उसको लोग्ने र बिरालो (उपन्यास) - इन्दिरा प्रसाई
संस्करण: पहिलो (२०६०), प्रति: १०००
ISBN: 99933-799-6-4
Usako Logne Ra Biralo (A Novel by Indira Prasai)
जीवनमा प्रेम, अपमान र पछुतोको सग्लो कथा हो उसको लोग्ने र बिरालो । इन्दिरा प्रसाईको यो उपन्यासले निक्कै चर्चा पनि पायो ।
सन्दर्भ: उसको लोग्ने र बिरालो (लेखकीय)
आफू यस धर्तीमा उपस्थित भएको झन्नै आधा शताब्दी पुग्नै लागेको यस घडीमा मैले चौथाइ शताब्दीको दाम्पत्यअनुभव पनि स“गालिसकेकी छु । यसै अनुभवका आधारमा मलाई लाग्छ मानिस स्वयंमा अर्धनारीश्वर हु“दाहु“दै पनि प्रकृति र पुरुषको समागमबिनाको मानवजीवन अधुरो हुन्छ । अनि अनुभवकै कथा भन्ने हो भने अबको युगमा संसारको सबैभन्दा जटिलतम काम भनेकै दाम्पत्यजीवनको चिरस्थायित्व हो जस्तो मलाई लागेको छ । त्यसो त आज मैले लेख्न लागेको विषय मेरै लागि पनि नवीनतम छ । म आपूm मानवतावादको हिमायती भएका कारण मैले पुरुषवाद, नारीवाद वा अन्य जातीय र साम्प्रदायिक वादका कुराहरूलाई हेय दृष्टिले हेर्दै आएकी हु“ । अर्थात् आजभन्दा पहिले मैले नारीवादी भएर खासै कलम समातेकी थिइन“ । विगतका ती घडीहरूमा भविष्यको कुनै कालखण्डमा मेरो कलमले पनि कट्टर नारीवादी कुरा लेख्न अग्रसर हुनेछ भन्ने कुरो मेरो कल्पनामा पनि थिएन । यी जाग्रत् अवस्थाका कुरा थिए तर अहिले लाग्छ आÏनै सुषुप्त मनस्थितिस“ग मेरै परिचय रहेनछ † अहिले मलाई लागिरहेछ आपूm र आÏनो वातावरणका नारीहरू ड्ढगत् नारी हुनुको पीडाले आहत हुने गरेका सत्य प्रसङ्गप्रति मेरो चेतना अभिमुख हु“दा मेरो सुषुप्तावस्था जागेको हुनुपर्छ । त्यसैले यस बेला मैले नारीवादको आवाजस“ग आÏनो आवाज मिसाउनामा नै आपूm नारी हुनुको धर्मबोध गरेकी छु ।
म भन्न सक्तिन“≤ मातृसत्तात्मक युगमा दाम्पत्यजीवन कायम राख्नका लागि पुरुषहरूले केकति मानसिक र शारीरिक यन्त्रणाहरू भोग्नुपरेको थियो । यस जगत्मा मेरो प्रवेशको अवधि प्रबल पितृसत्तात्मक थियो । त्यसैले मैले बाल्यकालमै आÏनी आमाको मुखबाट पितृसत्ताका अधीनमा त्रूmरतापूर्ण जीवन बा“चेका मेरै हजुरआमा, जिजुआमाहरूका कथा सुनिसकेकी थिए“ । त्यसै गरी मेरै पितामा रहेको पितृसत्तात्मकताको दारुण छायांशद्वारा मेरी आमामाथिको आंशिक दासत्वले समेत ममा पितृसत्ताप्रतिको विद्वेष पैदा गराउनमा सघाउ पु¥याएको हुनुपर्छ । आमाले आपूmले भोगेका जीवनका कथा सुनाएका बेला म आक्रोशित पनि हुने गर्थें “तपाईं कसरी सहनुहुन्थ्यो आमा † तपाईंले किन विद्रोह गर्नुभएन ?” म प्रश्न गर्थें । “हामी तिमीहरूजस्तो सÔम थिएनौ“≤ सहनु र सहन नसके मर्नुबाहेकको विकल्प हामीस“ग थिएन” मेरी आमाको जवाड्ढ हुने गथ्र्यो ।
