको बिहे संवत् १९९६ जेठ २ गते नन्ददेव भट्टराईसँग भएको थियो । भट्टराई त्यस बेला त्रिचन्द्र कलेजमा बी. ए. पढ्दै थिए । बिहे गरेपछि नन्ददेव भट्टराई आफ्नी पत्नीको सहयोगमा पनि जुटेका थिए । त्यस बखत माधुरी भट्टराई प्राय: धर्मकै श्लोकमा डुब्ने गर्थिन् । यी आपैmँ श्लोकहरू पनि लेख्थिन् । उनी अरू स्रष्टाका श्लोक पनि पढ्थिन् । उनी जति श्लोक लेख्थिन् हरिलाई मनमा राखेर नै लेख्थिन्:
हरिका प्रिय गोपिनी छन् मधुर
अनि रासलीलाहरू झन् मधुर
हरि साथ संयोग अति मधुर
प्रभुका सब भोग पनि मधुर !
माधुरी भट्टराई र नन्ददेव भट्टराईबाट सात जना सन्तान भए । यिनीहरूका छोराहरू कल्याण, महेश, मुकेश, मधुर, मिलन अनि छोरीहरू माधवी र करुणा सबैले उच्च शिक्षा ग्रहण गरे । सबैजसो छोराहरूले प्राविधिक शिक्षाको अध्ययनमा सफलता प्राप्त गरे । तिनीहरूमध्ये कोही डाक्टर भए, कोही इन्जिनियर भए र कोही अर्थशास्त्री भए । साथै उनका सबै छोरा र छोरीले आ–आफ्नो घरगृहस्थी स्थापित गरे ।
माधुरी भट्टराईले धर्मका मात्र कृति लेखिनन् । उनले प्रेम, जीवन र जगत्का विषयमा पनि आफ्नो काव्यसाधना समर्पित गरिन् । त्यतिमात्र होइन; उनले श्री ५ मुमाबडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको सम्मानमा पनि २०२४ सालमा ‘रत्नज्योति’ नामक लघुकाव्य लेखिन् । यिनीद्वारा लिखित १४ वटा कृतिमध्ये पाँचवटा कृति २०२४ सालमा नै प्रकाशित भए । त्यो वर्ष प्रकाशित यिनका अन्य कृतिहरू हुन्– ‘आनन्दलहरी’ (लहरीकाव्य), ‘श्रीकृष्णसुधा’ (लघुकाव्य), ‘हाम्रो स्वदेश राम्रो’ (लघुकाव्य), ‘चाहन्छ के लोक हो !’ (लघुकाव्य) । त्यसै गरी २०३८ सालमा यिनका तीनवटा कृति प्रकाशनमा आए, ‘विनयपुकार’ (लघुकाव्य), ‘मूकवेदना’ (नाटक) र ‘श्रीरामजानकी गाथा’ (लघुकाव्य) । साथै उनका ३ वटा कृति ‘भजगोविन्दम्’ (पद्य), ‘मधुराष्टकम्’ (पद्य) र स्तोत्रसङ्ग्रह (स्तुतिकाव्य) चाहिँ २०४७ मा प्रकाशनमा आए । अनि यिनका दुईवटा कवितासङ्ग्रह ‘प्रभुवन्दना’ र ‘प्रभुदर्शन’ चाहिँ २०५३ सालमा प्रकाशनमा आए । यी सम्पूर्ण कृतिहरूको प्रकाशनका लागि उनका पति नै अग्रसर भए ।
छ । यिनको साहित्यिक साधनाको अर्चना गर्दै यिनलाई ‘मैनाबहादुर रामायण पुरस्कार’ समर्पित गरिएको थियो । यिनलाई ‘भारती खरेल पुरस्कार’ले पनि सम्मान गरिएको थियो । त्यसै गरी विभिन्न सङ्घसंस्थाबाट यिनलाई बराबर स्वागत अभिनन्दन पनि गरिँदैरहे । गोमाको अध्यक्षतामा स्थापित नेपाली साहित्य मन्दिरले चाहिँ माधुरी भट्टराईलाई ढाडमा बोकीबोकी पनि हिँड्यो ।
माधुरी भट्टराई बाल्यकालमा अस्वस्थ थिइन् । त्यस बेला यिनलाई शरीरमा सानातिना खटिराहरूले दुक्ख दिएका थिए । त्यसपछि भने यिनले स्वास्थ्यका कुनै पनि व्यवधान झेल्नुपरेन । तर २०३१ सालमा धर्मकर्म गर्न तीर्थव्रत जाँदा यिनका दुवै कान बन्द भए । कान नसुने तापनि यिनी लेखेर तथा इसारामा आफ्नो कार्यसम्पादन गर्थिन् । त्यसपछि क्रमश: यिनको स्वास्थ्य बिग्रँदै गयो । मुटु, मधुमेह, अल्सर र बाथका बिमारले यिनलाई च्याप्तैच्याप्तै लग्यो । अन्तत: २०५९ साल जेठ १२ गते आइतबार यिनको इहलीला समाप्त भयो । नेपाली साहित्यको भक्तिसाधनामा समर्पित एउटी व्यक्तित्वको भौतिक शरीरले पृथ्वी छाड्यो । तर माधुरी भट्टराई यस माटामा सधैँ सुगन्धित बनेर पैmलिरहिन् । उनी आफ्नै काव्यधाराले नेपाली धरामा बाँचिन् । यिनका शब्दशब्दले नेपाली साहित्यका पारखीलाई सधैँ एकत्रित गरिरहे । यिनका हरेक काव्यले जनमन छोइरहे:
अधर मधुर मुख श्री मधुर
मधुरो छ ह“साइ नयन मधुर
हृदय मधुरो छ गति मधुर
मधुराधिपते छ सबै मधुर ।
देवकुमारी थापा
देवकुमारी थापा बाल्यकालमा नै मातापिताविहीन भइन् । वास्तवमा उनले आफ्ना बाबुलाई चाहिँ देख्नै पाइनन् किनभने उनी आमाका पेटमा भएकै बेला उनका बुबा हस्तबहादुरसिंह कटुवालको स्वर्गारोहण भइसकेको थियो । त्यतिमात्र होइन, देवकुमारी थापा दस वर्षमा टेक्तानटेक्तै उनकी आमा रमादेवीसिंह कटुवाल पनि स्वर्गीय भइन् ।
देवकुमारी थापाको जन्म संवत् १९८४ चैत २ गते बुधवार दार्जिलिङको खर्साङस्थित गिद्धेपहाडमा भएको थियो । एउटा सम्पन्न परिवारमा जन्मेकी भए तापनि उनी प्रकृतिबाट टुहुरीमा दाखिला भइन् । त्यसपछि उनलाई आफ्नी हजुरआमाबाट मातृस्नेह, छहारी र संरक्षण प्राप्त भएको थियो । त्यसैले आमाबुबाको अभावमा पनि उनको बाल्यजीवनमा कुनै पनि प्रकारका व्यवधान आएनन् ।
देवकुमारी थापाले त्यस युगमा आफ्नो पाइला राखिन् जुन बेला नेपाली साहित्यमा नारीकथाकार शून्य नै थिए । कथाकारकै रूपमा उनी सबल भइन्, प्रख्यात भइन् र एउटा टड्कारो पहिचान दिइन् । अथवा भनूँ; कुमारी तुषार मल्लिकाले खनेको गोरेटोमा हिँडेर नै उनले आधुनिक कथाविधामा आफ्नो नाउँ स्थापित गरिन् । वास्तवमा उनले किशोरावस्थामा भारतको दार्जिलिङमा नै आफ्नो साहित्यिक डोब बसालेकी थिइन् । त्यहाँ उनले धेरै सिकिन्; पढ्न सिकिन्, लेख्न सिकिन् र सूधपाका सङ्गतबाट साहित्यका थुप्रै पाठहरू सिकिन् ।
देवकुमारी थापाले चारैतिरबाट आपूmलाई समाजसामु चिनाउँदै लगिन् । उनी तरुनी भएपछि उनको यौवनावस्थाको वर्णन नगर्ने कोही थिएनन् किनभने उनी सुन्दरी थिइन् । त्यस बेला दार्जिलिङमा देवकुमारीभन्दा राम्रा केटी थिएनन् रे ! उनको शरीरको सुन्दरतामा देवकोटा पनि मोहित थिए, सिद्धिचरण पनि भुलेका थिए र भवानी भिक्षु पनि हुरुक्कै भएका थिए । भिक्षुले त देवकुमारीसँग दाम्पत्य जीवन कस्न नै कम्मर कसेका थिए । तर भिक्षुसँग बिहे गर्ने देवकुमारीको इच्छा नै थिएन । त्यति हुँदाहुँदै पनि भिक्षुले देवकुमारीलाई आफ्नो ढोक्सामा हाल्न भगीरथ प्रयत्न गरेका थिए । देवकुमारीले यस बेहोराको उजुर बालकृष्ण समसमक्ष गरेकी थिइन् । समले भिक्षुलाई गाली गरेर देवकुमारीसँगको भिक्षुको प्रयत्न छुटाएका थिए । वास्तवमा त्यस बेला देवकुमारी रूपकी जादू थिइन्; जसले देख्यो त्यो मोहित हुन्थ्यो । त्यति बेला देवकुमारीसँग जोजति मर्न खोजे तापनि यिनका नजिकमा पुग्नेमध्ये चाहिँ लैनसिंह बाङ्देल पनि एक थिए ।
देवकुमारी थापा बाल्यकालदेखि नै बुद्धिमती थिइन् । यिनी शारीरिक रूपमा जति सुन्दर थिइन् मानसिक हिसाबमा पनि त्यत्तिकै सुन्दर थिइन् । उनी पच्चीस वर्षकी हुँदा नेपालबाट दार्जिलिङ पुगेका त्रिमूर्तिमध्ये महाकवि लक्ष्मीप्रसाद देवकोटाले चाहिँ सुश्री थापाको लेखनको प्रशंसा गर्दै कविशिरोमणि लेखनाथ पौड्याल र नाट्यसम्राट् बालकृष्ण समलाई पनि थापाको व्यक्तित्वप्रति आकर्षित गरेका थिए । साथै देवकोटाले देवकुमारीका डायरीमा लेखेका थिए “तनकी सुन्दर, मनकी सुन्दर ।” वास्तवमा देवकुमारी थापासँग भिज्नेहरू मक्ख पर्ने गर्छन् । यसै प्रसङ्गमा गणेश गुरु (स्वर्गीय गणेशप्रसाद शर्मा नेपाल) भन्थे “देवकुमारी थापा मनकी सुकुमारी हुन्, बुद्धिकी राजकुमारी हुन् र तनकी सम्पूर्ण हुन् ।”
देवकुमारी थापाले स्कुल पढेदेखि नै साहित्यमा आफ्ना हस्ताक्षर चढाएकी थिइन् । उनले किशोरावस्थामा प्रेमका कविता लेखिन्, त्यसैताका उनले प्रेममा आकर्षित भएर मुक्तक पनि लेखिन् । उनले स्कुल पढेताका ‘टुपेडो’ शीर्षकको निबन्ध लेखेर स्कुलभित्र नै नाउँ कमाएकी थिइन् । त्यसपछि उनलाई झन् उत्साह जाग्यो; उनले लेख्न थालिन् । खास गरेर २००३ सालमै देवकुमारी थापाले साहित्यरचनामा सार्वजनिक र औपचारिक नाउँ लेखाउन थालेकी थिइन् । उनी पत्रिकाको सम्पादकमा पनि आफ्नो नाउँ राख्न सफल भइन् । उनले दार्जिलिङबाट प्रकाशित नेपाली भाषाको प्रथम बालपत्रिका ‘किशोर हिमाल’मा पनि आफ्नो गच्छे अर्पण गरेकी थिइन् । त्यसपछि उनी नेपाली साहित्य सम्मेलन दार्जिलिङबाटै प्रकाशित अर्को पत्रिका ‘दियालो’ मा पनि सम्पादकमण्डलमा रहिन् । कोलकाता बोर्डबाट प्रवेशिका गर्दानगर्दै उनी दार्जिलिङकी साहित्यकारमा अभिलिखित भइसकेकी थिइन् ।
देवकुमारी थापाले तीन वर्ष लगाएर स्वास्थ्यपरिचारिकाको डिप्लोमा गरिन् र त्यस कालमा पनि उनले साहित्यसृजनालाई सँगसँगै लिएर हिँडेकी थिइन् । उनी विद्यार्थी भएताका नै उनले ‘भविष्य निर्माण’ शीर्षकको कथा लेखिन् । त्यो कथा नेपाली गद्यसङ्ग्रह भाग १ मा प्रकाशित भई एस.एल.सी.को पाठ्यक्रममा पनि समावेश भयो । अन्तत: जीवनभर त्यही कथाका माध्यमबाट उनी देवकुमारी थापाका रूपमा परिचित भइरहिन् ।
