
प्रियतम ! तिम्रो वक्षस्थलमा
केवल एकैफेरा
आ“खा चिम्लीकन सकेन
मस्तक मेरो बिचरा ।
प्रियतम प्रियतम ! भजिरहेछ
जिह्वा सबेरा !
प्रियतम भनीकन बज्न सकेन
प्रियतमको मुख मेरा ।
प्रेमराजेश्वरी थापाले प्रेमका परिभाषामा कविता लेखिन्, प्रेमीप्रतिका समर्पणमा कविता लेखिन् र प्रेममय जीवनलाई नै कवितामा स्थापित गरिन् । उनको कवितालेखनको स्रोत नै माया हो, उनको काव्यरचनाको गन्तव्य नै स्नेह हो र उनको सिर्जनात्मक अभिव्यक्तिको केन्द्रीय स्वरूप नै प्रेमको प्रस्तुति हो । त्यसैले उनी ‘शारदा’ युगमा नेपाली साहित्यमा झुल्कनेबित्तिकै चर्चित भइन्, पछि प्रसिद्ध भइन् अनि सुप्रसिद्ध पनि भइन् । त्यस युगमा प्रेममा डुबेर, प्रेममा भिजेर र प्रेममा नुहाएर कवितारचना गर्ने नारीस्रष्टाहरूको प्राय: अभाव नै थियो । प्रेमराजेश्वरी थापाले भने प्रेमविषयकै काव्ययात्रामा सक्रियतापूर्वक लागेर नारीको सर्वाङ्गीण प्रतिनिधित्व गरेकी थिइन् ।
प्रेमराजेश्वरी थापा तनकी पनि सुन्दरी थिइन्, मनकी पनि सुन्दरी थिइन् र धनकी पनि सुन्दरी थिइन् । तीमध्ये उनको व्यक्तित्वको रौनकले धेरैलाई लोभ्याएको थियो । उनको सुन्दरताको पारख गर्न धेरै युवाहरू थापानिवासमा झुम्मिने गर्थे । उनको शारीरिक चमकले त्यस बेलाका युवाहरूलाई लट्ठ्याएको थियो । उनको जीउडालको विषयमा
व्यक्तित्वको लेखाजोखा गर्न समालोचक हृदयचन्द्रसिंह प्रधान पनि अग्रपङ्क्तिमा उभिएका थिए । प्रधानले कवयित्री थापाको काव्यकृतिको गहिरिएर समीक्षा गर्दै लेखे— “कुमारी डम्बरशमशेर थापा नामबाट लेखिएका कविता पनि यिनै कवयित्री प्रेमराजेश्वरीका रहेछन् । यिनी श्री भिक्षुस्कूलकी कवयित्री देखिन्छिन् । भिक्षुका साथ यिनले पनि छायावादको प्रेमप्रवाह ल्याइन् । तर प्रेमतइभ्वको गहिराइमा कुमारी कवयित्री भिक्षुभन्दा पनि दुई कदम अगाडि पुगेकी हुन् ।... नेपाली व्यथाकाव्यकी प्रसिद्ध कवयित्री प्रेमराजेश्वरी थापाले आफ्नो भावाभिव्यक्तिको टेको ‘प्रियतम’ अर्थात् ‘प्रेम’देवताको आधार लिइन् । ‘प्रियतम’ को टेकोमा टेकेर कुमारी थापा प्रेमको सतहमा निक्कै पर पुग्न खोजेकी छन् ।...वास्तवमा कुमारी थापाको काव्यसाधनामा पीडाको सुस्केरा खूब छ, उनी पनि भिक्षुजस्तै दुःख, व्यथा वा पीडाकी सफल छायावादी कवयित्री हुन् । तर भिक्षुजीको व्यथा र कुमारी थापाको कथा बेग्लाबेग्लै छ । कुमारी प्रेमराजेश्वरी थापाको व्यथा चाहिँ केवल प्रेमको निम्ति एकोहोरिएको छ । प्रेमव्यथाकै उनी कवयित्री हुन्, उनको व्यथा प्रेमसित एकाङ्गी छ ।”