बाल्यकालदेखि यौवनावस्थामा पुगुन्जेलसम्ममा म पितृसत्ताको दासत्वप्रति आन्तरिक रूपले विद्रोही भइसकेकी रहेछु, तर यति हु“दाहु“दै पनि पुरुषप्रतिको प्राकृतिक आकर्षणबाट मुक्त हुने मेरो सामथ्र्य भएन र म ड्ढेरि दाम्पत्य नै वरण गर्न पुगे“ । वास्तवमा सबैभन्दा कठिन परिस्थितिको सिर्जना त्यस बेला हु“दो रहेछ जब मानिस बाहिर देखि“दा एक किसिमको र भित्र अर्कै किसिमको हु“दोरहेछ । अर्थात् दोहोरो मानसिकतामा बा“च्ने मानिसलाई जीवन कष्टकर हुनु स्वाभाविक पनि रहेछ । पितृसत्ताप्रति अन्तहर््दयबाट वितृष्णा बोक्ने नारीहरूले पुरुषस“ग नै विवाह गरेपछि भोग्नुपर्ने मानसिक कष्टको अनुभव मैले पनि सङ्ग्रहित गर्नुपरेको छ ।
पितृसत्तामा दाम्पत्यको जुन चिरस्थायित्वको उदाहरण पेस गरिन्छ त्यो त्रूmरताको शासनमा टिकेको हो । मलाई लाग्छ≤ मातृसत्तामा पनि दाम्पत्यको आयु लामै थियो होला ? किनभने सत्ता भएपछि एउटा शासक र अर्को शासित हुने गर्छ । शासकको शासकत्वका कारण शासित वर्ग अधीनस्थ रहने गर्छ । स्वाभाविक रूपले शासक शक्तिशाली हुन्छ भने शासित निरीह हुन्छ । शासकलाई निरीहमाथि शासन गर्न सजिलो हुन्छ । त्यहा“ निरीहरूका विद्रोहका मसिना स्वर सुनिए पनि युद्धको सम्भावना भने Ôीण रहन्छ । शक्तिशालीले निरीहमाथि शासन गरेकाले पनि दाम्पत्य जीवनको चिरस्थायित्वको गौरवगाथा गाउन सकिन्थ्यो । यसै कारणले पनि त्यस कालमा परिवार बलियो भएको सत्यलाई स्वीकार गर्नै पर्छ ।
शासनको अर्थ र औचित्य नै गलत हो भन्नु पनि मेरो मान्यता होइन । जसरी जीवन र जगत्कै सुसञ्चालनमा अनुशासनको अपरिहार्यता छ त्यसरी नै सुशासनको पनि औचित्य र महइभ्वलाई नकार्न सकि“दैन । तर शासनका नाउ“मा हुने त्रूmरता वा बर्बरताप्रति म विद्वेषित छु । मातृसत्ताको पतनको कारण पनि अनुशासनहीनता नै हो भने पितृसत्ताको अधोगतिको कारण पनि पुरुषद्वारा नारीमाथि गरिने त्रूmर र बर्बर व्यवहार नै हुनेछ । त्यसै गरी पितृसत्ताद्वारा प्रतिपादित पुराना ढुसी परेका मूल्य र मान्यतालाई आदर्शको सीमा मानेर नारी भएर जन्मनुकै कारण दोस्रो दर्जाको नागरिक हुनुको पीडा भोग्नुपर्ने बाध्यता मलाई स्वीकार्य छैन । एउटा बेइमान पुरुष ऊ पुरुष हुनाकै कारण सामाजिक दृष्टिमा उसका बेइमानी पनि Ôम्य हुन्छन् । तर एउटी नारीले भने ऊ नारी भएर जन्मनाका कारण उसको इमानदारीलाई पनि दण्डित गरिने पितृसत्तात्मक उपजबाट म स्वयं पनि प्रताडित भएकाले मैले यस सन्दर्भको कटु अनुभव पनि स“गाल्नुपरेको छ ।