देवकुमारी थापा दार्जिलिङको भिक्टोरिया अस्पतालको नर्स विभागमा कार्यरत भइन् । उनले केही वर्ष रोगीको सेवा गरिन् । साहित्यरचना र रोगीको स्याहारको तादात्म्यले उनी झनै राम्राराम्रा लेख लेख्ने कोटिमा पुगिन् । त्यसपछि उनी वैवाहिक जीवनमा बाँधिइन् । बिहे गरेपछि उनी जागिर छाडेर नेपाल भित्रिइन् ।
देवकुमारीले २०१७ सालमा बिहे गरिन् । त्यति बेला उनका पति मेजर थिए । मेजर बबरसिंह थापासँग दाम्पत्य जीवन जोडेपछि देवकुमारी थापा साहित्यमा झनै जागरुक भइन् । नेपालमा प्रवेश भएपछि उनी समाजसेवामा पनि आबद्ध हुन थालिन् । त्यसै क्रममा उनी मोरङको नेपाल बाल संगठनकी अध्यक्ष पनि भइन् ।
देवकुमारी थापा कथाकारका रूपमा परिचित छिन् । दार्जिलिङका भित्ते पत्रिकाहरूमा बराबर उनका कथाहरू सार्वजनिक हुन्थे । प्रकाशनको कुरा गर्ने हो भने संवत् २००३ मा उनको पहिलो कथा ‘गोर्खा’ मा छापिएको थियो र त्यस कथाको शीर्षक थियो ‘पतन’ । ‘पतन’ को प्रकाशनपछि उनका कथासङ्ग्रहहरू पनि प्रकाशनमा आउन थाले; जसअनुसार हालसम्म ‘एकादशी’ (२०११), ‘झझल्को’ (२०१५), ‘सेतो बिरालो’ (२०२१), ‘टपरी’ (सन् १९६५), ‘भोकतृप्ति’ (२०४१), ‘प्रलय प्रतीक्षा’ (२०४४) र ‘देवकुमारी थापाका प्रतिनिधि कथा’ (२०५१) देखापरेका छन् ।
देवकुमारी थापा नेपाली कथाकारमा स्थापित नाउँ हो । यिनका कथाको सङ्क्षिप्त विशेषता सामाजिक जागरण नै हो । यिनका कथा मनोवैज्ञानिक, नारीप्रधान एवम् प्रकृति र पुरुषको सङ्गमले बेरिएका हुन्छन् । यिनले कथा लेख्ने क्रममा केही बालकथा पनि लेखिन् । त्यस मार्गमा पनि यिनले आफ्नो नाउँलाई शिखर आरोहण गराइन् । यिनले बालकथाका पनि छवटा सङ्ग्रह नेपाली साहित्यको मन्दिरमा समर्पण गरिन्; ती हुन् ‘रामको कथा’ (२०१३), ‘हुतारा ओरपरबाट’ (२०३३), ‘जङ्गलको कथा’ (२०३७), ‘कथाको बटुलो’ (२०३६), ‘सुनपखेटी चरी’ (२०४२) । उनले निबन्धहरू पनि लेखिन् । थापाका सङ्ग्रहका रूपमा आएका निबन्धहरू हुन् ‘क्षण, विचार र स्मृतिहरू’ (२०४९), ‘पुण्यात्मा आमा’ (शारदादेवीको जीवनी : सन् १९५२) र ‘छ तारा’ (सन् १९५३) । यिनका केही निबन्धहरू व्यक्तिपरक वैशिष्ट्य अँगालेर प्रस्तुत भएका छन् ।
देवकुमारी थापाका बालकथाहरूको विशेषता नै मनोविज्ञान हो । बालमनोविज्ञान बुझ्ने उनी एक कुशल अभिभावक पनि हुन् । देवकुमारी थापा जसरी पितृविहीन भइन् र बाल्यकालको शिखर आरोहण गर्दागर्दै मातृविहीन भइन्; ती विषय र सन्दर्भहरू पनि उनका कथाका खेतबारी बने । त्यतिमात्र होइन; उनीद्वारा सन्तानको जन्म नभएको प्राकृतिक बेहोरा पनि यिनका कथाका मर्म बन्न पुगे । यिनी स्वयं भौतिक रूपबाट आमा हुन नसके तापनि मातृत्वको मनोविज्ञान यिनका कथामा चरितार्थ भएका छन् । त्यसैले यिनले लेखेका बालकथाहरू जीवन्त हुन्छन् ।
बुलु शर्माका ठूलो बुबा अम्बिकाप्रसाद उपाध्याय र ठूली आमा अम्बालिकादेवी धनी भईकन सौखिन पनि थिए । त्यसैले पटनामा गर्मी हुँदा उनीहरू पहाडी इलाकातिर जान्थे । उनीहरू गर्मी महिनामा प्राय: सिमला, मुसुरी, नैनीताल, दार्जिलिङ आदि ठाउँ घुम्थे । त्यस यात्रामा बुलु शर्मा पनि सरिक हुन्थिन् । चाहे घरमा होस्, चाहे यात्रामा होस्; बुलु शर्मा अनुशासित, शिष्ट र आज्ञाकारी स्वभावकी थिइन् । उनी असल गुणले बाँधिएकी थिइन् र अत्यन्तै सोझी पनि थिइन् । सारै सोझी भएकाले घरका सबैले यिनलाई ऋषिकन्या भनेर बोलाउँथे । त्यस शब्दले सम्बोधन गर्दा यी पनि सारै खुसी हुन्थिन् र मक्ख पर्थिन् ।
वैवाहिक जीवनअघि देवकुमारीले थुप्रै प्रेमपरक कथा लेखिन् र बिहेपछि सामाजिक कथालेखनमा आफ्नो यात्रा मोडिन् । बिहेअघि लेखिएका उनका कथाहरूमा नारीपनका चञ्चलता गाँसिएका छन् भने त्यसपछिका कथाहरूमा एउटा सचेत नागरिकका जिम्मेवारीका बेहोरा पनि समेटिएका छन् ।
देवकुमारी थापा नारीहृदयकी चमत्कारी व्यक्तित्व हुन् किनभने उनले समाजका महिलाहरूको विडम्बनालाई च्यातचुत पारेकी छिन् । कुनै पनि स्वास्नीमान्छेलाई पनि पुरुषलाई झैँ शरीरको भोक लाग्छ र त्यसलाई पुरुषको खाँचो पर्छ । नारी र पुरुषको बराबरी सहभागितामा जीवनका हरेक मोड परिचालित हुनुपर्छ भन्ने विषयवस्तु पनि यिनका कथाका विशेषता हुन् । त्यसैले यिनका कथा शाश्वत भएका हुन् । यिनका कथालाई पाठकले मन पराउने प्रमुख कारण के हो भने यिनी स्वास्नीमान्छेको मनको सुन्दरतालाई कायमै राखी त्यस विषयका यथेष्ट कुराहरू बाहिर ल्याउन सक्छिन् ।
देवकुमारी थापाले नेपाली कथालेखनमा उच्चता हासिल गरिन् । उनी नारीकथाकार मात्र नभएर स्तरीय कथाकारका रूपमा पनि देखा परिन् । कथालेखनका फाँटमा उनको पाइला भित्रिएपछि मात्र अरू नारीकथाकारहरू त्यस गोरेटामा हिँड्न थाले । यस पृष्ठभूमिमा पछिपछि नेपालीमा नारीकथालेखनको एउटा राजमार्ग नै स्थापित भयो । यी सबै बेहोराको श्रेय पनि देवकुमारी थापा नै भइन् । वास्तवमा उनले आफ्नो कर्मको मीठो फल सधैँ चाखिरहिन् ।
देवकुमारी थापाका कथा सामाजिक ऐनाजस्तै छर्लङ्गै हुन्छन् । उनी सामाजिक रूपरेखाको कथालेखनकी एउटी नमुना नै मानिन्छिन् । उनका कथामा पुरुषजातिको अहङ्कार, नारीजातिको कुण्ठाका सत्यतथ्य फिँजिएका हुन्छन् । साथै समाजमा नारीपुरुषको सहभागिताका विषयमा पनि यिनका कथाले पथप्रदर्शन गरेका छन् । त्यतिमात्र होइन; बालबच्चालाई उनका कथाले भविष्यनिर्माणका लागि प्रेरित गर्ने प्रसङ्गहरू झल्काएका छन् । उनका झन्नै एक सयवटा जति कथा प्रकाशनमा आइसकेका छन् ।
सामाजिक सेवा र साहित्यसृजना गरेबापत देवकुमारी थापाले प्रबल गोरखादक्षिणबाहु, महेन्द्ररत्नभूषण, उत्तम कुँवर पुरस्कार, प्रतिभा पुरस्कार, रत्नश्री स्वर्णपदक, नूरगङ्गा पुरस्कार प्राप्त गरिन् ।
देवकुमारी थापा बोल्दा शिष्ट, व्यवहार गर्दा कठोर र कार्यमा व्यावहारिक नाउँ हो । उनी आधुनिक सम्पन्नता मन पराउने उदाहरणीय व्यक्तित्व पनि हुन् । स्पष्ट बोल्नु देवकुमारी थापाका वैयक्तिक गुण हुन् । जसरी कथामा उनले आफ्नो वैयक्तिक परिचय दिइन् त्यसै गरी समाज र राष्ट्रका सम्बन्धित व्यक्तित्वका विषयमा पनि यिनले लेखिरहिन् ।
देवकुमारी थापाले दार्जिलिङमा रहँदा जसरी कथामा आफ्नो हस्ताक्षर छरिन्; त्यस कालका उनका कथाले किशोरकिशोरीहरूलाई मात लगाएका हुन्थे । खास गरी २००३ देखि २०२२ सालसम्मका कथाहरूमा उनी युवाभावनाकी ठेकेदारझैँ देखा परिन् । त्यसपछि जब उनको विराटनगरमा बसाइसराइ भयो अनि प्राय: यिनका कथाहरू सामाजिक जागरणमा आबद्ध हुन पुगे । त्यतिमात्र होइन; बौद्धिक चेतनाका साथै वैज्ञानिक अभिमुखीकरणतर्फ जागृत रहेर कथासृजना गर्नु पनि देवकुमारी थापाको विशेषता मानिन्छ ।
बुलु शर्मा
बुलु शर्मा संवत् १९८५ भदौ २२ गते बनारसको नामी रामपुराको नेपाली कोठीमा जन्मेकी थिइन् । बुलु शर्माका अनुसार त्यस घडी बनारसमा त्यो घर नेपाली कोठीका रूपमा प्रख्यात थियो । जमिनदार शारदाप्रसाद उपाध्याय र सुशीला उपाध्यायकी छोरी बुलु शर्माले त्यसै घरमा कखरा पढिन् । धनीकी छोरी भए तापनि उनले लगातार स्कुल गएर पढ्न पाइनन् । सात कक्षा पढ्दापढ्दै यिनले फेरि स्कुल छाड्नुपरेको थियो ।
बुलु शर्मा सानामा गीत गाउँथिन् । यिनलाई हार्मोनियम सिकाउने गुरु घरमै आउँथे । यिनका दाजु अर्थात् ठूली आमाका छोरा सूर्यप्रसाद उपाध्याय (नेपाली काङ्ग्रेसका नेता) एकपटक नेपालबाट पटना जाँदा बुलु शर्माले गीत गाएकी थिइन् । तर उपाध्यायलाई आफ्नी चेलीबाट गाइएको हुँदा त्यो गीत चित्तै बुझेन । केटीले गीत गाउन हुँदैन भन्ने उनका दाजुको चाहना थियो । वास्तवमा त्यस विषयले बुलु शर्माका मनका नेपाल र नेपालीप्रति वितृष्णाका लहर सृजना भएका थिए ।
बुलु शर्माको बिहेको प्रसङ्ग पनि नेपालमा नै चल्यो । त्यस विषयमा पनि सूर्यप्रसाद उपाध्यायको गीतगायनका प्रसङ्गलाई सम्झेर यिनले नेपालीप्रति त्यति सकारात्मक धारणा राखिनन् । जे भए पनि यिनलाई हेर्न मान्छेहरू काठमाडौंबाट बनारस पुगेका थिए । यिनलाई हेराउने हिसाबले त्यहाँ सिनेमाहलमा पाँच जना नौला नेपालीहरूका लागि टिकटको पनि बन्दोबस्त भयो । सिनेमाहलमा तिनीहरू बुलु शर्माका अगाडि बसेका थिए । तिनीहरू घरीघरी पछाडि फर्केर बुलु शर्मालाई हेर्थे । त्यसै बेला बुलु शर्माकी आमा बोलेकी थिइन् “ए नानी ! चस्मा फुकाल, चस्मा लगाउन हुँदैन । तिमीलाई हेर्न नेपालबाट मान्छे आएका छन्, कस्ती उत्ताउली भन्छन्, चस्मा फुकाल नानी !” आमाका कुरामा बुलु शर्माले भनिन् “चस्मा फुकालेर कसरी सिनेमा हेर्नू ?”