प्रेमराजेश्वरीका काव्यका सन्दर्भमा डा. ईश्वर बरालले पनि लेखेका छन्— “Òथापा नारी हुनाले प्रतिविह्वलताका अभिव्यक्तिमा भिक्षुभन्दा बढ्ता छटपटी छ । तिनका प्रेमार्थी भावना प्रियका निम्ति उद्रिक्त भएका छन् । यस प्रकारको प्रीतिपिपासामा थापाको सुकुमार हृदय धेरैजसो यस विषयसंसारमा यन्त्रणाबोधले पराहत भएको देखिन्छ । ...सम्भ्रान्त परिवारकी युवती कुमारीको साहित्यक्षेत्रमा पदार्पण नभन्दै सप्रशंस थियो । त्यसमाथि झन् कवयित्री र लेखिकाको नगण्यतामा थापाको प्रयास अग्रगण्य भएको छ । Òप्रेमराजेश्वरीको नारीहृदय यस पुरुषसञ्चालित र अङ्कुशित संसारमा सीमाबद्ध भएकोले खुइय गर्दछ; मानौँ तिनका भिजेका आँखा छन् र डढेको मनोजगत् ।”
प्रेमराजेश्वरी थापाले प्रेमविषयका कविता जति लेखिन् ती सबै प्रेम र प्रेमबाट पलाउने विरह, आशा, नैराश्यका छायामा उनिएर लेखिन् । उनका लेखनको प्रेरक तइभ्व नै प्रेम हो । उनी सैद्धान्तिक र व्यावहारिक जीवनमा पनि प्रेमकी दोभान नै हुन्, चौतारी नै हुन् र भन्ज्याङ नै हुन् । उनको जीवन नै प्रेम हो र उनको जगत् नै प्रेम हो । उनी प्रेमविनाको मान्छे र पानीविनाको माछालाई एउटै धारमा राख्ने कवयित्री हुन् । त्यसैले उनले आफ्ना शब्दशब्दमा प्रेमको संसार पैmलाइन् । त्यति मात्र होइन लेखनको आरम्भदेखि नै उनले प्रेमगीत मात्र लेखिरहिन्—
प्रेमधन छ अनमोल वस्तु, प्रेम हो प्रभुको वरदान
प्रेममन्त्र पढेपछि कस्तै नीच होस् हुन जान्छ महान् ।
प्रेमराजेश्वरी थापाले आफ्नो साहित्यिक धारामा बग्दै जाँदा प्रेमका कविता मात्र लेखिनन् । उनले आफ्ना समकालीन साहित्यकार भवानी भिक्षुसँगको दोहोरीलेखन र काव्यिक मित्रता पनि परिपक्व बनाइन् । त्यसैले त्यस बेला यिनीहरूमाझ प्रेमकाव्यको जुहारी चलिरह्यो । यिनीहरू एकअर्कामा भावनात्मक रूपमा समर्पित थिए; तर अन्तर्जातीयताका कारणले औपचारिक रूपमा यिनीहरूले प्रेमप्रकरणलाई जनमानसमा देखाउन सकेनन् । भिक्षुसँग यिनको मन, वचन र कर्म जति नै समर्पित भए तापनि तात्कालिक समाजमा यिनीहरू हात समातासमात गरेर हिँड्न सक्तैनथे; तर पनि प्रेमराजेश्वरी थापा र भवानी भिक्षुमाझ सम्बन्ध प्रगाढ भइरह्यो । सुश्री थापा भिक्षुलाई कति सम्झन्थिन् भने उनी आफ्नो घरका पक्वान्नहरूसमेत भिक्षुलाई प्राय: पठाइरहन्थिन् ।
प्रेमराजेश्वरी थापा र भवानी भिक्षुको प्रेमप्रसङ्ग समकालीन साहित्यकारमाझ लुकेको थिएन । वास्तवमा दुवै स्रष्टाहरू प्रेम, यौवन र समर्पणकै कवितामा पाठकहरूलाई आपूmप्रति तान्ने गर्थे । यसै प्रसङ्गमा कुमारी थापाका प्रेमकविताका महइभ्वबारे रत्नध्वज जोशीले पनि लेखे— “प्रेमराजेश्वरीका कवितामा यौवनको गीतमा हुने स्वर तीखो भएको छ ।... कुमारी ड.श.थापाका सबैजसो कविताको विषय एउटै छ प्रेम ।”