एउटै गर्भबाट उत्तिकै कष्ट खपेर जन्माइएका दुई सन्तानमध्ये एउटाले स्त्री जात हुनु परेकाले अवमूल्यित हुनुभन्दा ठूलो असमान व्यवहार के होला ? आÏनै जननीले पितृसत्तारूपी लागूपदार्थको नसामा परेर आÏनै रगतको सिर्जना छोरी जातलाई असमान व्यवहार गर्नु नारी जातिका लागि कठोर यन्त्रणा हो । यस्ता यन्त्रणाको भुक्तभोगी बेलाकुबेला मैले पनि हुनुपरेको छ । हरेक दृष्टिले आÏनो सहकर्मी पुरुषबराबर मात्र नभएर अझ दÔसमेत हु“दाहु“दै पनि आइमाई भएकै कारणले दोस्रो दर्जामा परेको पीडा मैले पनि भोगेकी छु । यसरी आपूm पीडाको गर्तमा डुबेका बेला मैले आपूmभन्दा अघिल्लाअघिल्ला पुस्ताका नारीहरूले नारी हुनाका कारण भोग्नुपरेका दारुण यन्त्रणाको कल्पना गर्दै बेलाकुबेला आपूmले भोग्नुपरेका पीडाबाट राहत लिने गरेकी छु ।
समयको ठूलो विशेषता नै यसको परिवर्तनशीलता हो । यसै परिवर्तनको प्रतिड्ढलस्वरूप शिÔा र चेतनाका कारण निरीह नारी सÔम हु“दै जा“दा पुरुषशासकका शासनमा शोषित भएर बस्ने अवस्था नरहनु पनि स्वाभाविक हो । हिजो अज्ञानता अर्थात् पशुसरहको जीवनयापनका क्रममा व्यतीत जीवनशैली आजको नारीचेतनाले किमार्थ स्वीकार गर्न सक्तैन । बरु अब बिस्तारै नारीले आपूm स्वयं शासकको कुर्सीमा बस्ने आकाङ्Ôा राख्नु अनौठो पनि होइन । जसले गर्दा परम्परागत रूपमा शासन गर्दै आएका पुरुषवर्ग आÏनो समकÔमा बस्न हिम्मत गर्ने अथवा आपूmमाथि शासन गर्न उद्यत नारीवर्गप्रति द्वन्द्वित हुनु पनि अनौठो भएन । मलाई यो पनि थाहा भएन≤ मातृसत्तापछि सहजै पितृसत्ता आयो अथवा यसरी सत्तापरिवर्तनका क्रममा ठूलै र लामै सङ्घर्ष भएको थियो । तर अहिले पितृसत्तास“ग मातृसत्ताको द्वन्द्वको युग बितिरहेको मैले अनुभूत गरिरहेकी छु । हुन त एउटा वर्ग शासक र अर्को वर्ग शासित भएपछि स्वतः अर्को सत्ताको प्रारम्भ हुन्छ । यस अर्थमा मूल्य र मान्यताहरूको परिवर्तनको यो समय दाम्पत्यसम्बन्धका लागि दुरुह भएको छ । खासमा यस बेला हामी नारीपुरुषसम्बन्धको सङ्क्रमणकाल भोगिरहेका छौ“ । त्यसैले मलाई लाग्छ स्त्रीपुरुष दाम्पत्यसम्बन्धका लागि यो युग कठिनतम युग हो ।
आपूm मानव भएर जन्मन पाउनुको अनन्त गौरवमा गौरवान्वित हु“दै र नारी हुनाको शतत आनन्दमा रमेका बेला पितृसत्तात्मक प्रताडनास्वरूप आइमाई हुनुपरेको केही पीडा मैले पनि भोग्दै आएकी छु । यस्तो बेला आपूmले स“गालेका अनन्त र शतत गौरव तथा आनन्दले केही पीडालाई जित्नुपर्ने हो तर त्यसो हु“दैन । सायद शासित भएर रहनुपरेको आत्महीनताले ममाथि शिर उठाएर पनि होला केही पीडाले गौरव र आनन्दलाई पराजित गरिदिन्छ र म आइमाई हुनुको पीडामै रन्थनिने गर्छु । हुन त पितृसत्ताको आयु लम्बिनुमा शासित भएर रमाउने आइमाईकै हूल नै प्रमुख कारक हो । हुन पनि सङ्ख्यात्मक रूपले हेर्ने हो भने अहिले पनि शासित