आमाका संवाद सुनेर बुलु शर्मा छक्क परिन् । नेपाल कस्तो विचित्रको ठाउँ रहेछ ? केटीले गीत पनि गाउन नहुने, चस्मा पनि लाउन नहुने ! अन्तत: त्यो कस्तो ठाउँ होला भन्ने उनी मनमनै सोच्न लागिन् । वास्तवमा त्यति बेला बिहे गरेर नेपालमा नजाने अठोट उनले गरिसकेकी थिइन् । तर पनि चौध वर्ष पुगेपछि बुलु शर्माको बिहे भएरै छाड्यो । काठमाडौं गैरीधाराका नोदराज सत्यालसँग १९९९ सालमा उनको वैवाहिक जीवन कायम भयो । बुलु शर्माका ससुरा मेदनीराज सत्यालचाहिँ श्री ३ जुद्धका भारदार थिए ।
बुलु शर्मा बनारसबाट दुलहा र जन्तीसहित नेपाल आउने निधो भयो । नेपाल आउन उनीहरू बनारसबाट रेल चढे । उनीहरू रेलबाट रक्सौलमा ओर्ली वीरगन्ज पसे । त्यहाँबाट त्यो लस्कर भीमफेदीको उकालो लाग्यो । त्यहाँको पहाडी मनोरम दृश्य, कलकल बग्ने खोला, छ्याङछ्याङ झर्ने झरनाबाट बुलु शर्मा मोहित भएकी थिइन् । त्यसै परिवेशमा उनी गीत गुनगुनाउन पनि थालिन् । उनका गीतका भाकामा २० वर्षीय दुलहा गदगद हुने गर्थे । बास बस्तै उनीहरू काठमाडौंतिर लागेका थिए ।
बरियाँतले काठमाडौं टेकेका दिन बुलु शर्माले यहाँ मोटर पनि देखिन् । थानकोटबाट मोटर चढी उनी आफ्नो निवास विशालनगर आइन् । केही समय काठमाडौं बसेपछि उनी बनारस गइन् । फेरि उनी काठमाडौं आइन् । उनको माइती र घरमा आउनेजाने क्रम जारी रह्यो ।
बुलु शर्मा काठमाडौंमा आफ्नो घरधन्दामा लागिन् । ससुराको आज्ञाले घरमा चस्मा लाउन पनि थालिन् । तर घरबाहिर चस्मा नलगाउन उनलाई ससुराको विशेष निर्देशन नै थियो । चस्माबिना उनी सात फुट टाढाका मान्छे पनि चिन्दैनथिन् ।
बुलु शर्मा काठमाडौंमा हात बाँधेर मात्र बसिनन् । त्यति बेला उनले टोलछिमेकका महिलाहरूलाई निःशुल्क स्वीटर बुन्न सिकाउन थालिन् । उनले सिलाइ, बुनाइ र कटाइ गर्ने काम पनि छिमेकीहरूलाई सिकाउन थालिन् । त्यति बेला आफ्नो खुल्लापनका कारणले उनी धेरैकी मनपर्ने भएकी थिइन् ।
बुलु शर्माले बिहे गरेको नौ वर्षमा छोरो पाइन् । उदय जन्मेको दुई वर्षपछि यिनले छोरी पाइन् मुक्ता । मुक्ता जन्मेको छ वर्षपछि यिनले फेरि छोरो पाइन् । उनको नाउँ राखियो उज्ज्वल ।
बुलु शर्माले पढाइ छाडेको दस वर्षपछि फेरि पढ्न रहर गरिन् । दुई छोरा र एक छोरी भएपछि उनले बनारसबाटै म्याट्रिक दिने विचार गरिन् । उनी माइतबाटै परीक्षामा सम्मिलित हुने भइन् । त्यसैले बुलु शर्माका बुबाले घरमा पढाउने एउटा गतिलो शिक्षक राखिदिएका थिए । परीक्षा आउन चार महिना बाँकी भए तापनि उनले हिम्मत हारिनन् । उनलाई म्याट्रिक पास गर्छु भन्ने पूर्ण विश्वास थियो । त्यसैले उनी रातोदिन घुँडाटेकाइमा लागिन् ।
सात कक्षा पढेर स्कुल नगएकी विद्यार्थीका लागि म्याट्रिक परीक्षा अनौठो नै थियो । त्यसमाथि आपूmले पढेको एउटै प्रश्न पनि परीक्षामा आएको थिएन । त्यसैले बुलु शर्मा पहिलो दिनमा नै परीक्षा हलमा आधा घन्टा बसेर आफ्नो कापीमा सिम्बल नम्बर लेखेर बाहिर निस्किन् । एउटै प्रश्नको उत्तर दिन नपाएकामा उनी त्यो दिन झोक्राएर घर पुगिन् । आपूmले कुनै पनि प्रश्नको उत्तर नलेखेकोमा उनले खूबै पछुतो पनि मानिन् ।
भोलिपल्ट पनि बुलु शर्मा परीक्षा दिन गइन् । त्यस दिन सजिलो प्रश्नपत्र परेको थियो । त्यसैले आत्मविश्वासका साथ उनले परीक्षा दिइन् । त्यही रीतले उनका सम्पूर्ण परीक्षा सम्पन्न भए । आपूmले परीक्षा दिएकोमा उनलाई आत्मसन्तुष्टि भयो । त्यसपछि उनी काखे छोरो च्यापेर काठमाडौं आइन् ।
काठमाडौंमा आएको केही महिनापछि बुलु शर्माले बनारसबाट आकाशवाणी पाइन् । उनी म्याट्रिकमा द्वितीय श्रेणीमा पास भएकी रहिछन् । साथै नेपालीमा सत्तरी नम्बर आउँदा सुरुका दिनमा छाडेको नेपालीमा समेत त्यही नम्बर जोडिएर उनी पास भएकी रहिछन् । सुत्केरी बस्न माइत गएका बेला म्याट्रिक परीक्षा दिएकाले उनले म्याट्रिक परीक्षा दिएको काठमाडौंमा कसैलाई थाहा थिएन । एकैचोटि बनारसबाट खबर आएपछि मात्र उनका घरपरिवारले उनी म्याट्रिक पास भएको थाहा पाएका थिए ।
पढाइबाट केही वर्षसम्म विश्रान्ति लिएपछि बुलु शर्माले आई. ए. पढिन्; पास भइन् । फेरि उनी कलेज अफ एजुकेसनमा बी. एड. पढ्न भर्ना भइन् । त्यसै बेलादेखि उनले ‘गोरखापत्र’, ‘मधुपर्क’ र अन्य पत्रपत्रिकामा आफ्ना रचनाहरू छपाउन थालिन् र रेडियो नेपालमा पनि रचनाहरू दिन थालिन् । रेडियो नेपालको स्थापनापछि बुलु शर्माले लेखेको ‘समाज र प्रेमी’ नाउँको पहिलो रूपक प्रसारण भएको थियो । उक्त रूपक प्रसारण भएपछि धेरैले यिनको तारिफ गरे । त्यसपछि यिनी रूपकलेखनमा पनि लागिरहिन् ।
म्याट्रिक पास गरेको दस वर्षमा बुलु शर्माले कलेज पढ्न थालेकाले उनलाई पढाइले निक्कै थिच्न थाल्यो । तर उनका पतिले उनलाई प्रोत्साहन दिइरहन्थे । उनका पतिले उनलाई पढ्ने वातावरण मिलाइदिइरहन्थे । उनैले बुलुलाई कलेजसम्म मोटरसाइकलबाट पु¥याउने र ल्याउने गर्थे । बुलु शर्मा आफ्ना लोग्नेको प्रेरणाले पढ्नेतिर प्रेरित भइरहिन् । उनी कलेजकी एउटी असल विद्यार्थीका रूपमा समेत परिचित भइरहिन् ।
बुलु शर्माले कलेजमा पढ्दा सांस्कृतिक कार्यक्रममा भाग पनि लिइन् । त्यसबापत उनले पुरस्कार पनि पाइन् । त्यतिमात्र होइन उनले त्यसै बेला बी. एड. कक्षाकी मेधावी विद्यार्थीका रूपमा थप अर्को पनि पुरस्कार पाइन् । उनी यी सारा प्रोत्साहनबाट जति उत्साहित थिइन् सोबमोजिम उनी क्रमश: कलेजमा हाजिर भएर पढ्न सक्ने अवस्थाबाट वञ्चित हुन थालिन् । घरको व्यवहार नमिल्दा उनले निरन्तर कलेजमा गएर पढ्न पाइनन् । त्यसैले उनले त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट परीक्षार्थीका रूपमा बी. ए. को फाराम भरिन् । उनी रातोदिन घोटिएर घरमै पढ्न थालिन् र पास पनि भइन् । पछि यिनले बी. एड. पनि पास गरिन् ।
स्नातक भएपछि बुलु शर्माले कथा, कविता, निबन्धका अतिरिक्त गृहविज्ञानबारे पुस्तकहरू लेख्न थालिन् । त्यति बेलादेखि नै उनले यी विषयमा चासो दिएबापत यिनका ६ वटा पुस्तकहरू प्रकाशनमा आए– ‘गृहविज्ञान’, ‘स्वादिष्ट भोजन’, ‘सजिलो सिउने काट्ने कला’, ‘सजिलो बुनाइ र काट्ने कला’, ‘के तपाईंलाई थाहा छ ?’ अनि अङ्ग्रेजीमा भ्हगअगिकष्खभ ल्भउबभिक ऋगकष्लभ ।
बुलु शर्माले आफ्नो छोरो उदयको निधनपछि ‘जीवन, आनन्द र पीडा’ लेखिन् । त्यो कृति धेरै चर्चित बन्यो । यही कृतिले यिनलाई साहित्यकारमा स्थापित गराइदियो । यिनी निबन्धकारका रूपमा पनि खूबै चर्चित भइन् । त्यसपछि यिनको अर्को महइभ्वपूर्ण सृजनात्मक कृति निर्माण भयो ‘छुटेका पाइला’ । यो ग्रन्थ उनले आफ्ना लोग्ने स्वर्गीय भएपछि (२०५७ सालदेखि) लेख्न थालेकी थिइन् । खुसी र पीडा अनि जीवन र जगत्मा आधारित ‘छुटेका पाइला’ (२०६०) निबन्धसाहित्यको उत्कृष्ट कृति बन्यो । यही कृतिमा बुलु शर्माले २०६० सालको ‘भूपाल कृति पुरस्कार’ पाइन् ।
बुलु शर्माले नेपाली साहित्यमा दुईवटा कृति समर्पण गरिन् र निबन्ध र आत्मकथाका फाँटमा प्रसिद्धि कमाइन् । उनी नेपाली भाषासाहित्यकी नअस्ताउने तारा बनिन् । यिनका दुवै कृतिले यिनलाई अमर बनाइदिए । वास्तवमा यिनको एउटा कृति छोराको वियोगमा आधारित छ भने अर्को कृति पनि लोग्ने स्वर्गीय भएको दुई महिनापछि लेख्न थालेर बरखीभित्र पूरा गरेकी थिइन् । सरल भाषा, उत्कृष्ट शैली र ओजिलो प्रस्तुतिसहित यिनका ती कृतिहरू चर्चित भए ।
बुलु शर्मा नेपाल अधिराज्य र भारतका विभिन्न भूभागमा घुमिन् । साथै उनले पाकिस्तान, जर्मनी, संयुक्त अधिराज्य, फ्रान्स, स्वीट्जरल्यान्ड र संयुक्त राज्य अमेरिकाको भ्रमण गरिन् । उनी जहाँजहाँ पुगिन् आफ्ना डायरीका पाना लेख्तै भरिन् । ती कुरा जोडेर पनि यिनले ‘छुटेका पाइला’ लाई ठूलो पारिन् ।
सरल व्यवहारले भरिएकी बुलु शर्मा नेपाली साहित्यमा एउटी सुपरिचित नारीस्रष्टाको नाउँ हो । उनी साहित्यसृजनाकी प्रेरणा हुन् । सात दशक जीवन भोगिसकेपछि वियोगमा पर्दा पनि पूर्ण धैर्य लिएर ‘छुटेका पाइला’ नामक ओजपूर्ण कृति सिर्जना गर्ने बुलु साँच्चिकै सबैका निम्ति प्रेरक व्यक्तित्व नै भइन् ।
कमला साङ्कृत्यायन