प्रेमराजेश्वरी थापाका बुबा कमान्डिङ कर्नेल डम्बरशमशेर थापा धनी, स्पष्ट र कडा थिए । क. क. थापा भन्नु तात्कालिक समयमा धन पनि, शक्ति पनि र व्यक्तित्व पनि भएका व्यक्ति थिए । त्यस बेला क.क. डम्बरशमशेर थापासँग जोकोहीले फुर्ती हाँक्न गाह्रो पथ्र्यो । त्यसै परिवेशमा नै कुमारी थापा हुर्केकी थिइन् । थापाले गर्दा किशोरावस्थाको खानदानलाई धान्न कुमारी थापालाई सजिलो भएन । एकातिर उनले घरबाहिर जान ठूलै सङ्घर्ष गर्नुपथ्र्यो र बाहिर जानुपर्दा पनि मोटरमा नै चढेर हिँड्नुपथ्र्यो । त्यति बेलाको कथनबारे कुमारी थापाका भदा अमृतशमशेर थापा भन्छन्— “हाम्रो घरमा मोटर थियो र मोटरमा पर्दा लगाउने चलन थियो । खास गरेर नारीजातिलाई सवारीमा पर्दा खोल्न अनुमति थिएन ।”
स् घद्द स्
कर्नेल वीरेन्द्रविक्रम राणा भन्थे— “मेरी सानीमाको शारीरिक व्यक्तित्वको धेरैले प्रशंसा गरे ।” वास्तवमा उनी न गोरी थिइन्, न काली थिइन्, न अग्ली थिइन् र न होची थिइन् । त्यति बेला क. क. डम्बरशमशेर थापाका घरमा विविध वर्गका मान्छे अनेक निहुँमा भेला हुने गर्थे । मान्छे त्यहाँ जाने प्रमुख आकर्षण नै सुश्री थापा थिइन् । त्यस बेला क. क. थापाका घरमा गणेशशमशेर राणाको पनि प्रवेश भइरहन्थ्यो । उनी प्रेमराजेश्वरी थापालाई एकोहोरो प्रेम गर्थे; तर सुश्री थापा भने भिक्षुसँगका भावनामा आफ्नो भावना गाँस्ने गर्थिन् । राणाचाहिँ सुश्री थापाको रूप, रङ, बाबुको नाउँ र धनका लागि पछि लागेका थिए । यस्तै बेमौसमहरूका बीच प्रेमराजेश्वरी थापाको किशोरावस्थाले बिट मारेको थियो । त्यसपछि क. क. डम्बरशमशेर थापा आफ्नी छोरी ताक्न आएका युवाहरूलाई पन्छाउँदै आफ्नी छोरीलाई सम्झाइरहन्थे । त्यसघडी उनी प्रेमराजेश्वरीलाई भन्थे— “छोरी ! म तिम्रो बिहे त्यस व्यक्तिसँग गरिदिन्छु जसको जात छ, इज्जत छ र व्यक्तित्व पनि छ ।”
त्यति बेला अत्यन्तै ठूलो कुलघरानमा मात्र आफ्नी छोरी दिन डम्बरशमशेर थापा लागिपरेका थिए । थापा आपूmभन्दा तलकालाई छोरी दिन त के त्यस विषयको कल्पनासम्म पनि गर्दैनथे । उनी छोरीका निम्ति भनेजस्तै वरको खोजीमा थिए । आफ्नी छोरीलाई जोडा छान्दाछान्दा डम्बरशमशेर थापाले काठमाडौं उपत्यकामा योग्य वर भेटाउन सकेनन् । यही परिपाटीले गर्दा प्रेमराजेश्वरी थापाको कलकलाउँदो उमेर पनि क्रमश: ढल्ँिकदै जान थाल्यो । यो प्रकरण क. क. डम्बरशमशेर थापाका लागि पनि अमिलो हुँदै गयो । परिणामस्वरूप डम्बरशमशेर थापाले अनेक जुक्ति खियाएर प्रेमराजेश्वरीको बिहे भारतस्थित कानपुरका योगेन्द्रप्रताप शाहीसँग संवत् २००५ फागुनमा गरिदिए । शाही उत्तरप्रदेशस्थित सुल्तानपुरका रजौटा थिए । शाही हरेक हिसाबमा थापाका स्तरमा दाँजिने खालकै थिए । त्यसैले थापाले शाहीलाई आफ्नी छोरी कन्यादान गरेका थिए । त्यसपछिका प्राय: सम्पूर्ण दिन प्रेमराजेश्वरीले कानपुरमा नै बिताइन् । यिनले त्यहीँबाट म्याट्रिक पनि गरिन् । यिनीबाट सन्तान चाहिँ भएनन् ।