हुनमा रमाउने आइमाईकै बाहुल्य रहेको छ । आÏनो स्वत्व र स्वाभिमानस“ग कुनै सरोकार नभएका पशुतुल्य खान र बा“च्नमै रमाउने आदत भएका ती समूह जिम्मेवारीविहीन निर्धो हुनुको आनन्दमा नै जीवन बिताइरहेछन् । पुरुषहरूद्वारा नारीमाथि शोषण हुनाका प्रमुख कारक तइभ्व नै यस्ता नारीहरू हुन् । खास अर्थमा नारी अस्तित्व प्रवद्र्धनका खतरनाक अवरोध भनेका पुरुष मात्र नभएर त्यस्ता प्रवृत्तिका नारीहरूसमेत हुन् ।
त्यसो त शासनका राम्रा पÔहरू भएको कुरा पनि नकार्न सकि“दैन । संरÔकत्व प्रदान गर्ने शासनलाई अस्वीकार गर्न पनि सकि“दैन । तर महिलामाथिको पुरुषशासन थोरैजसो संरÔणतड्र्ढ र धेरैजसो शोषणतड्र्ढ उन्मुख रहेको पाइन्छ । मनोरञ्जन र श्रम प्राप्त गर्ने साधनका रूपमा पुरुषका लागि महिलाको धेरैजसो भूमिका हुने गरेको छ । उनीहरूको आÏनो यही भूमिकामा अधिकांश महिलाहरू रमाउने गरेको पनि पाइन्छ । आÏनो स्वत्वस“ग परिचय नै नभएका त्यस्ता महिलाहरू पनि यसै युगमा रमाएर बा“चिरहेको देखिन्छ । एउटा पुरुषस“ग दुई नारीले एकैपटक बिहा गरेर नारीअस्मितामाथि कलङ्क लगाउने नारी पनि एक्काईसौ“ शताब्दीमा समेत भेटिएका छन् । आर्थिक दासत्वका कारण बाध्य भएर सौता स्वीकार्ने नारीलाई निरीह भन्न सकिन्छ तर सौता खेप्दा आपूmले पनि गौरव गर्ने र अरू आइमाईले पनि त्यस्तै व्यवहार खेप्नुपर्छ भन्नुचाहि“ विडम्बना हो ।
‘विवाहित स्वास्नीमान्छे उसको लोग्नेकी रन्डी हो’ भन्ने जर्ज बर्नार्डशाको भनाइस“गस“गै तसलिमा नसरिनको स्वीकृतिस“ग असहमत हुन पनि सकिन्न । वास्तवमा वैवाहिक जीवनले पुरुषलाई एउटी आइमाई भोग्ने वैधता प्रदान गर्छ । त्यसो त वैवाहिक पद्धतिद्वारा नारीका लागि पुरुष पनि यौनसाथीका रूपमा सामाजिक स्वीकृति प्रदान गरिएको हो । तर कति आÏनै आत्महीनताका कारणले र कतिचाहि“ पितृसत्ताको प्रकोपका कारणले पनि अधिकांश विवाहित नारीले समेत यौनकुण्ठा भोगेका दृष्टान्त पाइन्छन् । आइमाई लोग्नेमानिसका लागि भोग्या ठहर गरिएका छन् तर पुरुष आइमाईका लागि भोग्य भनि“दैनन् । दुवै एकअर्काका लागि हुनुपर्नेमा पितृसत्ताले नारीसमर्पण र त्यागको थोत्रो महिमा गानमा नारी जातिलाई भुलाएको छ । दुःख, कष्ट, वेदना र अप्राप्तिका आगोमा जल्नु नारीको महानता हो भन्ने कथाको नसामा नारीलाई लठ्याउने काम पितृसत्ताले गर्दै आएको छ । आÏना आवश्यकता, अधिकार र आकाङ्Ôाको माग गर्ने आइमाई पितृसत्ताद्वारा निर्माण गरिएको समाजका लागि बाइड्ढाले, दुश्चरित्रा र कलङ्कित हुन्छे । आÏना सम्पूर्ण इच्छा र आकाङ्Ôाहरूलाई दमन गरेर कुण्ठित भएपछि मानसिक र शारीरिक रोगले निरीह भएर जीवन बिताउने नारीलाई महान् र सम्पूज्य ठहर गर्दै पितृसत्ता आÏनो शासनको जरो दह्रो पार्ने क्रममा यस्ता नारी अनुयायीहरूकै शीर्षस्थ भएर बसेको छ ।