भारतको दार्जिलिङ जिल्लास्थित कालेबुङकी एउटी टाइपिस्टको कर्म र भाग्य जोडिएर अन्तत: कमला नेपाली भाषासाहित्यका क्षेत्रमा सुप्रसिद्धिको शिखरमा नै उभिन पुगिन् । तत्कालीन सामाजिक परिवेशमा जातजातिका कारणबाट अछूत ठानिएको दर्जीकी छोरीले भारतका महापण्डितसँग वैवाहिक जीवन जोडेर आपूmलाई पनि महापण्डितनी बनाइन् । अनि सामान्य स्कुलबाट दस कक्षा पास गरेर टाइप हान्ने राम्रो जागिरको खोजीमा भौँतारिएकी एउटी किशोरीले पछि गएर पीएच.डी. गरिन् । त्यसैले मान्छेले कर्म गरेपछि र त्यस कर्मलाई भाग्यले पनि साथ दियो भने कमला साङ्कृत्यायन पनि हुन सकिन्छ भन्ने कुराको प्रमाण बनेर उनै कमला परियार समाजमाझ साक्षात् भएर उभिएकी छिन् ।
कमला साङ्कृत्यायनको जन्म संवत् १९८७ साउन ३१ गते शुक्रबारका दिन पश्चिमबङ्गालको दार्जिलिङ जिल्लास्थित कालेबुङ (भारत)मा भएको थियो । चन्द्रमान परियार र चन्द्रमाया परियारकी छोरी कमलाले स्कुले अध्ययन स्थानीय स्कुलमै गरिन् । उनले स्कुले शिक्षा सकेपछि मोनोटाइपको तालिम लिइन् र टाइप गर्न थालिन् । त्यसताका आफ्ना आमाबुबाका साथमा कमला पनि कालेबुङ बजारमा दुईवटा कोठा भाडामा लिएर गुजारा गरिरहेकी थिइन् । आमाबुबाको परम्परित जीविकाको साधन लुगा सिलाउनु थियो भने कमला त्यस परम्परालाई उछिनेर टाइपिस्टको कार्यमा लागेकी थिइन् । वास्तवमा त्यस बखत खास गरेर नेपाली मूलका दर्जी त्यहाँ पनि अछूतै मानिन्थे । त्यस्तो कठ्याङ्ग्रिएको परिस्थितिसँग सामना गर्दै कमला दसौँ कक्षा उत्तीर्ण भएपछि आफ्नो खुट्टा आपैmँ टेक्ने अभियानमा जुटेकी थिइन् । वास्तवमा त्यस घडी कमलाको मनोकाङ्क्षामा उत्साह, उमङ्ग र जागरणको घाम लागेको थियो । उनी जातजातिको सङ्कुचित धारालाई तिलाञ्जलि दिँदै जातजातिबारेकोे सामाजिक कुरूपताका विद्रोहमा पनि डुबेकी थिइन् । साथै जातीयताका प्रसङ्गमा उनी आपूmलाई माथि पु¥याउने चमत्कारी कलाको प्रतीक्षामा थिइन् ।
राहुल साङ्कृत्यायन१को नाउँ त्यस बखत भारतको साहित्यिक सांस्कृतिक फाँटमा शिखरमा नै थियो । राहुल नेपाल र नेपाली भनेपछि पनि हुरुक्क हुने व्यक्तित्व थिए । राहुलका नेपाली मित्रहरूमा जनकलाल शर्मा पनि प्रिय थिए । तिनताका राहुल साङ्कृत्यायन कालेबुङमा नै आई बसोबास गर्न लागेका थिए । यसै क्रममा उनले काठमाडौंका आफ्ना मित्र जनकलाल शर्मासँग आपूmलाई एउटा टाइपिस्टको अत्यन्तै खाँचो भएकाले सम्भव भएमा खोजिदिने आग्रहका साथ पत्राचार गरेका थिए ।
आफ्ना आदरणीय मित्रको चिठी प्राप्त गरेपछि राहुलको आवश्यकताअनुरूपको टाइपिस्टको खोजी गरिदिने अनुरोध गरेर जनकलाल शर्माले पनि कालेबुङमा रहेका आफ्ना एक जना मित्रलाई चिठी लेखे । संयोगवश जनकलालका तिनै मित्रकी छोरीकी साथी कमला परियार नै टाइपिस्ट रहिछन् । आर्थिक कारणले त्यस बखत कमलाका लागि पनि तुरुन्तै पैसा आउने काम समाउनुपर्ने वाध्यता थियो । त्यसैले कमलाले आपूm टाइपिस्टमा रही इमानदारीपूर्वक जागिर खाने वचन राहुललाई दिइन् । यसै वाचाबन्धनका साथ उनी राहुल साङ्कृत्यायनकी टाइपिस्टमा भर्ना भइन् ।
त्यस घडी राहुल साङ्कृत्यायन पनि एकल थिए । राहुलले आफ्ना बुबाआमाले उनी सानै हुँदा बिहे गरिदिएकी पत्नी पनि आपूmभन्दा प्रौढ भएका कारण तिनलाई अँगाल्न सकेका थिएनन् । साथै रुसमा बसेका बेला उनले आफ्नी पूर्वछात्रा इलिनासँग प्रेम गरेका थिए । प्रेममा डुबेर नै उनले इलिना नौबर्तोब्नासँग विवाह पनि गरेका थिए । तर उनकी ती मायालु पत्नीलाई रसियाले भारत प्रवेश गर्न अनुमति दिएन । त्यसैले त्यसताका राहुल पनि पत्नीविहीन भएर कालेबुङमा भौंतारिरहेका थिए ।
कमला र राहुलका मनले एकअर्कामा माया, विश्वास र आडको थकाइ मार्ने रीत पनि जारी नै थियो । त्यस बेला एकातिर कमला परियार समर्पित भएर राहुलका सेवामा तनमन खन्याउँथिन् भने अर्कातिर राहुलले पनि कमलालाई आफ्नो बौद्धिकताको ऋणले थिचिसकेका थिए । त्यतिमात्र होइन कमलालाई राहुलको व्यक्तित्वले नतमस्तक बनाएको थियो भने अर्कातिर राहुलले कमलालाई निक्कै माया पनि गर्ने गर्थे । समयको दौडमा त्यस घडी दुवैले एकअर्काको आवश्यकताबोध गरिसकेका पनि थिए । त्यही आवश्यकताबोधको परिणतिमा नै उनीहरूका प्रेमले जरा गाड्ने क्रमलाई दु्रततर गतिमा अघि बढाएको थियो । त्यसैले २००७ सालमा बीस वर्षीय कमला परियारले आपूmभन्दा अठतीस वर्ष जेठा राहुल साङ्कृत्यायनसँग वैवाहिक सम्बन्ध गाँसिन् ।
कमला साङ्कृत्यायन राहुलकी अर्धाङ्गिनी भएपछि उनको जीवनस्तर उठेर एक्कासि धरहराको टुप्पामा पुगेको थियो । त्यसपछि उनले शैक्षिक योग्यता पनि बढाउन थालिन्, सामाजिक इज्जत पनि पाउन थालिन् र आफ्नो व्यक्तित्व
क्रमश: झाङ्गिँदै गएको पनि अनुभव गर्न थालिन् । सङ्गतगुनाको फलका कारणले उनी शैक्षिक योग्यता हासिल गर्ने परिपाटीमा पनि कस्सिन थालिन् ।
कमला साङ्कृत्यायनले आफ्ना पति राहुलको बौद्धिक लिस्नो चढेर हिन्दी साहित्यमा एम.ए. गरिन् । अनि बिहे गरेको नौ वर्षभित्रै यिनले आगरा विश्वविद्यालयबाट ‘गोस्वामी तुलसीदास के रामचरित मानस और आचार्य भानुभक्त के नेपाली रामायणका तुलनात्मक अध्ययन’मा विद्यावारिधि पनि गरिन् । त्यसपछि उनी टा.कमला परियारबाट डा.कमला साङ्कृत्यायनमा अनुवाद भइन् । यसबाट कमलाको सर्वाङ्गीण जीवन उच्चस्तरीय ढाँचाको सिंहासनमा आसीन हुन गयो । त्यति बेला विपनामा नै उनी भारतकी एउटी मर्यादित व्यक्तित्वमा अवतरण भएकी थिइन् । जनकलाल शर्माका भाषामा भन्दा राहुलले कमलालाई विवाह गरी माटोलाई सुनमा परिवर्तन गराइदिए ।
राहुलका अरू श्रीमतीका सन्तानको खोजी नगर्ने हो भने राहुलकमलापट्टिका एउटी छोरी जया र दुई भाइ छोरा जेता र जयन्त जन्मे । सुखसयल,पढाइलेखाइ र पारिवारिक जीवनमा राहुलसँगको तेह्र वर्षको दाम्पत्यजीवनको सहयात्रा कमला साङ्कृत्यायनको स्वर्णिम समय थियो । तर कमलाले राहुल बाँचिन्जेल जति सुखभोग गरिन् त्यति नै मात्र उनको जीवनको स्मरणीय क्षण रह्यो । वास्तवमा राहुलको शेषपछि प्राय: दुक्खकै खेतीमा आपूmलाई मिसाउनुपरेको अनुभूति उनले गरेको पाइयो । तर पनि साहित्यिक आराधना र प्राध्यापन पेसाबाट उनी विमुख भइनन् ।
कमला साङ्कृत्यायनले आफ्ना पतिको समेत आग्रहमा दार्जिलिङको लरेटो डिग्री कलेजमा पढाउन थालेकी थिइन् । साहित्य, संस्कृति र कलाको प्रेममा उनी जति डुबिन् समाजसेवामा पनि त्यत्तिकै समर्पित भएर लागिन् । उनलाई चाखै नभएको विषयचाहिँ राजनीति थियो ।
कमला साङ्कृत्यायनको शिक्षा, साहित्य र समाजसेवालाई कदर गरेर अनि उनको जातीयताको पृष्ठमूमिका कारण भारतमा उनी सन् १९९७ देखि १९९९ सम्म ‘राष्ट्रिय अल्पसङ्ख्यक आयोग’की सदस्यमा पनि मनोनीत भइन् । त्यस अवधिमा उनले आफ्नो व्यक्तित्वलाई झनै चम्काउन पाएकी थिइन् । त्यसपछि उनी आफ्नै घर अर्थात् दार्जिलिङस्थित राहुलनिवासमा लेख्नुपढ्नुका साथै गार्हस्थ्यमा नै आबद्ध भइन् । वैधव्यका कारण उनले जीवनयात्राका कैयन् सङ्घर्षमा पनि एक्लै जुधिरहनुप¥यो ।