कानपुरमा बसेर पनि प्रेमराजेश्वरीले आफ्ना सबै सीपलाई निरन्तरता दिइन् । तर त्यहाँ बसेताका उनले नेपाली भाषामा कविता चाहिँ लेखिनन् । त्यहाँ रहँदा उनले हिन्दीभाषामा केही कविता लेखिन् । करिब आधा शताब्दी जीवन उनले कानपुरमा नै बिताएकी थिइन् ।
प्रेमराजेश्वरी थापा बहुआयामिक व्यक्तित्वकी धनी थिइन् । उनी हार्मोनियम बजाउँथिन्, सितार बजाउँथिन् र गीत पनि गाउँथिन् । साथै उनी पेन्टिङ गर्थिन्, कपडामा पूmलबुट्टा भर्थिन् र इम्ब्राइडरी गर्थिन् । उनी बुन्ने काममा विशेष रुचि राख्थिन् । उनको घरपरिवारका मान्छेहरूले त्यस बेला स्वीटर किन्नुपर्दैनथ्यो । सबैलाई उनी नै स्वीटर बुनेर प्रेमोपहार दिन्थिन् । त्यति मात्र होइन चिनेजानेका गण्यमान्य र मन परेका मान्छेलाई पनि उनी आपैmँले बुनेको स्वीटर उपहार दिने गर्थिन् ।
प्रेमराजेश्वरीको विशेष रुचिचाहिँ तस्बिर खिच्नु र खिचाउनुमा थियो । उनी पूmलबगैँचाकी सौकिन पनि थिइन् । उनी घरमा थरीथरीका पूmल रोप्थिन् । रूपकी धनी, प्रतिभाकी खानी र धनीकी छोरी भएर पनि उनमा कुनै तुजुक थिएन । उनी सादा जीवनको नमुना नै थिइन् ।
प्रेमराजेश्वरीको सबैभन्दा ठूलो गुण उनी मानवधर्मकी पक्षपाती थिइन् । उनी मिलनसार पनि थिइन् । उनी अर्काका सेवामा आफ्नो समय अर्पण गर्थिन् । घरपरिवारमा पनि पकाउने र खुवाउने काममा उनी समर्पित हुन्थिन् । उनी हरेक काम गर्दा जाँगरमा फक्रेकी हुन्थिन् । उनले आफ्नो शरीरमा अल्छीपन कहिल्यै ल्याइनन् । प्रणयले गर्दा उनी आफ्नो लेखनको एकसुरे बानीमा नै समर्पित थिइन् । उनी प्रेममा हाँसेर पनि कविता लेख्थिन् र प्रेमसँग दुःखमनाउ गरेर पनि कविता लेख्थिन् । उनी कविता लेख्तालेख्तै आफ्नो मनको गाँठो सर्लक्कै फुकाइसक्थिन्—
सहू“ सहू“, सब सहन सकू“ म
तीता तिम्रा सब गाली
जीवन अर्पण गर्दछु सहजै
मेरा प्रियतमको लागि ।
क.क. डम्बरशमशेर थापा तथा भीमकुमारीका तीनभाइ छोराहरू तिलकशमशेर, प्रसादशमशेर र लोचनशमशेर एवं तीनबहिनी छोरीहरू डोलराजेश्वरी, दुर्गाराजेश्वरी र प्रेमराजेश्वरी थिए । थापाका ६ जना सन्तानमा प्रेमराजेश्वरीको जन्म संवत् १९७२ फागुन १७ गते सोमबार काठमाडौंको हात्तीसारमा भएको थियो ।
प्रेमराजेश्वरी थापाले बिहेपछि पनि कविता लेखिरहिन् । ‘शारदा’मा छापिएका उनका कविताबाहेक भारतमा पुगेपछि उनी हिन्दीमा कवितालेखनमा अग्रसर भइन् ।
मायादेवी सुब्बाको जन्म संवत् १९७७ माघ १४ गते बुधबार दार्जिलिङको सुकियापोखरीमा भएको थियो । सरदार मदनदास सुब्बा र बोधकुमारीका तीनभाइ छोरा र चारबहिनी छोरीमध्ये मायादेवी जेठी छोरी थिइन् । त्यसैले पनि