नारीपुरुष एकअर्काका आवश्यकता हुन्, यी दुवैको समागमले नै मानवको अस्तित्व अÔुण्ण रहन सक्छ । यी ध्रुवसत्य कुरा हुन् । त्यसैले दुवैले एकअर्काको सम्मान गर्न सक्नुपर्छ । पुरुष र स्त्रीको एक जोडीबाट उनीहरूको संसार निर्माण गर्न सकिने प्राकृतिक एवम् प्राग्नियम भएकै कारणले होला पुरुष र स्त्रीका आआÏना किसिमका महत्ता छन् । प्रकृतिपरक रूपमा स्त्री पुरुष हुनसक्तिन र पुरुष पनि स्त्री हुन सक्तैन । यस अर्थमा दुवैले एकअर्काको अस्तित्वको कदर गर्नुपर्छ । अहिले पनि पुरुष हुनुको दम्भ बोकेर कतिपय पुरुष नारीलाई हेय दृष्टिले हेर्छन् । त्यसै गरी शक्तिशाली नारीका ओतमा पुरुषको अस्तित्व निरीह देखा नपरेको पनि होइन । मलाई यी दुवै कुरा बेठीक लाग्छन् । म सहअस्तित्व र समानताप्रति आस्थावान् छु ।
मलाई थाहा छैन समाजमा प्रत्यारोपित पारम्परिक भनिने मूल्य र मान्यताको जरो कति बलियो छ । मैले उल्लेख गरिसके“≤ नारीवादी आन्दोलनको नाराजुलुसमा म कहिल्यै सहभागी भएकी छैन । नारीवादी भनिने कुरामा मलाई हीनताबोधसमेत हुने गथ्र्यो । तर समयको परिवर्तन र जीवनका अनेकौ“ अनुभवहरूको सङ्कलनपछि मैले नारीवादी आन्दोलनका समर्थनमा केही लेख्नु आपूm नारी हुनुकै औचित्य ठहर गरे“ । आपूmलाई ड्ढगत् नारीवादको सीमारेखामा बा“ध्न नचाहेर आपूmलाई मानवतावादी भन्न रुचाउने मैले मानवताको शिखर टेक्ने क्रममा नारीवादी भ¥याङको खुडकिलो टेक्नैपर्ने आवश्यकता महसुस गरे“ । मेरा यिनै दृष्टान्तहरूको उपजस्वरूप मैले मेरो यो उसको लोग्ने र बिरालोको सिर्जना गरेकी हु“ ।
मैले माथि उल्लेख गरेका कुरा मेरो यस उपन्यासका विषयवस्तु होइनन् । कति मान्छेहरू नातेदार नहु“दानहु“दै पनि नातेदारमा पर्छन् । माथिको पृष्ठभूमि र मेरो यो उपन्यासको झन्नैझन्नै त्यस्तै नाता छ । मेरो उपन्यासको विषयप्रसङ्ग अर्कै भए पनि मेरो यो उपन्यास उभिने धरातल भने माथि उल्लिखित कुराहरू नै हुन् भन्ने कुरामा कुनै शङ्का छैन । यस उपन्यासभित्रका कति कुरा म स्वयंले भोगेका सत्य हुन् भने कतिपय कुरा यसै विश्वका आधुनिक युगस“गस“गै बाच्नुपर्ने बाध्यता भोगिरहेका मानिसहरूकै कथाहरू हुन् । त्यसैले यस उपन्यासभित्र मैले केही आÏनै कथा, केहीचाहि“ मैले देखेका र सुनेका कथा अनि केही केहीचाहि“ मेरा अनुभूतिमा सङ्ग्रहित विश्वपरिवेशका घटनाप्रतिघटनाहरू बुनेकी छु ।