कमला साङ्कृत्यायनले आफ्ना पति राहुल साङ्कृत्यायनकै प्रेरणाले साहित्यमा आपूmलाई समाहित गरिन् । लेखनका क्रममा उनले निबन्ध, प्रबन्ध, समालोचना र जीवनी गरी चौधवटा पुस्तकहरू लेखिन् । किताब लेख्ने क्रममा उनले आफ्ना पतिको व्यक्तित्व र कृतित्वको स्तुति गाएर दुईवटा पुस्तक लेखिन् ‘महामानव महापण्डित’ र ‘महापण्डित राहुल साङ्कृत्यायन’ । कमलाका यी ग्रन्थहरू नेपाली र हिन्दी भाषामा लेखिएका छन् । यिनको नेपाली भाषामा प्रकाशित अर्को प्रमुख कृति हो ‘विचार तथा विवेचना’ । सन् १९८१ मा प्रकाशित यो कृति उनको निबन्धात्मक समालोचना हो । चौध पाठको यस कृतिमा उनले भानुभक्तका विषयमा मात्र पाँचवटा समालोचना लेखेकी छन् । उनले अङ्ग्रेजी भाषाका तीनवटा ग्रन्थ (‘राजस्थानी साहित्यको इतिहास’, ‘लक्ष्मीनाथ’ र ‘राहुल साङ्कृत्यायन’) लाई नेपाली भाषामा अनुवाद गरिन् । साथै उनका पतिद्वारा हिन्दी भाषामा लेखिएका दुईवटा ग्रन्थ (‘बौद्धधर्म एवं दर्शन’, ‘तिब्बतमा बौद्धधर्म’) पनि यिनका नेपाली भाषामा रूपान्तर गरिएका कृति हुन् । ‘महामति प्राणनाथ’लाई पनि यिनले हिन्दी भाषाबाट नेपालीमा अनुवाद गरिन् । हिन्दी भाषामा मात्र यिनका चारवटा साहित्यिक कृति प्रकाशनमा आएका छन् । साथै यिनले भारतबाट प्रकाशित नेपाली साहित्यको विस्तृत विवरणात्मक ग्रन्थ ‘ल्बतष्यलब िदष्दष्यिनचबउजथ या क्ष्लमष्बल ष्तिभचबतगचभ’ पनि प्रकाशनमा ल्याइन् ।कमला साङ्कृत्यायनले नेपाली साहित्यको इतिहास पनि लेखेकी छन् । नेपाली मूलका भारतीय लेखिकाले हिन्दी भाषामा लेखेको यो कृति पहिलो पनि हो । ‘नेपाली साहित्य’ नामक यो ग्रन्थ सन् १९८६मा प्रकाशनमा आएको हो । बाह्र अध्यायको सो ग्रन्थको प्रथम अध्यायमा नेपाल परिचय, दोस्रो अध्यायमा नेपाली समाजको परिचय र तेस्रो अध्यायमा नेपालको इतिहास लेखिएको छ । अनि बाँकी नौ अध्यायमा नेपाली भाषासाहित्यको इतिहास लेखिएको छ । वास्तवमा हिन्दी भाषामा लेखिए तापनि यस कृतिमार्फत कमला साङ्कृत्यायनले नेपाल र नेपाली भाषालाई औधी प्रेम गरेकी छिन् । उनको लेखनमा नेपाली र हिन्दी भाषा नै प्रमुख रूपमा देखिए तापनि उनले अङ्ग्रेजी भाषामा पनि लेखरचना गरेकी छिन् । यिनले आपूm वैवाहिक जीवनमा बाँधिएकै वर्ष आफ्नो साहित्यिक प्रकाशनको सुरुवात गरेकी थिइन् । यिनका विभिन्न पत्रपत्रिकामा चार सयजति निबन्ध, प्रबन्ध, कथा, लेख र समालोचना नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा प्रकाशित भएका छन् । उनले जति लेखिन् आफ्नै मनका लागि नै लेखिन् । साथै आफ्नो विचार छिप्ँिपदै जाँदा यिनले जातीय र समाजसेवाका तात्पर्यमा पनि आफ्नो लेखनकार्य गरिरहिन् । वातावरणीय प्रभावका कारण पनि यिनको लेखनमा प्रकृतिको सेरोफेरोले घेरेको पाइन्छ । साथै जीवन र जगत्सँगको आत्मीयताले यिनका रचना राम्ररी रङ्गिएका हुन्छन् ।
कमला साङ्कृत्यायनले आपूmलाई साहित्यिक बनाएपछि चारैतिरबाट प्रोत्साहन पाइन् । उनले भारतको पश्चिम बङ्गाल सरकारबाट ‘भानु पुरस्कार’ , कोलकाताबाट ‘रूपलेखा पुरस्कार’ र देहरादूनबाट ‘भानु पुरस्कार’ पाइन् । साथै उनी भारत सरकारबाट ‘राहुल साङ्कृत्यायन राष्ट्रिय पुरस्कार’बाट पनि सम्मानित भइन् । त्यतिमात्र होइन उनको योगदानको कदर गर्दै धेरै ठाउँबाट उनलाई अनेक अभिनन्दन, सम्मान र पुरस्कारबाट पनि सम्मानित गरिएको पाइन्छ ।
कमला साङ्कृत्यायनको जीवनको अर्को रुचि भ्रमण गर्नु पनि हो । भ्रमणकै क्रममा उनी नेपाल पनि आइन् । त्यस बेला नेपालको भ्रमण गरेर उनले विश्वेश्वरप्रसाद कोइराला, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, जनकलाल शर्मा र धर्मरत्न यमीसँगको थप सौहार्द पनि सँगालेकी थिइन् ।२ त्यस बखत उनी आफ्ना पति महापण्डितसँग नेपाल आएकी थिइन् । यसबाहेक उनले चीन, बर्मा, श्रीलङ्का र सोभियत रुसको पनि भ्रमण गरिन् । उनले आफ्नो जन्मभूमि भारतका सबै प्रान्तहरूको भ्रमण गरेर व्यापक अनुभवहरू पनि सँगालिन् । भ्रमण गरेताका नै उनको लेखनको स्रोत खोलिने गथ्र्यो । उनको निबन्धलेखनको विषयवस्तु पनि भ्रमणवृत्तान्त नै हो । उनले आपूmले गरेका भ्रमणका बारेमा फुटकर रूपमा धेरै लेखरचनाको आविष्कार गरिन् । यति हुँदाहुदै पनि उनको मनपर्ने विषयवस्तुचाहिँ इतिहास र संस्कृति नै हो । आफ्नो लेखनपरिवेशमा यी विषयमा पनि यिनले धेरै पढिन् र धेरै लेखिन् ।
कमला साङ्कृत्यायन नेपाली भाषासाहित्यमा प्रसिद्धि बटुलेकी स्रष्टा हुन्् । उनी एकातिर नारीजागरणकी प्रेरणाकी प्रतिमूर्ति हुन् भने अर्कातिर उनको साहित्यिक योगदानले नेपाली वाङ्मयको श्रीवृद्धिका लागि महइभ्वपूर्ण भूमिका खेलेको छ । उनी जहाँ गए पनि र जसलाई भेटे पनि सकेसम्म नेपाली भाषामा नै कुरा गर्ने नेपाली भाषाकी प्रचारक हुन् । नेपाली भाषाका मर्मज्ञहरू भन्छन्, कमला नेपाली भाषाकी महिला सांस्कृतिक सहचारी हुन् ।
..................................................................
१.जनकलाल शर्माले केदारनाथ पाण्डे कसरी राहुल साङ्कृत्यायन भए भन्ने विषयमा ‘गोधूली’ ३ वसन्तशिशिरः२०५० मा लेखेका छन् ‘‘सोह््र वर्षको उमेरदेखि राहुल साङ्कृत्यायनले वास्तविक रूपले यायावरी सुरु गरे । अठार वर्षको उमेर भएपछि वैष्णव सम्प्रदायमा दीक्षित भएर आफ्नो पूर्वनाम केदारनाथ पाण्डे त्यागी उनी रामोदारदास बाबा बने । वैष्णवपछि उनी आर्यसमाजी बने तर त्यहाँ पनि उनलाई सन्तुष्टि मिलेन । अनि त्यसपछि श्रीलङ्कामा गई बौद्धसम्प्रदायमा दीक्षा लिएपछि उनी राहुल बने । उनको पैतृक गोत्र ‘ सङ्कृति’ थियो । बौद्ध सम्प्रदायअनुसार उपसम्पदा ग्रहण गरी ‘राहुल’ भइसकेपछि ‘सङ्कृति’मा उत्पन्न भएको नाताले ‘सङ्कृति’ शब्दलाई संस्कृत व्याकरणका नियमानुसार ‘साङ्कृत्यायन’ गरी त्यसलाई ‘राहुल’मा जोडिदिए र यसरी उनी ‘राहुल साङ्कृत्यायन’ कहलाए । काशीको विद्वत् समाजले उनलाई अभिनन्दित गरी ‘महापण्डित’ को उपाधि प्रदान गरेपछि उनी ‘महापण्डित राहुल साङ्कृत्यायन’ भनी चिनिन थाले र महाप्रयाणपर्यन्त यसै नामले विख्यात रहे ।’’
२.कमला साङ्कृत्यायन आफ्ना पति महापण्डित राहुलसँग नेपाल आउँदा उनीहरू काठमाडौं भुरुङखेलस्थित धर्मरत्न यमीका घरमा बस्थे । गोविन्द भट्टका अनुसार यमीले आफ्ना घरमा राहुलदम्पतीका लागि एउटा बेग्लै कोठा छुट्याएका थिए । साथै यमीले राहुलका नाउँमा सङ्ग्रहालय पनि स्थापना गरेका थिए । महापण्डित राहुल साङ्कृत्यायनले पनि सन् १९५४मा ‘धर्मरत्न यमी’ शीर्षक दिएर यमीका विषयमा हिन्दी भाषामा एउटा पुस्तक लेखेका थिए ।
कोइलीदेवी
कोइलीदेवीले औपचारिक रूपमा २००७ साल चैत २६ गते आफ्नो गीतिकवितालाई आफ्नै सङ्गीतको ताल र स्वरसँगै जनकानमा पु¥याएकी थिइन् । उनी मूलत: गायिका र सङ्गीतकार भए तापनि गीतकविता रचनामा उनको बेग्लै महइभ्व गाँसिएको छ । २००७ सालपछि बराबर उनका गीतिकविताहरू छापाहरूमार्पmत प्रकाशनमा आइरहे । उनी गीतिकवितालेखनमा सक्रिय रहे तापनि कुनै समय उनको व्यक्तित्वलाई गायनले नै सर्लक्कै थिचिदियो । किनभने त्यति बेला रेडियो नेपालकी प्रथम महिलागायक र सङ्गीतकार उनी नै थिइन् ।
कोइलीदेवीको पहिलो नाउँ गायिका, दोस्रो नाउँ सङ्गीतकार र तेस्रो नाउँ साहित्यकार बन्न पुग्यो । नेपाली नारीस्रष्टाहरूका बीचमा हेर्ने हो भने साहित्यिक दौडमा पनि उनी अघिल्लो पङ्क्तिमा पुगेकी छिन् । हुन त साहित्यसिर्जनालाई उनका दुईटा नाउँले सुरुमा अतिक्रमण गर्दै पनि ल्याए तर क्रमश: साहित्यकार कोइलीदेवीको सिर्जनाको बोट पनि झाङ्गिएर हराभरा हुन थाल्यो । वास्तवमा भाषासाहित्य रहुन्जेल उनको बाँच्ने नाउँ साहित्यले नै संरक्षित गरिरहनेछ किनभने कोइलीदेवीले त्यस बेला साहित्यरचनामा आफ्नो हस्ताक्षर गरिन् जुन समयमा नारीसिर्जनाकार हातका औंलाभरि गनिन पनि पुग्दैनथे ।
सिंहशमशेरले कोइलीदेवीलाई मन पराए । त्यसैले त्यहाँ खानापिनादेखि लाउनेसुत्नेसम्ममा कोइलीदेवीको हैसियतले फट्का मार्न थाल्यो । राणापरिवारकै खान्गीले कोइलीदेवीको शारीरिक बनोट पनि क्रमश: आकर्षक हुन
कोइलीदेवीले प्रेमका गीत लेखिन् । उनका प्रकृति र प्रेम अनि जीवन र जगत्का शब्दरचनाले उनी चर्चित, प्रसिद्ध र अमर बनिन् । उनका राष्ट्रिय गीत र भजनले उनको अर्को लेखकीय परिचय गाँसियो । वास्तवमा उनी नेपाली भाषाकी भजनदेवीका नाउँले विख्यात भइन् । उनी आपैmँ लेख्तै, सङ्गीत गर्दै भजन गाउने पहिलो नेपाली नारीस्रष्टा पनि हुन् ।
कोइलीदेवीले तीनवटा कृतिको सिर्जना गरिन् । उनको पहिलो गीतिकवितासङ्ग्रह ‘सेवा पुस्तिका’ हो । १२८ पानामा विस्तारित भए तापनि उनले यस कृतिको शीर्षकलाई पुस्तिकासँगै जोडेर आफ्नो डम्पूm पेटभित्रै लुकाइन् । २०१९ सालमा प्रकाशित ‘सेवा पुस्तिका’ प्रकाशनका लागि श्री ५ महेन्द्रबाट कोइलीदेवीलाई आर्थिक सहयोग प्राप्त भएको थियो ।
कोइलीदेवीको दोस्रो गीतिकवितासङ्ग्रह ‘समर्पण’ २०२५ सालमा प्रकाशित भएको थियो । वास्तवमा कोइलीदेवीका शब्दशब्द नै आलङ्कारिक भएका कारण उनका गीतिरचनाहरूले नेपाली मनलाई छोइरहे:
चाँप फुल्यो बनैभरि बासनाले छायो
कसले मेरो मनमा पसी नयाँ माया लायो ?