प्रेमराजेश्वरी थापा ‘शारदा’ मासिक पत्रिकाको संवत् १९९७ चैत अङ्कमा प्रकाशित ‘किन ?’ शीर्षक कविताका माध्यमबाट नेपाली भाषासाहित्यका फाँटमा उदाइन् । उनको पहिलो प्रकाशित कवितासङ्ग्रह ‘अनुभूति’ (२०३१) हो । ‘अनुभूति’को भूमिका तारानाथ शर्माद्वारा लेखिएको छ । मुद्राराक्षस (अशुद्धि)का कारणले त्यस कृतिलाई प्रचारमा ल्याइएन भनिन्छ । अमृतशमशेर थापाका सौजन्यमा प्रेमराजेश्वरी थापाको अर्को कवितासङ्ग्रह ‘तिम्रो याद वर्षा’ (२०६३) प्रकाशित भयो ।
उमेर ढल्केपछि बिहे गरे तापनि प्रेमराजेश्वरी थापाले सुखमय जीवन बिताउन सकिनन् । यिनका पति योगेन्द्रप्रताप शाही सुभाषचन्द्र बोसको दलका कार्यकर्ता थिए । त्यसैले शाहीको समय पूर्णतया राजनीतिमा नै केन्द्रित थियो । एकातिर सन्तान नहुनु, अर्कातिर विदेशको वास हुनु अनि आफ्ना पतिको जीवन राजनीतिमा सक्रिय हुनु नारीका लागि कष्टकर नै हुन्छ । यसै परिस्थितिमा प्रेमराजेश्वरी पनि बाँधिएकी थिइन् ।
बुढेसकालमा पनि प्रेमराजेश्वरी थापा नेपाल आइरहन्थिन् । माइतीघरमा नै यिनी आफ्नो जीवन घरीघरी ल्याउन चाहन्थिन् । तर त्यस बेलासम्ममा यिनको मन आपैmसँग भाँचिइसकेको थियो । त्यति बेला पूर्वस्मृतिका अनेक विम्बहरू उनका आँखामा नाच्न थाले । अन्तत: उनीभित्र कुण्ठाको वास हुन थाल्यो । उनी झोक्राउन थालिन् । त्यस बेला उनी भन्थिन्— “मैले जीवनमा केही गर्न सकिनँ ।” जीवनप्रतिको नैराश्यमा नै उनी भौँतारिन थालिन् । त्यसपछि उनी अस्वस्थताले गर्दा चाहेर पनि आफ्नो माइतीघर आउन सकिनन् । यस्तै स्थितिमा उनी डिप्रेसनमा भास्ँिसदै गइन् । त्यसै रोगले उनको इहलीला समाप्त भयो । उनी २०५८ साल असार ३१ गते आफ्नै घर भारतको आर्यनगर, कानपुरमा स्वर्गीय भइन् ।
भौतिक रूपमा प्रेमराजेश्वरी थापाको जीवन सकिए पनि भावनात्मक रूपमा उनी यस धरतीमा नमर्ने नाउँ बनिन् । नेपाली कवितामा ‘छायावाद’की प्रतिनिधि कवयित्रीका रूपमा उनी जुनीजुनी बाँच्ने नारीस्रष्टा बनिन् । अनि प्रेम, विरह र समर्पणको काव्यसृजनाकी आधिकारिक गजुरका रूपमा उनी नेपाली भूगोलमा चिरञ्जीवी बनिन् । वास्तवमा उनी कवयित्री मात्र होइन, आशुकवयित्री नै थिइन् । उनी सुरुमै जे लेख्थिन् त्यही उनको आधिकारिक कविता बन्थ्यो । उनी लेखिसकेर फेरि त्यस कवितामा पूmलबुट्टा भर्ने काम गर्दिनथिन् । एकपटक कोरेपछि उनका कवितामा प्राण भरिइसकेको हुन्थ्यो । उनी अक्षर पनि सुन्दर लेख्थिन्; तर लेखिसकेको अक्षर उनले दोहो¥याएर गनिनन् । उनले एकपटक लेखिसकेपछि त्यही कविता अन्तिम हुन्थ्यो—
प्रेमै हो जीवनको आधार, प्रेमै दिन्छ आनन्द अपार !
प्रेम नै हो जीवनको सार, प्रेम गर्नु नै हो सत्य विचार !
0 comments:
Post a Comment