पुरुष र स्त्रीको सामाजिक वैधताप्राप्त सम्बन्धलाई आजसम्म दाम्पत्यसम्बन्ध भनि“दै आएको छ । पति र पत्नीको सम्बन्धलाई दाम्पत्य भनिएको छ । पति भन्नाले मालिक अर्थात् शासकको अर्थ लाग्छ भने पत्नी भन्नाले पतिको अधीनस्थ भन्ने अर्थ पनि पति शब्दले नै बोध गराउ“छ । यसै गरी प्राचीनकालमा पनि प्रचलित समलिङ्गीहरूको बढ्दो सङ्ख्या, सञ्चारद्वारा सङ्कुचित विश्वपरिवेश र थप युगीय जटिलताका कारण यसले अहिले बढी व्यापकता प्राप्त गर्दै आएको देखिन्छ । त्यसैले हिजोआजको नवीनतम संसारमा स्त्रीस्त्री र पुरुषपुरुषबीच विवाह गर्ने प्रचलन भएकाले यस परिप्रेक्ष्यमा दाम्पत्यको अर्थ लिङ्गभेद नभएर समलिङ्गीसमेत हुन पुगेको छ । अब दाम्पत्यसम्बन्ध भन्नाले समलिङ्गी विवाहलाई पनि स्वीकार गर्नुपर्ने बेला आइसकेको छ । विश्वका कतिपय मुलुकले समलिङ्गी विवाहलाई कानुनी मान्यतासमेत प्रदान गरेका छन् भने कतिपय मुलुकमा कानुनी मान्यताप्राप्तिका लागि समलिङ्गीहरूबाट सङ्घर्षसमेत भइरहेको छ । हाम्रै नेपालमा पनि समलिङ्गी विवाहका नमुना प्रस्तुत हुन थालेका समाचारहरू प्राप्त हुन लागेका छन् । मलाई लाग्छ स्त्री र पुरुषको एकअर्को लिङ्गप्रतिको विकर्षणकै कारण आज समलिङ्गी आकर्षण बढ्न थालेको हो । पुरुष र स्त्रीको आकर्षणलाई प्राकृतिक सम्बन्ध भनिन्छ भने समलिङ्गी आकर्षणलाई अप्राकृतिकताको परिभाषाले परिभाषित गरिएको पाइन्छ । मलाई लाग्छ पुरुषस्त्रीसम्बन्धको बढ्दो तनाव र विकर्षणका कारण विखण्डित यो सम्बन्धको प्रतिड्ढल नै समलिङ्गी सम्बन्ध हो । बीसौ“ शताब्दीको उत्तरार्धमा सुरु भएको समलिङ्गी विवाह द्रुततर गतिले ड्ढैलि“दो छ । भाडाका गर्भका कुराहरू, वीर्य बैङ्कका कुराहरू, लोग्ने स्वीकार नगरी सन्तान जन्माउने कुराहरू र हिजोआज मानव क्लोनिङका कुराहरूसमेत चर्चामा आएका छन् । संसारको प्राकृतिक विनाशकारितातड्र्ढ लÔित यस्तो कदमको बढ्दो प्रकोपले मानवजगत्मा निःसन्देह भयावहता ल्याएको छ । त्यसैले मानव जातिको भविष्य र वर्तमान अस्तित्वरÔाका बारे पनि चिन्तित हुने समय आइसकेको छ । मानवको विकासशीलताले कतै मानवकै विनाश त गर्ने हैन ? आज चिन्तित छन् चेतनशीलहरू ।
आपसी प्रेमसम्बन्धलाई कायम राख्न सक्नु नै पुरुषस्त्रीका बीचको सम्बन्धको सड्ढलता अथवा चिरस्थायित्वको कारण हो । मेरो यस उपन्यासको प्रमुख विषयवस्तु पनि ड्ढगत् स्त्रीपुरुषबीचको दिगो सम्बन्ध र उनीहरूबीचको प्रेमको निरन्तरताको समस्या नै हो । प्रेमको खोजीमा सुरु भएको उपन्यासको अन्त्य पनि प्रेमको अप्राप्तिमै टुङ्गिन्छ । पुरुषस्त्रीबीचको सम्बन्धलाई कायम राख्ने अथवा प्रगाढ पार्ने सन्दर्भमा प्रेमको भूमिका नै सर्वोपरि हुने कुरामा मेरो उपन्यास लÔित रहेको छ, तर प्रेम के हो ? प्रश्नहरूबीच जेलिएको मेरो उपन्यासको कथावस्तु खासै निष्कर्षमा पनि पुग्न सकेको छैन । ठूलाठूला पण्डित, दार्शनिक र व्याख्याताहरूले परिभाषित गर्दा पनि ती परिभाषाभित्र ‘प्रेम’ अट्न सकेको छैन । त्यसैले मैले यस्तो निष्कर्ष निकाल्न पनि सकेकी छैन≤ किनभने मैले बुझ्न सक्ने विषयवस्तु नै भएन यो ।