कोइलीदेवीले आफ्नो परिचय भजनदेवीलाई पनि सार्थक बनाउन छरिएका भजनलाई एकत्रित गरी २०६० सालमा ‘कोइलीभजन’ पनि जनसमक्ष ल्याइन् । भजनरानीका उपनाउँमा उनिएकी कोइलीदेवीले भजनको समष्टिगत कृति जनसमक्ष ल्याएपछि आफ्नो सिर्जना साङ्गोपाङ्ग भएको ठानिन् । यसै परिप्रेक्ष्यमा उनले भनिन् “अब म गीतिरचना अथवा भजन पनि लेख्तिन । मेरो लेखन मेरा लागि पूर्ण भएको मैले ठानेकी छु ।” उनी वैरागिएर हिँड्न थालेपछि उनले आफ्ना सबै सोखहरू पनि छाडिदिइन् ।
नेपाली भाषासाहित्यमा समर्पित कोइलीदेवीले आफ्नो एक्लो जीवनका हरेक घुम्तीमा गीत लेखिन्, कविता लेखिन्, निबन्ध लेखिन् र प्रबन्ध लेखिन् । उनी सिंहमहल बसेताकै गीतिकविता लेखनमा अग्रसर थिइन् । उनको लेखनको सीप, जाँगर र समर्पणबाट सिंहशमशेर छक्क पर्थे । त्यसैले उनी लेखनमा हौसिएरै पनि लागिन् । वास्तवमा गीत गाउँदागाउँदै उनी रचनाकार भएकी थिइन् । अनि आफ्ना रचना खेलाउँदाखेलाउँदै उनी सङ्गीतकार पनि भएकी थिइन् । त्यसैले उनका गीतले नेपाली माटोमा लोकप्रियता स्थापित गरे । जसले गर्दा उनी स्रष्टाका रूपमा सुपरिचित भइरहिन्—
माया मेरी मेरी भन्दै उसै बोलाएर
हेर्छौ किन तिमी मलाई आँखा लोलाएर ।
कोइलीदेवीको जन्म संवत् १९८७ भदौ १२ गते बिहीबार ऋषिपञ्चमीका दिन बिहानको सूर्योदयसँगै भएको थियो । रामबहादुर बस्नेत र नीलमकी यी प्रथम सन्तान थिइन् । तर नीलम रामबहादुरकी तेस्री पत्नी थिइन् । अनि यिनको जन्म चिसापानीगढी मकवानपुरमा भएको थियो । यिनको चिनाको नाउँचाहिँ राधा थियो । यिनलाई बुद्धलक्ष्मी पनि भनिन्थ्यो । तर आमाबुबाले भने यिनलाई पान्तरी भनेर बोलाउँथे । यिनी जन्मेको एक वर्षभित्रै यिनकी आमाको निधन भयो ।
कोइलीदेवीलाई शिशुकालदेखि नै उनकी बज्यैले पालेकी थिइन् । वास्तवमा उनकी आमाको शेषपछि पनि बाबुले अर्की ल्याएकाले उनको बेस्याहार हुन नदिन रामबहादुरकी आमा लागिपरेकी थिइन् । पाँच वर्षसम्म मरीतरी हुर्काएर रामबहादुरले आफ्नी छोरी पान्तरी (कोइलीदेवी) लाई काठमाडौंमा भएकी आफ्नी बहिनी डिट्ठिनी मानप्रिया भट्टका काखमा छाडिदिए । त्यसपछि पान्तरीको भाग्यरेखामा क्रमश: साँध लाग्न थाल्यो । ठूली भइन्जेल पान्तरीले पनि आफ्नी फुपूलाई ‘मा’ भनिरहिन् ।
मानप्रियाले नै कोइलीदेवीको शिक्षादीक्षाको प्रबन्ध गरिदिइन् । यिनले मखनटोलको पाठशालामा शिशुदेखि पाँच कक्षासम्म पढिन् । त्यसै बेला आफ्नी फुपूको सितारवादनमा कोइलीदेवीको पनि रस भिज्न थाल्यो । उनकी फुपूचाहिँ जुद्धशमशेरकी माइली महारानी कृष्णकुमारी र कान्छी महारानी गम्भीरकुमारीलाई सितार सिकाउने गुरुआमा थिइन् ।
मानप्रिया डिट्ठिनी राणादरबारकी प्रिय पात्र थिइन् । त्यसैले उनैको करबलले १९९८ सालमा कोइलीदेवीको पनि राणादरबार प्रवेश भयो । तर जुद्धशमशेरलाई सानी, पातली र काली कोइलीदेवीपट्टि आँखा लागेन र केही दिनपछि उनी जुद्धशमशेरको हुकुम प्रमाङ्गीले त्यहाँबाट हटिन् । त्यसपछि जुद्धशमशेरका हजुरिया जर्नेल सिंहशमशेरका दरबारमा कोइलीदेवीको प्रवेश भयो ।
थाल्यो । साथै उनको बोलीचालीदेखि अनुहारको रूपरङ्गसमेतमा परिवर्तन आउन थाल्यो । सिंहशमशेरले पान्तरीलाई अरू गायिका र नर्तकीमाझ राखेर भने— “मैले तिम्रो नाउँ आजदेखि कोइलीदेवी राखेँ ।” त्यसपछि उनलाई सबैले कोइलीदेवी भन्न थाले । त्यतिमात्र होइन; सिंहशमशेरले उनलाई सुन्दर र महँगा पोसाकमा सजाउन थाले । सिंहशमशेरकै प्रेरणामा उनले फुटबल, टेनिस र रिङ खेल्न पनि थालिन् । त्यतिमात्रै होइन हलुङ्गेको थालबाट उनी एक्कैचोटि चाँदीको थालमा भात खाने हैसियतमा अनुवाद भइन् । जनरल सिंहशमशेरको माया, सद्भावना र प्रेरणाले कोइलीदेवीको हृदयभित्रको सिर्जनाले पनि राम्ररी नै फक्रने मौका पाएको थियो । वास्तवमा सिंहशमशेरको कोइलीदेवीप्रतिको न्यानो मायाका कारण सिंहमहलमा कोइलीदेवीको हैसियत नै माथिल्लो कोटिको थियो । तर कोइलीदेवीको त्यो तुजुक, त्यो पूmर्ति र त्यो हैसियत त्यस दरबारभित्र झन्नैझन्नै एक दशकजति मात्र कैदी भयो ।
फुपू मानप्रियाको राणादरबारबाट भोग सकिएपछि कोइलीदेवीको पनि सिंहमहलबाट बास उठेको थियो । त्यसपछि उनी पनि फुपूकै शरणमा लागिन् । त्यस बेला उनी बाईस वर्ष नाघिसकेकी थिइन् ।
कोइलीदेवीले सिंहमहलबाटै रेडियो नेपाल टेकेकी थिइन् । उनले २००७ चैत २६ गतेदेखि ४४ वर्षसम्म निरन्तर रेडियो नेपालमा बसेर आफ्नो गायनयात्राको इतिहास निर्माण गरिन् । उनका सङ्गीत र रचनामा गरी रेडियो नेपालमा २६० वटा गीत सुरक्षित छन् । उनी रेडियो नेपालमा भएताकै उनको साकारभक्त माथेमासँग प्रेम भएको थियो । त्यस बेलाको प्रेमप्रसङ्गमा उनले फेरि गीतिकविताको आविष्कार गरिन्—
स्नेह लुटाएर मिलन हाँसो नजर तर्नु किन
सुस्त मुटुभित्र बसी फेरि पछि सर्नु किन ?
कोइलीदेवीको प्रेम झाङ्गिएका कारण उनीहरूको माया, प्रेम र विश्वास बिहेमा परिणत भयो । त्यसैले पैंतीस वर्षीय कोइलीदेवीको एकाउन्न वर्षीय साकारभक्त माथेमासँग बिहे सम्पन्न भयो । यी दम्पतीबाट सन्तानचाहिँ भएनन् । तर पनि यिनीहरूको जीवन हराभरा थियो । त्यति मात्र होइन बिहेपछि पनि बाँचुन्जेल यिनीहरू एकै दिन पनि छुट्टिएनन् । अन्तत: २०५६ साल जेठ ८ गते साकारभक्त माथेमाले सधैँका लागि कोइलीदेवीलाई छाडे ।
कोइलीदेवीले नेपाल अधिराज्यका विभिन्न जिल्लाको भ्रमण गरिन् । साथै साङ्गीतिक भ्रमणमा उनी चीन पनि पुगिन् । त्यति बेला उनले चीनका राष्ट्रपतिलाई आफ्नो कवितासङ्ग्रह ‘सेवा’ दिएकी थिइन् । राष्ट्रपतिले प्रत्युत्तरमा कोइलीदेवीलाई “नेपाली महिला भई तपाईंले किताब लेखेर संसारभरिका महिलाका लागि गौरवको काम गर्नुभयो” भनेका थिए ।
कोइलीदेवीको साहित्यिक सिर्जनाले उनी झनै माथि पुगिन् । हुँदाहुँदै उनको साङ्गीतिक इतिहासलाई अक्षय गर्ने हेतुले नइको संयोजनमा कोइलीदेवी सङ्गीतकोष २०५६ सालमा स्थापना भयो । त्यस कोषले हरेक वर्ष एक जना सङ्गीतक्षेत्रका युवासाधकलाई पनि सम्मान गर्ने गर्छ ।
कोइलीदेवीलाई मुटुको ढुकढुकीले साथ नदिएपछि नइकै पहलमा २०५७ साल चैत १० गते उनको छाती त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालमा चिरियो र उनका छातीमा पेसमेकर पनि राखियो । उनको स्वास्थ्यसुरक्षाका लागि पनि नइले यथोचित सेवा जुटाइरह्यो ।
कोइलीदेवीको जीवनको तीव्र इच्छा तीर्थाटन पनि एक थियो । त्यसैले उनले नेपाल तथा भारतका प्रमुख तीर्थहरूको दर्शन गरेकी छिन् । त्यसै क्रममा यिनले वृषोत्सर्ग पनि गरिन् । यसै परिप्रेक्ष्यमा उनी भन्छिन् “अब म मरेपछि कसैले मेरो कुनै अन्त्यकर्म गर्नुपर्दैन; मलाई जलाइदिए मात्र पुग्छ ।”
कोइलीदेवीले जिन्दगीमा साहित्य र सङ्गीतलाई काँधमा बोकेर हिँड्दै जाँदा ‘गोरखादक्षिणबाहु’ पनि पाइन् । तर यो विभूषण नायबसुब्बा सरहले पाउने र लाउने खालको मात्रै थियो । उनले ‘इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार’जस्तो गरिमाशाली पुरस्कार पनि पाइन् । साथै छिन्नलता गीतपुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र महाशक्ति सम्मानले पनि उनी सम्मानित भइन् । उनले हालसम्म राष्ट्रका झन्नै डेढ दर्जन संस्थाबाट अभिनन्दन पनि पाइन् ।
कोइलीदेवीले जीवनमा जे रोपिन् त्यही पाइन् । उनले नाच्न छाडिन्, गाउन छाडिन् र लेख्न पनि छाडिन् । तर त्यस बेलादेखिको उनको प्रेरक कर्मगाथाका सन्दर्भले नै उनका गाथमा जनसम्मान अर्पित भइरहेको छ । त्यसै कारण उनी नेपाली भाषासाहित्यमा पनि चम्किरहेकी छिन्—
तिमी ज्योति भएर दन्के म तेल बनेर मिल्छु
तिमी देह बनेर आए म आत्मा बनेर बस्छु ।
शशिकला सानैदेखि साहित्यमा पनि लागिपरेकी थिइन् । उनी स्कुलकलेज पढेताका कविता, कथा र निबन्ध लेख्ने गर्थिन् । साहित्यिक यात्राकै सिलसिलामा शशिकलाको श्यामप्रसादसँग भेट भएको थियो । अनि यिनीहरूको मिलनका साँघु बालकृष्ण पोखे्रल थिए । श्यामप्रसादलाई भेट्ने क्रममा शशिकला काठमाडौंबाट धाएर वीरगन्ज पुगेकी थिइन् । सुरुकै दिन उनको व्यक्तित्वबाट श्यामप्रसाद मोहित भइसकेका थिए । पहिलो भेटले नै उनीहरूलाई बराबर भेट्न बाध्य
शशिकला शर्मा
चर्को घामले आलसतालस भएर
तिमीलाई बरको छहारी पाएँ भनेर
छायाँमा बस्न गएको
त्यो रूख त
गोमनसर्पको बास पो रहेछ ।
शशिकला शर्माको जन्म संवत् १९८८ को पूmलपातीमा काठमाडौंको भोटाहिटीमा भएको थियो । गीर्वाणनाथ नेपाल र शारदादेवीका तीन छोरी नन्दिनी, विन्ध्यवासिनी र शशिकलामध्ये यिनी कान्छी थिइन् । गीर्वाणनाथ नेपाल आर्थिक रूपले सम्पन्न भएका कारण शशिकलाको सानैदेखि शिक्षा र स्वास्थ्य राम्ररी परिचालित थियो ।
शशिकला बाल्यकालदेखि नै तीक्ष्ण स्वभावकी थिइन् । सुरुदेखि नै उनी व्यावहारिक जीवनमा आबद्ध पनि थिइन् । उनी जतिजति बढ्दै गइन् त्यतित्यति उनमा समाजसेवाप्रतिको चासो पनि जाग्दै गयो । अनि बिस्तारै उनलाई समाजप्रतिको जिम्मेवारीको पनि बोध हुन थाल्यो । उनी आफ्ना जीवनमा प्राय: जुनसुकै व्यवहार गर्दा पनि कालो पर्दा लगाउँदिनथिन् । उनी आपूmलाई चित्त नबुझेका कुरा मनमा राख्तिनथिन् । उनी बोल्दा खुल्ला हृदयले नै बोल्थिन् । उनको जीवनको कमजोरी नै उनको मन थियो । किनभने उनी आपूmलाई ठग्न आएका मान्छेसँग पनि पन्छन सक्तिनथिन् । अरूलाई आवश्यकताभन्दा बढी विश्वास गर्ने उनको जीवनको अर्को नैसर्गिक कमजोरी थियो । त्यही कमजोरी बोकेर हिँड्दा उनले घरीघरी लडिरहनुपरेको पनि थियो ।
शशिकला शर्मा पढाइलेखाइमा पनि चाख राख्थिन् । उनलाई सुरुमा पढाउने गुरु प्रेमबहादुर कंसकार थिए । कंसकारले उनलाई स्कुले शिक्षा पनि पढाए र राजनीतिक विचार पनि पढाए । यसै विषयलाई लिएर उनले भनेकी पनि थिइन् ‘‘त्यस बेलादेखि आजसम्म जहिलेसुकै पनि मैले काङ्ग्रेस कम्युनिस्ट भएर काम गरिनँ । साथै यी सिद्धान्तमा म कहिले पनि सक्रिय भइनँ ।’’ शशिकला शर्मा त्यस बेलादेखि नै जनसेवामा आबद्ध थिइन् । त्यस घडी उनको सेवामा सयपत्री फक्रेको हुन्थ्यो ।
शशिकला शर्माले नेपालबाटै एस.एल.सी. परीक्षा दिइन् । अनि आई. ए. पढ्न यी पद्मकन्या कलेजमा भर्ना भइन् । त्यस बेला त्यहाँ भारतीय शिक्षिका कमला सिन्हा प्रिन्सिपल थिइन् । त्यस बेलासम्ममा नेपालमा अङ्गुरबाबा जोशी, शारदा शर्मा, जुनु प्रधान आदि नारीहरूले पनि एम. ए. पास गरिसकेका थिए । त्यसैले शशिकलाहरूले कमला सिन्हालाई हटाएर नेपाली नारीलाई प्रिन्सिपल राखिपाऊँ भनेर जुलुस गरेबापत शशिकलालगायत केही विद्यार्थी रेस्टिकेट भएका थिए । वास्तवमा त्यसबखतको सङ्घर्ष समितिकी अध्यक्ष शशिकला नै थिइन् ।
नेपालमा पढ्न नपाएपछि शशिकलालाई पटना पु¥याइयो । त्यहाँको मिसन कलेजको महिला छात्रावासमा बसेर उनले पढिन् । त्यसपछि उनी काठमाडांै आइन् र नेसनल कलेजमा भर्ना भइन् । उनले नेसनल कलेज (हाल : शङ्करदेव क्याम्पस) बाटै स्नातक उत्तीर्ण गरिन् । त्यसपछि उनी स्वतन्त्रतापूर्वक समाजसेवामा नै लागिन् । समाजसेवाकै फेरो समाएर उनीे क्रान्तिकारी भइन् र चुलोबाट बाहिर निस्किन् । जातजातिको र छुवाछुतको उनी तीव्र विरोधी थिइन् । समाजका शोषकवर्गदेखि राणाशाहीको नाश पार्ने काममा समेत उनी पटुका कसेर लागेकी थिइन् । त्यस बेलाको उनको बानी, बेहोरा र शैलीलाई समाएर लीलाध्वज थापाले आफ्ना मन्तव्य जनसामु पोखेका थिए “तिमीलाई दुई खुट्टेले लगेछ भने म कान काट्छु ।” तर श्यामदास वैष्णवले शशिकलाकै आड लागेर थापालाई तत्कालै जवाफ फर्काएका थिए “तपाईं आफ्नो एउटै कान काट्न सक्नुहुन्छ कि हुँदैन मलाई थाहा छैन ; तर शशिकलाले चाहिँ समाजका विकृतिको कान निमोठ्ने अभियान समाउनुभएको छ ।”
शशिकला शर्मा सानैदेखि फस्र्याइली थिइन् । वास्तवमा यिनी चञ्चले पनि थिइन् । यिनी बोलैया स्वभावले ओतप्रोत थिइन् । सुन्दरता यिनको शरीरको एउटा अर्काे गहना थियो । यिनी टाठी, बाठी र हिम्मती पनि थिइन् । यिनी जे गर्नु छ तुरुन्तै गरिहाल्थिन् । यिनी कसैको मुख ताकेर हिँड्दिनथिन् । अनि यिनी काम गरेर पनि थाक्तिनथिन् । त्यसैले बेलैमा यिनले यस सहरमा प्रशस्तै शत्रुमित्रु पनि कमाइसकेकी थिइन् ।
शशिकला शर्माले टीकाकुमार प्रधानलाई माया गरिन् । प्रधानले पनि शशिकलालाई अत्यन्तै प्रेम गरे । त्यसैले नै शशिकला शर्मा उमेरमा आपूmभन्दा तेह्र वर्ष कान्छा प्रधानसँगको प्रणयसूत्रमा आबद्ध भइन् । २०२५ सालमा यिनीहरूमाझ पतिपत्नीको औपचारिक साइनो गाँसिएको थियो । अनि प्रधानदम्पतीले पनि एउटी छोरी स्पन्दना र
बनाएको थियो । त्यसैले काठमाडौं फर्केपछि पनि यिनीहरूले एकअर्कालाई भेटिरहे । त्यस बेला शशिकला पच्चीस वर्षमा हिँडिरहेकी थिइन् ।
शशिकला प्रभावशाली थिइन् । उनको व्यक्तित्व र अनुहारको रापले श्यामप्रसादलाई एकोहो¥याएको थियो । उनी तनले जति आकर्षक थिइन् धनले पनि त्यति नै सबल थिइन् । उनको मन पनि कोमल थियो । त्यसघडी उनीसँग सबैथोक थियो र अर्को बाँकी एउटा अभाव चाहिँ श्यामप्रसाद भएर पूर्ति हुने क्रममा थियो । सँगै हुने क्रममा र आआफ्ना कार्यव्यस्तताले गर्दा विवाहपूर्व २०१२ साल चैत मसान्तको रात यिनीहरू एउटै ओछ्यानमा पनि सुतेका थिए । त्यस बेलाको त्यस स्थितिका बारे श्यामप्रसादले चाहिँ स्पष्टीकरण पनि दिए, “हामी एउटै सिरकभित्र हुँदा पनि हामीले शारीरिक सम्बन्ध चाहिँ गरेनौं ।”
शशिश्याम एउटै खाटमा सँगै सुतेको वर्ष दिनभित्र नै यिनीहरूको प्रेमविवाह सम्पन्न भएको थियो । त्यसपछि शशिकला आफ्ना बाबुआमाको निम्तोमा बाबुआमाकै घरमा बसिन् । अनि श्यामप्रसादले पनि कमलपोखरीको सोही घरमा ढुक्कसँग पलेटी कसे । साथै त्यही घरबाट उनीहरूको सांस्कृतिक अभियान सञ्चालन हुन थाल्यो । दुवैको सल्लाहले त्यस घरको नाउँ पनि साहित्यसदन कायम भयो ।
बिहेपछि शशिकलाहरू एउटै जुवामा नारिएर एउटै हलमा हिँड्न लागे । त्यसबखत यिनीहरूको प्रेमको उपहारस्वरूप दुईवटा पत्रिका दर्ता भए ‘साहित्य’ र ‘स्वास्नीमान्छे’ । त्यस बेलाको स्थिति कोट्याउँदै श्यामप्रसादले लेखे “हाम्रो आर्थिक अवस्था अत्यन्तै निर्धो थियो । कहाँसम्म भने दुईटा दरखास्तमा टाँस्नुपर्ने दुई रुपियाँ पनि मसँग थिएन । मैले शशिकै ठुल्दिदी नन्दिनी उपाध्यायसँग दुई रुपियाँ सापटी लिएर काम सम्पन्न गरेको थिएँ ।”
‘स्वास्नीमान्छे’ चाहिँ शशिकला शर्माको सम्पादन र प्रकाशनमा चलेको थियो । ‘स्वास्नीमान्छे’ २०१५ सालदेखि त्रैमासिक रूपमा प्रकाशित हुन थालेको थियो र चार वर्षपछि द्वैमासिकमा परिणत भएको थियो । त्यति बेला ‘स्वास्नीमान्छे’ का ग्राहक पनि धेरै थिए र बजारव्यवस्था पनि राम्रो थियो । वास्तवमा त्यस समय पत्रपत्रिका त्यतिसारो छ्याप्छ््रयाप्ती पनि थिएनन् र स्वास्नीमान्छेले चलाएको अर्को पत्रिका पनि थिएन । यस पत्रिकाका कारणले त्यस बेला शशिकलाको नाउँ झनै चलेको थियो ।
त्यस समय शशिकला शर्माको नाउँ पत्रकार भएर पनि साहित्यकारमा गन्तीमा थियो । उनी पत्रकारमा पनि मर्यादित व्यक्तित्व थिइन् । पत्रकारिताबाटै यिनले स्वदेशका विभिन्न भूभागका साथै विदेशका भारत, चीन, बाङ्लादेश, थाइल्यान्ड, रुसलगायतका देशहरूको भ्रमण गरेकी थिइन् । त्यस कालमा आपूm पत्रकार हुन पाएकोमा उनले बाँचुन्जेल गर्व गरिन् । यसै सिलसिलामा उनी भन्थिन् ‘‘त्यस बेला पत्रकारको खूबै मान हुन्थ्यो । पत्रकार भनेपछि सबैले पत्याउँथे । मैले निर्धक्कसाथ रानी रत्नसँग पनि अन्तर्वार्ता लिएकी थिएँ र सो अन्तर्वार्ता ‘स्वास्नीमान्छे’मा छपाएकी थिएँ । साँच्चै नै त्यस बेला पत्रिका र पत्रकारको सानाठूला सबैले मर्यादा राख्थे । उदाहरणका लागि भन्ने हो भने राजा महेन्द्रले पनि मलाई बोलाएर पत्रिकाका विषयमा जिज्ञासा राखेका थिए । त्यतिमात्र होइन राजकीय भ्रमणअन्तर्गत विदेशबाट आएका राष्ट्राध्यक्षसँग हामीलाई पनि ससम्मान भेट गराइन्थ्यो । त्यसै बेला मैले पं.जवाहरलाल नेहरू, चाउ एनलाई, डा.राजेन्द्रप्रसाद, भारोसिलोभलाई भेटेर कुराकानी गर्न पाएकी थिएँ ।’’