लोग्ने र स्वास्नीबीचको सम्बन्धको तेजाव भनेको त्यहा“ आउने कुनै पनि तेस्रो अस्तित्व हो भन्ने कुरामा मेरो उपन्यासकारले निक्र्योल गर्न खोजेको छ । पुरुषले बा“डिएकी स्त्री रुचाउ“दैन भने स्त्री पनि बा“डिएको पुरुषस“ग समर्पित हुन सक्तिन । यस अर्थमा मेरो उपन्यासकी नायिका बेइमानीपूर्ण वा कुण्ठाग्रस्त दाम्पत्यसम्बन्धको साटो इमानदारीसाथ सग्लो अस्तित्ववरणतड्र्ढ पलायन भएकी छ ।
भौतिक विकास र प्राप्तिको चरमबिन्दु टेकिसकेको मानव सभ्यता वर्तमानमा मानवीय मूल्यमान्यताको खोजीमा छ । आपसी सम्बन्ध कायम राख्ने क्रममा मान्छेका असड्ढलताका कथाहरू यत्रतत्र सुनिन्छन् । अझ खास गरेर स्त्रीपुरुषभन्दा पनि पतिपत्नी हुनासाथ त्यो सम्बन्धको स्थायित्वबारे प्रश्नचि≈न बन्दै जानु पनि आजको युगको समस्या देखिएको छ । प्राकृतिक आकर्षण र प्राकृतिक आवश्यकताकै कारण एकअर्कास“ग नजिकिने र हुरुक्क हुने यी दम्पतिहरू छोटै समयमा किन एकअर्कास“ग विरक्त हुन्छन् ? अझ त्यो पनि युगल प्रेमपछि परिवर्तित दाम्पत्य सम्बन्धको चिरस्थायित्व हिजोआज शङ्कास्पद भएको छ । सुखद प्रेमको परिणाम दुखद हुनुले निश्चय नै प्रेमको सुखानुभूतिमा पनि प्रश्नचि≈न खडा गरेको छ । आखिर किन टुक्रि“दै छन् पारिवारिक सम्बन्धहरू ? किन वितृष्णाका भुमरीभित्र पर्दैछन् स्त्रीपुरुषसम्बन्धहरू ? मलाई लाग्छ अत्याधुनिक युगमा प्रवेश गरिसकेको मानवसभ्यताका लागि आज सबैभन्दा समाधान गर्न कठिन समस्या नै यही भएको छ ।
मानिसको मनका अजस्र बिन्दुहरू हुन्छन् । संसारको सबैभन्दा कठिन काम मानिसको पहिचान गर्नु अथवा उसका मनका बिन्दुहरू पहिल्याउनु हो । त्यही मानसिक बिन्दुमध्येको कुनै बिन्दुलाई पहिल्याउने प्रयास मैले यस उपन्यासमा गरेकी छु । त्यसो भनेर मैले कठिनतम मार्गको यात्रा गर्ने साहस गरे“ भन्न किमार्थ चाहेकी होइन । तर एउटा दुरुह मार्ग प्रवेशको आकाङ्Ôा भने मैले पक्कै गरेकी छु ।
प्रेमको मिठास कायम रहन नसके कुनै पनि सम्बन्ध खोस्टोसरह हुन्छ । प्रेम गरेर वैवाहिक जीवनमा प्रवेश गर्न चाहनेहरूले आपसी मूल्याङ्कन गर्नुपर्छ । वैवाहिक सम्बन्ध भत्कनु भनेको जीवनले ठूलै दुर्घटना भोग्नु हो । सम्बन्ध गा“सिइसकेपछि चु“डिनु भनेको पनि एउटा दुःखद घटना हो । त्यसैले सम्बन्ध गा“स्नुअघि त्यो सम्बन्धको निरन्तरताका विषयमा सोच्नुपर्दो रहेछ जस्तो मलाई लागेको छ । प्रेम गरेपछि चिरकालसम्म प्रेमकै अपेÔा हुनु पनि गलत होइन । प्रेमले एकअर्काप्रति समर्पण खोज्छ । प्रेमको अमरता पनि आपसी समर्पणमा निर्भर गर्छ । हरेक प्रेम गर्ने जोडीले विवाह गर्नुअघि आपसी समर्पणको जा“च गर्नुपर्छ भन्ने मान्यतातिर मेरो उसको लोग्ने र बिरालो उन्मुख भएको छ ।