शशिकला शर्मा र श्यामप्रसाद मिलेर आआफ्ना पत्रिका चलाए । त्यही क्रममा उनीहरूले सम्झना र सपना जन्माए । तर छोरीहरूको जन्मपछि उनीहरूभित्र एकअर्कामा त्यति न्यानो सम्बन्ध हुन सकेन । त्यस बेला शशिकलाको मन अन्तै मोडिन थालेको थियो । अथवा भनूँ शशिकला शर्माको मन टीकाकुमार प्रधानसँग जोडिन पुगेको थियो । त्यस बेला टीकाकुमार प्रधान चरिकोटमा कृषि अधिकृत थिए भने शशिकला पनि सोही ठाउँको हाईस्कुलमा प्रधानाध्यापक थिइन् । यसै परिप्रेक्ष्यमा शशिटीका बीचको सम्बन्धले एकअर्कामा नछुट्टिने स्थितिको सूत्रपात गरेको थियो । यसै प्रसङ्गमा श्यामप्रसादले भनेका पनि छन् “२०२१ सालदेखि त शशिसितको सम्बन्धमा आपूm असफल हुन पुगेछु भन्ने मलाई लाग्न थालेको थियो । तैपनि सम्बन्ध सधैं मीठो रहिरहन पाओस् भनी मैले धैर्य धारण गरेर यसका निम्ति प्रयत्नहरू बढाएँ । २०२४ सालको हिउँदमा गुप्तवास नभएसम्म म शशिसँग नै बसेको थिएँ । म गुप्तवास गएपछि मात्र हाम्रो सम्बन्ध टुट्नपुगेको हो ।”
जीवनको प्रारम्भमा जनसेवामा जुटेकी शशिकला पछि गएर व्यक्तिगत पीडा, व्यथा र छटपटीमा टुङ्गिइन् । साहित्य र पत्रकारिताका माध्यमबाट जनचेतना जगाउने यात्रामा हिँडिरहने प्रतिज्ञामा बसे तापनि विविध कारणले त्यो पथमा शशिकला प्रधान सक्रिय भइरहन सकिनन् । त्यसैले शवयात्राकै सन्दर्भमा मौन धारणमा आबद्ध आफन्तमाझ शशिकलाका वाणीहरू छताछुल्ल भएर आकाशैभरि गुन्जिरहेका थिए । ती शब्दशब्दमा सम्झना र सपना अनि स्पन्दना र साइतको पनि मनमस्तिष्क जोडिन पुगेको थियो:
एउटा छोरा साइतलाई जन्म दिए । साइतलाई जन्म दिँदा शशिकला चवालीस वर्षकी थिइन् । साइबाबाको सम्मान गर्दै उनले आफ्नो छोराको नाउँ साइत साइराम राखेकी थिइन् ।
शशिकला प्रधानअध्यापकबाट श्रीमती प्रधानमा गाभिँदा ‘स्वास्नी मान्छे’ले चाहिँ विधिवत् बिदा मागेको थियो । अनि २०२५ सालदेखि ‘स्वास्नीमान्छे’ की सृष्टिकर्ता शशिकलाले यस पत्रिकाको प्राणमा भोटे ताला झुन्ड्याएर बन्द गरेकी थिइन् ।
शशिकला शर्मा र श्यामप्रसादको दाम्पत्य जीवन टुक्रिएको तीस वर्षपछि अथवा भनूँ २०५२ सालमा उनीहरूको जम्काभेट भएको थियो । अनि उनीहरूले त्यस बेला एकअर्काका स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । त्यसघडी दुवैजनाको अनुहारभरि खिन्नताका रङ्गहरू पोतिएका थिए ।
प्राय: जीवनभरि पीडा र व्यथा बोकेर नै शशिकला आफ्ना यात्रामा घस्रिन् । बिहे नगरिन्जेल उडेको पङ्खी भए तापनि दाम्पत्य जीवनमा घुस्रेपछि विविध प्रपयभचले शशिकला रन्थनिएकी थिइन् । त्यसैले उनले सानैदेखि लेखरचनाको आविष्कार गर्न थालेकी थिइन् । यिनले २००५ सालमा ‘गोरखापत्र’मा आफ्नो पहिलो कविता छपाएर साहित्यसृजनालाई अँगाल्दै आएकी थिइन् ।
नेपाली साहित्यमा शशिकला शर्मा कथासङ्ग्रह प्रस्तुत गर्ने प्रथम नारी सर्जक हुन् । उनले २०१९ सालमा प्रकाशनमा ल्याएको कथासङ्ग्रह ‘उसको सुरुवाल’ भन्दा अघि नेपाली नारीस्रष्टाका कथासङ्ग्रह प्रकाशनमा आएका थिएनन् । उनको पहिलो कथाचाहिँ २००९ सालमा ‘जीवनघटना’ शीर्षकमा ‘प्रतिभा’ मासिकमा प्रकाशित भएको थियो । त्यति बेला उनले आफ्नो नाउँका पछाडि ‘पीडित’ उपनाउँ लेख्ने गर्थिन् ।
शशिकलाले २०४५ सालमा ‘सुन्दर, स्वस्थ गृहिणी’ नामक निबन्धसङ्ग्रह पनि प्रकाशनमा ल्याइन् । साथै २०५४ सालमा उनले ‘माटो र मान्छेलाई माया गर’ शीर्षकको कवितासङ्ग्रह जनसमक्ष ल्याइन् । यस कृतिमा उनले आफ्नो नाउँमा गाँसिएको ‘शर्मा’ उपनाउँ हटाएर ‘साइराम’ राखेकी थिइन् । यस कृतिबारे उनका पूर्वपति श्यामप्रसादले प्रतिक्रिया पनि लेखे “त्यसमा ४३ वटा सारै सानासाना कविता छन् । देशका वीर सपूतहरूलाई समर्पण गरिएको त्यस कृतिमा स्वार्थी हुनुहुन्न, आशावादी बन्नुपर्छ, मानवतालाई बिर्सन हुन्न, दुःखीको सेवा गर्नुपर्छ, वातावरण स्वच्छ राख्नुपर्छ, बेइमानी गर्नुहुन्न, धैर्य लिनुपर्छ, लोभी हुनुहुन्नजस्ता राम्राराम्रा सन्देशहरू छन् । मुलुकमा प्रतिक्रियावादीहरूकै हालीमुहाली चलिरहेको, विकास हुन नसकेको र गरीबहरूले विवशतापूर्ण जीवन बिताउनुपरेको जस्ता कुरा पनि देखाइएको छ ।”
साहित्यसृजनाका सिलसिलामा शशिकला शर्माले २०५२ सालमा सुन्नेकथासङ्ग्रह पनि तयार पारेकी थिइन् ‘पूmचुरोको कथा’ । यस कथासङ्ग्रहमा पनि उनले आफ्नो नाउँथर पछि साइराम नै लेखेकी थिइन् । साथै उनले चिनिया पुस्तकको नेपाली भाषामा ‘लामो हिँडाइ’ (निबन्धसङ्ग्रह) अनुवाद गरेकी थिइन् ।
शशिकला युवाकालमा विशेष गरी राजनीति र समाजसेवामा आकृष्ट भएका कारण २०१६ सालताका उनी धखक ९धयmभल खयगबिलतभभच कभचखष्अभ० नामक महिला स्वयम्सेवा संंस्थासँग पनि सम्बद्ध थिइन् । त्यस संस्थाका अध्यक्षचाहिँ श्री ५ अधिराजकुमारी प्रिन्सेप थिइन् ।
शशिकला शर्माले जीवन भोग्नेक्रममा अनेक दुःखकष्ट पाइन् । अनेक गरेर उनले चार जना सन्तानको सुनौलो भविष्य निर्माणका लागि पनि पहल गरिन् । त्यही क्रममा सम्झनाले स्नातक गरिन्, सपनाले स्नातकोत्तर गरिन्, स्पन्दनाले पनि स्नातकोत्तर नै गरिन् अनि साइतले एमबीबीएस गरे । उनैले छोराछोरी सबैका लागि एउटाएउटा घर पनि काठमाडौंको कमलपेखरीको मोडमा ठड्याइदिइन् ।
शशिकलालाई जीवनको उत्तरार्धमा स्वास्थ्यले चाहिँ साथ दिन छाड्यो । उनलाई शारीरिक र मानसिक दुवै बिमारले एक्कैचोटि गाँज्न थाल्यो । त्यसमाथि लडेर उनले आफ्नो खुट्टा भाँचिन् । यी सबै रोगले उनलाई मृत्युका घरसम्म पु¥याउन मद्दत गरे । अन्तत: २०६३ साल जेठ २६ गते शुक्रबार काठमाडौंमा उनको स्वर्गारोहण भयो । तर उनको इच्छाका कारणले निधनको समाचार बाहिर आएन । घरभित्रका सदस्यहरू मिलेरै उनको शवयात्रा गरेर उनलाई आर्यघाट पु¥याए । उनले आपूm मर्ने अघिल्लो दिन भनेकी थिइन् “छोराछोरीले मेरो किरिया गर्नुपर्दैन ।”
राधिका रायाले आफ्नी आमाको प्रेरणाले लेख्न थालिन् । उनले संवत् २००४ मा आफ्नो साहित्यसृजना जनसमक्ष ल्याइन् । त्यसपछि उनलाई लैनसिंह बाङ्देलले ‘प्रभात’ मा लेख्न आग्रह गरे; त्यहाँ पनि उनले गद्यकविता लेखिन् । ‘प्रभात’ को रचना मन पराएर पारसमणि प्रधानले पनि राधिका रायालाई आफ्नो ‘भारती’ मा लेख्न अनुरोध गरे; त्यहाँ पनि राधिकाले लेखिन् । त्यसपछि उनी बिस्तारै चर्चामा आउन थालिन् । त्यस बेला एकातिर नेपालीमा नारीसाहित्यकारको सिला खोज्ने अवस्था थियो भने अर्कातिर उनको लेखनस्तर परिपक्व पनि थियो । त्यसैले काजीमान
मान्छे भन्छन्
फलानो ठाउँमा कम्युनिस्ट शासन छ
ढिस्काना ठाउँमा काङ्ग्रेसको शासन छ
छैनछैन, कसैको शासन छैन
संसारैभरि पैसाको शासन छ ।
Subscribe to:
Post Comments (Atom)
Tags
Activities
AIDS
Alcohol
Anju Panta
Articles
Ashoka
Bhutan
Bhutanese Refugees
Biodiversity
Boudha
Boudhanath Mahachaitya
Buddhism
Buddhist
Causes of Tourism
Chitwan
Civil
Classical Dance
Corruption
Dances of Nepal
Dangers
Dhan Dance
Drugs
Eastern Development Region
Education
Endangered Species
Environment
Federal System
Festivals of Nepal
Folk Dance
Folk Music
FWDR
Gautam Buddha
Girls Trafficking
Gorkha Paltan
Gorkhaland
Green House Effect
Gutor
Hanuman
Hanumandhoka Durbar Square
History
Human Resource
Importance of Tourism
Institutions
Kathmandu
Lalitpur
Learn Nepali
Lord Shiva
Loshar
Lumbini
Maiti Nepal
Makar Mela
Mantra
Maps
Music
National Heritages
National Parks
Natural Environment
Nepal
Nepali Culture
Nepali Folk Songs
Nepali Food and Recipes
Nepali Music Videos
Nepali Novels
Nepali Radios
Nepali Songs
Nepali Women
News
Pashupatinath
Patan
Patan Durbar Square
Politics
Population
Prashant Tamang
Prostitutes
Religious and Traditions
Science
Scout
Social Evils
Social Problems
Social Work
SOS
Stupa
The Husband and The Cat
Tobacco
Tourism in Nepal
Tourism Industry
Transportation in Nepal
Untouchability
Wallpapers
Western Development Region
Yarshagumba
अन्जान
इन्दिरा प्रसाई
उपन्यास
उसको लोग्ने र बिरालो
एस.एल.सी (SLC)
कृतिहरु
गणेशबहादुर प्रसाई
जीवनी
टेलिफोन नम्बर
नयन
नरेन्द्र पौडेल
नरेन्द्रराज प्रसाई
नारीचुली
नेपाली साहित्यकार
मेरी सासू
0 comments:
Post a Comment