मानवजीवनस“ग गा“सिएको प्रेम र विवाहका साथै विवाहोत्तर सम्बन्धको दिगोपनको समस्यास“ग सम्बन्धित उसको लोग्ने र बिरालो आधुनिक युगका प्रकृति र पुरुषबीचको सम्पूर्ण कथा नभएर उनीहरूको सम्बन्धको एउटा सूक्ष्म झिल्को मात्र हो । मानव मनको जटिलता, मानव व्यवहारको परिवर्तनशीलता र मान्छे भएपछिका समस्यास“ग सम्बन्धित उसको लोग्ने र बिरालो पाठकहरूसमÔ प्रस्तुत गर्न पाउ“दा मैले आपूmलाई हलुङ्गो महसुस गरेकी छु ।
खास गरेर प्रेमिल जोडीले यस उपन्यासमा प्रेमको अर्थ खोज्ने र विवाहित जोडीले आपसी समर्पणको मर्म खोज्ने प्रयास गरेको खण्डमा मेरो लेखनधर्म सार्थक हुने कुरामा म आशान्वित छु ।
- इन्दिरा प्रसाई
Tags
Activities
AIDS
Alcohol
Anju Panta
Articles
Ashoka
Bhutan
Bhutanese Refugees
Biodiversity
Boudha
Boudhanath Mahachaitya
Buddhism
Buddhist
Causes of Tourism
Chitwan
Civil
Classical Dance
Corruption
Dances of Nepal
Dangers
Dhan Dance
Drugs
Eastern Development Region
Education
Endangered Species
Environment
Federal System
Festivals of Nepal
Folk Dance
Folk Music
FWDR
Gautam Buddha
Girls Trafficking
Gorkha Paltan
Gorkhaland
Green House Effect
Gutor
Hanuman
Hanumandhoka Durbar Square
History
Human Resource
Importance of Tourism
Institutions
Kathmandu
Lalitpur
Learn Nepali
Lord Shiva
Loshar
Lumbini
Maiti Nepal
Makar Mela
Mantra
Maps
Music
National Heritages
National Parks
Natural Environment
Nepal
Nepali Culture
Nepali Folk Songs
Nepali Food and Recipes
Nepali Music Videos
Nepali Novels
Nepali Radios
Nepali Songs
Nepali Women
News
Pashupatinath
Patan
Patan Durbar Square
Politics
Population
Prashant Tamang
Prostitutes
Religious and Traditions
Science
Scout
Social Evils
Social Problems
Social Work
SOS
Stupa
The Husband and The Cat
Tobacco
Tourism in Nepal
Tourism Industry
Transportation in Nepal
Untouchability
Wallpapers
Western Development Region
Yarshagumba
अन्जान
इन्दिरा प्रसाई
उपन्यास
उसको लोग्ने र बिरालो
एस.एल.सी (SLC)
कृतिहरु
गणेशबहादुर प्रसाई
जीवनी
टेलिफोन नम्बर
नयन
नरेन्द्र पौडेल
नरेन्द्रराज प्रसाई
नारीचुली
नेपाली साहित्यकार
मेरी सासू
0 comments:
Post a Comment